Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

कक्षा १२ सहित अन्य सबै परिक्षाहरु स्थिगित हुने

कक्षा १२ सहित अन्य सबै परिक्षाहरु स्थिगित हुने

शिक्षा, समाचार
पूर्णपूष्टि, साउन १८ कोरोना भाईरसको तेस्रो लहर बढेको भन्दै साउन ३१ गते बाट गर्ने भनिएका कक्षा १२ का परिक्षा सहित अन्य परिक्षाहरु समेत फेरि स्थिगित हुने भएको छ । सोमबार २३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुने परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गर्ने घोषणा गरेका हुन् । राज्यमन्त्री श्रेष्ठले कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएकाले परीक्षा स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न शिक्षा मन्त्रालयसँग परामर्श गरी उचित निर्णय गरिने बताए । राज्यमन्त्रीको कार्ययोजनाको बुँदा नम्बर ११ मा परीक्षा स्थगनको विषय उल्लेख छ । तर परीक्षा स्थगनबारे निर्णय भने भइसकेको छैन ।  ...
उदयपुरमा भोलीबाट कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरिने

उदयपुरमा भोलीबाट कोरोना विरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरिने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १८ उदयपुरमा भोली (मंगलबार) बाट कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन सुरु गरिने भएको छ । अमेरीकाले अनुदानमा दिएको जोन्सन एन्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समुहकालाई भोलीबाट लगाइने छ । अति अशक्त बर्ग, वैदेशिक रोजगारीमा जान भिषा प्राप्त व्यक्ति एवम स्वास्थ्य संस्थामा कार्यरत स्वास्थकर्मी र सरसफाइकर्मीलाई यो खोप लगाइने छ । त्यस्तै क र ख वर्गको अपांगता भएका, नेपालमा रहेका शरणार्थीहरुलाई पनि उक्त खोल लगाइने छ । त्रियुगा नगरपालिका भवन र सो मातहतका सबै स्वास्थ्य चौकीहरुमा ०७८÷०४÷१९ र २० गते खोप लगाइने छ । त्यस्तैै, उदयपुर अस्पतालमा पनि साउन १९ र २० गते खोल लगाइने जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । चौदण्डीगढी नगरपालिका र सो मातहतका सबै स्वास्थ्य चौकीहरुमा साउन १९ र २० गते खोल सञ्चालन गरिने छ । बेलका र सो मातहतका सबै स्वास्थ्य चौकीहरुमम साउ...
अखिल नेपाल महिला संघ जिल्ला कमिटी उदयपुरका पदाधीकारी चयन

अखिल नेपाल महिला संघ जिल्ला कमिटी उदयपुरका पदाधीकारी चयन

समाचार
पूर्णपुष्टि, साउन १८ अखिल नेपाल महिला संघ जिल्ला कमिटी उदयपुरका पदाधीकारीहरु चयन भएका छन् । जिल्ला कमिटी उदयपुरका अध्यक्ष पदमा गंगा राई सर्वसहमतरुपमा चयन भएका छन् । त्यसैगरी उपाध्यक्षको पदमा जानकी बराल र देवी माया कटुवाल चयन भएका छन् । सचिवको पदमा पशुपती चौधरी र सह–सचिवमा बिक्रमी चौधरीलाई चयन गरिएको छ । त्यस्तै, कोष अध्यक्षको पदमा सकुनतला श्रेष्ठ चयन भएका छन् ।...
एन्फा प्रवक्ता किरण राईले राजिनामा दिए

एन्फा प्रवक्ता किरण राईले राजिनामा दिए

समाचार
पूर्णपुष्टि, साउन १८ अखिल नेपाल फुटवल संघका (एन्फा)  प्रवक्ता किरण राईले राजिनामा दिएको छ । राईले प्रबक्ताको जिम्मेवारी बाट राजिनामा पत्र बुझाएको हो । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र बरिष्ठ उपाध्यक्षको रोहबरमा राईले आफ्नो राजिनामा पत्र बुझाएको हो । के कारणले राजिनामा दिएको हो भन्ने राईले खुलाएको छैन् । राईले एन्फा प्रवक्ताको रुपमा ३ बर्ष ४ महिना काम गरे । करिब ४ बर्षको कार्यकालको अबधि भएपनि अचानक राजिनामा बुझाएको हो । किना राजिनामा दिएको भन्ने बारे प्रबक्ता राईले खुलाउनु मानेन । प्रेस मिट पछि मात्रै आफ्नो राजिनामा बारे बताउने राईले बताए ।  ...
उदयपुरमा गाँजासहित २ युवा पक्राउ

उदयपुरमा गाँजासहित २ युवा पक्राउ

समाचार
पूर्णपुष्टि, साउन १८ उदयपुर बेलका नगरपालिका–८ कोठू स्थितबाट लागूऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन् । भोजपुर हचुवागढी गाउँपालिका–८ का २६ वर्षीय नबिन्द्र राई र २३ वर्षीय हेम राज राईलाई पहरीले पक्राउ गरेको हो । हिजो बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठूबाट खटिएको प्रहरी टोलीले को १ ज ४५९ नम्बरको बुलेरोलाई चेकजाँच गर्ने क्रममा बोलेरोको हुडमा २ वटा कपडाको झोलामा ४ केजी २०० ग्राम लागूऔषध  गाँजा फेला पारेको थियो । गाँजा फेला परे पश्चात सोधपुछ गर्दा उक्त गाँजा नबिन्द्र र हेमराज राईको खुल्न आएसँगै उनहरुलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
ब्राउन सुगरसहित एक जना पक्राउ

