Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

गाईघाट मिनि मार्केटमा ३ ओटा कपडा पसल र १ जुत्ता पसल चोरी, २ ओटा चोर्ने प्रयास

गाईघाट मिनि मार्केटमा ३ ओटा कपडा पसल र १ जुत्ता पसल चोरी, २ ओटा चोर्ने प्रयास

समाचार
पूर्णपुष्टि, भदौ ११ मुख्य बजारमै रहेको व्यस्त सडकमा पर्ने गाईघाटको मिनि मार्केटमा कपडा पसल र जुत्ता पसल चोरी भएको छ । प्रहरी घुमफिर र निगरानी भईरहने असारी सडकको मिनि मार्केटमा गएराती बिभिन्न कपडा पसलहरु चोरी हुनुका साथै चोर्ने प्रयास भएको छ । कपडा पसल सँगै एक जुत्ता चप्पल पसलमा पनि चोरी भएको छ । मिनि मार्केटमा संञ्चालन रहेका जुनु कपडा पसल, अभिसेक अनु जेनेरल र मोहन कपडा पससलमा चोरी भएको छ । यता पुरानो तरकारी बजारमा रहेको बिन्दी जुत्ता पसल पनि चोरी भएको छ । यसैगरी एआर कलेक्सन र अभिसेक जेनेरल स्टोरको सटर भने फुटाउने प्रयास भएको छ । चोरी हुँदा जुनु वानियाको कपडा पसलबाट बिभिन्न कपडा र नगद चोरी भएको छ भने अभिसेक अनु जेनेरल स्टोर बाट ज्याकेट ५ पिस र टिसर्ट ६ पिस चोरी भएको छ । यता मोहन कपडा पसलबाट जिन्स पाईन्ट ६ पिस, ट्«याक ५ पिस, भेस्ट ६ पिस, बक्सर पाईन्ट १० पिस, सर्ट २ पिस आरमी ट्रुयाक २ पिस,...
पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, अर्का घाईते

पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु, अर्का घाईते

समाचार
पूर्णपुष्टि, भदौ ११ सुनसरी कोशी गाऊपालिका  ३ जमुवा चोक स्थित पुर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने  पछाडी सवार घाईते भएका छन् । मृत्यु हुनेमा सप्तरी महादेवा गाऊपालिका ६ का ३५ बर्षीय राम नाथ मण्डल रहेका छन् । हिजो दिउसो १२ बजे पश्चिम तर्फ जादै गरेको प्र २ (०३(००१ च ३००७ नम्बरको पिकअप ले बिपरित दिशाबाट आउदै गरेको प्र २ (०१(००२ प ५६५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । सो दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक राम नाथको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा हिजो दिउसो साढे १२ बजे मृत्यु भएको थियो भने  पछाडी सवार सप्तरी हुनुमान कंकालिनी नगरपालिका ११ का १९ बर्षीय सन्तोष कुमार मण्डलको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ । ठक्कर दिने पिकअप र चालक सर्लाही बर्छवा ९ का २३ बर्षीय अंश कुमार साह प्रहरीको नियन्त्रणमा रहेको छ ।...
खोटाङमा आफ्नै दाजुको हत्या गर्ने दुई जना पक्राउ

खोटाङमा आफ्नै दाजुको हत्या गर्ने दुई जना पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ ११ खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् । गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिडेका गिरीराज घर फर्कि नआएपछी खोजतलास गर्ने क्रममा हिजो १० गते बिहानको राती पौने २ बजे घर देखी अन्दाजी २०० मिटर बारीमा मृत अबस्थामा फेला परे पश्चात प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटी घटना स्थल पुगेर हेर्दा घटनाको प्रकृती  हत्या गरेको हुन सक्ने आशंकमा गरेको थियो । आसंकाकै आधारमा प्रहरीले गहन रुपमा अनुसन्धान थालेको थियो । घटनाको प्रकृती, स्थानियबासीको सोधपुछ तथा अनुसन्धानबाट प्रहरीले हिजै मृतकका भाई नारायण र भतिजा रुपनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुले घरयासी बिबादका कारण भैसी बाँध्ने प्...
चौदण्डीको ज्यामिरे खोलामा समयमै पुल बन्न नसक्दाको नतिजा

