Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

रेलको ठक्करबाट मुम्वाईमा एक नेपाली युवतीको मृत्यु

रेलको ठक्करबाट मुम्वाईमा एक नेपाली युवतीको मृत्यु

समाचार
पूर्णपुष्टि, भदौ ७ मुम्वाईमा रेलले ठक्कर दिदा घाईते भएकी एक नेपाली युवतीको मृत्यु भएको छ । भारतको मुम्वाई स्थित तिव्र गतिमा आएको रेलले २२ वर्षीया कालु परियार लाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको भारतिय संञ्चार माध्यमहरुले जनाएको छ । घटना २२ जुलाई (साउन ७ गते) को दिन सानपाडा र जुइनगर रेलवे स्टेशनको बीचमा भएको हो । तर आफन्त पत्ता लाग्न ढिला भएकाले शव बुझाउन ढिला भएको प्रहरीको भनाइ छ ।‘त्यो दिन उनी आफ्नो साथीलाई भेट्न नेरुल जाँदै थिइन् । त्यही बेला उनको मोबाइल रेल्वे लिकमा झर्यो । त्यसपछि उनी रेलवे स्टेशनमा ओर्लिइन् र लिकमा आफ्नो फोन खोज्न थालिन् । त्यही बेला तीव्र गतिमा आएको अर्को रेलले उनलाई ठक्कर दियो,’ भासीस्थित जीआरपीका वरिष्ठ निरीक्षक विष्णु केसरकरले भनेका छन् । गम्भीर घाइते भएकी उनलाई सायन अस्पतालमा भर्ना गरिएको र २ अगष्ट (साउन १८ गते) मृत्यु भएको समाचारमा उल्लेख छ । रेल...
खोटाङमा गाँजा र भरुवा बन्दुकसहित दुई पक्राउ

खोटाङमा गाँजा र भरुवा बन्दुकसहित दुई पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ ७ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ स्थितबाट गाँजा र भरुवा बन्दुकसहित दुई जनालाई  प्रहरीले नियन्त्रमा लिएको छ । सोही स्थानका ६५ वर्षीय मगम राईको घरमा लुकाई राखेको १५ केजी गाँजा र  सोही स्थानका ३७ वर्षीय खगेन्द्र राईको घरमा लुकाएर राखेको १ थान भरुवा बन्दुकसहित उनीहरु दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गाँजा र बन्दुक बरामद भएसँगै दुवैजना मगम र खगेन्द्रलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानाएको छ ।...
८ महिने बालक सहित एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला

८ महिने बालक सहित एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला

समाचार
पूर्णपुष्टि, भदौ ७ झापामा एक दम्पती आफ्नो ८ महिने बालक सहित झुण्डिएको अवस्थामा मृत फेला परेको छ । उनीहरु सोमवार बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए । मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना छन् ।मृतकका आफन्तका अनुसार उनीहरु कोरोना संक्रमित थिए । ‘उनीहरु कोभिड पोजेटिभ थिए भनेर अरुले भनेका छन् तर कोकोलाई संक्रमण भएको हो भन्ने खुलेको छैन,’ एसपी भट्टराईले भने । मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना छन् । मुचुल्का उठाएर ढोका फोडेर भित्र पस्ने र घटना प्रकृति हेरेर थप अनुसन्धान गर्ने एसपी भट्टराईले बताए । घटनास्थलमा प्रहरीको टोली पुगेको र सेनाको टोलीलाई पनि बोलाइएको प्रहरीले जनाएको छ ।  ...
लागुऔषध ब्राउन सुगरसहित ६ पक्राउ

लागुऔषध ब्राउन सुगरसहित ६ पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ ७ सुनसरीको छुट्टा–छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ । हिजो बेलुका ७ बजे बराहक्षेत्र नगरपालिका ३ बाङ्गे स्थितबाट ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आर. आई. टी. समुहबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ । सोही स्थान ६ का पुरुषोतम मेहता, २९ वर्षीय बिशाल बस्नेत, सोही स्थान ९ का २८ वर्षीय पाथे चन्द्रबंशी, र २८ वर्षीय जयन्त माईलालाई पक्राउ गरेको हो । प्र १–०२–०४४प ४५५६ र  प्र १–०२–०४२ प ४२२९ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई  शंका लागी चेक जाँच गर्ने क्रममा मेहताको साथबाट ब्राउन सुगर ७ ग्राम ४३० मिलिग्राम फेला परेकोले दुवै मोटरसाईकल र चारै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगी थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय सु...
करेन्ट लागेर एकको ज्यान गयो

करेन्ट लागेर एकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, भदौ ७  ईलाममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । रोङ गाउँपालिका–६ सलकपुर कि ५० वर्षीया मैस्याङ तामाङको करेन्ट लागेर ज्यान गएको हो । आईतबार साढे १० बजे आफ्नै पुरानो घरमा घाँस काट्नको लागी घास काट्ने मेशिनमा लाईनमा जोड्न जाँदा मेशिन माथी राखेको सुईटर बेरिन गई स्वईटर निकाल्ने क्रममा करेन्ट  लाग्दा तामाङ गम्भीर घाईते भएकी थिइन् । घाईते भएकी तामाङलाई उपचारको लागी लैजान घरमा ल्याई पु¥याउदा दिउसो ११ बजे उनको मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी जिर्मले र ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।...
उदयपुरको बेलकामा मोटसाईकलको ठक्करबाट एकको मृत्यु

