देउवा बने प्रधानमन्त्री
पूर्णपुष्टि, असार २९
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा पुन प्रत्रानमन्त्री नियुक्ती भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
यो सँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन् । उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
राष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालका अनुसार मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् । ‘उहाँलाई प्रधानमन्त्री नियुक्त गरिसकिएको छ, सम्भवतः सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको छ, सपथको तयारी हुँदैछ ‘प्रधानमन्त्री नियुक्त व्यक्तिसँग सपथको समयबारे समन्वय भइरहेको छ, हामी जानकारी गराउँछौ...








