Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

समाचार
पूर्णपुष्टि, असार २८ सुनसरीमा कर्तव्य ज्यान मुद्धामा फरार रहेको एका प्रतिवादी पक्राउ परेको छ । ईटहरी–१ का २४ वर्षीय रबिन चौधरीको हत्यामा संलग्न भई फरार रहेका प्रदिवादी ईटहरी–२ का ३१ वर्षीय उमेश श्रेष्ठलाई पक्राउ गरी कारागार चलान गरिएको छ । मिति २०६५ साल पौष १ गते रबिन चौधरीको ईटहरी–५ स्थित संगम चोकमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो । घटनाको अनुसन्धान तथा घटना घटाएर फरार रहेका प्रतिवादीहरुको  खोजतलासलाई अभियानकै रुपमा तीब्रता दिईसंगै रबिनको हत्यामा संलग्न भई फरार रहेका उमेशलाई हिजो १ नम्बर प्रदेश प्रहरी कार्यालय (प्रादेशिक अनुसन्धान आर आईटी) समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सुनसरी जिल्ला अदालतबाट कर्तवय ज्यान मुद्धामा दोषी ठहर भई २० वर्ष कैद तोकी क्षेत्रीय कारागार झुम्का पठाईएको प्रहरीले जनाएको छ ।  ...
उदयपुरमा शनिबार परेको भारी वर्षाले त्रियुगाको २ नम्बर वडा प्रभावीत

उदयपुरमा शनिबार परेको भारी वर्षाले त्रियुगाको २ नम्बर वडा प्रभावीत

समाचार
पूर्णपुष्टि, असार २८ शनिबार परेको भारी वर्षाले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ का विभिन्न स्थानहरु प्रभावीत भएका छन् । वर्षाले वडाको विभिन्न स्थानहरु बैरागी टोल, सनुवा, जोगीदह, नयाँ बस्ती मिलन चोक र रामजानकी बस्ती प्रभावीत भएको हो । बैरागी, सनुवा सुक्नाई, लुहाले, बेहर्वा लगाएतका खोलाको पानी बस्तीमा पस्दा त्यहाँका स्थानीयहरु प्रभावित भएका हुन् । बैरागी खोलाको बाधँ भत्कीदा बैरागी बस्तीमा बाढी पसेरको थियो । बाढी बस्तीमा छिर्दा त्यहाँका करिब ३०÷३५ घर प्रभावीत भएका छन् । बाढीले स्थानीय गोपाल कार्कीको घर समेत लडाएको वडा अध्यक्ष घमान सिंह खत्रीले बताउनुभयो । त्यस्तै, सनुवा सुक्नाई खोलाको बाधँ भत्कीएर बाढी सनुवाको नमुना टोल  पस्दा २० घर प्रभावीत भएको छ । वडा कार्यपालिका सदस्य कमला खड्काका अनुसार टोललाई क्षती पुर्याउनुका साथै त्यहाँका करिब ६ विगाहा रोपाई गरिएको जमिनमा खोलाको बाल...
गाईघाटको  एक मोवाईल पसल चोरी

गाईघाटको एक मोवाईल पसल चोरी

समाचार
पूर्णपुष्टि, असार २८ गाईघाटमा गएराति एक मोवाईल पसल चोरी भएको छ । बिभिन्न कम्पनीको मोवाईल सेट, नगद र अन्य मोवाईलको सामानहरु चोरी भएको हो । गाईघाटमा रहेको किशोर मोवाईल मर्मत सेन्टरबाट राति १३ ओटा मोवाईल सेट, मर्मत गरेको ५ ओटा स्कृन टच मोवाईल, अन्य सामानहरु ब्याट्री ८ ओटा चार्जर १० ओटा, इयरफोन ८ ओटा, ३२ जिविको मेमोरी ५ ओटा र नगद समेत चोरी भएको पसलका प्रोपाईटर किशोर राईले बताए ।बन्द गरेर घर गएको पसल बिहान आउँदा ढोका फुटाउने कोशि गरेको र ढोका नफुटे पछि भेन्टिलेसन बाट छिरेर सामान चोरी गरेको प्रहरीले जनाएको छ । पसल चोरी भए पश्चात तत्काल प्रहरीलाई खबर गरी प्रहरीले पसलको अवस्था बुझेको छ । राईले चोरी गर्ने व्यक्ति पत्ता लगाउन भन्दै प्रहहरीमा चोरी सम्बन्धि उजुरी दिएको छ । उजुरी पश्चात प्रहरीले चोरको खोजी कार्या गर्ने जनाएको छ ।  ...
उदयपुरको ७ पालिकामा संक्रमण घट्यो, एक पालिकामा संक्रमण बढ्दो

