Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

लागुऔषध ब्राउन सुगरसहित २ जना महिला पक्राउ

लागुऔषध ब्राउन सुगरसहित २ जना महिला पक्राउ

समाचार
पूर्णपुष्टि, साउन २४ झापा गौरिगंज गाउँपालिका–४ कदमगाछी स्थितबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना महिला पक्राउ परेका छन् । दमक नगरपालिका–१ कि ३४ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया बिमला धिमाल पक्राउ परेका हुन् । हिजो राती ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको थियो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय गौरीगंजमा लगी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
उदयपुरको बेलकामा ३ करोड लागतमा शीत भण्डार बन्ने

उदयपुरको बेलकामा ३ करोड लागतमा शीत भण्डार बन्ने

समाचार
पूर्णपुष्टि, साउन २४ उदयपुरको बेलका नगरपालिका–१ आमबासीको खयरघारीमा ३ करोड लागतमा शीत भण्डार निर्माण गर्न लागिएको छ । तरकारी तथा कृषि उत्पादनको पकेट क्षेत्र मानिने प्रदेश १ को उदयपुरमा शीत भण्डारको अभावले गर्दा वर्षेनी कृषकहरु मारमा पर्दै आएका छन् । कृृषकहरुको उक्त समस्यालाई समाधान गर्नका निम्ती प्रदेश सरकार र बेलका नगरपालिको संयुक्त लगानीमा शीत भण्डार निर्माण गर्न लागिएको हो । शीत भण्डारको शिलान्यास प्रदेश–१ की भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कला घलेले शुक्रबार एक कार्यक्रम गरी गरेकी हुन् । कुल ३ करोड रुपैयाँको लगानीमा निर्माण गरिने शीत भण्डार आगामी असोज मासान्त सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । करिब ५ सय टन क्षमताको शीत भण्डार केन्द्र निर्माण गर्न लागिएको छ । ६ वटा च्याम्बर निर्माण हुने भण्डारमा ४ वटा च्याम्बर तरकारी तथा फलफुल राख्न साथै २ वटा च्याम्बरमा मासु तथा दूध स्ट...
उदयपुरको नेपालटार जाने बाटो अधेरी झर्नामा रुख ढलेर किच्दा महिलाको ज्यान गयो, तीनजना घाइते

उदयपुरको नेपालटार जाने बाटो अधेरी झर्नामा रुख ढलेर किच्दा महिलाको ज्यान गयो, तीनजना घाइते

समाचार
पूर्णपुष्टि, साउन २३ उदयपुरमा एकजना महिलाको रुखले किचेर ज्यान गएको छ । आज शनिबार दिउँसोको समयमा उदयपुरगढी गाउँपालिका–७ नेपालटार जाने बाटोको  अधेरी झर्ना नजिकै मकिएको रुख ढलेर किच्दा महिलाको ज्यान गएको हो । मृत्यु हुनेमा कटारी नगरपालिका–४ की २८ वर्षीया निशा मगर दनुवार रहेकी छिन् । रुखले किचेर श्रीमान श्याम दनुवारसहित तीनजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा कटारी–४ बस्ने २७ वर्षीया  मिना दनुवार,सोही स्थानका ४० वर्षीय श्याम दनुवार र  कटारी–५ का ४८ वर्षीय कुमार तामाङ रहेका छन् । रोकी रहेको प्र.२–०१–००१ ह ०५६० नम्बरका अटो भित्र रहेकी ती महिलाको रुखले किचेर घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेद प्रसाद गौतमले जानकारी दिनुभयो । डिएसपी गौतमका अनुसार रुख लड्दा स १० प ३२७२ नम्बरको मोटरसाइकलमा समेत क्षती भएको पुगेको छ । रुख ढलेको आ...
नेपालमा थपिए १,४३३ खोप केन्द्र

