Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

पेस्तोलसहित तीन जना युवा पक्राउ

पेस्तोलसहित तीन जना युवा पक्राउ

समाचार
पूर्णपुष्टि, साउन २९ कटुवा पेस्तोल र गोलीसहित तीन जना युवा कपिलवस्तुको महाराजगंज नगरपालिका–९ औरहवाबाट पक्राउ परेका छन् । कपिलवस्तुका २० वर्षीय लक्षमण यादव, २८ वर्षीय विश्वम्वर यादव र ४१ वर्षीय समसाद अहमद खाँलाई प्रहरीले पक्राउ परेको हो । शंकास्पद अवस्थमा हिँडिरहेको समयमा खान तलासी गर्दा लक्ष्मणको साथबाट एक थान घरेलु नल कटुवा पेस्तोल र विश्वम्वरको साथबाट सो पेस्तोलमा प्रयोग हुने तीन राउण्ड गोली बरामद भएको कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो । पक्राउ परेका दुवै जनाले दिएको बयानको आधारमा समसादलाई पनि नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । समसादले उक्त पेस्तोल र गोली आफूहरुलाई राख्न दिएको बयान लक्ष्मण र विश्वम्वरले प्रहरी समक्ष दिएका थिए । पक्राउ परेका तीनै जनालाई हातहतियार खरखजना मुद्दामा आवश्यक अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।...
सांसदमा उठ्याे उदयपुरकी किशाेरी हत्याकाण्डकाे कुरा, संघीय सांसद राइले गरे छिटाे अपराधी पत्ता लगाइ कडा कारवाहीकाे माग

सांसदमा उठ्याे उदयपुरकी किशाेरी हत्याकाण्डकाे कुरा, संघीय सांसद राइले गरे छिटाे अपराधी पत्ता लगाइ कडा कारवाहीकाे माग

समाचार
पूर्णपुष्टि, साउन २८ माओवादी नेता तथा सांसद सुरेश कुमार राईले भर्खरै उदयपुरमा भएको बलत्कार पछि किशोरी हत्या अाशंकाकाे घटना बारे सांसदमा कुरा उठाउनुभएकाे छ । बलत्कार पछि हत्या भएको अाशंका गरिएकी १६ बर्षिय कृशला चौधरीको घटना बारे सांसद राईले संसदमा कुरा राख्दै अपराधी पत्ता लगाइ कडा कारवाहीका लागि सरकारलाइ निर्देश गर्न समामुख समक्ष अनुराेध गर्नुभयाे । राईले घटनामा संलग्नहरुलाई तत्काल खोजी गरी कार्वाहीको दायरामा ल्याउन पहल गर्न सरकारलाई आग्रह गर्नुभयाे । राईले मुलुकमा बलत्कार पछि निर्ममतापूर्वक हत्याको श्रृङखला नरोकिएको बताउँदै तत्कालै उदयपुरमा पनि यो घटनाले ठुलो रुप लिरहेको अवस्थामा घटनामा संलग्न कुनै पनि अपराधिहरुलाई कानुनको दायरामा ल्याउन सभामुख मार्फत सरकारलाई अनुरोध गर्नुभयाे । संसद बैठकमा राईले त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ बर्षिय कृशला चौधरीको बलत्कार पछि एसिड प्रहार गरी  छ...
उदयपुरमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,१८७ जना पुग्यो

उदयपुरमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३,१८७ जना पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २८ उदयपुरमा आज (बिहिबार) थप १९ जनामा कोरोना भाइरसको संक्रमाण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ११ पुरुष र ८ महिला गरी १९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार १८७ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएको संक्रमितहरु त्रियुगा र कटारी नगरपालिकाका साथै लिम्चुङबुङ र उदयपुरगढी गाउँपालिकाका रहेका छन् । त्रियुगामा २ पुरुष र १ महिला गरी ३ जना, कटारीमा ३ पुरुष र २ महिला गरी ५ जना, लिम्चुङबुङमा ३ पुरुष र २ महिला गरी ५ जना र उदयपुरगढीमा ३ पुरुष र ३ महिला गरी ६ जना संक्रमण देखिएको हो । कोरोनालाई जितेर थप ३५ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ५४४ पुरुष र १ हजार ३२४ महिला गरी कुल संख्या २ हजार ८६८ जना पुगेको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्...
जगंली हात्तीको आक्रमणमा परी एक जनाको ज्यान गयो

जगंली हात्तीको आक्रमणमा परी एक जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, साउन २८ सुनसरी कोशी गाउँपालिका–४ खत्वे टोल का ५५ वर्षीय रामे खङ्ग खत्वेको जंगली हात्तीको आक्रमणमा परी ज्यान गएको छ । आज बिहान साढे ५ बजे खेती तर्फ जाने क्रममा कोशी वन्यजन्तु आरक्षबाट आएको एउटा जंगली हात्तीले घर नजिकै रहेको विपी मेमोरियल प्राथमिक विद्यालय नजिक आक्रमण गर्दा खत्वेको घटनास्थलमै ज्यान गएको हो । घटनाको जानकारी पाएलगतै प्रहरी टोली खटि गई स्थानियबासीको सहयोगमा हात्तीलाई जंगल तर्फ लखेटिएको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया पुरा गरी लाश पोष्ट मार्टमको लागी जिल्ला अस्पताल ईनरुवा पठाएको प्रहरीले जनाएको छ ।...
जिल्ला प्रहरी कार्यालय सुनसरीको नव निर्मीत कार्यालय भवन, तथा आवास गृहको उद्घाटन

