Monday, April 20News That Matters

Month: ५ वर्ष अगाडि

पहिलाे चरणकाे खेल सकियाे, भाेली सेमिफाईनलसम्मकाे सबै खेल सकिने

पहिलाे चरणकाे खेल सकियाे, भाेली सेमिफाईनलसम्मकाे सबै खेल सकिने

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, असाेज १४ । भेटघाट ब्याड्मिन्टन क्लवले चुहाडेमा आयाेजना गरेकाे जिल्ला स्तरीय मेयरकप ब्याड्मिन्टन प्रतियाेगिताकाे पहिलाे चरणकाे सबै खेल आज सकिएकाे छ । बी डिभिजन तर्फकाे पहिलाे चरणकाे सबै खेल सकिएकाे हाे । आयाेजकले भाेलि बी डिभिजनका साथै ए डिभिजनकाे सेमिफाईनलसम्मका खेलहरु सम्पन्न गर्ने र पर्सी फाईनल गर्ने जनाएकाे छ ।...
खुकुरी हानाहन गरी घाईते भएका दुवैलाई एउटै हेलीबाट अस्पताल लगियो

खुकुरी हानाहन गरी घाईते भएका दुवैलाई एउटै हेलीबाट अस्पताल लगियो

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १३ रुकुम पश्चिममा दुई समूह बिच खुकुरी हानाहान भएको छ । खुकुरी हानाहानबाट दुवै समुह बाट एकएक जना घम्भिर घाईते भएको छ । घम्भीर घाईत दुवै समुहका बिरामीलाई बिहिबार एउटै हेलीबाट सुर्खेत लगिएको छ । बुधबार दिउँसो चार बजेतिर आठबिसकोट नगरपालिका वडा नं. ३ खदी रानीवनका २३ वर्षीय कर्णबहादुर बोहोरामाथि एक समूहले आक्रमण गरी गम्भीर घाइते बनायो । फेरी त्यहि दिन करिब तीन घन्टा पछि बेलुका सात बजेतिर सोही ठाउँको सल्लेरीका ६२ वर्षीय लक्षे कामीमाथि अर्को एक समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको थियो । ‘सुरूमा पुरानो रिसइबीका कारण बोहोरोमाथि एक समूहले आक्रमण गरेको र त्यसपछि आक्रोशित बोहोरा पक्षले फेरि कामीमाथि खुकुरी हानेको देखिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिलजंग शाहीले बताए । घटनापछि बुधबार बेलुका नै घाइतेलाई थप उपचारका लागि बाहिरी जिल्...
कानेपोखरी मोरङको संयोजकमा मनोज राजवंशी, एमालेका ४८ र लिम्बुवानका ७०जना सक्रिय सदस्य माओवादीमा प्रवेश

कानेपोखरी मोरङको संयोजकमा मनोज राजवंशी, एमालेका ४८ र लिम्बुवानका ७०जना सक्रिय सदस्य माओवादीमा प्रवेश

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १४ नेकपा माओवादी केन्द्र कानेपोखरीको संयोजकमा मनोज राजवंशी चयन भएका छन् । गाउँपालिकाको मंगलबार बसेको विस्तारित बैठकबाट राजवंशीलाई संयोजकमा चयन गर्दै ७५ सदस्यीय समिति घोषणा गरेको हो । उक्त समितिले सम्मेलन गर्ने जिम्मा पाएको छ । आगामी कात्तिक १३ गते वडा सम्मेलनहरू गर्ने र मंसिर ४ गते पालिकास्तरीय सम्मेलन गर्ने माओवादीले निर्णय गरेको छ । यस्तै आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने माओवादीको तयारी छ ।सोही विस्तारित बैठकको अवसरमा संघीय लिम्बुवान मञ्च वडा नम्बर ६ का उपाध्यक्ष सुमन लिम्बूको नेतृत्वमा सो पार्टीका ७० जना युवा एकीकृत माओवादीमा समाहित भएका छन् ।यस्तै एमालेका ४८ जना सक्रिय सदस्यहरु माओवादीमा प्रवेश गरेको संयोजक राजवंशीले जानकारी दिए । कानेपोखरी वडा नम्बर २ मैनावरीबाट पर्मिला मगर, अनिता हेमरन र प्रकाश धिमालको नेतृत्वमा सो संख्यामा एमालेका कार्यकर्ता मा...
चोरी मुद्धाका तिन फरार प्रतिवादी प्रक्राउ