नेपालमा थपिए १,४३३ खोप केन्द्र

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २३ नेपालमा २ हजार ९८९ कोरोना भाइरसविरुद्धको खोप केन्द्र रहेकोमा १ हजार ४३३ खोप केन्द्र थप गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार खोप लगाउने मानिसहरुको भीड बढ्न थालेपछि संक्रमणको जोखिम कम गर्न खोप केन्द्र थप गरिएको हो । पहिले २ हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो संख्या चार हजार ४२२ पु¥याइएको छ । यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरी १४९ पु¥यायाइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र रहेको मन्त्रालयले जनाएको छ ।...
इटहरीमा खोलाबाट ल्याइएको गिट्टीमा बम भटियो

इटहरीमा खोलाबाट ल्याइएको गिट्टीमा बम भटियो

समाचार
पूर्णपुष्टि, साउन २३ सुनसरीको इटहरीमा खोलाबाट ल्याइएको गिट्टीमा बम भेटिएको छ । इटहरी उपमहानगरपालिका–२ स्थित अन्नपूर्ण मार्गमा ग्रिनेड बम फेला परेको थियो । सो बमलाई नेपाली सेनाले निष्कृय पारेको छ । शनिबार बिहान अन्नपूर्ण मार्गमा गिट्टी खन्याएर सडक समयाउने क्रममा बम फेला परेको हो । बिहान करिब ८ बजे सडक निर्माणका क्रममा गिट्टी खन्याएपछि एक बालकले उक्त बम फेला पारेका थिए । स्थानीयले बमजस्तै शंकास्पद वस्तु फेला परेपछि इलाका प्रहरी कार्यालय इटहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले इटहरीस्थित सेनाको डिस्पोजल टोलीलाई खबर गरेको थियो । बम डिस्पोजलको टोली आएर चेकजाँच गरेपछि उक्त शंकास्पद वस्तु ग्रिनेड बम रहेको खुलेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताउनुभयो । अन्नपूर्ण मार्गमा ल्याइएको उक्त गिट्टी सेउती खोलादेखि ल्याएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइ...
५ लाख १३ हजार डोज कोरोनाविरुद्ध खोप जापानबाट आज नेपाल आइपुग्यो

५ लाख १३ हजार डोज कोरोनाविरुद्ध खोप जापानबाट आज नेपाल आइपुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २३ कोरोनाविरुद्धको ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप जापानबाट आज नेपाल आइपुगेको छ । जापान सरकारले नेपाल सरकारलाई दिने भनेको १६ लाख डोजमध्ये कतार एयरवेजबाट आज बिहान ५ लाख १३ हजार ४२० डोज एष्ट्राजेनिका खोप आइपुगेको हो । जापानी राजदूत युटाका किकुताले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई उक्त खोेप हस्तान्तरण गरेका छन् । स्वास्थ्य सेवा विभागका अनुसार आइतबार थप २ लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने जानकारी दिएको छ । जापानले कोभ्यास संयन्त्रमार्फत नेपाललाई खोप दिने घोषणा गरेको थियो ।...
खसी भनी बाख्राको मासु बिक्रि गर्ने ४ जना पक्राउ

खसी भनी बाख्राको मासु बिक्रि गर्ने ४ जना पक्राउ

समाचार
पूर्णपुष्टि, साउन २३ खसीको मासु भनेर बाख्राको मासु बिक्रि गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पसल सञ्चालक भारतको बिहार, बहराइज घर भई कलंकी बस्ने ६७ वर्षीय गुलाम रसोल क्रोसिल, सोही ठाउँका २५ वर्षीय जविर क्रोसिल, २१ वर्षीय जाविर क्रोसिल र ५० वर्षीय मटान पुरेसीलाई प्रहरीले पक्राउ गरेको हो । कालीमाटीबाट खटिएको प्रहरी टोलीले आज शनिबार बिहान पाँच बजे कलंकीको खसी बजारबाट चारै जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरुले बाख्राको पहिचान हुने अंग लुकाएर खसीको मासु भनेर बिक्री गरेको अवस्थामै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पसलबाट बिक्री गर्न राखिएका १५ वटा बाख्रासहित तयारी अवस्थामा रहेको मासु पनि प्रहरीले बरामद गरेको छ । यस्तै वीरगञ्जमा पनि प्रहरीले खसीको भनी बाख्राको मासु बिक्री गर्ने एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका– १३ मुर्लीका २८ वर्षीय रोज अन्सारीलाई जिल्...
डीएसपी हुँ भन्दै सुनका बाला लुटपाट गरेको अभियोगमा एक जना पक्राउ