जिल्ला प्रहरी कार्यालय सुनसरीको नव निर्मीत कार्यालय भवन, तथा आवास गृहको उद्घाटन

समाचार
पूर्णपुष्टि, साउन २८ जिल्ला प्रहरी कार्यालय सुनसरीको नव निर्मीत कार्यालय भवन, तथा आवास गृहको उद्घाटनको भएको छ । साँढे २ तले कार्यालय भवन तथा तिन तले आवास गृह ९ करोड, ७० लाख, ७२ हजार, ३२० रुपैयाँको कुल लागतमा निर्माण सम्पन्न भएको भएको हो । कार्यक्रमका प्रमुख अतिथी प्रहरी महानिरीक्षक थापाले कार्यालय भवन, तथा आवास गृहको उद्घाटन गरेको हो । शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको हाता भित्र आज बिहान भएको भवन उद्घटान कार्यक्रममा बोल्दै वाहाले भवन आफैमा सबै चिज नभएको प्रस्ट पार्दै, नयाँ भवन संग संगै कार्यरत प्रहरी  कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनु पर्ने तथा रुपान्तरण हुनु पर्ने धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथी  प्रहरी महानिरीक्षक थापाले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुन...
स्थानीय युवको हत्या अभियोगमा कार्यपालिका सदस्य पक्राउ, मेयर–उपमेरसहित ६ जना अझै फरार

स्थानीय युवको हत्या अभियोगमा कार्यपालिका सदस्य पक्राउ, मेयर–उपमेरसहित ६ जना अझै फरार

समाचार
पूर्णपुष्टि, साउन २८ स्थानीय एक युवको हत्या अभियोगमा धनुषाको हंसपुर नगरपालिकाका कार्यपालिकासदस्य श्याम राउत पक्राउ परेका छन् । हत्या अभियोगमा जिल्ला अदालतले मेयर–उपमेयर र वडाध्यक्षहरूसहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सोही पुर्जीका आधारमा राउत लाई प्रहरीले केही दिन अगाडि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार राउतलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । घटनाका मुख्य आरोपी मेयर र उपमेयर र वडाध्यक्षहरूसहित ६ जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ । २०७६ साउन २१ गते नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पक्षबीच झडप भएको थियो । झडपमा घाइते भएका स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलको उपचारको क्रममा गत भदौ १८ गते मृत्यु भएको थियो । सो घटनामा पीडित परिवारले मेयरसहित वडा नम्बर ३ का अध्यक्...
नवजात शिशुको हत्या अभियोगमा अदालतले जन्मकैद सजाय तोकेको फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

नवजात शिशुको हत्या अभियोगमा अदालतले जन्मकैद सजाय तोकेको फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

समाचार
पूर्णपुष्टि, साउन २८ नवजात शिशुको हत्या गरि फरार रहेका एक अभियुक्तलाई तनहुँ प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । तनहुँ आबुखैरेनी गाउँपालिका–१ का ५१ वर्षीय प्रेमबहादुर सार्कीलाई शिशुको हत्या अभियोगमा पक्राउ गरेको हो । उनलाई बुधबार पक्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए । २०६० साल वैशाख ११ गते उनलाई अदालतले कर्तव्य ज्यानमुद्दामा जन्मकैद सजाय सुनाएको थियो । २०६० कात्तिक १८ गते तत्कालीन पुनरावेदन अदालत पोखराले पनि जिल्लाकै आदेश सदर गरेको थियो । उनलाई अदालत पेश गरिएकोमा अदालतले कारागार चलान गरेको प्रहरी उपरीक्षक मैनालीले बताए । नवजात शिशुको हत्या गरेको अभियोग सार्कीमाथि थियो । जबरजस्ती करणीबाट एक महिलाले गर्भाधारण गरेपछि उनले औषधी खुवाएर गर्भपतन गराई घटना लुकाउन खोजेका थिए । तर, छोरी जिउँदै जन्मेपछि सार्कीले खर बारीमा लगेर हत्या गरेको आरोप थियो । आरोप पुष्टि भए...
छोरी करणी गरेको अभियोगमा बुबा र काका पक्राउ

छोरी करणी गरेको अभियोगमा बुबा र काका पक्राउ

समाचार
पूर्णपुष्टि, साउन २८ आफ्नै छारीलाई करणी गरेको भियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ४४ वर्षीय बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले पक्राउ गरेको हो । १६ वर्षीया किशोरीलाई गत वैशाख २ गते बुबा साउन २३ गते काकाले करणी गरेको प्रहरीले जनाएको छ । करणी गरेका बुबा र काकाविरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार पीडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकालाई जबर्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले ब...
उदयपुर केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प

उदयपुर केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प

समाचार
पूर्णपुष्टि, साउन २८ उदयपुरमा आज (बिहिबार) ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । उदयपुरको पोखरी आसपास केन्दविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ बजेर ५४ मिनेटको समयामा भूकम्प गएको जनाएको छ ।
उदयपुरमा भिरबाट लडेर एकजना युवकको ज्यान गयो

उदयपुरमा भिरबाट लडेर एकजना युवकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, साउन २८ उदयपुरमा भिरबाट लडेर एकजना युवकको ज्यान गएको छ । रौतामाई गाउँपालिका–८ का नर्मन रिखाम मगरका ३० वर्षीय  छोरा चन्द्र बहादुर रिखाम मगरको भिरबाट लडेर ज्यान गएको हो । पुवारे भञ्याङबाट घर डिल्लीबर  नयाँबस्ती जाने क्रममा राती पुवारे भञ्याङको भिरबाट  लडी  मगरको ज्यान गएको सुचना आज बिहान प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाको कानुनी प्रक्रिया पुरा गरि पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद प्रसाद गौतमले जानकारी दिनुभयो । यस घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाईएको डिएसपी गौतमले बताउनु भयो ।...