Saturday, May 16News That Matters

Month: ५ वर्ष अगाडि

गैरकानुनी रुपमा एसिड बेच्ने ३ जनालाई प्रहरीले पक्राउ गर्यो

गैरकानुनी रुपमा एसिड बेच्ने ३ जनालाई प्रहरीले पक्राउ गर्यो

समाचार
पूर्णपुष्टि, भदौ १३ गैरकानुनी रुपमा एसिड बिक्रि गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनिहरुलाई ३ जनालाई पोखराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा जीपचालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ घर भई चितवनको भरतपुर बेलचोक बस्ने १९ वर्षीय मीनबहादुर भारती, सोही जीपमा सवार विराटनगर महानगर पालिका–२ घर भई भरतपुरमै बस्ने २९ वर्षीय केशव सिंह र अभिषेक औजार पसलका सञ्चालक बागलुङ नगरपालिका–७ ढिकीचौर घर भई पोखरा महानगरपालिका–२ मोहरिया टोल बस्ने बलबहादुर विक रहेका छन् । पोखरा महानगरपालिका–४ गैह्रापाटनमा ग ३ च ११४३ नम्बरको जीपमा सिलबन्दी तथा लेवलिङ नलगाएको १ हजार केजी एसिड र पोखरा–२ मौरिया टोलस्थित अभिषेक औजार पसलबाट सिलबन्दी र लेबलिङ नलगाई बेच्न राखेको ३५० केजी एसिड बरामद गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७...
एमाले अध्यक्षको लागि आफु योग्य रहेको ईश्वर पोखरेलको ठहर

एमाले अध्यक्षको लागि आफु योग्य रहेको ईश्वर पोखरेलको ठहर

समाचार
पूर्णपुष्टि, भदौ १३ एमाले नेता तथा पार्टी महासचिव ईश्वर पोखरेलले आफु पार्टीको नेतृत्वका लागि योग्य रहेको बताएका छन् । पोखरेलले एमाले अध्यक्षका लागि आफु योग्य रहेको बताए । सोमबार पत्रकारसँगको कुराकानीमा उनले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि नेता हुनका लागि आफू योग्य रहेको बताए । तर उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने उनले बताए । आफू उम्मेदवार भए पनि कार्यकर्ताको चाहना नभएमा उम्मेदवार हुनुको कुनै अर्थ नहुने पोखरेलले बताए । नेकपा एमालेको आगामी महाधिवेशन २०७९ साल बैशाख बैशाख १० गते भित्र सम्पन्न गरिसक्नुपर्नेछ । पोखरेलले त्यसैको तयारीका लागि पार्टीले आगामी असोज पहिलो हप्ता विधान महाधिवेशनको आयोजना गरिएको पनि बताए । ‘म व्यक्तिगत ढंगले भने मेरो हिस्ट्री मेरो निरन्तरताले मेरो क्षमता, म डिजर्भ गर्छु भनिरहनै पर...
वुटवलमा पहिरोले गर्यो ठुलो क्षती, ७ घर पुरिए, ५० घरमा क्षती

वुटवलमा पहिरोले गर्यो ठुलो क्षती, ७ घर पुरिए, ५० घरमा क्षती

समाचार
पूर्णपुष्टि, भदौ १३ लगतारको अविरल बर्षाका कारण वुटवलमा गएको पहिरोले ७ घर पुरिनुका साथै ५० घरमा क्षती पुराएको छ । पहिरोका कारण बुटवल बजार नै जोखिममा परेको छ । बुटवलको ज्योतिनगरमा चुरे पहाडबाट सोमवार पहिरो खस्दा घर पुरिएको र क्षती भएको हो । पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मनकुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ । पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोडसमेत बगाएको छ । पहिरोबाट विस्थापित धेरैजसो आफन्तको आश्रय लिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ५० घरमा क्षति पुगेको र अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । ज्योतिनगर क्षेत्रलाई उपमहानगरले असुरक्षित क्षेत्र घोषणा गरी सुरक्षित हुन आग्रह गरेको...
समयमै कक्षा १२ को परिक्षा हुन नसक्दा बाहिर पढ्न जाने विद्यार्थीहरु रोकिए

समयमै कक्षा १२ को परिक्षा हुन नसक्दा बाहिर पढ्न जाने विद्यार्थीहरु रोकिए

शिक्षा, समाचार
पूणर्पुष्टि, भदौ १३ समयमै कक्षा १२ को परिक्षा हन नसकेपछि विदेश पढ्ने तयारीमा रहेको विद्यार्थीहरुलाई समस्या भएको छ । १२ को परिक्षा सकेर विदेश पढ्ने तयारीका विद्यार्थीहरु अहिले समस्यामा परेको हो । कोरोनाका कारण पटक पटक परिक्षा स्थगित भएपछि विद्यार्थीहरुको तयारी सफल हुन नसक्दा विद्यार्थीहरुलाई चिन्ता बढेको छ । बिभिन्न विषयका लागि कक्षा १२ पछि विदेश पढ्ने तयारीका विद्यार्थीहरुले चिन्ता व्यक्त गरेको छ । अमेरिकामा नर्सिङ पढ्न जाने तयारीमा रहेकी निर्भाना महतले कक्षा १२ को परीक्षा नभएकै कारण आफ्नो एक वर्ष खेर जाने जोखिम बढेको बताइन् । ‘कन्सल्टेन्सीले यो महिनाभित्र परीक्षा भयो भने मिल्छ, नभए अर्को वर्ष मात्रै मिल्छ भनेको छ’ उनले भनिन् । अरु तहको परीक्षा भइरहे पनि १२ कक्षाको मात्रै परीक्षा रोक्दा धेरै विद्यार्थी मारमा परेको निर्भाना बताउँछिन् । ‘अब पनि परीक्षा भएन भने विदेश पढ्न जान चाहनेको...
एकै मुद्धाका दुई फरार प्रतिवादी पक्राउ

