Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

विपतको बेला त्रियुगाको वडा नं.१६ का ३० परिवारलाई राहत वितरण

विपतको बेला त्रियुगाको वडा नं.१६ का ३० परिवारलाई राहत वितरण

समाचार
पूर्णपुष्टि, असार २४ ओरेक उदयपुरले कोभिड–१९ दु्रत प्रतिकार्य समुह तथा वडा कार्यालयसँगको सहकार्यमा त्रियुगा नगरपालिकाको वडा नं. १६ मा बुधबार राहत वितरण गरेको छ । कोभिड–१९ को विषम परिस्थिती अति जोखिमा परेका सुत्केरी गर्भवती अपाङता, अति विपन्न ३० घरपरिवारका महिलाहरुलाई खाद्यन्न राहत सहयोग गरेको हो । वडा नं. १६ का अध्यक्ष मान बहादुर राईको अध्यक्षता, विहानी महिला सस्थाका अध्यक्ष कुमारी राई, जिल्ला कोभिड दु्रत प्रतिकार्य समुहका फोकल पर्सन सागर नेपाल ओरेक उदयपुरका अध्यक्ष रामवती चौधरी, कार्यक्रम संयोजक पम्फा पुरी, बाला कार्की, लिला बालम्पाखीको सहभागिताका सो राहत वितरण कार्यक्रम सम्पन्न गरेका थियो । राहत वितरण कार्यक्रममा सहभागिले यस्तो महामारीको समयमा गरेको सहयोग प्रति संस्था तथा सरोकारवाला निकाय प्रति धन्यवाद दिएका थिए । ओरेक नेपालले उदयपुर जिल्लाका विभिन्न स्थानमा गरी १५० घरधुरीका लागि...
१३ नं वडाले १ करोड २५ लाखको बजेट पास गर्यो

१३ नं वडाले १ करोड २५ लाखको बजेट पास गर्यो

समाचार
पूर्णपुष्टि, असार २४ त्रियुगा नगरपालिका वडा नं १३ ले आगामी आर्थिक बर्षको लागि वडा सभाबाट बजेट पास गरेको छ । बुधबार वडाका बिभिन्न सम्बन्धित क्षेत्रहरु सँगको छलफलमा १ करोड २५ लाखको वडा सिलिङ बजेट पास गरेको वडा अध्यक्ष पशुपती चौधरीले बताउनुभयो । आर्थिक बर्ष २०७८/०७९ का लागि बजेट भाषण गर्दै अध्यक्ष चौधरीले वडाका अधुरो कामहरुलाई बिषेश प्रथामिकतामा राखेर बजेट पास गरिएको बताउनुभयो ।उहाँले यस बर्षको बजेटले जनताको गुनासोलाई हदै सम्म सम्बोधन गरेको समेत बताउनुभयो । स्थानीयहरुको योजना र माग अनुसार नै यो बर्षको बजेटले बढी भन्दा बढी वडाका अधुरो बिकासमुखी कामलाई ध्यानमा राखेको चौधरीले बताउनुभयो । यसै क्रममा वडाका साना तिना जनतामुखी कामहरुलाई पनि बजेटले ध्यानमा राखेको चौधरीको भनाई छ । जनताहरुलाई छुने साना तिना सबै बिकासका योजनाहरु गर्ने पनि उहाँले बताउनुभयो । यो बर्ष वडाले जनतामुखी कामका लागि बिक...
घर भत्किँदा ३ महिने शिशुको ज्यान गयो, २ जना घाइते

घर भत्किँदा ३ महिने शिशुको ज्यान गयो, २ जना घाइते

समाचार
पूर्णपुष्टि, असार २४ हिजो रातिबाट परेको अविरल वर्षाका कारण घर भत्किँदा दाङमा तीन महिनाकी शिशुको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–१७ क्वाडीमा आज बिहान ३ बजेतिर बर्षाका कारण घर भत्किँदा शिशुको ज्यान गएकोे छ, भने उनकी आमा र दिदी घाइते भएका छन् । प्रहरीका अनुसार घरको भित्ता भत्कँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै ज्यान गएको हो । मनिषा र उनकी ९ वर्षीया छोरी बाटुली चौधरी घाइते रहेको प्रहरीले जनाएको छ । घाइते आमा–छोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । घटनास्थलबाट शिशुको शव निकालिएको छ । घर नजिकैको गोठ भत्किँदा घरमा क्षति पुगेको प्रहरीको भनाइ छ ।...
चोरीको स्कुटर भारत लाँदै गरेको एक युवा सप्तरीबाट पक्राउ