चौदण्डीको ज्यामिरे खोलामा समयमै पुल बन्न नसक्दाको नतिजा

समाचार
पूर्णपुष्टि, भदौ ११ मदन भण्डारी राजमार्गको मुख्य सडकको रुपमा प्रयोग हुने चौदण्डीगढी नगरपालिका ९ ज्यामिरे खोलाले बर्षेनी यात्रु तथा सवारीहरुलाई समस्यामा पार्ने गरेको छ । यो समस्या खाली एक पटक मात्रै नभई हरेक बर्ष बर्खामा याममा आई पर्ने समस्या हो । गाईघाट देखी बेल्टार  र धरान लगायत पूर्वका बिभिन्न ठाउँमा सहज र छिटो सडकको रुपमा प्रयोग गर्दै आईरहने यो सडकमा बिभिन्न खोलाहरु छन् । त्यस मध्य पनि यो ज्यामिरे खोला बर्खामा उर्लिदा राम्रै बाढीको रुपमा परिणत हुन्छ । लगतार दुई दिन देखिको बर्षाले ह्वात्तै बढेको बाढीले सयौँ यात्रु तथा सवारीहरुलाई समस्यामा पार्दै आईरहेको देखिन्छ । बिहिबार बाढीका कारण ज्यामिरेमा सयौँ यात्रु र सवारीहरु अलपत्र परे । समान्य गाडीहरु मोटरसाईकल अटोहरु मात्र नभएर ठुला गाडीहरु समेतलाई समस्यामा पारेको छ । सवारीको वारी पारीको पारी छ । समयमै पुल नवन्दा साधारण देखि जटिल य...
पुल भासिदा पूर्व–पश्चिम रामार्ग अबरुद्ध

पुल भासिदा पूर्व–पश्चिम रामार्ग अबरुद्ध

समाचार
पूर्णपुष्टि, भदौ ११ रुपन्देहीमा पुल भासिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । रुपन्देहीको मुख्य सडकमै पर्ने देवदह नगरपालिका वडा नम्बर ७ घोडाहस्थित पूर्व–पश्चिम राजमार्गको पुल भासिएको हो । पुल भासिएपछि भैरहवा–परासी हुँदै सवारी साधन आवागमन गराइएको छ । बिहीबार साँझदेखि परेको पानीले पूर्व–पश्चिम राजमार्गस्थित बर्दघाट सडकखण्ड पनि अवरूद्ध छ । अविरल वर्षापछि उक्त पुल भासिएको हो । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता सत्यनारायण थापाले पुल भासिएकोले सवारी आवागमन बन्द भएको जानकारी दिए ।  ...
४ किशोर ४० दिन देखि बेपत्ता

४ किशोर ४० दिन देखि बेपत्ता

समाचार
पूर्णपुष्टि, भदौ ११ जुम्लामा ४ किशोर ४० दिन देखि सम्पर्क विहिन अवस्थामा रहेको छ । तातोपानी गाउँपालिका– ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पद्मबहादुर रावत र रामबहादुर रावतका १६ वर्षीय छोरा भीमबहादुर रावत, मुनबहादुर रावतका १७ वर्षीय छोरा तुल रावत र देविभक्त रावतका १७ वर्षीय छोरा कालीबहादुर रावत ४० दिनदेखि सम्पर्कमा नआएको सोही गाउँका स्थानीय युवा राजु रावतले जानकारी दिए । उनिहरु गत साउन १ गते बेलुकीदेखि घर फर्केका छैनन् । तुल रावतका बुबा गोविन्द रावतले लामो समयदेखि छोरा नआएकाले चिन्ताले सताएको दुखेसो गरे । ‘साउने सङ्क्रान्तिको बेलुकादेखि मेरो छोरोसहित चारैजना सम्पर्कविहीन छन् । घरमा आउलान् भन्दाभन्दा त महिना दिन बित्यो’, गोविन्दले भने, ‘तर पनि उनीहरु अहिलेसम्म घर फर्केका छैनन् र कहाँ छन् भन्ने पनि पत्तो छैन ।’ उनीहरु भारत कहिल्यै नगएकाले कहीँकतै बेचबिखनमा पर्ने हु...
आजै मुख्यमन्त्री बनेका एमाले नेता भिम आचार्यका भाई मृत फेला