उदयपुरको ७ पालिकामा संक्रमण घट्यो, एक पालिकामा संक्रमण बढ्दो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २७   पछिल्लो समय उदयपुरको ७ पालिकामा कोरोना संक्रमण दर निकै घटेको देखिन्छ, भने ताप्ली गाउँपालिकामा संक्रमण दर बढ्न थालेको छ । आज (आइतबार) थप १६ जनामा संक्रमण पुष्टि भएको छ । जो सबै ताप्लीका रहेका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ५५२ पुगेको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १० पुरुष र ६ महिलामा संक्रमण देखिएको छ । जुन सबै ताप्ली गाउँपालिकाको वडा नम्बर ५ का रहेका छन् । जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार १९६ पुरुष र १ हजार ८ महिला गरी जम्मा २ हजार २०४ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हालसम्मा सक्रिय संक्रमित १४७ पुरुष र १५१ महिला गरी  २९८ जना हरेका छन् । जिल्लामा कोरोनाबाट ३४ पुरुष र १६ महिला गरी ५० जनाको ज्यान गएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।...
हिजो राति परेको बर्षाले सनुवा सुक्नाई खोलाको बाँध भत्कीयो, पानी बस्ती तर्फ, २० घर प्रभावित

हिजो राति परेको बर्षाले सनुवा सुक्नाई खोलाको बाँध भत्कीयो, पानी बस्ती तर्फ, २० घर प्रभावित

समाचार
पूर्णपुष्टि, असार २७   हिजो राती परेको अविरल बर्षाले सनुवा सुक्नाई खोलाको बाँध भत्काएर पानी बस्तीमा छिरेको छ । पानी बस्तीमा छिर्दा त्रियुगा नगरपालिका–२ नमुना टोलका स्थानीयहरुलाई असर पारेको छ । पानी छिरेसँगै त्यहाँका स्थानीयहरु रातभर पानीबाट जोगिन सुरक्षित स्थान तर्फ गएर बसे । रातभर पानी परेपछि बाँधले खोला थेग्न नसक्दा बाँध बत्किएर पानी नमुना टोलमा छिर्दा करिब २० घरमा क्षती पुगेको हो । बाडी स्थानीयहरुको घर भित्र छिर्ता भान्सा कोठा, खाद्यन्न लत्ता कपडा भिजेर नष्ट भएको स्थानीयहरुले जनाएको छ । स्थानीय ईश्वरी बस्नेतका अनुसार पानीले खेतीयोग्य जमिन समेत डुवाएको छ  । धान रोपेका करिब ६ बिघा खेतहरु डुवानमा पारेपछि स्थानीयहरु चिन्ति बनेको बस्नेतले जनाए । रोपाई गरिएको धान हरियो भइसकेको थियो तर हिजो रातिको वर्षातले खोलामा बाडी पस्दा खेत नै बालुवाले पुरिएको स्थानीय गौरीनारायण राजधामीले बताए ...
एक महिनादेखि हराएकी सुजताको शव फेला

