Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या २,९९२ जना पुग्यो

उदयपुरमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या २,९९२ जना पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १९ उदयपुरमा आज (मंलबार) थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १३ महिला र ९ पुरुष गरी २२ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या २ हजार ९९२ पुगेको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा पनि संक्रमित भटिएको छ । पछिल्लो केहि दिन यता त्रियुगामा लगातार संक्रमणदर बढ्दोे अवस्थामा छ । आज पनि त्रियुगामै सबै भन्दा बढी उच्च संक्रमित भेटिएको छ । ८ महिला र ८ पुरुष गरी १६ जना त्रियुगा भित्रकै संक्रमित भएका छन् । बेलका र चौदण्डीगढीका १/१ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । त्यसैगरी, ताप्लीमा २ महिला र १ पुरुष गरी ३ जना र लिम्चुङबु...
एमसीसी पास नगर्न माओवादी मजुदुर पार्टीको माग

एमसीसी पास नगर्न माओवादी मजुदुर पार्टीको माग

समाचार
पूर्णपुष्टि, साउन १९ माओमावदी मजदुर पार्टी केन्द्रिय तदर्थ समितिले एमसीसी पास नगराउन माग गरेको छ । मंगलबार गाईघाटको पिजि चोकमा पार्टीले कोण सभा तथा एमसीसीको बिरोध गर्दै पास नगराउन सरकार तथा सम्बन्धित पक्षहरुलाई आग्रह गरेको हो ।  एमसीसी नेपाली जनताहरुको हितमा नरहेको भन्दै नेपाली भुमिमा अन्य देशको राज चल्ने यस्तो षड्यन्त्रपूर्ण एमसीसी जानीजानी पारित नगारउन पार्टीले माग राखेको छ ।  एमसीसीको विरोधमा आम जनताहरु सडकमा उत्रिरहेको भएपनि जवरजस्ती यसलाई पास गराउने खेल भईरहेको भन्दै यस्तो नगर्न पार्टीले माग गरेको पार्टीका केन्द्रिय माहासचिव हिमाल सिंह राईले बताउनुभयो ।  पार्टीका माहासिचव राई सहित प्रवक्ता जगत कटुवाल, केन्द्रिय सदस्य उर्मिला राई, केन्द्रिय सदस्य मनि कुमार राई र तारा राई लगायतको उपस्थितिमा एमसीसी नस्वीकार्न माग गर्दै बिरोध प्रदर्शन भएको थियो ।   ...
गोरु काट्ने ६ जना पक्राउ

गोरु काट्ने ६ जना पक्राउ

समाचार
पूर्णपुष्टि, साउन १९ गोरु काटेको अभियोगमा कास्कीबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा सोही स्थानका जीतबहादुर तमाङ, कुलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङलाई प्रहरीले पक्राउ गरेको हो । गोरु काटेको प्राप्त सूचनाका आधारमा ६ जनालाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । उनका अनुसार पशुपक्षीसम्बन्धी कसुर गरेको आरोपमा निजहरुलाई जिल्ला अदालतबाट नौ दिने  म्याद लिइ अनुसन्धान थालिएको  छ  ।...
मालपोत कार्यालय उदयपुरका १ कर्मचारीमा कोरोना पुष्टि, १ हप्ताको लागि सेवा बन्द

मालपोत कार्यालय उदयपुरका १ कर्मचारीमा कोरोना पुष्टि, १ हप्ताको लागि सेवा बन्द

समाचार
पूर्णपुष्टि, साउन १९ मालपोत कार्यालय उदयपुरमा १ हप्ताका लागि सेवा बन्द गरिएको छ । कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य कर्मचारीहरुमा पनि मिल्दो जुल्दो लक्षण देखा परेको भन्दै एक हप्ताको लागि सेवा बन्द गरिएको सम्बन्धि कार्यालयले सूचना प्रकाशन गरेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरको १९ गतेको पत्र अनुसार कर्मचारी र सेवाग्राहिहरुमा थप संक्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालयको सम्पूर्ण काम कार्वाही ठप्प पार्न निर्देशन आए अनुसार सेवा ठप्प हुने भएको पत्रमा उल्लेख गरिएको छ । प्रशासनले १९ गते बाट २५ गते सम्म सेवा बन्द गर्न निर्देशन दिएको पत्रमा भनिएको छ । कार्यालयको आन्तरिक काम कार्य बाहेक सम्पूर्ण सेवाहरु एक साता सम्म ठप्प पारिएको छ ।...
खोटाङमा परीक्षा दिन बसेका राई मृत भेटिए