आजै मुख्यमन्त्री बनेका एमाले नेता भिम आचार्यका भाई मृत फेला

समाचार
पूर्णपुष्टि, भदौ १० आज मात्रै मुख्यमन्त्री बनेका एमाले नेता भिम आचार्यको भाई राम आचार्य मृत फेला परेको छ । भिम आचार्य आज मात्रै १ नं प्रदेशका मुख्यमन्त्री नियुक्ती भएका छन् । आचार्यका भाई राम आचार्य इनरुवा ३  आफ्नै घरमा मृत फेला परेको स्रोतले जानकारी दिएको छ । इनरुवामा रहेको घरमा ढोका फोडेर हेर्दा उनी मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरीले मुचुल्का उठाइरहेको छ । मानसिक समस्याले पीडित आचार्य घरमा एक्लै बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानबाट आचार्यको शरीरमा चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । घटना माथी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  ...
एमाले प्रबक्तामा योगेश भट्टराई

एमाले प्रबक्तामा योगेश भट्टराई

समाचार
पूर्णपुष्टि, भदौ १० एमाले प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले पाएको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघिसम्म भट्टराई आफै पार्टी प्रवक्ता थिए । मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्युँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराई प्रवक्ताकै जिम्मेवारीमा फर्किएका हुन् । मंगलबार सम्पन्न स्थायी समिति बैठकले गरेका निर्णयबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ताका हैसियतमा भट्टराईले जिम्मेवारी सम्हालेर पार्टी २ जेठ ०७५ कै अवस्थामा पुगेको सन्देश दिन खोजेका छन् । भट्टराईले आजदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । यसअघि मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्तामा थिए ।  ...
प्रदेश १ को मुख्यमन्त्रीमा भिम आचार्य नियुक्ती

प्रदेश १ को मुख्यमन्त्रीमा भिम आचार्य नियुक्ती

समाचार
पूर्णपुष्टि, भदौ १० प्रदेश नं १ मा नयाँ मुख्मन्त्रीको रुपमा भिम आचार्य नियुक्ती भएका छन् । आचार्यले आजै मुख्यमन्त्रीको सपथ लिएका छन् । नवनियुक्त मुख्यमन्त्री आचार्यले प्रदेशसभामा एमालेकै बहुमत कायम राख्ने दाबी गरेका छन् । ९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५२ अर्थात प्रष्ट बहुमत छ । तर एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा कति सांसद जान्छन् टुंगो छैन । बिहीबार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिएका आचार्यले भने, ‘लोकतन्त्र, विकास र स्थायित्व पक्षधर दलहरुसँग कुरा गर्छौं । र, आफ्नै संख्या (बहुमत) पनि पु¥याउँछौं ।’  ...
उदयपुरका प्रेम कुमार राई नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको देशभरीकै उत्कृष्ट शाखा प्रमुख

उदयपुरका प्रेम कुमार राई नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको देशभरीकै उत्कृष्ट शाखा प्रमुख

समाचार
पूर्णपुष्टि, भदौ १० नेशनल लाईफ इन्स्योरेन्स कम्पनी गाईघाट शाखाका प्रमुख प्रेम कुमार राई देशभरीकै उत्कृष्ट शाखा प्रमुखको रुपमा सम्मानित भएका छन् । कम्पनी द्धारा आयोजित एक कार्यक्रममा राईलाई सम्मान पत्र र खादा ओडाएर देशभरीकै उत्कृष्ट शाखा प्रमुखको रुपमा सम्मान गरिएको हो । राईले उदयपुरको गाईघाट शाखामा प्रमुखको जिम्मेवारी बाट बिमा क्षेत्रमा निकै फल्दायी काम गर्नुका साथै कम्पनीको तार्गेट र उदेश्यलाई सफल पार्न प्रतिबद्ध रहि काम गरेको भन्दै उत्कृष्ट शाखा  प्रमुखको  रुपमा सम्मान गरेको कम्पनीले जनाएको छ । नेपालको भरपर्दो र निकै पुरानो विमा कम्पनीको रुपमा स्थापित नेशनल लाईफ इन्स्योरेन्स कम्पनी हाल नेपालको बभिन्न जिल्लाहरुमा १०१ ओटा शाखाहरु छन् । यस मध्ये बाट राई उत्कृष्ट शाखा प्रमुखको रुपमा छानिएका हुन् । बिमामाको क्षेत्रमा निकै सफल मानिएका यस कम्पनीको शाखा गाईघाटमा पनि लामो समय देखि संञ्चालनम...