Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

१० महिलासहित २९ जुवाडे पक्राउ, १४ लाख नगद बरामद

१० महिलासहित २९ जुवाडे पक्राउ, १४ लाख नगद बरामद

समाचार
पूर्णपुष्टि, असार २३ काठमाडौंको कपन स्थित सिमलटारमा रहेको जुवा खालमा प्रहरीले छापा मारेर २९ जना जुवाडेलाई पक्राउ गरेको छ । जसमध्ये १० जना महिला रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले २९ जुवाडेसहित १४ लाख नगद बरामद गरेको छ । प्रहरीका अनुसार जुवा खालबाट ३३ थान कौडा र तास फेला परेको छ । पक्राउ परेका सवैैलाई महानगरीय प्रहरी वृत बौद्धमा राखिएको प्रहरीले जनाएको छ ।...
सर्पले टोक्दा एक महिलाको ज्यान गयो

सर्पले टोक्दा एक महिलाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, असार २३ र्सपको टोकाईबाट एकजना महिलाको महोत्तरीमा ज्यान गएको छ । मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा विषालु सर्पले टोक्दा सुशील सहनीकी २४ वर्षीया पत्नी विभादेवी सहनीको ज्यान गएको हो । सहनीपत्नीलाई गए राति करीब ९ बजे खाना पकाउने क्रममा विषालु सर्पले टोकेको थियो । सर्पको डसाइबाट सिकिस्त भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।...
खुकुरी प्रहार गरी राईको हत्या

खुकुरी प्रहार गरी राईको हत्या

समाचार
पूर्णपुष्टि, असार २३ ईलाममा खुकुरी प्रहार गरी एकजनाको हत्या भएको छ । ईलाम नगरपालिका–१२ साङरुम्बा पिप्ले भञ्ज्याङ का ४५ वर्षीय यम बहादुर सावाले सोही स्थानका ५८ वर्षीय धन बहादुर राईको हत्या गरेको हो । आज बिहान ७ बजे राईको पेटमा खुकुरी प्रहार गरी सावाले हत्या गरेका थिए । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटी गई हत्या गर्ने यम बहादुर सावालाई खुकुरीसहित पक्राउ गरेको हो । तत्काल हत्या गर्ने कारण खुल्न सकेको छैन् । घटना सम्बन्धना थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।...
झापामा बिद्युत प्राधिकरण कर्मचारीको करेन्ट लागी ज्यान गयो

झापामा बिद्युत प्राधिकरण कर्मचारीको करेन्ट लागी ज्यान गयो

समाचार
पूर्णपुष्टि, असार २३ झापाका एक बिद्युत प्राधिकरण कर्मचारीको करेन्ट लागी ज्यान गयो छ । बिर्तामोड नगरपालिका–४ जात्रुबाडी बस्ने ६१ बवर्षीय कुल  बहादुर भट्टराईको करेन्ट लागी ज्यान गएको हो । आज बिहान साढे ७ बजे सोही नगरपालिका–८ बाह्रबिघे स्थित राम कुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागी बिजुलीको पोलमा चड्ने क्रममा करेन्ट लागी भुईमा खस्दा टाउकोमा चोट लागी भट्टराई गम्भीर घाईते भएका थिए । घाइते भट्टराईको उपचारको लागी बि एन्ड सी अस्पताल बिर्तामोड पुर्याउना साथ ज्यान गएको हो । उनी अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी रहेका थिए । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमणीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
दुर्लभ बन्यजन्तुको छाला र अन्य सामाग्री सति ४ चिनीया नागरिक पक्राउ

दुर्लभ बन्यजन्तुको छाला र अन्य सामाग्री सति ४ चिनीया नागरिक पक्राउ

समाचार
पूर्णपुष्टि, असार २२ काठमाण्डौँ बाट दुर्लभ वन्य जन्तुको छाला र अन्य बिभिन्न अबैध समाग्री सहित ४ जना चिनियाँ नगरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको विशेष टोलीले काठमाडौंको ज्याठा क्वाबाहालबाट चारजना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) रमेश कुमार बस्नेतले बताए । दुर्लभ वन्यजन्तुको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न रहेको आरोपमा उनिहरुलाई पक्राउ गरेको हो । पर्नेमा चीनको युनान प्रान्त घर भइ काठमाशडौं महानगरपालिका –३ बालुवाटर बस्दै आएका ३१ वर्षीय झाओ पेनुचेङ, चीनको हुबेइ प्रान्त घर भइ काठमाडौं महानगरपालिका –१७ ठैटी बस्दै आएका ३४ वर्षीय मा जिङबिन, चीनको हेनान प्रान्त घर भइ काठमाडौं महानगरपालिका–१७ ठैटी बस्दै आएका ३१ वर्षीय निउ युलियाङ र चीनको जुवाङदोञ्ज प्रान्त घर भइ काठमाडौं महा...
देशभर २,६३४ जनामा कोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

