Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

त्रियुगा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष भगतले कार्यालयको ल्याप्टप चोरी शैलीमा लगेको भन्दै आपत्ति

त्रियुगा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष भगतले कार्यालयको ल्याप्टप चोरी शैलीमा लगेको भन्दै आपत्ति

समाचार
पूर्णपुष्टि, भदौ ११ त्रियुगा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्य समेत रहेका गजेन्द्र कुमार भगतले कार्यालयको ल्यापटप चोरी शैलीमा लगेको भन्दै संघका अन्य  पदाधिकारिहरुले आपत्ति जनाएका छन् । संघको पूर्व अध्यक्ष तथा केन्द्रिय सदस्यसमेत रहेका भगतले आफ्नो मर्यादालाई विर्सिदै कार्यालयको ल्याप्टप जुम मिटिङका लागि भनेर चोरी शैलीमा आफ्नो झोलामा हालेर लगेको भन्दै पदाधिकारीहरुले बिज्ञाप्ती मार्फत आपत्ति जनाएका हुन् । संघमा अध्यक्ष भगत र अन्य बहुसंख्या पदाधिकारि सदस्यहरुबीच लामाे समययता विवाद छ । भगतले गरेको यो शैली दादागीरी र चोरीको हर्कत भएको भन्दै कार्यालयका कर्मचारीहरुले भगत सहित अन्य ३ जना बिरुद्ध चोरी आरोपमा प्रहरीमा समेत निवेदन दिएका थिए ।  तर त्यो निवेदन दर्ता भएको छैन् । आपसी मामिलालाई एक पटक सम्पूर्ण संघका पदाधिकारी बिच छलफल गराईने भन्दै निवेदन दर्ता नगरिएको जिल्ला ...
नेपालमा थप २,०६५ जनामा कोरोना पुष्टि, २,३३७ जना संक्रमण मुक्त

नेपालमा थप २,०६५ जनामा कोरोना पुष्टि, २,३३७ जना संक्रमण मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ नेपालमा वितेको २४ घण्टामा थप २ हजार ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ । वितेको २४ घण्टामा थप २५ जना संक्रमितको कोरोनाबाट ज्यान गएको छ । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ६६३ पुगेको मन्त्रालयले जनाएको छ । वितेको २४ घण्टामा थप २ हजार ३३७ जना संक्रमणमुक्त भएसँगै देशभर कोरोना मुक्त हुनेको कुल संख्या ७ लाख ८ हजार २३० जना पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ जना रहेका छन् । जसमध्ये ३४ हजार ६७६ जना होम आइसोलेसनमा रहेका छन्, भने २ हजार ९२...
उदयपुरमा ७ वर्षीय बालकको पहिरोमा परी ज्यान गयो

उदयपुरमा ७ वर्षीय बालकको पहिरोमा परी ज्यान गयो

समाचार
पूर्णपुष्टि, भदौ ११ उदयपुरमा एक ७ वर्षीय बालकको पहिरोमा परेर ज्यान गएको छ । कटारी नगरपालिका वडा नम्बर २ मिलन चौक बस्ने पोष्ट बहादुर मगरको छोरा कर्ण मगरको पहिरोमा परी ज्यान गएको हो । शुक्रबार साढे १ बजेको समयमा घर नजिक रहेको आँप खहरे खोलामा खेल्ने क्रममा माथिबाट अचानक पहिरो गई निज बालक शक्त घाईते भएका थिए । घाईते बालकलाई उपचारको लागि  कटारी अस्पताल लैजाने क्रममा उनको बटोमै ज्यान गएको थियो । मृत बालकको शवलाई घरमा  ल्याई राखेको भन्ने  खबर ईलाका प्रहरी कार्यालय कटारीमा प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय कटारी उदयपुरबाट प्रहरी निरिक्षक सहितको प्रहरी टोलि खटि गई कानुनी प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
यात्रु बोकेको बसको ठक्करबाट एकको ज्यान गयो

