Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

बुबाले स्याल मार्न चलाएको बन्दुकको गोलीले लाग्दा छोराको ज्यान गयो

बुबाले स्याल मार्न चलाएको बन्दुकको गोलीले लाग्दा छोराको ज्यान गयो

समाचार
पूर्णपुष्टि, साउन ३०  पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई मार्न चलाएको बन्दुकको गोलिले लाग्दा  ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको घटना स्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जनाएको छ। कर्णबहादुरले शुक्रबार बेलुका भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई मार्नको लागी चलाएको गोलीले लाग्दा घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका धनबहादुरको मृत्यु भएको थियो । बन्दुकसहित कर्णबहादुरलाई नियन्त्रणकमा लिएर घटनाको अनुसन्धान भईरहेको रामेश्वर त्वातीले जनाएको छ ।...
छुट्टा छुट्टै स्थानबाट ब्राउन सुगर सहित २ जना पक्राउ

छुट्टा छुट्टै स्थानबाट ब्राउन सुगर सहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, साउन ३० छुट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका ५ का ३४ बर्षीय खेम मगर र झापा मेचीनगर ३ का ३९ बर्षीय लोकबन्धु दर्नाल रहेका छन् । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका १० स्थित लक्ष्मीमार्गबाट मगरलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ६७ मिलिग्राम सहित पक्राउ गरेको थियो । पक्राउ परेका मगरले अनुसन्धानको क्रममा लोकबन्धु दर्नालबाट खरिद गरेको भनि खुलाई दिए पश्चात तत्काल प्रहरी टोली खटि गई दर्नाललाई बेलबारी नगरपालिका ३ पशुहटिया स्थितबाट लागूऔषध ब्राउन सगुर ९ ग्राम ९३ मिलिग्राम सहित पक्राउ गरेको हो ।  पक्राउ परेको दुवै जनालाई थप अनुसन्धानको लागी उपर ईलाका प्रहरी कार्यालय बेलबारीमा पठाईएको छ ।...
लागुऔषध अफिम सहित एक जेष्ठ नागरिक पक्राउ

लागुऔषध अफिम सहित एक जेष्ठ नागरिक पक्राउ

समाचार
पूर्णपुष्टि, साउन ३० संखुवासभा खाँदवारी नगरपालिका –७ का ६९ बर्षीय जय चापागाईलाई लागूऔषध अफिम सहित प्रहरीले पक्राउ गरेको छ । हिजो दिउसो १२ बजे जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चापागाईको घरमा लुकाई छिपाई राखेको लागूऔषध अफिम २०४ ग्राम फेला पारेको थियो । पक्राउ परेका चापागाईको थप अनुसन्धान भईरहेकोे छ ।...
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

समाचार
पूर्णपुष्टि, साउन ३० मोरङको  जहदा गाऊपालिका –३ जयरामपुर बस्ने रबिया ऋषिदेवको १० बर्षीय छोरा गोलु ऋषिदेवको खोलामा डुबेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे उनि साथीहरुसंग खद्रा खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबी घाईते भएको भन्ने जानकारी पाउन साथ प्रहरी चौकी मझारेबाट प्रहरी टोली खटि गई घाईते बालकलाई उपचारको लागी कोशी अस्पताल विराटनगरमा  पुर्याउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।...
कृसला हत्याकाण्डकाे सत्यतथ्य सार्बजनिक गर्न माग गर्दै प्रशासनमा धर्ना

कृसला हत्याकाण्डकाे सत्यतथ्य सार्बजनिक गर्न माग गर्दै प्रशासनमा धर्ना

समाचार
 पूर्णपुष्टि, साउन २८ । उदयपुरकाे चौदण्डीगढी नगरपालिकाका पहिलो संयुक्त गठवन्धनको चार भातृसंगठनहरुले कृसला चाैधरीकाे हत्यारा चाँडाे पत्ता लगाउन दवाव दिदै प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । नेपाल महिला संघ चौ. न. पा नगर समितिका सभापति बिना कुमारी राई, महिला अ. ने मा. संघ चौ. न. पा. नगर समिति अध्यक्ष रञ्जना पराजुलि, अ. ने. मा. संघ केन्द्रिय समिति सदस्य चुना थापा मगर र समाजवादी महिला संघ केन्द्रिय समिति सदस्य उर्मिला राईको नेतृत्वकाे टोलीले आज जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडि “महिला अधिकार मानव अधिकार, अपराधिलाई सर्वाजनिक गर, अपराधिलाई फाँसि दे र बलत्कारीलाई मृत्युदण्डको निति ले ” जस्ता नाराहरु लगाई करिब १ घण्टा धर्ना दिदै साहयक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा सत्य तथ्य र निश्पक्ष छानविन गरि अपराधिलाई यथासिघ्र कानुनको कठघरामा उभ्याई चाँडो भन्दा चाँडो ह...
भरुवा बन्दुकसहित एक पक्राउ