खोटाङमा परीक्षा दिन बसेका राई मृत भेटिए

समाचार
पूर्णपुष्टि, साउन १९ बिएड प्रथम वर्षको परीक्षा दिँदै गरेको एक परीक्षार्थी खोटाङमा मृत अवस्थामा भेटिएको छ । रावाबेँसी गाउँपालिका–२ खार्पास्थित रावा क्याम्पस खार्पा परीक्षा केन्द्रबाट बिएड प्रथम वर्षको परीक्षा दिँदै गरेका हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका ४६ वर्षीय शिवराज राई कोठामा मृत भेटिएको हो । खार्पास्थित लुकराज श्रेष्ठको घरमा बसेर परीक्षा दिँदै गरेका राई सोमबार बिहान कोठामै मृत फेला परेको रावा क्याम्पसका उपप्राध्यपक गोपाल बस्नेतले बताए । राई बेलुकाको खाना खाएर सुतेका थिए, बिहान परीक्षासुरु हुने बेलासम्म नउठेपछि हेर्न जाँदा कोठामा उनी मृत भेटिएको हो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी क्याम्पसमा अध्ययनरत राई परीक्षाका लागि रावा क्याम्पस खार्पा पुगेका थिए । आइतबार राती अवेरसम्म पढेका राई बिहान भने मृत फेला परेका हुन् । उनले आफ्नो साथीहरुलाई राती अवेरसम्म पढ्...
रक्सि खाएर श्रीमतीको हत्या पश्चात श्रीमानले गरे आत्महत्या

रक्सि खाएर श्रीमतीको हत्या पश्चात श्रीमानले गरे आत्महत्या

समाचार
पूर्णपुष्टि, साउन १९ रक्सि खाएर एक दम्पती बिच विवाद हुँदा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या पश्चात आफूले समेत आत्महत्या गरेका गरेका हुन् । बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर हत्या गरेपछि आफूले डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभएको छ । छिमेकीहरुका अनुसार उनीहरुले बिहान घरमा सँगै रक्सी खाएका थिए । खेतमा  काम छ भनेर गएपछि बाटोमा आपसी विवादका कारण श्रीमतीको हत्या गरेको छिमेकीहरूले बताएका छन् । घटनाको विस्त...
प्रतिबन्धित औषधी र लागुऔषसहित ३ जना पक्राउ

प्रतिबन्धित औषधी र लागुऔषसहित ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, साउन १९ झापाका बिभिन्न स्थानबाट प्र्रतिबन्धि औषधी र लागुऔषधसहित तीन जना पक्राउ परेको छन् । हिजो बेलुका ६ बजे गौरीगंज गाउँपालिका–६ जनता चौक स्थितबाट ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका–१ का २० वर्षीय सुरेश ताजपुरियालाई प्रतिबन्धित औषधीसहित पक्राउ गरेको हो । ट्रामाजेक १५० क्यापसुल, नाईट्रोभेट २६ क्याप्सुल र कोरेक्श १ बोतलसहित ताजपुरियालाई पक्राउ गरेको हो । त्यसैगरी  हिजै बेलुका पौने ८ बजे झापा मेचीनगर नगरपालिका–२ स्थित भृकुटी चौकमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्युरोबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउदै गरेको डब्लु बी ७४ आर ६५०४ नम्बरको भारतिय मोटरसाईकल चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो । उक्त मोटरसाईकलको भाईजरमा लुकाई छिपाई ल्याउदै गरेको १ ग्राम लागूऔषध ब्राउन सुगर फेला परेको थियो । मोटरसाईकलमा सवार मेचीनगर नग...
ब्राउन सुगरसहित दुई जना पक्राउ

