Thursday, August 6News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या २,८९० पुग्यो

उदयपुरमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या २,८९० पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १७ उदयपुरमा आज (आईतबार) थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १८ पुरुष र १७ महिला गरी ३५ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ८९० जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार आज थपिएका संक्रमितहरु त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका साथै ताप्ली गाउँ पालिकाका रहेका छन् । त्रियुगामा ९ पुरुष र ५ महिला गरी १४ जना, चौदण्डीगढीमा ४ पुरुष र ७ महिला गरी ११ जना, बेलकामा २ पुरुष र २ महिला गरी ४ जना र ताप्लीमा ३ पुरुष र ३ महिला गरी ६ जनामा संक्रमण देखिएको हो । जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ३८६ पुरुष र १ हजार १९८ महिला गरी जम्मा २ हजार ५८४ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या १३९ पुरुष र ११५ महिला गरी...
छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

छोरी बलात्कार गरेको अभियोगमा बाबु पक्राउ

समाचार
पूर्णपुष्टि, साउन १७ १३ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । अर्घाखाँची पाणेनी गाउँपालिका–८ बस्ने ४८ वर्षीय एक पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको विशेष सूचनाका आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।...
दाजुको कुटाइबाट भाइको ज्यान गयो

दाजुको कुटाइबाट भाइको ज्यान गयो

समाचार
पूर्णपुष्टि, साउन १७ दाजुको कुटाईबाट भाइको ज्यान गएको छ । बाँकेका खजुरा गाउँपालिका–२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारले कुटपिट गर्दा ३८ वर्षीय गणेश सुनारको ज्यान गएको हो । भाइको हत्या गरेको अभियोगमा दाजुलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी उनीहरुबीच भएको सामान्य विवादमा गुमानले शुक्रबार राति कुटपिट गर्दा घाइते भइ घरमै बसेको अवस्थामा गणेशको मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दाइ सुनारमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।...
स्थानीको माग पुरा नगरे साउन २१ गते उदयपुर जिल्ला बन्द गर्ने घोषणा

स्थानीको माग पुरा नगरे साउन २१ गते उदयपुर जिल्ला बन्द गर्ने घोषणा

समाचार
पूर्णपुष्टि, साउन १७ उदयपुरको कटारी नगरपालिका–४ मरुवाका स्थानीहरुको माग पुरा नगरे साउन २१ गते जिल्ला पूर्णरुपमा बन्द हुने घोषणा गरिएको छ । सोलु करिडोर १३२ केभी प्रशारण लाईन जडानको क्रममा स्थानीयको माग अनुसार उचित मुआब्जा नदिई आयोजनाको काम बलपूर्वक अगाडि बढाउन खोजिएको भन्दै त्यसलाई रोक्न उदयपुर जिल्ला बन्द गर्ने घोषणा गरिएको हो । स्थानीयले मागेको मुआब्जा, उचित क्षतिपूर्ति, विद्यालयमा राखिएका सुरक्षाकर्मी फिर्ता हुनुपर्नेलगायतका माग स्थानीयले राखेका छन् । नेकपा माओबादी केन्द्रका नेता केपी बरालको नेतृत्वमा सोलु करिडोर विवाद समाधान पहल समिति गठन गरी संघर्षरत मरुवाबासीले १७ गते आईबार कटारी बजार बन्द गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, जनता समाजबादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (बिप्लव समूह) गरी बिभिन्न ६ राजनीतिक दलले शनिबार आन्द...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन १७ हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ । लगातार चार दिनदेखि बढेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेको हो । शुक्रबार सुन तोलामा ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ घटेर तोलामा ९२ हजार ४ सय रुपैयाँमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको भाउ भने आज स्थिर रहेको छ । शुक्रबार तोलाको १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि उती नै यथावत रहेको महासंघले जनाएको छ ।...
उदयपुरको सोलु करिडोरका विषयमा विवाद : स्थानीय र प्रहरी बीच झडप हुँदा ५ जना घाइते