यात्रु बोकेको बसको ठक्करबाट एकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, भदौ ११ झापामा यात्रु बोकेको बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कमल गाउँपालिकास्थित चुलाचुली मोडमा शुक्रबार दिउँसो यात्रुबाहक बसको ठक्करबाट एक जनाको घटनास्थलमै ज्यान गएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको मे १ ख ६७६२ नम्बरको यात्रुबाहक बसको ठक्करबाट मोरङ उर्लाबारी नगरपालिका–६ का ५० वर्षीय हेमसागर थापाको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार मे ३ प ९४४९ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्व सवार थापालाई बसले १ बजेतिर ठक्कर दिएको थियो । दुर्घटना गराउने बस र सोका चालक मोरङको उर्लाबारी नगरपालिका–७ बस्ने सपतलाल धिमाललाई नियन्त्रमा लिएर थप अनुसरन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
उदयपुरमा थप १६ कोरोना पुष्टि, संक्रमितको संख्या ३,३९७ पुग्यो

उदयपुरमा थप १६ कोरोना पुष्टि, संक्रमितको संख्या ३,३९७ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ११ उदयपुरमा आज (शुक्रबार) थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १० महिला र ६ पुरुष गरी १६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको कुल संख्या ३ हजार ३९७ जना पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार थपिएका संक्रमितहरु त्रियुगा, बेलका र चौदण्डीगढी नगरपालिकाका साथै रौतामाई गाउँपालिकाका रहेका छन् । त्रियुगामा ५ महिला र ४ पुरुष गरी ९ जना, बेलकामा १ महिला र १ पुरुष गरी २ जना, चौदण्डीगढीमा ३ महिला र १ पुरुष गरी ४ जना र रौतामाईमा १ जना महिलामा संक्रमण देखिएको हो । थप १६ जनाले कोरोनालाई जितेर घरफर्किएसँगै जिल्लामा कोरोना मुक्त हुनेको कुल संख्या १ हजार ४७३ महिला र १ हजार ७१७ पुरुष गरी ३ हजार १९० जना पुगेको छ । जिल्लामा ७७ महिला र ७८ पुरुष गरी कुल १५५ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा हालसम्म कोरोना...
मोटरसाइकलमा आगो लगाएर भाग्दै गरेको एक युवा पक्राउ

मोटरसाइकलमा आगो लगाएर भाग्दै गरेको एक युवा पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ ११ मोटरसाइकलमा आगो लगाएर भाग्दै गरेको एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका–९ का अमृत कमरलाई मोटरसाइकल जलाएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । गोरखा नगरपालिका–५ मान्द्रेढुङ्गाका सन्देश पाण्डेले पश्चिमकालीस्थित मन्दिर परिसरमा पार्किङ गरेर राखेको लु २६ प ८७९८ नम्बरको होण्डा कम्पनीको हर्नेट बाइकमा कमरले आगजनी गरेको प्रहरीको भनाइ छ । कोरोनाविरुद्धको खोप लगाएर घर फर्कने क्रममा साथीहरुसँग घुमफिर गर्न पश्चिमकाली पुगेका पाण्डेले सोही ठाउँ नजिकै मोटरसाइकल पार्किङ गरेका थिए । एक्कासी मोटरसाइकलमा आगजनी भएको खबर पाएसँगै प्रहरीलाई जानकारी गराइएको थियो । घटनास्थल पुगेको प्रहरी टोलीले कमरलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको बताएको छ । कमरले आगजनी गरेको स्वीकार गरेको र उनलाई हिरासतमा राखी आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाए...
विवाह गर्ने आश्वासन देखाएर दुबईमा लगि महिलालाई बेचेको आरोपमा एक युवा थुनामा

