Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

बलात्कार, अपहरण र चोरीमा संलग्न २ आरोपी पक्राउ, १ अझै फरार

बलात्कार, अपहरण र चोरीमा संलग्न २ आरोपी पक्राउ, १ अझै फरार

समाचार
पूर्णपुष्टि, असार २५ बलात्कार, अपहरण र चोरीमा संलग्न भएका दुई युवालाई दाङ प्रहरीले पक्राउ गरेको छ । लमही नगरपालिका–७ कमानपुरका १८ वर्षका किरण बुढा र वडा नं ६ देउपुर बस्ने २१ वर्षका अरविन्द चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । असार ६ गते रोल्पाको हेलेरीस्थित चुनढुंगा खानीबाट टिपरमा दाङको लमहीतर्फ आउँदै गर्दा कमानपुरस्थित करी सामुदायिक वनको जंगलमा टिपर चालक र सहचालकको अपहरण भएको थियो । उनीहरुलाई सालको रुपमा बाँधेर चालकको श्रीमती र सालीको गहना, मोवाइल, सुनका गहना लुटपाट गरी बलात्कार भएको प्रहरीले जनाएको छ । त्यस्तै कमानपुरका २१ वर्षका प्रेमबहादुर दमाइ भने फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । प्रहरीले फरार अभियुक्तको फोटोसहितको विवरण सार्वजनिक गरेको छ । फरार अभियुक्तको खोजीकार्य भइरहेको प्रहरीले जनाएकोे छ ।...
वडा कार्यालय भवन अगाडी नै एक पुरुषको शव भटियो

वडा कार्यालय भवन अगाडी नै एक पुरुषको शव भटियो

समाचार
पूर्णपुष्टि, असार २५ रौतटहको गौर नगरपालिका–५ को वडा कार्यालय नजिकै एक व्यक्तिको शव भटिएको छ । वडा कार्यालयको अगाडीको नालामा स्थानीय ५५ वर्षीय मुसलिया धुनियाको शव फेला परेको हो । नालामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ढलको पानीमा घोप्टो परेको अवस्थामा धनियाको शव भटिएको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।...
लागूऔषध कारोबारमा संलग्न १ महिलासहित ४ जना पक्राउ

लागूऔषध कारोबारमा संलग्न १ महिलासहित ४ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार २५ लागूऔषध कारोबारमा संलग्न एक महिलासहित चाँरजनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको धनगढीमाई नगरपालिका–११ नैनपुरस्थित पवन महतोको घरमा इलाका प्रहरी कार्यालय लहान र धनगढीको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा खानतलासी गर्दा लागूऔषध बरामद भएको छ । ६ किलो ५ सय ग्राम गाँजा र स्पामो नामक ६ सय थान ट्याब्लेट बरामद भएपछि महतोको श्रीमती निला महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले गोलबजार नगरपालिका–६ गुम्बाचोकबाट स्थानीय कुमार लामालाई २ सय मिलीग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । गोलबजार नगरपालिका–६ बाटै लागूऔषधसहित एक जनालाई पक्राउ गरिएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका घर भई सिरहाको धनगढीमाई नगरपालिका–१० बस्ने २५ वर्षीय प्रविण शार्मालाई नाइट्रोभेट ट्याब्लेट १ सय थानसहित पक्राउ गरिएको छ । यस्तै, भगवानपुर गाउँपालिका–४ बलान खोलाबाट एक जन...
उदयपुरगढी गाउँपालिकाको कोरोना विरुद्धका कदमहरु

