करछली गरी उदयपुर ल्याउँदै गरेको करिब २ सय थान मोवाईल बरामद
पूर्णपुष्टि, भदौ १५
काठमाण्डौँ देखि करछली गरी उदयपुर ल्याउँदै गरेको १९९ थान मोवाईल जिल्ला प्रहरी कार्यालय उदयपुरले वरामद गरेको छ । आईतबार करिब ५ बजेको समयत्रिर त्रियुगा नगरपालिका ६ लापत्ता बाट मोवाईल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
लालपत्ता प्रहरीले काठमाण्डौँ बाट उदयपुर तर्फ करछलीका १९९ थान मोवाईल १ लाख ८५ हजार बराबरको बरामद गरेको हो ।
उक्त बरामद भएको मोवाईललाई नियन्त्रणमा लिई थप कार्वाही तथा अन्य प्रक्रियाको लागि मंगलबार करदाता सेवा कार्यलयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) वेद प्रसाद गौतमले जानकारी दिनुभयो ।
...









