दुई मोटरसाईकल ठोक्किएर आगो लाग्दा ३ को मृत्यु
पूर्णपुष्टि, भदौ ६
दुई मोटरसाईकल एकआपसमा ठोक्किएर आगो लाग्दा ३ जनाको ज्यान गएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश २–०३–००२ प ५३३५ र बिपरित दिशाबाट आउँदै गरेको बा ६५ प २७५६ नम्बरको मोटरसाइकल ठोक्किदा दुवै मोटरसाइकलका चालक र सवार १ महिलासहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।मृत्यु हुनेमा प्रदेश २–०३–००२ प ५३३५ नम्बरको मोटसाइकलका चालक बाराको निजगढ नगरपालिका ९ का १६ वर्षीय विकास साह र मोटरसाइकलको पछाडि सवार उनकी फूपू पर्साको बहुदरमाई नगरपालिका–४ डकैला बहुअरीकी ३५ वर्षीय सुनैना देवी साह रहेकी छन् ।
यस्तै बा ६५ प २७५६ नम्बरको मोटरसाइकल चालक नुवाकोटको घुङताङ–३ का ४० वर्षीय टुलुराज तामाङको पनि घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
उक्त घटना बाराको जितपुरसीमारा उमहानगरपालिका १६ टाँगीयावस्तिस्थित पूर्वपश्चिम लोकमार्गको सडकमा शनि...