डीएसपी हुँ भन्दै सुनका बाला लुटपाट गरेको अभियोगमा एक जना पक्राउ

समाचार
पूर्णपुष्टि,साउन २३ आफूलाई प्रहरीको डीएसपी हुँ भन्दै सुनका बाला लुटपाट गरेको अभियोगमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । भक्तपुर चाँगुनारायण–४ बस्दै आएका ३५ वर्षीय सीताराम गुरुङलाई प्रहरीले काठमाडौंको चावहिलबाट नियन्त्रणमा लिएको हो । विदेशबाट आएका व्यक्तिहरु पहिचान गरी विमानस्थलको गेटबाहिर बस्ने र एकान्त पारेर प्रहरीको डीएसपी हुँ भन्दै चेकजाँच गर्ने बहानामा सुनका गहना लुटपाट गर्ने गरेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका गुरुङलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त महाराजगञ्जमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।...
उदयपुरमा थप १ जना कोरोना संक्रमितको मृत्यु, १२ जना संक्रमित थपिए

उदयपुरमा थप १ जना कोरोना संक्रमितको मृत्यु, १२ जना संक्रमित थपिए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २२ उदयपुरमा आज (शुक्रबार) ८ महिला र ४ पुुरुष गरी थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ५६ जना पुगेको हो । आज थप एकजना संक्रमित पुरुषको कोरोनाबाट मृत्यु भएको छ । मृतक पुरुषको उमेर र ठेगान जिल्ला स्वास्थय कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छैन । सो पुरुषको मृत्यु जिल्ला बाहिर भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख गरिएको छ । आज थपिएको मृतक पुरुषसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका रहेका छन् । त्रियुगामा २ महिला र २ पुरुष गरी ४ जना, चौदण्डीगढीमा ६ महिला र १ पुरुष गरी ७ जना र बेलकामा १ जना पुरुषमा संक्रण पुष्टि भएको हो । कोरोना जितेर थप १५ जना निको भएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ ह...
७८ लाख बराबरका भन्सार छली गरिएको मोबाइल बरामद

७८ लाख बराबरका भन्सार छली गरिएको मोबाइल बरामद

समाचार
पूर्णपुष्टि, साउन २२ भन्सार छली गरिएको ७८ लाख बराबरको मोबाइल प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार भारतबाट भन्सार छलेर लैजादै गरेको अवस्थामा नारायणगढ–बुटवल सडकखण्ड अन्तरगत पर्ने पूर्वी नवलपरासीको दुम्किवासबाट बिहीबार राति ५ सय ९५ थान मोबाइल बरामद भएको हो । कारमा लैजाँदै गरेका मोबाइलसहित दुई जना व्यक्तिहरुसमेत पक्राउ परेका छन् । प्रदेश ३–०१–०२३ च ५५४४ नम्बरको कारमा लैजाँदै गरेको मोबाइलसहित भरतपुर महानगरपालिका–८ बस्ने अर्जुन ढकाल र सोही महानगरपालिका–२१ बस्ने इन्द्रलाल श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिएसपी दिलिपकुमार गिरीले बताउनुभयो । बरामद भएका विभिन्न ब्राण्डका मोबाइलको मुल्य करिब ७८ लाख रहेको प्रहरीले जनाएको छ । नारायणगढ बजारका विभिन्न पसलमा बिक्रीका लागि मोबाइल लैजान लागेको प्रहरीले भनाई छ । पक्राउ परेका कार र व्यक्ति...