मोरङमा लागूऔषधसहित एक जना पक्राउ
पूर्णपुष्टि, भदौ ९
मोरङको बिराटनगर महानगपालिका–१५ स्थित १ नम्बर ढाँटबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी धरान–६ का २० वर्षीय निखिल रायलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।
हिजो बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक १५ एम्पुल, डाईजाल्याब १५ एम्पुल, एभिल १४ एम्पुल र फेनारगन १५ एम्पुलसहित पक्राउ गरेको थियो । पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...