चोरी मुद्धाका तिन फरार प्रतिवादी प्रक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १४ चोरी मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार रहेका ३ जना प्रतिबादीहरुलाई १ नं प्रदेश प्रहरी कार्यालय (RIT) समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर अदालत बुझाएको छ । चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतबाट मिति २०६२ बैशाख २७ गतेको सजाय निर्धारण फैसला आदेशले २ बर्ष १० महिना १८ दिन कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका जिल्ला सुनसरी धरान उप–महानगरपालिका १५ का ३८ बर्षीय गणेश गौतम र सोही स्थानका ४० बर्षीय गंगा तामाङलाई (RIT) समुहले खोजतलास गर्ने क्रममा गाऊघरमै लुकिछिपी बसेको अबस्थामा गत ११ गते पक्राउ गरि हिजो सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरि कैद भुक्तानको लागी कारागार चलान गरेको छ । यसै गरी चोरी क्यान मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतबाट मिति २०७६ कार्तिक २६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ३ महिना कैद तथा रु. १०,००० जरिवाना भई लगत नं.– ५३९ मा ...
तत्कालिन गाविस सचिव सहित उदयपुरका पाँच जना विरुद्ध मुदा दर्ता, मृत्यु भईसकेकाहरुको नाममा भत्ता अनियमिताको आरोप

तत्कालिन गाविस सचिव सहित उदयपुरका पाँच जना विरुद्ध मुदा दर्ता, मृत्यु भईसकेकाहरुको नाममा भत्ता अनियमिताको आरोप

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १४ सामाजिक सुरक्षा भत्तामा आर्थिक अनियमिता गरेको भन्दै उदयपुरका ५ जना विरुद्ध अख्तियारले मुद्धा दर्ता गरेको छ । उनिहरुले मृत्यु भईसकेको व्यक्तिको दोहोरो नाममा र वनावटी नाममा सुरक्षा भत्ता वापतको बजेट निकासा गरी अनियमिता गरेको भन्दै अख्तियार अनुसन्धान आयोगले मुद्धा दर्ता गरेको हो । अयोगले ५ जना बिरुद्ध बिषेश अदालतमा मुद्धा दर्ता गरेको छ । उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको आरोपमा मुद्दा दर्ता गरेको हो । तत्कालीन गाविस सचिवहरूले मृत्यु दर्ता भएपश्चात् मृतकको सामाजिक सुरक्षा भत्ता वितरणको भरपाईमा कैफियत जनाई लगत कट्टा गर्नुपर्नेमा मृतक लाभग्राहीहरूका नाममा साथै दोहोरो नामको भरपाई बनाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । मृत्यु भइसकेका व्यक्तिको दोहोर...
बानेश्वर कयाम्पस नजिक महिलाको शव फेला

बानेश्वर कयाम्पस नजिक महिलाको शव फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १४ काठमाण्डौँ स्थित बानेश्वर क्याम्पस नजिक महिलाको शव फेला परेको छ । बिहिबार बिहान क्याम्पस अगाडि वाग्मती खोलाको पुलमुनि एक महिलाको शव भेटिएको महानगरीय प्रहरी वृत्त वानेश्वरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मिनबहादुर लामाले जानकारी दिए । डीएसपी लामाले शव कतैबाट बगाएर ल्याएर अड्किएको जस्तो देखिएको बताए । विस्तृत विवरण भने पोष्टमार्टम पछि थाहा हुने उनले बताए । शवको सनाखत भएको छैन । बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै वृत्तको टोली घटनास्थल पुगेको थियो ।...
गाईघाटमा ४५ दिने एड्भान्स सिलाई कटाई तालिम सुरु

गाईघाटमा ४५ दिने एड्भान्स सिलाई कटाई तालिम सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १४ गाईघाटमा ४५ दिने एड्भान्स सिलाई कटाई तालिमको बिहिबार उद्घाटन भएको छ । तालिमको उद्घाटन सँगै ४५ दिन सम्म हुने तालिम संञ्चालनमा आएको छ । “उद्योग र पूर्वधार समृद्धिको आधार” भन्ने नाराका साथ घरेलु तथा साना उद्योग कर्यालय उदयपुरको आयोजना र नेपाल कपडा तथा सिलाई व्यवसायी संघ उदयपुरको आयोजनामा तालिम संञ्चालन हुने भएको छ ।सिपले आत्मनिर्भर बनाउनुका साथै रोजगारको विकास गर्ने भएकाले यस तालिमको आयोजना गरिएको घरेलु तथा साना उद्योग कर्यालय उदयपुरका प्रमुख पाक्रम खा ले बताए । उनले सिपलाई अझै धारिलो र पूर्ण बनाउन एड्भान्स सिलाई तालिमको आयोजना गरेको बताए । तालिम गाईघाटको जगत भवनमा हुने छ । तालिमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले गरे ।  ...
उदयपुरमा कार्यरत प्रहरी नायव उपरिक्षक (डिएसपी) गौतम, भदौ महिनाको उतकृष्ट प्रहरी घोषित