उदयपुरगढी गाउँपालिकाको कोरोना विरुद्धका कदमहरु

समाचार, स्वास्थ्य
https://youtu.be/UCPpB6F7fFE पूर्णपुष्टि, असार २५ । कोरोनाले विश्वको कुनै देश अछुतो रहेन । यसै प्रकार देशको ७७ वटा जिल्ला मध्ये उदयपुर पनि अछुतो रहेन । कोरोना महामारीसंग ठूलै युद्ध लड्नु पर्यो । चार नगरपालिका र चार गाउँपालिका गरी आठ पालिका रहेको उदयपुरले ठुलै क्षती ब्यहोर्नु पर्यो । यो खबर तयार हुँदासम्म अर्थात २०७८ असार २० गतेसम्ममा कोरोनाका कारण उदयपुरमा ४९ जनाको मृत्यु भयो भने जिल्लामा २ हजार ४०१ ज्ना संक्रमित भए । त्यसमध्ये १ हजार ९५३ जना निको भइसकेका छन् भने ३९९ जना संक्रिय संक्रमित रहेका छन् । उदयपुरमा दोस्रो लहरको कोरोना संक्रमित चैत २४ देखि फेला परेको थियो । संक्रमण फैलिदै जाँदा त्यसको एकमहिना पछि वैसाख २५ गतेदेखि स्थानीय प्रशासनले निशेधाज्ञ जारी गर्यो । पटक पटक थप्दै जाँदा निकै लामो निशेधाज्ञ भएको जिल्ला अहिले खुकुलो पारिएको छ । यसबीच मानिसहरुले थुप्रै सास्ती, कष्ट, अभ...
इलममा कोरोनाले श्रीमान श्रीमतीको एकैदिन ज्यान गयो

इलममा कोरोनाले श्रीमान श्रीमतीको एकैदिन ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २५ इलाममा कोरोना संक्रमित श्रीमान श्रीमतीको एकैदिन ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको कारोनाले विहिबार ज्यान गएको हो । श्रीमान् टेकबहादुरको हिजो बिहान र श्रीमती लक्षीहाङमाको अपरान्ह साढे ३ बजे ज्यान गएको थियो । लावती परिवारका सात जनामा कोरोना संक्रमण पुष्टि भएकामा २ जनाको ज्यान गएको हो । एकै परिवारका २ संक्रमितको ज्यान गएसँगै गाउँमा निकै त्रास फैलिएको छ । स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस संक्रमणका कारण होमआइसोलेशनमा छन् । छ दिनअघि उनीहरुलाई संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै होमआइसोलेशनमा थिए । मृतक दम्पतीका दुई छोरा, एक बुहारी र दुई नाती कोरोना संक्रमित रहेको बताइएको छ । स्थानीयहरुका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ ।...
मोरङको बेलबारी गाँईघाट टोल बाट दुई महिला र १ पुरुष  ब्राउन सुगर सहित पक्राउ

मोरङको बेलबारी गाँईघाट टोल बाट दुई महिला र १ पुरुष ब्राउन सुगर सहित पक्राउ

समाचार
पूर्णपुष्टि, असार २५ मोरङको बेलवारी नगरपालिका १ गाँईघाट टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् । हिजो बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङ सहित ३ जनालाई लागूऔषध ब्राउन सुगर सेवन गरिरहेको अबस्थामा पक्राउ गरेको थियो । प्रहरीले तामाङको घरमा खानतालासी गर्दा धानको भकारी भित्र लुकाई राखेको लागूऔषध ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ । पक्राउ परेका तिनै जनालाई उपर ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ...
रौतहटको चन्द्रपुरमा झडप, १० जना घाइते

रौतहटको चन्द्रपुरमा झडप, १० जना घाइते

समाचार
पूर्णपुष्टि, असार २५ रौतहटको चन्द्रपुरमा दुई समूह बीच झडप भएको छ । जग्गा सम्बन्धी पुरानो विवादका कारण चन्द्रपुर नगरपालिका–८ बस्तिपुरमा गएराति करिब १० बजेतिर दुई पक्षबीच झडप भएको हो । झडपमा १० जना घाइते भएका छन्, भने केही घर र आठ वटा मोटरसाइकलमा आगजनी भएको छ । झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरी लगायत घाइते भएका छन् । उनीहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । सो घटनामा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ । आठ वटा मोटरसाइकलमा आगजनी पनि भएको छ । झडपको क्रममा आफन्तको घर तोडफोड भएको देखेर स्थानीय ७० वर्षीय जगरनाथ चौधरीको हृदयाघातबाट ज्यान गएको प्रहरीले जनाएको छ । सो स्थानमा रातिदेखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटाइएको छ ।...
५ जना चिनियाँ जुवाडे ठमेलबाट पक्राउ

