Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

लागुऔषध कारोबारमा संलग्न एक गिरोह पक्राउ

लागुऔषध कारोबारमा संलग्न एक गिरोह पक्राउ

समाचार
पूर्णपुष्टि, साउन २२ लागुऔषधको कारोबारमा संलग्न रहेका एक गिरोहलाई रुपन्देहीबाट प्रहरीले नियन्त्रयमा लिएको छ । कास्की जिल्ला प्रहरीको सक्रियतामा सो गिरोहलाई नियन्त्रमा लिन सफल भएको हो । असार ३० गते पोखरा महानगरपालिका–१ बगर बस्ने ४९ वर्षीय अर्जुन गुरुङलाई डाइजपाम ६७०, फेनरागन ६७० र ब्रफिनर्फिन ६७४ एम्पुलसहित पक्राउ गरी अनुसन्धान थालिएकामा भैरहवा निवासी ‘रमेश गुप्ता’ भनिने प्रकाश बानियाँसहित तीनजना पनि पक्राउ परेका छन् । लागुऔषधको कारोबार गरेको भन्ने सूचनाका आधारमा कास्की प्रहरीले रुपन्देही जिल्ला प्रहरी कार्यालय र बुटवल इलाका प्रहरी कार्यालयलाई उनीहरूको हुलियासहित विवरण पठाएको थियो । रुपन्देहीको प्रहरी टोलीले साउन २१ गते बिहान बुटबल उपमहानगरपालिका–२ मैनाबगरमा लागुऔषध बिक्री गर्न ल्याउँदै गरेको अवस्थामा बाँनियासहित तीनजना पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट फेनरागन ४५७ एम्पुल, ...
लुटपाटको झुठो उजुरी दिने मामा–भान्जा पक्राउ

लुटपाटको झुठो उजुरी दिने मामा–भान्जा पक्राउ

समाचार
पूर्णपुष्टि, साउन २२ लुटपाटको झुठो उजुरी दिएको आरोपमा महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सोनमा गाउँपालिका–१ बस्ने ३७ वर्षीय मोलाजिम मोमिन र जलेश्वर नगरपालिका–९ बस्ने ऐनुल अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु मामा–भान्जा रहेको खुल्न आएको प्रहरीले जनाएको छ । मेलाजिमले मामाको घरबाट ३ लाख रुपैयाँ लिएर गत साउन १९ गते घरतिर आइरहँदा सोनमा गाउँपालिका–१ बाट उक्त रकम लुटपाट भएको भन्दै प्रहरीमा मौखिक उजुरी दिएका थिए । उनले सोनमा गाउँपालिका–१ बस्ने ५२ वर्षीय तौकिर अन्सारी, २२ वर्षीय इन्जाम आलम, २१ वर्षीय समिरुल अन्सारी, २२ वर्षीय असरफ अन्सारी र २४ वर्षीय सगिर अन्सारी समेतले रकम लुटेर फरार भएको जानकारी इलाका प्रहरी कार्यालय गौशालालाई गराएका थिए । मौखिक उजुरी प्राप्त भएपछि खटिएको प्रहरी टोलीले आरोपितहरुलाई नियन्त्रणमा लिई उजुरीकर्ता मोलाजिम र उनको मामा ऐनुललाई समेत इलाका प...
एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी

एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी

शिक्षा, समाचार
पूर्णपुष्टि, साउन २२ एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी भएको राष्टिय परीक्षा बोर्डले जनाएको छ । बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल भएको थियो । बोर्डका अनुसार छलफलमा एसईईको मूल्यांकन प्रगतिबारे बुझ्दा प्राविधिक सम्पादन मात्रै बाँकी रहेकोले आगामी हप्ताभित्र नतिजा प्रकाशन गर्न लागिएको हो । गत जेठ १३ गतेदेखि तय भएको एसईईको परीक्षा कोरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलन थालेपछि स्थगित भएको थियो । भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ ल्याउँदै आन्तरिक मूल्यांकन गर्न निर्देशन दिएको थियो । कार्यविधिले विद्यार्थीको निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुति लगायतको विषय), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्र...
घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको ज्यान गयो

घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, साउन २२ घर भत्काउने क्रममा पर्खालले किचेर झापामा एक जनाको ज्यान गयो । झापा गाउँपालिका–२ झापा बजारका ३५ वर्षीय रुपेश सिंहको घरको पर्खालले किचेर ज्यान गएको हो । हिजो बिहान ९ बजे सोही स्थानका बिकाशअग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलि किचेर गम्भिर घाईते भएका सिंहको बि एन्ड सी अस्पताल विर्तामोडमा उपचारको क्रममा दिउँसो २ बजे ज्यान गएको अस्पताले जनाएको छ । सिंह घर भत्काउने मिस्त्रीको काम गर्दै आईरहेका थिए । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय कुमारखोदबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहहरी कार्यालय झापाले जनाएको छ ।...
उदयपुरका कोभिड अस्पताल र क्वारेन्टिनमा स्वच्छता सामग्री बाँड्दै जाल्पा

