Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

स्व. लालसेर राईकी धर्मपत्नि मिथिलाकाे निधन

स्व. लालसेर राईकी धर्मपत्नि मिथिलाकाे निधन

समाचार
पूर्णपुष्टि, साउन २७ । त्रियुगा नगरपालिका, उदयपुरकाे प्रथम मेयर स्वर्गिय लालसेर राईकी धर्मपत्नी मिथिला राईकाे आज निधन भएकाे छ । विरामीका कारण उपचारमा विराटनगर रहनु भएकी राईकाे अस्पतालमै निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । लालिगुरास सेकेन्डरी स्कुल गाइघाटकी संचालक तथा प्याब्सन केन्द्रिय  सदस्य  हुनुहुन्थ्याे । राई दम्पतिले जिल्लाकै पहिलाे बाेर्डिङ स्कुल सञ्चालन गरेर शिक्षामा ठुलाे याेगदान रहेकाे छ । सामाजिक सेवामा पनि उत्तिकै याेगदान रहेकाे छ । उहाँकाे निधनले गाईघाटबासिलाई स्तब्ध बनाएकाे छ । ...
उदयपुर स्थित देउरीमा डुवेर एक पुरुषको ज्यान गयो

उदयपुर स्थित देउरीमा डुवेर एक पुरुषको ज्यान गयो

समाचार
पूर्णपुष्टि, साउन २७ त्रियुगा नगरपालिका ५ देउरीमा डुवेर एक जनाको ज्यान गएको छ । बुधबार करिब दिउँसो २ बजेको समयतिर देउरी स्थित कुमार दाहालको माछापोखरीमा डुवेर सोहि स्थानका ६५ बर्षिय दिलशेर राईको ज्यान गएको प्रहरीले जनाएको छ । पोखरीमा मान्छे डुवेको खवर आउन साथ जिल्ला प्रहरी कार्यालय उदयपुरले टोली खटाई घटना सम्बन्धि बुझेर थप अनुसन्धान गरिरहेको र मृतकलाई पोष्ट माटमको लागि जिल्ला हस्पिटल उदयपुर ल्याइएको प्रहरी प्रवक्ता तथा डिएसपी वेद प्रसाद गौतमले जानकारी दिनुभयो ।  ...
मोटसाइकलसहित भिरबाट खसेर एक युवकको ज्यान गयो, अर्का एक घाइते

मोटसाइकलसहित भिरबाट खसेर एक युवकको ज्यान गयो, अर्का एक घाइते

समाचार
पूर्णपुष्टि, साउन २७ ओखलढुङ्गामा मोटरसाइकलसहित भिरबाट खसेर एक जनाको घटनास्थमै ज्यान गएको छ, भने अर्का एकजना घाइते भएका छन् । सिद्धिचरण नगरपालिका–७ बिगुटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का युवक समान्य घाइते भएका छन् । सोलुखुम्बुको सोलु दुधकुन्ड नगरपालिका–१ का २८ वर्षीय नुरु छिरिङ शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ । मंगलबार राति बिगुटार–रामपुर सडकखण्ड अन्तर्गत फन्पुमा लु ६५प ८०७० नम्बरको मोटरसाइकलसहित करिब ३ सय मिटर तल भिरबाट खसेका चालक शेर्पाको ज्यान गयो र पछाडी सवार साथी सडकमै खसेकोले सामान्य घाइते भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रोहितकुमार शर्माले जानकारी दिए । मध्यरात मादक पदार्थ खोजी गर्न निस्केका उनीहरु दुर्घटनामा प्रहरीले जनाएको छ । सोलुखुम्बुबाट साथीको घरमा आएका उनीहरुले राति अबेरसम्म मादक पदार्थ सेवन गरेको र अपुग...
उदयपुरकी एक चेलीको काठमाडौंमा हत्या, हत्याराले नै गरे प्रहरीलाई खबर