५ जना चिनियाँ जुवाडे ठमेलबाट पक्राउ

समाचार
पूर्णपुष्टि, असार २४ प्रहरीले काठमाडौंको ठमेलस्थित एक होटलमा जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले चिनियाँ नागरिक हे सिआओलङले सञ्चालन गरेको होटल सिआओ सियाङ होटलबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । हिजो राति कबि १० बजेको समयमा प्रहरी टोली ठमेलको जेपी मोडस्थित होटलमा पुगेका थिए । प्रहरीले जुवा खेलिरहेको बेला सञ्चालकसहितलाई  पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा हे सिआओलङ, पी च्वाङछी, हु वाङबिन, हे फुयु र लि सिआओ टङ रहेका छन् । उनीहरूको साथबाट एक लाख २३ हजार रूपैयाँ नगद, जुवातास खेल्न प्रयोग हुने विद्युतीय टेबुल, तास, प्लाष्टिकको गोटी लगायत बरामद भएको छ । उनीहरूलाई जुवा ऐन अन्तर्गत कारबाही थालिएको प्रहरीले जनाएको छ ।...
१३ नं वडामा ४ विद्यालयका जेहेन्दार ३६ विद्यार्थीलाई छात्रवृती र शैक्षिक सामाग्री, आठ बाल क्लवलाई बाकस सहयोग

१३ नं वडामा ४ विद्यालयका जेहेन्दार ३६ विद्यार्थीलाई छात्रवृती र शैक्षिक सामाग्री, आठ बाल क्लवलाई बाकस सहयोग

समाचार
पूर्णपुष्टि, असार २४ त्रियुगा नगरपालिका १३ नं वडाले वडा भित्र रहेको ४ विद्यालयको ३६ विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ । वडाले जेहेन्दार र इमान्दार विद्यार्थीहरुलाई १२ सयको दरले छात्रवृति वितरण गरेको हो । शैक्षिक क्षेत्रलाई समेत प्राथामिकतामा राखेर विद्यार्थीलाई पढ्न र आर्थिक सहयोगमा टेवा पुराउने भन्दै वडाले विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको वडा अध्यक्ष पशुपति चौधरीले बताउनुभयो ।वडाभित्र रहेको लक्ष्मीपुर मावि, आधारभूत विद्यालय असारी, आधारभूत विद्यालय बहेडुवा, र जनप्रेमी माविका विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको चौधरीले बताउनुभयो । छात्रवृति वितरण सँगै वडामा रहेका आठ वाल समूहलाई कार्य संञ्चालनका लागि ८ ओटा बाकस र अन्य आवश्यक सामाग्रीहरु पनि वितरण गरिएको छ । यता विद्यालयहरुलाई पनि खेलकुदको सामाग्रीहरु वितरण गरिएको छ ।  ...
झापामा सडक छेउमा जमेको पानीमा डुबेर एक वृद्धको ज्यान गयोे

झापामा सडक छेउमा जमेको पानीमा डुबेर एक वृद्धको ज्यान गयोे

समाचार
पूर्णपुष्टि, असार २४ सडक छेउमा जमेको पानीमा डुबेर झापामो एकजना वृद्धको ज्यान गएको छ । शिवसताक्षी नगरपालिका–३ का ७५ वर्षीय नराध्वज लिम्बुको पानीमा डुबेर ज्यान गएको हो । इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार सडक किनारमा जमेको पानीमा डुबेर बुधबार बेलुकी लिम्बुको ज्यान गएको हो । लिम्बु हिँडिरहेको बेला चिप्लेर पानीमा डुबेका थिए । उनी छिमेकी एक व्यक्तिको दाहसंकारमा गएर फर्कदै गर्दा लडेका थिए । उनले मादक पदार्थ सेवन गरेको प्रहरीको भनाइ छ । उक्त लिम्बुको टाउको पानीमा डुबेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...