एक महिनादेखि हराएकी सुजताको शव फेला

समाचार
पूर्णपुष्टि, असार २७ एक कहिनादेखि हराएकी महोत्तरी लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव फेला परेको छ । उनी गत जेष्ठ २० गतेबाट बेपत्ता भएकी थिइन् । उनको शव घर नजिकैको पेट्रोल पम्प देउमा गाडीएको अवस्थामा प्रहरीले फेला पारेको हो । दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा ठाकुरलाई फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले जानकारी दिनुभयो । ‘सुजिताको शव गाडिएको विशेष सूचनाको आधारमा उक्त ठाउँमा उत्खनन् गर्दा शव फेला परेको छ,’ उहाँले बताउनुभयो, ‘तर शवको डीएनए परीक्षण गर्न बाँकी छ ।’ शव फेला परेपछि यस विषयमा थप अनुसन्धान शुरु गरिएको डीआईजी रञ्जितकारले बताउनुभयो । ठाकुरको हत्या आशंकामा प्रहरीले यसअघि नै १३ असारमा उनको पति मुकेश र देवर रुपेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।...
५५ वर्षीया महिला करणी अभियोगमा २४ वर्षीय युवा पक्राउ

५५ वर्षीया महिला करणी अभियोगमा २४ वर्षीय युवा पक्राउ

समाचार
पूर्णपुष्टि, असार २७ ५५ वर्षीय एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरको एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–९ लाम्सुरेडाँडा बस्ने २४ वर्षीय भरत थापा मगरलाई करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । मगरमाथी महिलालाई जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ । पक्राउ परेका मगर उपर थप अनुसन्धान अगाडी बढाएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।...
लागुऔषध ब्राउसुगरसहित ४ जना पक्राउ

लागुऔषध ब्राउसुगरसहित ४ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार २७ सुनसरीको ईटहरी उप–महानगरपालिका–६ बाट लागुऔषध ब्राउनसुगरसहित ४ जना पक्राउ परेका छन् । उक्त स्थानमा रहेको एक होटलमा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर सहित शनिवार राती पौने १२ बजे ४ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बारा जिल्ला निजगढ नगरपालिका–१२ घर भई ईटहरी उप–महानगरपालिका–५ बस्दै आएका २७ वर्षीय दिपक भन्ने बिरेन्द्र राई, ईटहरी–५ का १६ वर्षीय १ बालक र ईटहरी–४ का १८ वर्षीय जोन चौलागाई रहेका छन् । निजहरुको साथबाट प्रहरीले ५६ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, विभिन्न कम्पनीको मोबाईल ३ थान, मोटरसाईकल १ थान र २ हजार रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा ईटहरी ४ का...
करेन्ट लागेर एक बालकको मृत्यु

करेन्ट लागेर एक बालकको मृत्यु

समाचार
पूर्णपुष्टि, असार २७ ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ का लाक्पा शेर्पाको १३ बर्षीय छोरा सबिन शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार बिहान घर नजिकै खेतमा ढलिरहेको बिजुलीको तारमा छुँदा करेन्ट लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
लागुऔषध ब्राउन सुगरमा संलग्न एक बालक सहित तिन युवक पक्राउ

लागुऔषध ब्राउन सुगरमा संलग्न एक बालक सहित तिन युवक पक्राउ

समाचार
पूर्णपुष्टि, असार २७  सुनसरीको ईटहरी उपमहानगरपालिका–६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । उक्त स्थानमा रहेको एक होटलमा लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर सहित शनिवार राती पौने १२ बजे ४ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा बारा जिल्ला निजगढ नगरपालिका–१२ घर भई ईटहरी उपमहानगरपालिका–५ बस्दै आएका २७ बर्षीय दिपक भन्ने बिरेन्द्र राई, ईटहरी–५ का १६ बर्षीय १ बालक र ईटहरी–४ का १८ बर्षीय जोन चौलागाई रहेका छन् । उनिहरुको साथबाट प्रहरीले ५६ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, बिभिन्न कम्पनीको मोबाईल ३ थान, मोटरसाईकल १ थान र नगद रु २०००  समेत बरामद गरेको छ । पक्राउ परेका उनीहरुलाई सोधपुछ गर्ने क्रमम...