Saturday, May 16News That Matters

Month: ५ वर्ष अगाडि

मेसिनको फित्ताले बेरिएर एक मजदुरको मृत्यु

मेसिनको फित्ताले बेरिएर एक मजदुरको मृत्यु

समाचार
पूर्णपुष्टि, भदौ १६ मेसिनको फित्ताले बेरिएर एक जना मजदुरको ज्यान गएको छ । तनहुँमा आज कञ्चनपुरको बेलौल नगरपालिका–९ का २१ वर्षीय केशव चौधरीको मेसिनको फित्ताले बेरिएर ज्यान गएको हो । शुक्लागण्डकी नगरपालिका–२ साँखरमा रहेको न्यू श्रेष्ठ ब्लक उद्योगमा कार्यरत चौधरी बिहान मेसिनको फित्तामा बेरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेल चौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । स्थानीयवासीले मेसिनको फित्तामा बेरिएको फेला देखेपछि तनहुँ सेवा हस्पिटल दुलेगौँडामा उपचार गर्न ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो । प्रहरी निरीक्षक खड्काका अनुसार मृतक चौधरी मेसिनमा एक्लै काम गर्दै आइरहेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ

खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ

ट्रेन्डिङ, समाचार
पूर्णपुष्टि, भदौ १६ झापा अर्जुनधारा ४ मदनपुर स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–२ का १८ बर्षीय एबिट बुढाथोकी,३० बर्षीय सजित समाल र अर्जुनधारा–३ का २६ बर्षीय सौगात खतिवडा रहेका छन । उनिहरुलाई बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मंगलबार ७ ग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । साथै उनिहरुको साथबाट नगद रु.४९ हजार ५ सय रुपैया समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको र लागुऔषध मुद्धामा कानुनी कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।...
बाटोमा भैँसीको मल राखेको विषयमा झडप, एक महिलाको मृत्यु, आरोपित फरार

बाटोमा भैँसीको मल राखेको विषयमा झडप, एक महिलाको मृत्यु, आरोपित फरार

समाचार
पूर्णपुष्टि, भदौ १६ बाटोमा भैँसीको मल राखेको विषयलाई दुई परिवार बीच झडप हुँदा एक महिलाका ज्यान गएको छ । सिरहाको कल्याणपुर नगरपालिका–१ डुमरीमा दुई परिवार बीचको झडपमा ६५ वर्षकी भाल्सैरदेवी यादवको ज्यान गएको हो । स्थानीय भाल्सैरदेवी यादव र जय यादव–श्रीदेव यादवको परिवारबीच झडप हुँदा भाल्सैरदेवीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिनुभयो । झडपमा जयकुमार यादव र श्रीदेव यादवले कुटपिट गर्दा यादवको घटनास्थल मै ज्यान गएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले बताउनुभयो । आरोपी जयकुमार यादव र श्रीदेव यादव फरार भएका छन् । घटनामा संलग्न सबैको तीव्र रुपमा  खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव पोष्टमार्टमका लागि लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा  राखिएको जिल्...
मोरङमा पेस्तोलसहित २ युवक पक्राउ

मोरङमा पेस्तोलसहित २ युवक पक्राउ

समाचार
पूर्णपुष्टि, भदौ १६ मोरङमा पेस्तोलसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । कानेपोखरी गाउँपालिका–६ शिवालय चोकबाट पेस्तोलसहित दुई जना युवक पक्राउ परेको हो । मंगलबार राति करिब सवा ११ बजे ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा ३० वर्षीयय पूर्णबहादुर बोहरा समेत प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पथरी र सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरेको टोलीले दुवैलाई नियन्त्रमा लिएको हो । प्रहरीका अनुसार क्षेत्रीले घरमै लुकाएर राखेको अवस्थामा पेस्तोल फेला परेको थियो । घरबाट मेड इन यूएसए लेखिएको एउटा पेस्तोल, तीन राउण्ड गोली र एउटा खुकुरी फेला परेको छ । दुवै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय पथरीमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताउनुभयो ।...
भूईमा लत्रिएको तारमा परी ९ वर्षीय बालकको ज्यान गयो

भूईमा लत्रिएको तारमा परी ९ वर्षीय बालकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, भदौ १६ भईमा लत्रिएको विद्युतीय तारमा परी करेन्ट लागेर सप्तरीमा एक जना ९ वर्षीय बालकको ज्यान गएको छ । डाक्नेश्वरी नगरपालिका–१० रंजितपुर निवासी पवन यादको गोठमा विद्युतीय तार लत्रेको थियो । लत्रेको नाङो तारबाट करेन्ट लाग्दा उनका ९ वर्षीय छोरा अर्जुनको ज्यान गएको हो । गोठमा खेल्ने क्रममा लत्रिएको विद्युतको नाङो तारबाट  बालकलाई करेन्ट लाग्दा उन गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाईते भएका बकालकलाई उपचारका लागि कल्याणपुरतर्फ लाग्ने क्रममा बाटोमै ज्यान गएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको र अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
पहिरोले पुर्दा एक बालिकाको मृत्यु , एकै परिवारको तिन जना घाईते

पहिरोले पुर्दा एक बालिकाको मृत्यु , एकै परिवारको तिन जना घाईते

समाचार
पूर्णपुष्टि, भदौ १६ अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोले एक घर पुर्दा एक बालिकाको मृत्यु भएको छ भने घरका तिन जना घाईते भएका छन् । पहिरोमा परी जिवलाल सुनारको ९ बर्षकी छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ। प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाको अनुसार मंगलबार साझँ घर माथिबाट पहिरो खस्दा बालिकाको घटना स्थलमै  मृत्यु भएको  र तिन जना भने समान्य  घाईते भएका छन् । उनिहरुको स्थानिय मेडिकलमा उपचार भईरहेको थापाले बताएका छन् ।...