Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

टिकटकले ल्यायो नयाँ फिचर, उमेरका आधारमा पुस नोटिफिकेसन

टिकटकले ल्यायो नयाँ फिचर, उमेरका आधारमा पुस नोटिफिकेसन

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, साउन ३२ टिकटक अहिलेको निकैनै लोकप्रिय एप बनेको छ । टिकटकको भिडियो शेयरिङ एपले गर्दा प्रयोगकर्ताको संख्यामा निकै वृद्धी भएको भएको छ । योे एपको भिडियोले हरेक उमेर समुहका व्यक्तिलाई आकर्षीत गरेको छ । खासगरी किशोरावस्थाका प्रयोगकर्ताहरु बढी रहेका छन् । उनीहरुको स्वास्थ्य तथा सुरक्षाका लागि भन्दै विभिन्न नयाँ फिचरहरु घोषणा गरिरहेको छ । एक नयाँ फिचर अनुसार अब १३ देखि १५ वर्ष उमेर समूहका टिकटक प्रयोगकर्ताले रातको ९ बजेपछि अर्को बिहानसम्म टिकटकमा पुस नोटिफिकेसन प्राप्त गर्ने छैनन् । त्यस्तै, १६ देखि १७ वर्षसम्मका प्रयोगकर्ताले रातको १० बजेदेखि अर्को बिहानसम्म टिकटकमा पुस नोटिफिकेसन प्राप्त गर्नेछैनन् । यसले किशोरावस्थाका प्रयोगकर्तालाई रातको समयमा पनि टिकटकमा झुण्डिरहनबाट रोक्ने तथा उनीहरुलाई काम, अध्ययन, आराम तथा निद्रामा केन्द्रित बनाउने अपेक्षा टिकटकको छ । साथै टिकटकले ...
कृशलाको हत्यामा संलग्न २ अपराधिलाई प्रहरीले सार्वजानिक गर्यो, घरबार बिगारेको भन्दै हत्या

कृशलाको हत्यामा संलग्न २ अपराधिलाई प्रहरीले सार्वजानिक गर्यो, घरबार बिगारेको भन्दै हत्या

Breaking News 1
पूर्णपुष्टि, साउन ३२ कृशलाका हत्यामा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमवार सार्वजानिक गरेको छ । त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ बर्षिया कृशलाको साउन १३ गते हत्या भएको थियो । करिब सय भन्दा बढी मानिसहरुलाई गर्दै आएको गहिरो अनुसन्धान पछि २ जनालाई प्रहरीले सार्वजानिक गरेको हो । कृशला हत्यामा संलग्न सप्तरीको सुरुङगा नगरपालिका १ का उचित लाल सदा र सोहि ठाउँका २३ बर्षिय बिषे सदालाई प्रहरीले सार्वजानिका गरेको छ । घटनामा संलग्न रहेको उचित लाल सदाले कृशलाले आफ्नो घरबार बिगारेको निउमा हत्या गरेको प्रहरी वयानमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय उदयपुर (एसपी) चन्द्रदेव बोहोराले बताउनुभयो । बोहोराका अनुसार कृशला र उचित सदाको श्रीमती साथी साथी रहेको र कृशलाकै कारण आफ्नो घरबार बिग्रिएको कारण बदला स्वरुप कृशलाको हत्या गर्ने निर्णयमा आफुहरु पुगेको प्रहरीलाई बयान दिएको छ । पहि...
अबको तीन दिन मनसुन सक्रिय

अबको तीन दिन मनसुन सक्रिय

समाचार
पूर्णपुष्टि, साउन ३२ अवको तीन दिन देशभर मनसुन सक्रिय रहने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिकै रहेकाले अबको तीन दिन मनसुन सक्रिय रहने छ । आगामी तीन दिन प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनएको छ । यस अवधिमा दिउँसो भन्दा रातको समय वर्षा लामो समय हुने छ । विभागले प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं. २, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको औँल्याइएको छ । दिउँसो देशभर...
करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, साउन ३२ सुनसरी ईटहरी–१७ लबिपुर स्थित अंकित बडि ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । ताप्लेजुङ मेरिङ्डा गाउँपालिका–४ घर भई हाल सोही ग्यारेजका मजदुर ४० बर्षीय राम कुमार लिम्बुको करेन्ट लागेर मृत्यु भएको हो । हिजो बेलुका पौने ६ बजे गाडीको बडी बनाउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
कारको ठक्करबाट एक महिलाको मृत्यु, एक घाईते

