Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा ७ पक्राउ

यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा ७ पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ ३ यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा महानगरीय प्रहरी परिसर ललिपुरले ७ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–३ कान्तिपुर हाईटस्थित अपार्टमेन्टमा यौन व्यवसाय सञ्चालन गर्दै आएको भन्ने सूचानको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न ७ जनालाई मंगलबार पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–२८ ढल्कु बस्ने झापा दमक नगरपालिका–७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका–६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका–८ घर भएकी २३ वर्षीया ललिता विक, काठमाडौं बुढानीलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट, ललिपतुर ललितपुर महानगरपालिका–८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ सानो पोखरा घर भएकी ४२ वर्षीया गिता खड्गी, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टीन...
एमाले बिभाजनको असर ः १ नं प्रदेशको मुख्यमन्त्री राई अल्पमतमा

एमाले बिभाजनको असर ः १ नं प्रदेशको मुख्यमन्त्री राई अल्पमतमा

समाचार
पूर्णपुष्टि, भदौ ३ नेकपा एमाले बिभाजनको असर प्रदेश नं १ मा पनि परेको छ । माधव नेपाल समूहले निर्वाचन आयोगमा अर्को पार्टी नेकपा एमाले समाजवादी पार्टी दर्ता गराउने भए सँगै प्रदेश १ मा राई नेतृत्वको सरकार अल्पमतमा परेको हो । एमाले नेतृत्वको एकल सरकारको रुपमा रहेको शेरधन राई नेतृत्वको सरकार माधव समूह नेतृत्वले अर्को पार्टी खोल्ने भए सँगै हाल नेतृत्व रहेको प्रदेश नं १ को सरकार कम्जोरी देखिएको छ । प्रदेश नं १ मा एमाले विभाजनको असरले प्रदेशसभामा शेरधन राई नेतृत्वको सरकारले बहुमत गुमाउने निश्चित देखिएको छ । हाल प्रदेश १ प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका ५१ सांसद छन् । कुल ९३ प्रदेशसभा सदस्य कायम रहेको प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा पनि ४७ सांसद आवश्यक हुन्छ । तर, माधवकुमार नेपाल नेतृत्वको पार्टीमा एमालेका ५१ मध्ये १५ सांसद सामेल भएका छन् । योसँगै एमालेमा अब ३६ सांसदमात्र सीमित...
पहिरोमा पुरिएर आमा र दुई बच्चाको मृत्यु, १ बच्चा बेपत्ता

पहिरोमा पुरिएर आमा र दुई बच्चाको मृत्यु, १ बच्चा बेपत्ता

समाचार
पूर्णपुष्टि, भदौ ३ रसुवामा पहिरोमा पुरिएर एकै परिवारको तिन जनाको ज्यान जानुका साथै एक जना बेपत्ता भएको छ । अबिरल बर्षाका कारण आज राति ३ बजेतिरको समयमा घरमाथी बाट आएको पहिरोमा परी परिवारका ३ जनाको मृत्यु भएको हो भने एक जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । नौकुण्ड गाउँपालिका–५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो । बेपत्ता अर्का एक बच्चाको खोजीकार्य जारी छ । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख देवेन्द्र पाण्डेले श्यामबहादुरकी श्रीमती र दुई जना बच्चाको डेथ बडी फेला परिसकेको र अर्को एक जनाको खोजी भइरहेको जनाएको छ । पहिरोमा ३२ वर्षीय कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आषिश घलान पुरिएका थिए । पहिरोमा परी श्याम बहादुर घाईते भएका छन् । उनलाई उद्धार गरी उपचार गर्न सुरुमा न...
सेवाग्राही बाट ३० हजार घुस लिएको आरोपमा सव इन्जिनियर माथी मुद्धा दायर

सेवाग्राही बाट ३० हजार घुस लिएको आरोपमा सव इन्जिनियर माथी मुद्धा दायर

समाचार
पूर्णपुष्टि, भदौ २ सेवाग्राही बाट ३० हजार घुस लिएको आरोपमा एक जना सव–इन्जिनियर लाई मुद्धा दायर भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगामा कार्यरत सवइन्जिनियर राजन पासवानविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । आयोगका अनुसार विशेष सूचनाको आधारमा सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो । भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिए बापत सेवाग्राहीसँग ३० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो ।    ...
मृत भेटिएकी किशोरीको हत्या भएको पुष्टि, दुई जना पक्राउ

मृत भेटिएकी किशोरीको हत्या भएको पुष्टि, दुई जना पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ, २ सर्लाहीमा तिन दिन देखि बेपत्ता अवस्थामा रहेको किशोरी महिलाको शव सडेको अवस्थामा घर देखि ३ किलो मिटर पर कालिन्जोर खोलामा फेला पर्यो । महिलाको शव फेला परेपछि घटना बारे प्रहरीले थालेको अनुसन्धानमा ति किशोरीको हत्या भएको पुष्टि भएको छ । हत्या भएको आरोपमा २ जनलाई पक्राउ समेत गरिसकेको सर्लाही प्रहरीले जनाएको छ । सर्लाहीको लालवन्दी नगरपालिका १७ की प्रियांका भुजेल मंगलबार मृत अवस्थामा फेला परेपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा प्रहरीले २ जनालाई पक्राउ परेको हो । पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका १७ का १८ बर्षीय किसन साह र १९ बर्षीय अनिष दाहाल रहेको प्रहरीले जनाएको छ । दुबै जनाले प्रियंकाको हत्या गरी शव गाडेको स्वीकारेको प्रहरीले बताएको छ । पक्राउ परेका दुवैले प्रियंकाको हत्या गरेर शव गाडेको स्वीकार गरेका छन् । किशोरीको ...
उदयपुरमा थप १७ कोरोना पुष्टि, संक्रमितको संख्या ३,३०४ पुग्यो