चोरीको स्कुटर भारत लाँदै गरेको एक युवा सप्तरीबाट पक्राउ

समाचार
पूर्णपुष्टि, असार २४ स्कुटर चोरेर भारततर्फ लैजाँदै गरेको एक युवालाई सशस्त्र प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ । डाक्नेश्वरी नगरपालिका–९ बाट स्कुटर चोरेर भारततर्फ जाँदै गरेका सोही ठाउँका बस्ने २६ वर्षीय जितेन्द्र सरदारलाई प्रहरीले पक्राउ गरेको हो । सरदारले सोही ठाउँका स्टाफ नर्स पुनम साहको घरको ग्रिल तोडी बुधबार राति स्कुटर चोरेर प्रहरीले जनाएको छ । प्रदेश २–०१–००१ प ३७४० नम्बरको स्कुटर चोरेर जाँदै गरेका सरदारलाई बोदे बर्साइन नगरपालिका–९ स्थित सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक उत्सव बिष्टले जानकारी दिए । चोरीको स्कुटरसहित पक्राउ परेका सरदारलाई नेपाल प्रहरीको जिम्मा लगाइएको बिष्टले बताए ।...
यात्रुसँग चर्को भाडा असुली गर्ने १० पक्राउ

यात्रुसँग चर्को भाडा असुली गर्ने १० पक्राउ

समाचार
पूर्णपुष्टि, असार २४ काठमाडौंमा यात्रुहरु सँग चर्को भाडा असुली गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरीको बिशेष अपरेसन टोलीले नयाँ बसपार्क र कंलकीबाट उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि अत्यावश्यक परी उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग चर्को भाडा÷ शुल्क असुल्ने गरेको प्रहरीको दाबी छ । पक्राउ पर्नेमा माछापोखरी र नयाँ बसपार्कबाट स्याङजाका ३३ वर्षीय लेख बहादुर गुरूङ, स्याङजाकै १८ वर्षीय सौगात सुनार, कास्की पोखराका २३ वर्षीय सन्तोष सुनार, सिन्धुपाल्चोकका २३ वर्षीय विज्ञान माझी र धादिङका २९ वर्षीय निराजन सापकोटा पक्राउ रहेका छन् । त्यस्तै, कंलकीबाट धादिङका ३३ वर्षीय पूर्ण बहादुर गन्द्रमा मगर, प्यूठानका २६ वर्षीय पदम गिरी, धनुषाका २६ वर्षीय रबि आले मगर, सल्यानका २६ वर्षीय खुमराज बि.क. र नवलपारासीका ३२ वर्षीय दीपक काफ्लेलाई पक्राउ परेको महाशाखाक...
भीरबाट लडेर एकजना महिलाको ज्यान गयो

भीरबाट लडेर एकजना महिलाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, असार २४ ओखलढङ्गामा भीरबाट लडेर एकजना महिलाको ज्यान गएको छ । खिजिदेम्बा गाँउपालिका–८ कास्पु की ४३ वर्षीया पासाङ फुरी शेर्पाको लडेर ज्यान गएको हो । हजो राती साढे ९ बजे छिमेकीको घरबाट फर्कने क्रममा बाटोबाट अन्दाजी १२ फिट तल झरी घाईते अबस्थामा स्थानीयले फेला पारेका थिए । उनको स्थानीयले बोकेर घर तर्फ ल्याउने क्रममा ज्यान गएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी रावादोलु र जिल्ला प्रहरी कार्यालय ओखलढङ्गाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  ...
उदयपुरको ताप्लीमा बोलेरो दुर्घटना, एकजनाको ज्यान गयो