उदयपुरकी एक चेलीको काठमाडौंमा हत्या, हत्याराले नै गरे प्रहरीलाई खबर

समाचार
पूर्णपुष्टि, साउन २७ उदयपुर माइती घर भएकी एक २३ वर्षीया महिलाको हत्या आज काठमाडौंमा भएको छ । उदयपुर बेलका नगरपालिका–४ माइती भएकी रन्जु तामाङको हत्या भएको हो । उनी गर्भवती रहेको प्रहरीले जनाएको छ । हत्या आरोपमा उनकै श्रीमान  हेटौंडा उपमहानगरपालिका–४ का ३९ वर्षीय राम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुकाठमाडौं महानगरपालिका–८ गुहेश्वरीस्थित बागमती प्लान्ट नजिकै फ्ल्याट डेरामा लिएर बसेका थिए । घटनाबारे श्रेष्ठ आफैंले प्रहरीलाई खबर गरेका थिए । उनले प्रहरीको हटलाइन नम्बर १०० मा आज बिहान ७ बजे फोन गरी आफूले श्रीमतीको हत्या गरेको जानकारी गराएको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए । एसएसपी सिंहका अनुसार श्रेष्ठले श्रीमतीको घाँटी र मुख थिचेर हत्या गरेका हुन् । श्रीमती ओछ्यानमा मृत भेटिएकी थिइन् । उनको शरीरमा अन्य चोटपटक भने नदेखिएको एसएसपी सिंहले बताए...
सिरहामा ट्याक्टर पल्टिँदा एकजनाको ज्यान गयो

सिरहामा ट्याक्टर पल्टिँदा एकजनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, साउन १७ सिरहामा ट्याक्टर पल्टिँदा एकजनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै आज बिहान ट्याक्टर पल्टिँदा एक युवकको ज्यान गएको हो । नम्बर मेटिसकेका ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार सिरहाको गोलबजार नगरपालिका– ५ का ३० वर्षीय अरुण यादवको ज्यान गएको प्रहरीले जनाएको छ । यादव ट्याक्टर मजदुरको रुपमा काम गर्ने रहेको प्रहरीले जनाएको छ । ट्याक्टर अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । ट्याक्टरका चालक र ट्याक्टर धनी फरार रहेकाले उनीहरुको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।...
करेन्ट लागेर २ जनाको ज्यान गयो

करेन्ट लागेर २ जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, साउन २७ करेन्ट लागेर धनुषामा दुईजना युवाको ज्यान गएको छ । प्रहरीका अनुसार क्षिरेश्वरनाथ नगरपालिका–३ स्थित पर्सा टोलका पुरन यादवको घरमा आयोजित हनुमान आरधना कार्यक्रममा मंगलबार साँझ करेन्ट लागेर दुई जना भजन मण्डलीको ज्यान गएको हो । ज्यान गुमाउनेमा लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षका मनिराम यादव रहेका छन् । आरधनाको क्रममा पानी परेको बेला माइकमा करेन्ट प्रवाह भएर गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक तिलक सुनारले जानकारी दिनुभयो । उनीहरूको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।...
सुनसरी प्रहरीले १ महिनाको अबधीमा २३८ जना फरार प्रतिबादी पक्राउ गरे

सुनसरी प्रहरीले १ महिनाको अबधीमा २३८ जना फरार प्रतिबादी पक्राउ गरे

समाचार
पूर्णपुष्टि, साउन २७ जिल्ला प्रहरी कार्यालय सुनसरीले गएको एक महिनाको अबधीमा बिभिन्न मुद्धाका २३८ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि अदालतमा पेश गरेको छ । जसमा ५ दिन देखी २० बर्ष सम्म कैद सजाय तोकिएका प्रतिबादीहरु छन् । श्रावण १ गते देखी हाल सम्म सुनसरी अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरुलाई खोजतलास गरी जिल्ला अदालतमा पेश गरेको हो । कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार आदीमा सजाय तोकी फरार रहेका प्रतिवादीहरुबाट ४९ वर्ष कैद सजाय फर्छ्योट भएको छ भने ९ लाख ३५ हजार ३ सय १९ रुपैया जरिवाना समेत असुल भएको छ । सुनसरी प्रहरीको फरार पक्राउको यस अभियानले अपराधीक घटना घटाई समाजमा निस्फिक्री हिड्ने प्रवृतिका विरुद्द लक्षित छ । अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति...
झगडा भई कुटाकुट गर्दा एकको मृत्यु, एक घाईते