ब्राउन सुगरसहित एक जना पक्राउ

समाचार
पूर्णपुष्टि, साउन १८ मोरङ विराटनगर महानगरपालिका–२ दुर्गा चौक स्थितबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेको छ । पथरी शनिश्चरे–६ का २३ वर्षीय निरज गोडीलाई प्रहरीले पक्राउ गरेको हो । हिजो बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर ८ ग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।...
चौदण्डीगढीमा विश्वस्तनपान सप्ताहको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

चौदण्डीगढीमा विश्वस्तनपान सप्ताहको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १८ विश्वस्तनपान सप्ताह २०७८ को उपलक्ष्यमा चौदण्डीगढी नगरपालिकास्थित सेढाई बन्धु बसपार्क बेल्टारमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईद्धारा रतmदान गर्दै उद्घाटन गरिएको कार्यक्रममा  ३८ जनाले रक्तदान गरेको आयोजक लायन्स क्लव अफ चौदण्डीगढी उदयपुरका अध्यक्ष पवन कार्किले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले कोरोना महामारीको विशम परिस्थितिमा अस्पतालहरुमा रगतको अभाव भैइरहेको बेला  रक्तदान कार्यक्रमको आयोजना गरेकोमा रतmदाता र आयोजकलाई धन्यवाद दिएका छन् । स्तनपान सम्बन्धी जनचेतना तथा प्रचारप्रसारसहित लायन्स क्लव अफ उदयपुर चौदण्डीगढीको आयोजना, चौदण्डीगढी नगरपालिकाको स्वास्थ्य शाखाको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उदयपुरको प्राबिधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । त...
उदयपुर सिमेण्ट उद्योगमा कर्मचारीहरुको कार्य विवरण सहितको संगठन तालिका स्वीकृत, बढुवा तथा नयाँ नियुक्तिका लागि बाटो खुल्योे

उदयपुर सिमेण्ट उद्योगमा कर्मचारीहरुको कार्य विवरण सहितको संगठन तालिका स्वीकृत, बढुवा तथा नयाँ नियुक्तिका लागि बाटो खुल्योे

समाचार
पूर्णपुष्टि, सानउ १८ उदयपुर सिमेन्ट उद्योगका लागि रिक्त दरबन्दी पूर्तिको प्रतिशत निर्धारण गर्न लोकसेवा आयोगमा पेस गर्नु पर्ने कानुनी प्रावधान पुरा भए पछि कर्मचारीहरुको बढुवा तथा नयाँ नियुक्तिका लागि बाटो खुलेको छ । उद्योगमा कार्यरत कर्मचारीहरुको उमेरको हद, मृत्यु तथा राजीनामा आदिका कारणबाट सेवा निवृत्त हुँदै गएको अवस्थामा मौजुदा दरबन्दी तथा संगठन तालिका अनुसार कार्यभार तथा उत्तरदायित्व निर्वाह गर्न असहज बन्दै गएको थियो । सोहि समस्यालाई समाधानका लागि कार्य दक्षता र कार्य क्षमताको आधारमा दरबन्दी मिलान गरि कर्मचारीहरुको बढुवा तथा नयाँ नियुक्तिका लागि कर्मचारीहरुको कार्य विवरण सहितको संगठन तालिका स्वीकृत  भए सँगै कर्मचारीहरुको बढुवा तथा नयाँ नियुक्तिका लागि बाटो खुलेको हो । संचालक समितिका विज्ञ सदस्य श्री देबी प्रसाद बरालको संयोजकत्वमा गठित समितिले उद्योग व्यवस्थापन, ट्रेड युनियन हरु ...
उदयपुरको कटारीमा यातायात ठप्प

उदयपुरको कटारीमा यातायात ठप्प

समाचार
पूर्णपुष्टि, साउन १८ उदयपुरको कटारी नगरपालिकामा आज (सोमबार) साढे ९ बजेदेखि पूर्णरुपमा यातायात ठप्प पारिएको छ । कटारी–४ बसपार्क स्थित मरुवामा सोलु करिडोर १३२ केभी प्रशारण लाईन जडानको क्रममा स्थानीयको माग अनुसार उचित मुआब्जा नदिई आयोजनाको काम बलपूर्वक अगाडि बढाउन खोजिएको भन्दै त्यसलाई रोक्न आज यातायात ठप्प पारिएको हो । बार्ता को माध्यमबाट समस्याको समाधान गर्नु पर्ने माग सहित संघर्ष समितिका संयोजक केपी बराल को अगुवाईमा संघर्षसहित करिब २०/२५ जनाको संख्यामा स्थानीय बासिन्दा भेला भई अत्ति आवश्यक सवारी साधन बाहेकका सम्पूर्ण यातायात सवारी साधन बन्द गराइएको छ ।...
नेपालमा थप २,५६८ जनामा कोरोना संक्रमण पुष्टि, थप १८ जनाको ज्यान गयो

नेपालमा थप २,५६८ जनामा कोरोना संक्रमण पुष्टि, थप १८ जनाको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १७ वितेको २४ घण्टामा नेपालमा थप २ हजार ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४०२ पीसीआर परीक्षणमा १ हजार ९८१ र ४ हजार २३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितसँगै देशभर कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । वितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप १८ जनाको ज्यान गएको छ । योसँगै देशभर कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार ८७५ जना पुगेको मन्त्रालयले जनाएको छ । वितेको २४ घण्टामा २ हजार २० जनाले कोरोना जितेका छन् । योसँगै देशभर कोरोना मुक्त हुनेको कुल संख्या ६ लाख ५६ हजार १९७ जना पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना रहेका छन् । जसमध्ये २८ हजार ६३ जना होम आइसोलेसनमा रहेका छन्, भने ३ हजार २३५ जना संस्...