हरेक व्यक्ति सचेत रहे दुर्घटना आफै नियन्त्रण हुन्छ ः उदयपुर ट्राफिक ईन्चार्ज श्रेष्ठ
पूर्णपुष्टि, असार २७
हालै उदयपुर आउनुभएको जिल्ला ट्राफिक ईन्चार्ज लिलाराज श्रेष्ठले ट्राफिकको पहिलो काम दुर्घटना नियन्त्रण नै रहेको बताउनु भएको छ ।
उहाँले दुर्घटना एउटा प्रक्रिया जस्तो भईसकेको र यस्तो हुनुमा हरेक व्यक्तिहरु सचेत नबन्नु मुख्य कारक रहेको बताउनुभयो ।
यसका लागि चालक यात्री, र सम्बन्धित सबै क्षेत्रहरु सचेत रहनु पर्ने उहाँको भनाई छ । लामो समय ट्राफिक क्षेत्रमै काम गरिसक्नु भएका श्रेष्ठ यस भन्दा पहिले भोजपुरमा रहेर ट्राफिक सेवामा कार्यरत हुनुहुन्थियो ।
उदयपुर बाट ट्राफिक इन्चार्ज कमल कार्कीको सरुवा भएपछि श्रेष्ठ भोजपुर बाट उदयपुर सरुवा भएर आउनु भएको हो । श्रेष्ठले जिल्लामा दुर्घटना नियन्त्रण र सचेतना कार्यक्रमका लागि कदमहरु चालिसकेको बताउनुभयो । हाल कोरोना भाईरसका कारण पूर्ण रुपमा ट्राफिक कार्यक्रमहरु गर्न नसकेको भन्दै अब वन्दै गएको सहजलाई तत्काल सदुपयोग गरी ट्राफिकको...