ब्राउन सुगरसहित दुई जना पक्राउ

समाचार
पूर्णपुष्टि, साउन १९ झापा बिर्तामोड नगरपालिका–३ भद्रपुर सडक खण्डको आँखा अस्पताल अगाडीबाट लागूऔषध ब्राउन सुगर सहित  दुई जनालाई पक्राउ परेको छ । झापा हल्दिबारी गाउँपालिका–१ बस्ने २० वर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपालिका–१० ईलामेली टोल का २४ वर्षीय समिर राई पक्राउ परेको हो । हिजो दिउसो १ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले मे ८ प ७३९२ नम्बरको मोटरसाईकल चढी आएका न्यौपानेको साथबाट लागूऔषध ब्राउन सुगर १२ ग्राम बरामद  भएको थियो । मोटरसाईकल पछाडी सवार राई समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
उदयपुर सिमेण्ट उद्योगलाई नाफामुलक बनाउनेगरी बजेट पारित

उदयपुर सिमेण्ट उद्योगलाई नाफामुलक बनाउनेगरी बजेट पारित

समाचार
  पूर्णपुष्टि, साउन १९ गत आर्थिक वर्ष सम्म घाटा व्यहोरिरहेको उदयपुर सिमेण्ट उद्योगले आ. ब. २०७८/७९ मा रु. १६ करोड १३ लाख ७० हजार मुनाफा कमाउने गरी नीति तथा कार्यक्रम एवं बजेट पारित गरेको छ ।  २४ लाख बोरा सिमेण्ट बिक्रि गर्ने लक्ष्य लिएको छ, यसबाट रु. १ अर्ब ५० करोड ७६ लाख आय आर्जन हुनेछ । बिक्री प्रवर्द्वनका लागि अधिकृत बिक्रेताहरुलाई प्रोत्साहित गर्दै निजी कम्पनी संगको प्रतिष्पर्धामा खरो उत्रिने योजनासहित बिक्री नीति तथा कार्यविधि, २०७७ को इन्सेण्टिभको साथै वार्षीक ५० हजार बोरा बिक्री गर्ने अधिकृत बिक्रेतालाई थप ४ रुपैयाँका दरले, एक लाख बोरा बिक्री गर्नेलाई थप रु. ६ का दरले, २ लाख बोरा बिक्रि गर्नेलाई रु. ८ का दरले र वार्षीक ३ लाख भन्दा बढी बिक्रि गर्ने अधिकृत बिक्रेतालाई रु. १० का थप इन्सेण्टिभ दिने व्यवस्था मिलाइएको छ । बिक्रि शाखालाई चुस्त दुरुस्त राखी सोही अनुसारको जनशक्...
उदयपुरमा थप ३० जना संक्रमित थपिए, जिल्लामा संक्रमितको संख्या २,९७० जना पुग्यो

उदयपुरमा थप ३० जना संक्रमित थपिए, जिल्लामा संक्रमितको संख्या २,९७० जना पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १८ उदयपुरमा आज (सोमबार) थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १९ पुरुष र ११ महिला गरी ३० जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितहरुसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ९७० जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार आज त्रियुगा र कटारी नगरपालिकाका साथै लिम्चुङबुङ गाउँपालिकामा संक्रमण देखिएको हो । आज सबै भन्दा बढी त्रियुगामा संक्रमण देखिएको छ । त्रियुगामा १३ पुरुष र ७ महिला गरी २० जनामा संक्रमण पुष्टि भएको छ । कटारीमा ३ पुरुष र ३ महिला गरी ६ जनामा संक्रमण देखिएको छ । त्यस्तै, लिम्चुङबुङमा ३ पुरुष र १ महिला गरी ४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना जितेर आज थप ६२ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ४२४ पुरुष र १ हजार २२२ महिला गरी जम्मा २ हजार ६४६ जना पुगेको छ । जिल्...