उदयपुरको सोलु करिडोरका विषयमा विवाद : स्थानीय र प्रहरी बीच झडप हुँदा ५ जना घाइते

समाचार
पूर्णपुष्टि, साउन १७ उदयपुरको कटारीस्थित मरुवामा सोलु करिडोरको टावर राख्ने विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच दोहोरो झडप भएको छ । उक्त झडपमा पाँच जना सर्वसाधारण घाइते भएका छन् । रिता राई, कपिल राई, लक्ष्मी मगर र गोमा मगर घाइते भएका हुन् । उनीहरुको कटारी अस्पतालमा उपचार भइरहेको सोलु करिडोर विवाद समाधान पहल समितिका संयोजक माओबादी केन्द्रका स्थानीय नेता केपी बरालले बताए । दुई पक्षबीच झडपको स्थिती सिर्जना भएपछि कटारीका बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले करिडोर आयोजना प्रमुखसँग वार्ता गरेको थिए । तर वार्ताले कुनै निस्कर्ष ननिकालेको समिति संयोजक बरालले जानकारी दिए । आयोजना प्रमुख, प्रमुख जिल्ला अधिकारी, नगरका जनप्रतिनिधिलगायतका सरोकारवालाहरुसँग वार्ता गर्नुपर्ने, प्रहरी मरुवास्थित विद्यालयमा राखिएको अस्थायी प्रहरी बसोबास तत्काल हटाउनु पर्नेलगायतका माग आन्दोलनरत पक्षको छ । प्रहरी–स...
ब्राउन सुगरसहित युवा पक्राउ

ब्राउन सुगरसहित युवा पक्राउ

समाचार
पूर्णपुष्टि, साउन १७ झापा अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्क स्थितबाट अटो टेम्पुबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनलाई पक्राउ गरिएको छ । अटो चालक बिर्तामोड–४ बस्ने २१ वर्षीय रुपेश साह र पछाडि सवार हल्दिबारी–३ का २१ वर्षीय बिबेक बानियालाई लागुऔषधसहित पक्राउ गरिएको हो । हिजो दिउसो साढे ११ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे १ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ९० मिलि ग्राम र नगद रु. २० हजार बरामद भएको भएको छ । प्रहरीले उनीहरुलाई अटोसहित पक्राउ गरि ईलाका प्रहरी कार्यालय अनारमनीमा लगि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
६ जुवाडे नगदसहित पक्राउ

६ जुवाडे नगदसहित पक्राउ

समाचार
पूर्णपुष्टि, साउन १७  झापा दमक नगरपालिका–८ स्थितमा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सहित ६ जना जुवाडे पक्राउ परेका छन् । दमक–७ का होटल संचालक ३२ वर्षीय पदम सुब्बा, दमक–५ का २९ वर्षीय कैलास लिम्बु, सोही स्थानका ३३ वर्षीय मोहन ढुंगाना, दमक–६ का ३८ वर्षीय द्रोणचार्य कार्की, सोही स्थानका ५० वर्षीय प्रेम सुब्बा र ५० वर्षीय भिम सुब्बा पक्राउ परेका हुन् । हिजो बेलुका पौने ५ बजे सो होटलमा जुवाजन्य खेल खेलाईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तास ३ बुङ, नगद १ लाख ६० हजारसहित पक्राउ गरिएको थियो । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
उदयपुरमा एकै परिवारका ३ जनाको कोरोनाबाट मृत्यु, त्रियुगाको २ नम्बर वडा सिल

उदयपुरमा एकै परिवारका ३ जनाको कोरोनाबाट मृत्यु, त्रियुगाको २ नम्बर वडा सिल

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १७ उदयपुरमा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । २२ दिन भित्र त्रियुगा नगरपालिका–२ खैजनपुरका एकै परिवारका दाजु–भाउजु र भाईको कोरोनाले मृत्यु भएको हो ।१५ दिनअघि ४३ वर्षीय रमण पोखरेल, ७ दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको थियो । मृतक परिवारका अन्य सदस्यमा पनि संक्रमण पुष्टि भएको छ । छिमेकीहरुमा पनि रुघा, खोकी र ज्वरोको बिरामी देखा पर्न थालेपछि त्रियुगा नगरपालिका वडा नम्बर सिल गरिएको छ । वडामा संक्रमण फैलिन नदिन गए रातिको १२ बजे देखि साउन २४ गते रातिको १२ बजे सम्म २ नम्बर वडा सिल गरिएको वडा अध्यक्ष घमानसिंह खत्रीले बताउनुभयो । खत्रीका अनुसार बिरामीहरुको पि.सी.आर रिर्पोट नेगेटिभ नआउनजेल सम्म वडाका वरगाछी टोल, नमुना थारु, नयाँ बस्ती र वविया टोल विकास सिमा क्ष...