देशभर २,६३४ जनामा कोना संक्रमण पुष्टि, १५ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २२ आज देशभर थप २ हजार ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रमणलयका अनुसार देशभर ७ हजार ५०३ जनाको पिसिआर परीक्षणबाट १ हजार ७१८ जनामा संक्रमण पुष्टि भएको छ, भने ५ हजार ८२ जनाको एन्टिजेन परीक्षणबाट ९१६ जनामा पुष्टि हो । यस्तै, १५ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै हालसम्म ९ हजार २६३ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ५६५ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.६ प्रतिशत छ ।...
उदयपुरमा गाँजासहित एकजना पक्राउ

उदयपुरमा गाँजासहित एकजना पक्राउ

समाचार
पूर्णपुष्टि, असार २२ उदयपुरमा गाँजासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । त्रियुगा नगरपालिका वडा नं. ३ चौडीका र्हक बहादुर विकलाई २ केजी गाँजासहित पक्राउ परेको हो । सोमबार विकको घरमा लागुऔषध बिक्रि वितरण भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटीएको विशेष टोलीले निजलाई २ केजी गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी बेद प्रसाद गौतमले जानकारी दिनुभयो । पक्राउ परेको विकलाई जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याइ थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरको कोभिड अस्पताललाई १८ लाख भन्दा बढी स्वास्थ्य सामाग्री सहयोग

उदयपुरको कोभिड अस्पताललाई १८ लाख भन्दा बढी स्वास्थ्य सामाग्री सहयोग

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार २२ उदयपुरको कोभिड अस्पताललाई १८ लाख भन्दा बढीको स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । चौदण्डीगढी–६ सातधारे स्थित रहेको कोभिड अस्पताललाई सेफ द चिल्ड्रेन र बाल विकास समाज उदयपुरको सहयोगमा सोमबार अस्पतालका संयोजक तथा नगर प्रमुख खगेन्द्र राईलाई सामग्री हस्तान्तरण गरिएको हो । उक्त संस्थाले आईसियु बेड, हस्पिटल वेड, अक्सिजन कन्सर्ट्रेटोर्स, पेसन मोनिटोर, पल्स अक्सिमिटर, एन्टिजेन्ट कीट र इमर्जेन्सी ट्रली लगायत १८ लाख ६४ हजार मूल्य बराबरको सामग्री हस्तान्तरण भएको नगर प्रमुख राईले बताउनुभयो ।...
१५० केजी गाँजासहित २ पक्राउ, २ फरार

१५० केजी गाँजासहित २ पक्राउ, २ फरार

समाचार
पूर्णपुष्टि, असार २२ सुनसरीमा १ सय ५० केजी गाँजा बोकेको गाडीसहित दुई जना युवा पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका–८ शुक्रबारे स्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडी सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनी–७ का २५ वर्षीय अमिर लिम्बु रहेका छन् । आज बिहान राती १ बजे ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चतराबाट आईरहेको का २ च ११२ नम्बरको मारुती भेन र को २ प ३५०२ नम्बरको मोटरसईकललाई नियन्त्रणमा लिई चेकजाच गर्ने क्रममा भेनबाट लागूऔषध गाँजा, र सिटमा राखिएको अवस्था १ थान नक्कली रिवलबल पेस्तोल बरामद भएको थियो । प्रहरीलाई देख्न साथ तत्काल फरार रहेका दुई जनाको खोजी कार्य भईरहेको छ, भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय सुनसरीले जनाएको छ ।...
दोस्रो चरणको भेरोसेल खोप आजबाट लगाइँदै

दोस्रो चरणको भेरोसेल खोप आजबाट लगाइँदै

समाचार
पूर्णपुष्टि, असार २२ कोरोना भाइरस कोभिड–१९ विरुद्धको दोस्रो चरणको भेरोसल खोप आजबाट लगाउन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणको भेरोसेल खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको हो । सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा देशभर दिइएको थियो । पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकको संख्या तीन लाख ७० हजार रहेको मन्त्रालयले जनाएको छ । भेरोसेलको पहिलो मात्रा लगाएका तर विविध कारणले दोस्रो डोज लगाउन छुटेका नागरिकलाई समेत यसपटक दोस्रो मात्रा दिइने मन्त्रालयले जनाएको छ ।...