१ नं प्रदेशका मुख्यमन्त्री राईले दिए राजिनामा
पूर्णपुष्टि, भदौ १०
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज पद बाट राजिनामा दिएका छन् । पार्टी बिभाजन पछि बिभिन्न राजनितिक समस्या र पार्टी बचानका लागि आफुले राजिनामा दिएको राईले बताएका छन् । बिभिन्न राजनितिक समस्याका कारण राईले पद गुमाएका हुन् । राईले राजिनामा दिएपछि प्रदेश नं १ का मुख्यमन्त्री भिम आचार्य भएका छन् । आचार्यलाई आजै सपथ ग्रहण गराउने तयारी भईरहेको छ । राईले प्रदेश प्रमुखलाई भेटेर राजिनामा दिएका हुन् ।
प्रदेश १ मा ९३ जना प्रदेशसभा सदस्य छन् । जसमध्ये अहिले ९२ जना सांसद छन् । प्रदेशसभामा एमालेका मात्र ५१ सदस्य छन् । जसमध्ये एक जना सभामुख छन् ।
‘पार्टी एकतालाई बचाउन मैले राजीनामा दिएको हुँ । हामीले आचार्यजीलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सारेका छौँ,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै राईले भने, ‘विभाजन र पार्टी एकताको सर्वोत्तम कुरालाई ध्यानमा राखेर परिस्कृत परिस्थिति...