विवाह गर्ने आश्वासन देखाएर दुबईमा लगि महिलालाई बेचेको आरोपमा एक युवा थुनामा

समाचार
पूर्णपुष्टि, भदौ ११ विवाह गर्ने आश्वासन देखाएर काठमाडौंमा काम खोज्दै हिँडेकी एक महिलालाई दुबईमा लगेर बेचेको आरोपमा अर्घाखाँचीका एक युवालाई अदालतले थुनामा राख्ने आदेश गरेको छ । साउन १७ मा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले अर्घाखाँची घर भएका ३३ वर्षीय मधु श्रेष्ठलाई पक्राउ गरेको थियो । बिहीबार जिल्ला अदालत काठमाडौंले श्रेष्ठलाई पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेको हो । अदालतको आदेशले उनलाई सुन्धारास्थित केन्द्रिय कारागारमा थुनामा राखिएको छ । २०७७ कार्तिकमा कामको खोजीमा भौतारिएकी महिलालाई श्रेष्ठले ‘म र श्रीमतीको बीचमा राम्रो सम्बन्ध छैन, दुबई गएर पैसा कमाएर आउ अनि तिमीसँग विवाह गरौंला’ भनेर दुबईमा पठाएका थिए । दुबईस्थित अरबीको घरमा पुर्याएकी ती महिलालाई अबरीले ‘तँलाई १५ हजार दिराममा किनेको हुँ’ भन्दै कुटपिट र बलात्कार प्रयास गरेपछि उनी त्यहाँबाट भागेकी थिइन् । दुवईस्थित ...
भाडामा लिएको जग्गाको सम्झौता सकिए पश्चात पनि जग्गा नछोडेको र उल्टै जग्गा धनीलाई धम्की दिएको आरोपमा एक पक्राउ

भाडामा लिएको जग्गाको सम्झौता सकिए पश्चात पनि जग्गा नछोडेको र उल्टै जग्गा धनीलाई धम्की दिएको आरोपमा एक पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ ११ भाडामा लिएको जग्गाको सम्झौता सकिए पश्चात पनि जग्गा नछोडेको र उल्टै जग्गा धनीलाई धम्की दिएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जग्गा लिजमा लिएर सोही जग्गाका धनीलाई धम्की दिएको अभियोगमा काठमाडौं प्रहरीले सञ्जय श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठले काठमाडौं महानगरपालिका–१ नक्सालमा रहेको उर्मिलाकुमारी खड्का (शर्मा) को जग्गा भाडामा लिएका थिए । श्रेष्ठले करार सम्झौता सकिएपछि पनि नछाडेको र जग्गाधनीलाई धाक धम्की दिएको उजुरी परेपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताउनुभयो । श्रेष्ठले १० वर्षअघि जग्गा भाडामा लिएर अन्य व्यक्तिहरुलाई भाडामा लगाई रकम उठाउने गरेका थिए । करार संझौता सकिएपछि जग्गा छाड्न आग्रह गर्दा श्रेष्ठले जग्गा धनीलाई गाली, गलौज र धम्की दिएको भन्दै उर्मिलाकुमारी खड्काले प्रहरीमा उजुरी गरेकी थ...
आज सुनको मुल्यमा भारी गिरावट

आज सुनको मुल्यमा भारी गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि, भदौ ११ आज हप्ताको अन्तिम दिन शुक्रबार सुनको मुल्यमा भारी गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको २ सय रुपैयाँले घटेको हो । हिजो सुन तोलामा ३ सय रुपैयाँ घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो, भने आज तोलाको २ सय रुपैयाँले घटेर ९१ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मुल्य भने स्थिर रहेको छ । हिजो जस्तै चाँदी आज तोलामा १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
भरुवा बन्दुकसहित एक पक्राउ

भरुवा बन्दुकसहित एक पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ ११ भरुवा बन्दुकसहित प्रहरीले कैलालीको मोहन्याल गाउँपालिका–६ नारासोतीबाट एक जनालाई पक्राउ गरेको छ । नारासोती घर भएका ५० वर्षीय गंगाराम जैशीलाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । शुक्रबार बिहान सेतीखोर गाउँको जंगलबाट जैशीलाई एक नाल भरुवा बन्दुकसहित इलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई प्रहरीले हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान सुरु गरेको छ ।...