उदयपुरका कोभिड अस्पताल र क्वारेन्टिनमा स्वच्छता सामग्री बाँड्दै जाल्पा

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २२ कोभिड–१९ का विरामीलाई लक्षित गरी जाल्पा एकिकृत विकास समाज उदयपुरले हाइजिङ्ग किट (स्वच्छता सामग्री) उपलब्ध गराएको छ । अस्पताल र क्वारेन्टिनमा बसेका कोभिडका विरामीलाई सरफाइ सामग्री अभाव हुन नदिन जाल्पाले वल्र्डभिजन इन्टरनेशनल नेपालको सहकार्यमा २ सय सेट स्वच्छता सामाग्री उपलब्ध गराएको हो । उक्त सामग्री एक कार्यक्रमका विच संस्थाका सचिब सुमन परियारले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुबेदीलाई हस्तान्तरण गरेका हुन् । संस्थाले कार्यक्षेत्र अन्र्तगत ताप्लि गाउँपालिकामा ७७, स्वास्थ्य कार्यालय मार्फत मदन भण्डारी आईसोलेसन सेन्टरमा ६०, रौतामाई गाउँपालिकामा ५७ र लिम्चुङ्गबुङ्ग गाउँपालिकामा ६ सेट पठाएको उनले बताए । संस्थाले संक्रमितहरुलाई आईसोलेसनमा बस्दा चाहिने लुगा धुने र नुहाउने सावुन, ब्रसमन्जन, पानी सफा गर्ने पियुस, सेनिटाईजर, नेलकट, तौलिया, महिलाका लागि सेनिटरी...
उदयपुरमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,०४३ जना पुग्यो

उदयपुरमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,०४३ जना पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २१ उदयपुरमा आज (बिहिबार) थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ६ महिला र ८ पुरुष गरी १४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ४३ जना पुगेको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार थपिएका संक्रमितहरु त्रियुगा र बेलका नगरपालिकाका साथै लिम्चुङबुङ र ताप्ली गाउँपालिकाका रहेका छन् । त्रियुगामा ५ महिला र ४ पुरुष गरी ९ जना, बेलकामा १ जना महिला, लिम्चुङबुङमा ३ जना पुरुष र ताप्लीमा पनि १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । कोरोना जितेर आज थप ६ जना घरफर्किएसँगै जिल्लामा कोरोना मुक्त हुँनेको संख्या १ हजार २३७ महिला र १ हजार ४३९ पुरुष गरी २ हजार ६७६ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ । जिल्लामा १४४ महिला र १७१ पुरुष गरी ३१५ जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाले १६ महिला र...
एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँने एक युवा काठमाडौंबाट पक्राउ

एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँने एक युवा काठमाडौंबाट पक्राउ

समाचार
पूर्णपुष्टि, साउन २१ एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँने एक युवा काठमाडौंबाट पक्राउ परेको छ । काठमाडौंको बौद्ध टुसालमा एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा सन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ भोटेचौर घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायणटार बस्ने ३४ वर्षीय विनोद चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार रातिको साढे १ बजेतिर एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
भुमि सम्बन्धि आयोग खारेजीको निर्णय सच्याउन माग गर्दै किसान महासंघ आन्दोलनमा

भुमि सम्बन्धि आयोग खारेजीको निर्णय सच्याउन माग गर्दै किसान महासंघ आन्दोलनमा

समाचार
पूर्णपुष्टि, साउन २१ भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णय तत्काल सच्याउन माग गर्दै नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ उदयपुरले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । जग्गाको लालपुर्जा वितरण हुनेक्रममा सरकारले आयोग खारेज गरेर किसानलाई पुरानै अवश्थामा फर्काएको भन्दै महासंघले निर्णय सच्याउन सरकारलाई आग्रह गरेको हो । पार्टीका जिल्ला अध्यक्ष परमेश्वर घिमिरेसहित जिल्ला प्रशासन कार्यालय पुगेको महासंघको टोलीले प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईमार्फत ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै महासंघका केन्द्रिय सदस्य नारद निरौलले सरकारको उक्त निर्णयले पहिलो चरणमा उदयपुरका चार हजार एक सय बीस परिवार लालपुर्जा पाउनबाट वञ्चित भएको बताए । जिल्लामा हालसम्म ५ हजार ३ सय ५९ भुमिहिनतथा विपन्न सुकुम्बासी, ३१ हजार पाँच सय २ अव्यवस्थित, ४ हजार ५ सय ५९ अघिल्ला आयोगले ग...
डोरीले बाँधेर युवकलाई कुट्पिट गर्ने वडाअध्यक्ष पक्राउ

डोरीले बाँधेर युवकलाई कुट्पिट गर्ने वडाअध्यक्ष पक्राउ

समाचार
पूर्णपुष्टि, साउन २१ डोरीले बाँधेर एक युवकलार्ई निर्घात कुट्पिट गर्ने वडाअध्यक्ष पक्राउ परेको छ । जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउलाई प्रहरीले पक्राउ गरको हो । नेपालीले स्थानीय सर्पे दमाईलाई साउन १५ गते डोरीले बाँधेर कुटपिट गरी यातना दिएका थिए । सो कुट्पिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जाजरकोट प्रहरीले उनलाई सोधपुछका लागि भन्दै सदमुरकाम ल्याइएको जनाएको छ । स्थानीयलाई कुटेको भिडियोका आधारमा वडाध्यक्षलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेका अनुसार बुधबार साँझ पञ्चाला प्रहरी चौकीको टोलीले उनलाई घरबाटै पक्राउ गरेको हो । प्रहरीका अनुसार टाढा भएका कारण विभिन्न इलाका प्रहरी कार्यालयको रोहबरमा उनलाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको हो । पीडित युवालाई पनि जिल्लामा बोलाइएको छ । यद्यपि, पीडितले अहिले...
एक युवकको शव कुलोमा भटियो

एक युवकको शव कुलोमा भटियो

समाचार
पूर्णपुष्टि, साउन २१ एक युवक घर नजिकैको कुलोमा मृत अवस्थामा भटिएको छ । सप्तरी खडक नरगपालिका–१० गरुराहका ३० वर्षीय श्यामसुन्दर राम बुधबार मृत अवस्थामा भटिएको हो । उनी घर नजिकैको कुलोमा घोप्टो परी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...