उदयपुरको बेलकामा मोटसाईकलको ठक्करबाट एकको मृत्यु

समाचार
पूर्णपुष्टि, भदौ ७ उदयपुर बेलका नगरपालिका–५ गलेनी स्थितमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्युु भएको छ । प्रदेश १–०२–०४१ प १८०८ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा स्थानीय ८० वर्षीय राम बहादुर श्रेष्ठको मृत्यु भएकोे हो । हिजो बेलुका ६ बजे मोटरसाईकल दुर्घटना भएको थियो । उक्त दुर्घटनामा भगम्भिर घाईते भएका श्रेष्ठको धरान घोपामा उपचारको क्रममा बेलुकै साढे ८ बजे मृत्यु भएको अस्तालले जनाएको छ । मोटरसाईकल चालक सुनसरी रामधुनी नगरपालिका–३ झुमका का २४ वर्षीय रोयल कुमार चौधरी र पछाडी सवार सोही स्थानका २४ वर्षीय सुरज कुमार चौधरी समेत समान्य घाईते भएका छन् । स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात चालक र मोटरसाईकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको  जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।        ...
नेपामा थप १,९२० जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

नेपामा थप १,९२० जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ ६ वितेको २४ घण्टामा नेपालमा थप १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४४३ पीसीआर परीक्षणमा १ हजार ७०२ र ३ हजार ७३ एन्टिजेन परीक्षणमा २१८ गरी १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर संक्रमितको कुल संख्या ७ लाख ४७ हजार ४३३ पुगेको छ । वितेको २४ घण्टामा कोरोना जितेर थप २ हजार २४८ जना घर फर्किएसँगै कोरोना मुक्त हुँनेको कुल संख्या ६ लाख ९८ हजार १७३ जना पगेको छ । त्यस्तै, वितेको २४ घण्टामा थप २४ जनाको कोरोनाबाट ज्यान गएको छ । योसँगै देशभर कोरोनाले ज्यान गुमाउनेको कुल संख्या १० हजार ५०९ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ जना रहेका छन् । जसमध्ये ३५ हजार ५५५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामी...
नक्कली नेपाली रुपैयाँसहित दुई युवक पक्राउ

नक्कली नेपाली रुपैयाँसहित दुई युवक पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ ६ नक्कली नेपाली रुपैयाँसहित सुनसरीबाट दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारत अररिया रामनगर बस्ने ४० वर्षीय नबल किशोर पाल र ३२ वर्षीय सुमन पाललाई प्रहरीले पक्राउ गरेको हो । देवानगञ्ज गाउँपालिका–२ मध्यहर्षाईस्थित पेट्रोल पम्पबाट १ सय रुपैयाँ दरका १६ थान नक्कली नेपाली रुपैयाँसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । बीआर ५० एस ८४०६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाईकलमा सवार उनीको साथबाट सो नक्कली नोट फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका उनीहरु दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले छ ।  ...
उदयपुरमा आज कोरोना संक्रमितको संख्या शुन्य

उदयपुरमा आज कोरोना संक्रमितको संख्या शुन्य

समाचार
पूर्णपुष्टि, भदौ ६ स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङक अनुसार आज (आईबार) कोरोना संक्रमितको संख्या शून्य देखिएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा कुनै पनि संक्रमित फेला नपरेको तथ्याङकले देखाएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या  शुन्य नभए पनि पछिल्लो २४ घण्टामा संक्रमण शुन्य देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार १ हजार ६७३ पुरुष र १ हजार ४१४ महिला गरी ३ हजार ८७ जना कोरोना मुक्त भएका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या १०७ पुरुष र १०२ महिला गरी २०७ जना हरेका छन् । जिल्लामा अहिले सम्म कोरोनाबाट ३६ पुरुष र १६ महिला गरी ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।...
पति–पत्नी बिच झगडा, मिलेर बस्न सुझाब दिने छिमेकीको हत्या

पति–पत्नी बिच झगडा, मिलेर बस्न सुझाब दिने छिमेकीको हत्या

समाचार
पूर्णपुष्टि, भदौ ६ पति–पत्नी बिचको झगडा मिलाउन पुगेका एक जना छिमेकीको हत्या भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–७ भण्डारी टोलमा ४३ वर्षीय धनराज लिम्बूको झगडा मिलाउन खोज्दा हत्या भएको हो । मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनकी पत्नी निरुताबीच भदौ ३ गते राति ८ः४० बजेतिर विवाद एवं झगडा भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । रविन आफ्नी पत्नी निरुतासहित मिक्लाजुङ–७ भण्डारी टोलमा डेरा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । उनीहरुबीच लामो समयदेखि पारिवारिक झैझगडा भइरहेको खुलेको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार पत्नीसँग झगडा परेपछि रविनले भाइहरु ३० वर्षीय आइतराज र २६ वर्षीय संजय तामाङलाई पनि बोलाएको पाइएको छ । उनीहरुबीच पारिवारिक झैझगडाका विषयमा छलफल भइरहेका बेला रविनका जेठान मिक्लाजुङ–६ का ४० वर्षीय भाग्य बम्जन (तामाङ) ले मिक्लाजुङ–७ का धनराज र ५५ वर्षीय दुर्गाब...