उदयपुरमा थप १७ कोरोना पुष्टि, संक्रमितको संख्या ३,३०४ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ २ उदयपुरमा आज (बुधबार) थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १० महिला र ७ पुरुष गरी १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ३०४ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका रहेका छन् । त्रियुगामा ७ महिला र ५ पुरुष गरी १२ जना, चौदण्डीगढीमा १ महिला र २ पुरुष गरी ३ जना र बेलकामा १ जना महिलामा संक्रमण देखिएको हो । कोरोना जितेर थप २३ जना घर फर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ३८३ महिलार १ हजार ६१९ पुरुष गरी ३ हजार २ जना पुगेको छ । जिल्लामा सक्रिय संक्रमित ११९ महिला र १३१ पुरुष गरी २५० जना रहेका छन् । कोरोनाबाट उदपुरमा १६ महिला र ३६ पुरुषको ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको  छ ।...
खोप लगाउन लाइन बसेका कैदीको ज्यान गयो

खोप लगाउन लाइन बसेका कैदीको ज्यान गयो

समाचार
पूर्णपुष्टि, भदौ २ मोरङमा कोरोना भाइरसविरुद्धको खोप लगाउन लाइनमा बसेका एक कैदीको ज्यान गएको छ । जबरजस्ती करणी मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भइ जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका रतुवामाई नगरपालिका–५ का ५२ वर्षीय धनबहादुर गुरुङको ज्यान गएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार गुरुङ कोरोनाविरुद्धको खोप लगाउन मंगलबार कारागारका अरु कैदीबन्दीसँगै लाइनमा बसेका थिए ।  लाइनमा बसिरहेका बेला अचानक बेहोस भएर ढलेका उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा ज्यान गएकोे मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जनाउनुभयो । उनका अनुसार गुरुङलाई घाँटीसम्बन्धी क्यान्सरको समस्या थियो ।...
बिचौलिया काम गरेको अभियोगमा तीन पक्राउ

बिचौलिया काम गरेको अभियोगमा तीन पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ २  बिचौलिया काम गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय, धनुषा अगाडिबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–१ का ३५ वर्षीय विजय मण्डल, वडा नम्बर ४ का ३६ वर्षीय गुड्डु पूर्वे र वडा नम्बर १० का ५० वर्षीय विजयकुमार साहलाई प्रहरीले मंगलबार  बिचौलीया काम गरेको अभियोगमा पक्राउ गरेको हो । उनीहरुले कार्यालयमा आउने सेवाग्राहीलाई छिटो छरितो काम गराइदिन्छु भनी रकम मागेर बिचौलियाको काम गर्ने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयको गेट अगाडि  भेला गरी छिटो छरितो काम गराइदिने भन्दै रकम माग गर्दे रहेको अवस्थामा कसरी छिटो छरितो काम गराइदिनुहुन्छ भनेर सोध्दा उनीहरुले ड्युटीमा रहेको प्रहरी टोलीलाई गाली गलौज र हातपात समेत गरेको डीएसपी बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेका तीनैजनालाई ज...
प्रदेश १ मा २३ प्रतिशतले सवारी भाडा बढ्यो

प्रदेश १ मा २३ प्रतिशतले सवारी भाडा बढ्यो

समाचार
पूर्णपुष्टि, भदौ २ प्रदेश नं १ मा सार्वजानिक सवारीमा भाडा बृद्धि भएको छ । प्रदेश नं १ भित्र संञ्चालनमा रहेको सवारीहरुमा प्रदेश सरकारले २३ प्रतिशत सम्म भाडा बृद्धि गरेको हो । नेपाल सरकार भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको मन्त्रिस्तरको सैद्धान्तिक सहमति अनुसार यातायात व्यवस्था विभागको निर्णय बमोजिम भाडा बढाएको हो । सवारीको भाडादर श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, संञ्चालन खर्च, ह्रासहट्टी र मुनाफा सहितको सूचकहरुको आधारमा भाडा बिृद्धि गरेको भौतिक पूर्वधार विकास मन्त्रालय बिराटनगरको सूचनामा उल्लेख छ । प्रदेशले यात्रुबाहक सवारीको भाडा २२ प्रतिशत बढाएको छ भने पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा पनि १६.५ प्रतिशत बढाएको छ । यता तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा भने २३ प्रतिशत बढाएको छ ।      ...
तिन दिन देखि हराईरहेकी किशोरी मृत फेला

तिन दिन देखि हराईरहेकी किशोरी मृत फेला

समाचार
पूर्णपुष्टि, भदौ २ तिन दिन देखि घर बाट बेपत्ता रहेकी एक किशोरी सर्लाहीमा मृत भेटिएकी छिन् । सर्लाहीको तालबन्दी नगरपालिका वडा नं १७ की राजन भुजेलको १६ बर्षिय छोरी प्रिंयाका भुलेलको शव तिन दिन पछि फेला परेको सर्लाही प्रहरीले जनाएको छ । ३१ साउनमा प्रियंका हराएपछि परिवारजनले ३२ साउनमा इलाका प्रहरी कार्यालय लालबन्दीलाई जानकारी गराएको थियो । शव लालबन्दी नगरपालिका ६ स्थित कालिन्जोर खोलामा फेला परेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । शव फेला परेको ठाउँ उनको घरदेखि झण्डै तीन किलोमिटर टाढा हो । किशोरीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको र पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढाइने प्रहरीको भनाई छ । शव सडेको अवस्थामा फेला परेको प्रहरीले बताए ।    ...