एकै मुद्धाका दुई फरार प्रतिवादी पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ १३ ज्यान मार्ने मुद्धाका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला उदयपुर रौतामाई गा.पा.७ का ४४ वर्षीय अलप बहादुर रिखाल मगर र सोहि स्थानको ३७ वर्षीय पुर्ण बहादुर मगर रहेका छन् । उदयपुर अदालत बाट विभिन्न मितिमा फैसला भई ६ बर्ष कैद सजाय तोकिएका फरार प्रतिबादीहरुलाई गोप्य सुचनाको आधारमा आईतबार बिहान ६ बजेको समयमा उदयपुर रौतामाई गा.पा ७ डहर स्थितमा लुकि छिपि बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको बिशेष टोलिले पक्राउ गरेको छ । पक्राउ परेका दुई जनालाई प्रहरीले फैसला कार्यन्वयनको लागि सम्मानित उदयपुर जिल्ला अदालत पठाएको छ ।...
प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ १२ मोरङ उर्लाबारी नगरपालिका १ स्थित झारासादी का २० बर्षीय उमेश धिमाललाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ । हिजो राती १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधी Tramadol ५७५ ट्याब्लेट र Spaspain ( ५७० ट्याब्लेट बरामद गरे पश्चात उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।...
नेकपा माओवादी केन्द्रको वडा कार्यालय उद्घाटन

नेकपा माओवादी केन्द्रको वडा कार्यालय उद्घाटन

समाचार
पूर्णपुष्टि, भदौ १२ । नेकपा माओवादी केन्द्रको गाईघाटमा वडा कार्यालय आज उद्घाटन भएको छ । त्रियुगा नगरपालिका ११ वडाको वडा कमिटि कार्यालय उद्घाटन भएको हो । पार्टि जिल्ला सचिवालय सदस्यहरु विमल किराती र किरण र्राईले कार्यालयको उद्घाटन गर्नुभयो । गाईघाटको असारीरोडमा स्थापना गरिएको वडा कार्यालय उद्घाटन भएको हो । वडा कार्यालय अगाडी राखिएको झण्डा र बोर्डको पर्दा खोलेर उद्घाटन गरिएको थियो । जिल्ला सदस्य, नगरकमिटिका पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रममा कार्यालय स्थापनाले वडा गतिविधिमा ठूलो टेवा पुर्याउने बताइएको छ । नगर तथा जिल्ला तहका नेताहरुले निर्देशनात्मक, प्रशिक्षनात्मक शुभकामना मन्तब्य राखेका थिए । वडा कमिटिका पदाधिकारी सदस्यहरु तथा पार्टिका आस्थावान ब्यक्तिहरुकेा उपस्थिति रहेको थियो ।...
घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, भदौ १२ खोटाङ हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ कि ४२ बर्षीया पार्वती राईको लडेर मृत्यु भएको छ । हिजो बेलुका ५ बजे सोही स्थानमा रहेको खुरीखोला जंगलमा घाँस काट्ने क्रममा भिरबाट ३० मिटर तल खसेर गम्भिर घाईते भएकी थिईन् ।  उपचारको लागी हलेसी तर्फ ल्याउने क्रममा बाटैमा नै मृत्यु भएको थियो । घटनाको बारेको ईलाका प्रहरी कार्यालय हलेसीले थप अनुसन्धान गरिरहेको छ ।...
लागुऔषध मुद्धाको फरार प्रतिबादी गाँजा सहित पक्राउ

लागुऔषध मुद्धाको फरार प्रतिबादी गाँजा सहित पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ १२  लागूऔषध मुद्धाका फरार प्रतिबादीलाई गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ वेलबारी नगरपालिका ५ का ६१ बर्षीय राज नारायण भन्ने लव नारायण माझी रहेका छन् । गत भदौ १० गते १ नम्बर प्रदेश प्रहरी कार्यालय आर.टि.आई समुह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट लागू औषध गाँजा ४ केजी ३०० ग्राम र नगद रु,५० हजार सहित पक्राउ गरेको हो । माझी सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७५ पुस ५ गतेको फैसलाले लागु औषध मुद्दामा ६ महिना ५ दिन कैद र जरिवाना रु,३ हजार ठहर भएका फरार प्रतिवादी हुन् । उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषध कसूरमा म्याद थप लिई अनुसन्धान अगाडी बढाएको छ ।...
श्रीमतीको हत्या गरी श्रीमानले पनि गर्यो  झुन्डिएर आत्महत्या

श्रीमतीको हत्या गरी श्रीमानले पनि गर्यो झुन्डिएर आत्महत्या

समाचार
पूर्णपुष्टि, भदौ १२  भोजपुर षडानन्द नगरपालिका– ९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरी आफु पनि झुन्डिएर आत्म हत्या गरेका छन् ।आज बिहानको राती साढे १ बजे  आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई  खुकुरीले ढाडमा प्रहार गरी हत्या गरेपछि आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लागी झुण्डिएको अबस्थामा फेला परेका थिए । घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनिहरुकै ८ बर्षीय छोराले स्थानियलाई खबर गर्न गएका थिए । घटनाको बारेमा जानकारी पाऊन साथ स्थानियबासी गई हेर्दा ईन्द्रकला राईको मृत्यु भई सकेको र उनलाई खोजतालस गर्दा झुन्डिएको अबस्थामा मृत फेला परे पश्चात प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थालमा ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङको प्रहरी टोलीले  थप अनुसन्धान गरिरहेको छ ।...