उदयपुरको ताप्लीमा बोलेरो दुर्घटना, एकजनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, असार २४ उदयपुरको ताप्ली गाउँपालिका–५ डुढेमा आज (विहिबार) बिहान २ बजे बोलेरो दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । स्थानीय धन बहादुर नेपालीको छोरा वर्ष  अन्दाजी २५ को रमेश नेपालीको बोलेरो दुर्घटनामा ज्यान गएको हो । डुढे स्थित भित्री कच्ची सडक खण्डमा कटारीबाट रुपाटार तर्फ जादैँ गरेको प्र २–०१–००–१ च–००५० नम्बरको बोलेरो गाडी उकालो चढ्न नसकी चिप्लिन गई ब्याक हुँदा उक्त गाडीमा सवार नेपाली ओर्लने क्रममा सोही गाडीको टायरले कम्मर देखी मुनिको भाग किच्दा उनी गम्भीर घाइते भएको जिला प्रहरी कार्यालय उदयपुरले जनाएकोे छ । घाईते नेपालीको तत्काल उद्धार गरी साढे ७ बजे कटारी अस्पताल पु¥याउदा मृत्यु भईसकेको अस्पतालले जनाएको छ । मृतकको शवलाई कटारी अस्पतालमा राखिएको छ । गाडी प्रहरी चौकी रुपाटारको नियन्त्रणमा रहेको छ, भने चालक सोही स्थानका ३० वर्षीय ईस्वर श्रेष्ठ फरार रहेकाले खोजीकार्य भईरह...
उदयपुरमा १५ संक्रमित थपिए, १ जनाको मृत्यु

उदयपुरमा १५ संक्रमित थपिए, १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २३  उदयपुरमा आज (बुधबार) थप १५ जनामा कोरोना भाइरको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १० महिला र ५ पुरुष गरी १५ जनामा संक्रण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ४ सय ५६ पुगेको हो । आज थप १ जना संक्रमित महिलाको कोरोनाबाट ज्यान गएको छ । उक्त महिलाको उमेर र स्थान स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छैन । योसँगै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० पुगेको हो । आज थपिएको संक्रमितहरु चौदण्डीगढी, त्रियुगा र कटारी नगरपालिका साथै लिम्चुङबुङ गाँउ पालिकाका रहेका छन् । चौदण्डीगढीमा ५ महिला र १ पुरुष गरी ६ जना, त्रियुगामा २ महिला र २ पुरुष गरी ४ जना, कटारीमा १ पुरुष र लिम्चुङबुङमा ३ महिला र १ पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । जिल्लामा कोरोना मुक्त हुनेको संख्...
जिल्ला अस्पताल उदयपुरमा भोलीबाट दोस्रो मात्राको खोप लगाईने

जिल्ला अस्पताल उदयपुरमा भोलीबाट दोस्रो मात्राको खोप लगाईने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २३  जिल्ला अस्पताल गाईघाट उदयपुरमा भोलीबाट कोरोना विरुद्धको दोस्रो मात्राकोे भेरोसेल खोप लगाइने छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार भोलीदेखी २७ गने सम्म दोस्रो मात्राको भेरोसेल खोप लगाउन लागिएको हो । ६० देखी ६४ वर्ष उमेर समुहका जेष्ठ नागरीकलाई असार २४, २५ र २६ गते सम्म जिल्ला अस्पतालमा खोप लागाइने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन प्रसाख सुवेदीले बताउनु भयो । उहाका अनुसार पहिलो मात्रा लगाएका अन्य वर्गका समुहलाई असार २७ गते दोस्रो मात्राको खोप लागाइने छ । जिल्लामा भेरोसीलको पहिलो मात्रा ५ हजार ४० जनालाई लगाइएकोमा दोस्रो मात्राको लागि  पुन सोही ५ हजार ४० डोज खोप उपलब्ध भएकोले पहिलो मात्रा खोप लगाएको खोपकार्डसहित दोस्रो मात्राको खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ । यस पटन खोप लगाउँदा कुनै पनि नयाँ व्यक्ति समावेश नगराउने स्वास...
हरिण मारेर खाएको आरोपमा झापाका २ युवा पक्राउ

हरिण मारेर खाएको आरोपमा झापाका २ युवा पक्राउ

समाचार
पूर्णपुष्टि, असार २३ झापामा हरिण मारेर खाएको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका-३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ४० वर्षीय लुखिराम हास्दा र २४ वर्षीय समन टुडु रहेका छन् । पक्राउ परेका दुबैसहित आठ जनाले अभिमुक्तेश्वर सामुदायिक वनमा रहेको हरिण मारेर खाएको प्रहरीले जनाएको छ । हरिण मारेर घरमा छाला सुकाइरहेको खबर पाएपछि पथरिया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर हास्दा र टुडुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले बताउनुभयो । उक्त घटनामा संलग्न रहेका अन्य व्यक्तिहरु फरार रहेका छन्, उनीहरुको खोजी कार्य भइरहेको थापाले बताउनुभयो । पक्राउ परेका दुबै जनालाई डिभिजन वन कार्यालय झापामा बुझाइने प्रहरीले जनाएको छ ।...