भरुवा बन्दुकसहित एक पक्राउ

समाचार
पूर्णपुष्टि, साउन २९ सुनसरी बराहक्षेत्र नगरपालिका–१ का ६३ वर्षीय बरम बहादुर राईलाई एक थान भरुवा बन्दुकसहित पक्राउ परेको छ । गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाती १३ वर्षीय अभिषेक राईलाई छर्राले लागी घाईते भई उपचारको लागी घोपा धरान लगेको भन्ने सुचनाको आधारमा प्रहरी टोलीले उनलाई खोजतलास गरिरहेको थियो । खोजतलासकै क्रममा हिजो जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरि ईलाका प्रहरी कार्यालय महेन्द्रनगर बुझाएको हो । पक्राउ परेका राईको घर कोठा भित्र आज प्रहरी टोली खटि गई लुकाई छिपाई राखेको एक नाल भरुवा बन्दुक समेत बरामद गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।...
उदयपुरमा थप ३७ कोरोना पुष्टि, संक्रमितको संख्या ३,२७६ पुग्यो

उदयपुरमा थप ३७ कोरोना पुष्टि, संक्रमितको संख्या ३,२७६ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन २९ उदयपुरमा आज (शुक्रबार) थप ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २२ पुरुष र १५ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार २७६ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, बेलका, चौदण्डीगढी र कटारी नगरपालिकाका साथै लिम्चुङबुङ गाउँपालिकाका रहेका छन् । त्रियुगामा ५ पुरुष र ७ महिला गरी १२ जना, बेलकामा ५ पुरुष र १ महिला गरी ६ जना, चौदण्डीगढीमा, ६ पुरुष र ३ महिला गरी ९ जना, कटारीमा, ४ पुरुष र ४ महिला गरी ८ जना र लिम्चुङबुङमा २ पुरुषमा संक्रमण देखिएको हो । कारोनालाई जितेर थप ३१ जना घरफर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको संख्या १ हजार ५७६ पुरुष र १ हजार ३३२ महिला गरी २ हजार ८९९ जना पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १४६ पुरुष र १२७ महिला गरी २७३ जन...
२ नक्कली प्रहरी ठगी अभियोगमा पक्राउ

२ नक्कली प्रहरी ठगी अभियोगमा पक्राउ

समाचार
पूर्णपुष्टि, साउन २९ झापामा नक्कली प्रहरी बनी कुटपिट गरेर रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । ‘प्रहरी हुँ’ भन्दै कुटपिट गरी रकम असुली गर्ने कनकाई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ का ३२ वर्षीय टीका खत्री बिहिबार पक्राउ परेका हुन् । लाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । बिर्तामोड–५ की नयनसरी राजवंशीको घरमा गएर यही साउन ११ गते उप्रेती र खत्रीले आफूहरु सादा पोशाकका प्रहरी भएको धम्क्याउँदै राजवंशीको साथमा भएको एक हजार १०० लिएर गएको, साथै साउन १४ गते पुनः उनीहरुले राजवंशीको छोरा २५ वर्षीय विशाल राजवंशीलाई बाहिर बोलाएर कुटपिट गरेको प्रहरीको दाबी छ । पक्राउ परेका उप्रेती र खत्रीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झा...
गाडीबाट हामफाल्दा विराटनगरमा एक जनाको ज्यान गयो

गाडीबाट हामफाल्दा विराटनगरमा एक जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, साउन २९ विराटनगरमा गाडीबाट हामफाल्दा एक जना युवकको बिहिबार ज्यान गएको छ । भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ का २२ वर्षीय युवराज खतिवडाको गाडीबाट हामफाल्दा ज्यान गएको हो । कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ मा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २ च २७४२ नम्बरको बलेरोमा खतिवडा सवार थिए । गाडीमा सवार रहेका बेला हामफालेर ओर्लन खोज्दा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  खतिवडाको उपचारको क्रममा विराटनगर नोबेल शिक्षण अस्पतालमा राति ८.२० बजेको समयमा ज्यान गएको अस्पतालले जनाएको छ । गाडी र चालक भोजपुरको पौवादुम्बा गाउँपालिका–२ का २५ वर्षीय कृष्ण कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । लापरबाहीपूर्ण तरिकाले गाडीबाट झर्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ ।...
करणी अभियोगमा गाउँपालिका अध्यक्ष पक्राउ

करणी अभियोगमा गाउँपालिका अध्यक्ष पक्राउ

समाचार
पूर्णपुष्टि, साउन २९ रुपन्देहीमा जबरजस्ती करणी अभियोगमा आउँपालिकाका अध्यक्ष नै पक्राउ परका छन् । रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) करणी अभियोगमा पक्राउ परका हुन् । शुक्लालाई करणी अभियोगमा बिहिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताउनुुभयो । सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष शुक्ला स्वतन्त्र रूपमा चुनाव लडि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनी विरूद्ध प्रहरीमा जबरजस्ती करणी उद्योगमा उजुरी दर्ता भएपछि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।...