कारको ठक्करबाट एक महिलाको मृत्यु, एक घाईते

समाचार
पूर्णपुष्टि,साउन ३२ झापा बाह्रदर्शी गाउँपालिका–७ सिमल चौक स्थित भित्री सडक खण्डमा कारको ठक्करबाट स्कुटीमा पछाडी सवार एक जनाको मृत्यु भएको छ । धनुषा गणेशमान चारनाथ नगरपलिका घर भई हाल कंकाईमाई नगरपालिका–८ डेरा गरी बस्ने ३२ वर्षीया सरस्वती मगरको मृत्यु भएको हो । हिजो राती साढे १० बजे उत्तर जादै गरेको प्रदेश–१ –०१–०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १–०१–००१ च ७२७७ नम्बरको कारले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा स्कुटी चालक बाह्रदर्शी गाउँपालिका–७ की २८ बर्षीया प्रमिता कार्की र पछाडी सवार सरस्वती घाईते भएको प्रहरीले जनाएको छ । घाईतेलाई उपचारको लागी बिएण्ड् सी स्पतालमा पु¥याउन साथ सरस्वतीको मृत्यु भएको र कार्कीको उपचार भईरहेको अस्पतालले जनाएको छ । दुर्घटना गराउने कार र चालक ईलाम जोगमाई– २ का २४ वर्षीय जंग बहादुर बस्नेत ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
चट्याङ लागेर उदयपुरमा एकै कृषकको ७ ओटा बाख्रा मर्यो

चट्याङ लागेर उदयपुरमा एकै कृषकको ७ ओटा बाख्रा मर्यो

समाचार
पूर्णपुष्टि, साउन ३१ उदयपुरमा चट्याङ लागेर ७ ओटा बाख्रा मरेको छ । चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुर स्थित नगेन्द्र राईको ७ ओटा बाख्रा चट्याङले स्वाहा पारेको हो । शुक्रबार जंगलमा चराउन लैजाने क्रममा अविरल बर्षा सँगै परेको चट्याङले ७ ओटा बाख्रा एकै पटकमा मारेपछि कृषक राईलाई ठुलो घाटा पुगेको छ । राईले एकै पटक ७ ओटा बाख्रा मारेपछि आफ्नो पशु व्यवसायमा ठुलो घाटा पुगेको बताए । उनले यस घाटामा सम्बन्धित निकाय र स्थानीय सरकारले राहत सहयोग गर्नु पर्ने माग राखेका छन् । कूल १९ वटा खशी बाख्रामध्ये ७ वटा बियाउने बाख्रा माउलाई एक्कासी परेको चट्याङ लागेर  मरेको कृषक  राईले बताए । उक्त घटनाबाट कृषक राईलाई अन्दाजी १ लाख बरावरको क्षती पुगेको स्थानीय तथा सारदा आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुन ओझाले बताए ।  ...
वैकल्पिक माध्यमबाट परीक्षाको माग गर्दै  कटारीका एक कलेजमा तालाबन्दी

वैकल्पिक माध्यमबाट परीक्षाको माग गर्दै कटारीका एक कलेजमा तालाबन्दी

Breaking News 1
पूर्णपुष्टि, साउन ३१ वैकल्पिक माध्यमबाट परीक्षाको माग गर्दै प्राकृति श्रोत व्यवस्थापन कलेज कटारी तालाबन्दी गरिएको छ । वैकल्पिक माध्यमबाट परीक्षाको माग गर्दै कृषि तथा वन  विज्ञान विश्वविद्यालयको वन शंकायका विद्यार्थीहरुले प्राकृति श्रोत व्यवस्थापन कलेज कटारीमा तालबन्दी गरेका हुन् । विद्यार्थीले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न माग गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन संकाय हेटौंडाको डिन कार्यालय र प्राकृति श्रोत व्यवस्थापन कलेज कटारी उदयपुरमा तालाबन्दी गरेको जानकारी दिएका छन् । प्राकृति श्रोत व्यवस्थापन कलेज उदयपुर कटारीमा शुक्रबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियु९क्रान्तिकारी० र अनेरास्ववियुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै तालबन्दी गरेका छन् । परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा कोभिड संक्रमण देखिनेक्रम बढ्दै गएपछि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन नगर्न म...
नेकपा (माओवादी केन्द्र) वडाकमिटि, त्रिनपा ११ पुनर्गठन

