उदयपुरको हडियामा हात्तीको आतंक, मन्दिर भत्काउदा पुजारी घाईते
पूर्णपुष्टि, भदौ ८
उदयपुरको चौदणडीगढी नगरपालिका–९ हडियामा आज (मंगलबार) जंगली हात्तीले आतंक मच्चाएको छ । हात्तीले हडियाको मन्दिर तथा स्थानीहरुको घर र गोठमा क्षति पुर्याएको छ ।
हात्तीले शिवपुरी डाँडामा रहेको सप्तेश्वर मन्दिर भत्काएको छ । सप्तेश्वर मन्दिरको तीन पट्टीको दिवाल हात्तीले भत्काईदिएको उक्त मन्दिरकी पुजारी सानुमाया बस्नेतले जानकारी दिईन् । पुजारी बस्तेका अनुसार जंगलबाट निक्लिएको हात्ती अचानक मन्दिर आएर दिवाल भत्काउन थालेपछि आफू भागेर ज्यान बचाउन सफल भएको बताईन । हात्तीले आफुलाई समेत आक्रमण गर्ने डरले भाग्ने क्रममा पुजारी बस्नेत सामान्य घाइते समेत भएकी छिन् । सप्तेश्वर मन्दिरको दिवाल हात्तीले भत्काउदा करिब ३ लाख भन्दा बढीको नोक्सान भएको प्रहरी चौकी हडियाले जनाएको छ ।
मन्दिरमा आक्रमण गरेको हात्तीले स्थानिय चन्द्र बहादुर थापा, भक्त बिस्वकर्मा, शिव कार्की लगायतका व्याक्तिहरुक...








