मास्क नलगाउने कारवाहीमा पर्दै
पूर्णपुष्टि, साउन २५ ।
उदयपुरमा “मास्क खै ?” अभियान सञ्चालन गरेको प्रहरीले अबदेखि कारवाही थाल्ने भएको छ । साउन २६ गतेदेखि संक्रमण ऐन अन्तर्गत मास्क नलगाउनेलाई कानुनी कारवाही जरिवाना गराइने जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले बताउनुभयो ।
केही समयदेखि प्रहरीले जिल्लामा सर्बसाधारणहरुका लागि मास्क खै ? अभियान सन्चालन गर्दै आएको हो । तर, यसबीचमा नागरिकहरुबाट अटेर नगरी मास्न नलगाएको अवस्था थुप्रै देखिएपछि कारवाही थालिने भएको हो ।
भोलीदेखि निगरानीका साथै अनुगमन बढाइने प्रशासनले जनाएको छ । त्यसक्रममा मास्क नलगाएको पाइएमा कारवाही गरिने भएको हो । पछिल्लो समय जिल्लामा कोरोना नियन्त्रणको सट्टा संक्रमण फैलदो रहेकाले स्थानीय प्रशासनले स्वास्थ्य मापदण्ड अपनाउन कडाइ गरेको छ ।...