नेकपा (माओवादी केन्द्र) वडाकमिटि, त्रिनपा ११ पुनर्गठन

समाचार
पूर्णपुष्टि, साउन ३१ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वडाकमिटि, त्रियुगा नगरपालिका ११ को पुनर्गठन सम्पन्न भएको छ । शिवबहादुर खड्काको अध्यक्षता, सोमान सिंह दनुवार सचिव रहने गरी २९ सदस्यीय वडाकमिटि पुनर्गठन भएको हो । पार्टीका प्रदेश सदस्य एवम संविधानसभा सदस्य मोहन खत्री, जिल्ला सदस्यहरु किरण राई, विमल किराती, कमला राई, नगर कमिटि सदस्यहरुको उपस्थितिमा हिजो पुनर्गठन भएको हो । कमिटिको सदस्यहरुमा लक्ष्मीकुमार कार्की, गिता राई, रमिता राई, दलबहादुर राई, बलबहादुर विक, विमला बस्नेत, कुमार राउत, राम बराईली, राजकुमार राई, कल्पना राई, गणेश राया, रविन सुनुवार, साजन राई, सावित्रा पराजुली, दुर्गा सुनुवार, संकर साह, सिंहेश्वर गुप्ता, सरोज राई, बलबहादुर विक, कोसल रेग्मी, गोविन्द रोका, समसेर रोक्का, शिवकुमार राई, इश्वरी कार्की, बिरेन्द्र कार्की, विक्रम राई, मनिषा राई र दिलकुमार राई रहेका छन् ।...
कृशलाको लागि न्याय माग्दै गाईघाटका युवा तथा विद्यार्थीहरु सडकमा

कृशलाको लागि न्याय माग्दै गाईघाटका युवा तथा विद्यार्थीहरु सडकमा

समाचार
पूर्णपुष्टि, साउन ३१ कृशलाको हत्याको तत्काल छानविन र सत्यतथ्य परिणाम सार्वजानिक गर्न भन्दै गाईघाटका युवा तथा विद्यार्थीहरुले सडक प्रदर्शन गरेको छ । शनिवार पिपलचोकमा युवा तथा विद्यार्थीहरुले कृशलाको हत्यामा संलग्न यदि कुनै पनि व्यक्तिलाई तत्काल सार्वजानिक गर्नु पर्ने र कार्वाही गर्नु पर्ने माग सहित प्रदर्शन गरेको हो । प्रदर्शनको मुख्य अगुवाइको रुपमा रहेको डाइनामिक युवा गाईघाटले यो भन्दा ठुलो अपराध समाजमा अरु कुनै हुन नसक्ने भन्दै प्रदर्शन गरेको जनाएको छ । समाजमा यस्तो घटिया काम हुनुमा नेपालको कम्जोर कानुन रहेको ओल्याउँदै कार्वाही मात्र गरेर नहुने त्यसलाई पनि फासि हुनु पर्ने माग सहित युवाहरु प्रदर्शनमा उत्रेको हो । तस्विरहरु ...
कृशलाको हत्यारा तत्काल पत्ता लगाउन माग गर्दै  जलजलेका युवाहरुले गरे मोन प्रदर्शन

कृशलाको हत्यारा तत्काल पत्ता लगाउन माग गर्दै जलजलेका युवाहरुले गरे मोन प्रदर्शन

समाचार
पूर्णपुष्टि, साउन ३१  कृशला हत्या काण्ड बारे जलजलेका युवाहरु सडकमा उत्रेका छन् । शुक्रबार कृशलाको हत्यारालाई तत्काल पत्ता लगाई कानुनी कर्वाही गर्न माग गर्दै युवाहरुले सरकारलाई चेतावनी स्वरुप मौन प्रदर्शन गरेका छन् । करिब सय भन्दा बढी युवा युवतीहरुले जलजलेको मुख्य चोकमा बिभिन्न व्यानर र कालोपट्टि बाँधेर सरकारकलाई दबाव दिएको हो । युवाहरु अझै पनि निदाएको छैन् । कृशलाको लागि अझै धेरै संघर्षहरु गर्ने भन्दै यो पहिलो कदमको संघर्ष स्वरुप युवाहरु मौन प्रदर्शनमा सडकमा उत्रेको टिमका अगुवा युवा अमित भगतले बताए ।  भगतले हत्याको रिजल्ट तत्काल सार्वजानिक गर्न भन्दै मोन प्रदर्शनमा युवाहरु उत्रेको जनाएको छ । यो अपराध सामान्य नभएको र समाजमा यस्ता निज अपराधिहरु पनि रहेको भन्दै यस्तालाई तत्काल कानुनी कार्वाही गर्न र आउँदो दिनहरुमा यस्ता घटना नदोहोरीन चेतना स्वरुप सडकमा आफुहरुले प्रदर्शन गरेको भगतले बताए...