ब्राउन सुगर सहित दुई महिला र दुई पुरुष पक्राउ
पूर्णपुष्टि, भदौ, २
झापाको दुई स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ परेको छ । हिजो बेलुका ४ बजे बिर्तमोड ५ जात्रुबारी स्थितबाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्राम सहित पक्राउ गरेको हो ।
त्यस्तै हिजै बेलुका ५ बजे बिर्तामोड १ चारपाने बाट पनि सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले बिर्तामोड १ कि बर्षीया देवी तामाङ र बिर्तामोड ५ कि २१ बर्षीया सिता खतिवडालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो । उनिहरुको साथ बाट ४ ग्राम ४५ मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ परेका चारै जना उपर ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।...