झगडा भई कुटाकुट गर्दा एकको मृत्यु, एक घाईते

समाचार
पूर्णपुष्टि, साउन २७ ओखलढुङगा सिद्धचरण नगरपालिका ५ चित्रे स्थित बाटोमा सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ । गत राती १ बजे भएको झगडामा दुवै जना गम्भिर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा तेन्जि शेर्पाको मृत्यु भएको छ भने आङगुबु शेर्पाको सोही अस्पतालमानै उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको छ ।...
किशोरीको सामुहिक बलत्कारपछि हत्याको आशंका, अनुसन्धानमा ढिलाइ,  दाेषीलाइ कडा कारवाहीकाे माग

किशोरीको सामुहिक बलत्कारपछि हत्याको आशंका, अनुसन्धानमा ढिलाइ, दाेषीलाइ कडा कारवाहीकाे माग

समाचार
पूर्णपुष्टि, साउन २६ ।  उदयपुरको त्रियुगा नगरपालिका–६, मोहनपुरकी १७ वर्षिय एक किशोरीको सामुहिक बलात्कार पछि हत्या भएको आशंका गरिएको छ । परिवारले छोरीको हत्या भएको भन्दै अपराधीलाइ कडा कारवाहीको माग गरेको छ । मृतकका बुवा प्रेम चौधरीले छोरी किर्शला चौधरीको सामुहिक बलात्कारपछि हत्या गरिएको हुनसक्ने भन्दै दोषी पत्ता लगाई कडाभन्दा कडा कारवाहीको माग गर्नुभएको छ । मृतककी आमा हिरा चौधरीले छोरीलाई विभत्सढंगले हत्या गरिएको भन्दै छिटो दोषी पत्ता लगाई कारवाहीको माग गर्नुभयो । गाउँले छिमेकीहरुले पनि घटना जघन्य अपराध भएको दाबी गर्दै अनुसन्धान गरी कारवाहीको माग गरेका छन् । स्थानीय सन्तोषकुमार खड्काले घटनाको प्रकृति हेर्दा किशोरीमाथि सामुहिक बलात्कार भइ हत्या भएको हुनसक्ने देखिन्छ । छिमेकमा जघन्य अपराध भएको भन्दै उहाँले प्रभावकारी प्रहरी अनुसन्धान हुनुपर्ने र दोषीलाई हदैसम्मको कारवाही हुनुपर्ने म...
उदयपुरमा ३१ वर्षीया महिलाले गरिन आत्महत्या, आत्महत्या गर्न प्रोत्साहित गरेको अभियोगमा २४ वर्षीय एक युवा पक्राउ

उदयपुरमा ३१ वर्षीया महिलाले गरिन आत्महत्या, आत्महत्या गर्न प्रोत्साहित गरेको अभियोगमा २४ वर्षीय एक युवा पक्राउ

समाचार
पूर्णपुष्टि, साउन २६ उदयपुरमा एकजना ३१ वर्षीया महिलाले आत्महत्या गरेकी छिन् । बेलका नगरपालिका–२ करहैयाकी सावित्रा कुमारी चौधरीले आत्महत्या गरेकी हुन् । चौधरीलाई आत्महत्या गर्न प्रोत्साहित गरेको अभियोगमा त्रियुगा–३ ठाँडीका विष्णु देव पंजियारलाई प्रहरीले पक्राउ गरेको छ । विष्णु देव र सावित्रा डेढ वर्षदेखि प्रमे सम्बन्धमा थिए । साउन २३ मा विष्णुदेवको घरमा गएकी सावित्राले भोलिपल्ट प्रेमीको घरमा आत्महत्या गरिन् । घरको बलोमा सलले पासो लागेर उनले आत्महत्या गरेकी हुन् । पंजियारलाई पक्राउ गरेर ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने’ मुद्दामा  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहराले बताउनुभयो  । एसपी बोहराका अनुसार डेढ वर्षदेखि उनीहरुको बिच जिनजान र सम्बन्ध थियो । विष्णु नेपाल विद्युत प्राधिकरण बेल्टार शाखा स्थित हडियामा कार्यरत थिए । इलेक्ट्रिसियन पदमा कार्...