उदयपुरमा बहेड्वा थारु सामुदायीक होम स्टे शिलन्यास
पूर्णपुष्टि, साउन २१
उदयपुरको त्रियुगा नगरपालिका–१३ मा बहेड्वा थारु सामुदायीक होम स्टे भवनको शिलन्यास वुधबार भएको छ । होमस्टेको शिलन्यास असारी निवासी सहयोगी मनको धनी युवा समाज सेवी तथा व्यापारी विकास कटेलले गरेको हो । कार्यक्रममा थारुहरुको संस्कार, संस्कृति झल्किने बाजा गाजासहित होम स्टेको शिलन्यान गरिएको थियो ।
यस प्रकारका होम स्टेले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आगमन गराई यहाँ रहेको विविध कुराहरुको पहिचान गराई खाने तथा बस्ने व्यवस्था तथा सुरक्षाको कार्यहरु गर्नेछ । यसले लोपन्मुख संस्कृतिहरुको जगेर्ना गर्ने कार्य गर्ने छ । होम स्टे सञ्चालनबाट स्थानिय स्तरमा स्वरोजगार विकासको माध्यम वृद्धि हुने विश्वास समेत लिइएको छ ।
बहेड्वा थारु सामुदायीक होम स्टे त्रियुगा नगरपालिका–१३, उदयपुरको आयोजना र सामुदायिक कानुन अनुशासन केन्द्र , उदयपुर, सहारा कृषि सहकारी सस्था लिमिटेड, चक्लाबन्दी कृ...