उदयपुरमा कार्यरत प्रहरी नायव उपरिक्षक (डिएसपी) गौतम, भदौ महिनाको उतकृष्ट प्रहरी घोषित

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १४ उदयपुरमा कार्यरत प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद प्रसाद गौतम भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएको छ । गौतमले आफ्नो पेसाको जिम्मेवारीलाई जनताहरु सामु राम्रो प्रदर्शन गर्नुका साथै जनताहरुलाई सुरक्षा अनुभुति दिलाउन सफल भएको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको उदयपुरका प्रहरी उपरिक्षक (एसपी) सुवास चन्द्र बोहोराले बताए । विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको आधारमा डिएसपी गौतमलाई उत्कृष्ट प्रहरी घोषित गरेको एसपी बोहोराले बताए । गौतमले अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुराएकोमा उच्च मुल्याङकन गरिएको छ । विभिन्न अपराधमा संलग्न वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, चोरी पैठारी, प्रतिबन्धित लागु...
भेटघाट ब्याड्मिन्टन क्लवद्वारा चुहाडेमा जिल्ला स्तरीय मेयरकप ब्याड्मिन्टन आयोजना

भेटघाट ब्याड्मिन्टन क्लवद्वारा चुहाडेमा जिल्ला स्तरीय मेयरकप ब्याड्मिन्टन आयोजना

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, असोज १४ । भेटघाट ब्याड्मिन्टन क्लबले त्रियुगा नगरपालिका ८ चुहाडेमा आजबाट जिल्ला स्तरीय मेयरकप ब्याड्मिन्टन प्रतियोगिता सन्चालन गर्दैछ । निजि लगानीमा निर्मित कवर्डहलको उद्घाटनसंगै प्रतियोगिता हुने भएको हो । प्रतियोगिता तीनदिनसम्म संचालन हुनेछ । सञ्चालक विक्रम सिङ्ह खड्काकाअनुसार प्रतियोगितामा जिल्ला भरीकै खेलाडीहरुको सहभागिता र उत्कृष्ट खेल प्रदर्शन हुनेछ । सो ठाउँमा ब्याड्मिन्टन खेलसंगै सांगीतिक कार्यक्रम, रेस्टुरेन्टसमेत गरी थ्री इन वनको अवधारणामा कवर्डहल लगायतका भौतिक संरचना निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा ए र बी डिभिजन गरी दुई इभेन्ट्समा खेलाइने छ । डबल्स खेल हुने प्रतियोगितामा ६४ जोडाले भाग लिएका छन् । जसमा १० जोडी एक डिभिजनका रहेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ८ हजार नगद पुरस्कार रहेको छ । यो संगै मेडल,...
गाईघाटमा जितिया महोत्सव भव्य, थारु भाषालाई स्थानीय भाषामा मान्यता दिन सरकारलाई ध्यानाकर्षण

गाईघाटमा जितिया महोत्सव भव्य, थारु भाषालाई स्थानीय भाषामा मान्यता दिन सरकारलाई ध्यानाकर्षण

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असोज १३ थारुहरुको महान चाँड जितिया उदयपुरको गाईघाटमा भव्य भएको छ । थारु संस्कार संस्कृति सँग जोडिएको यो चाँड थारु समुदायहरुले बिषेश रुपमा मनाउने गर्छ । यस पर्वमा थारु जातिका विवाहीत महिलाहरुले व्रत (उपवास) वसेर भगवान सँग सन्तानको दिर्घ आयु र सफलताको माग गर्ने गरेको बताईन्छ । आजभोली भने थारु सामुदाय भन्दा अन्य समुदायहरुले पनि यो चाँड मनाउने गरेको र व्रत वसेर आफ्नो सन्तानको दिर्घ आयुको कामना गर्ने गरेका यस समुदायहरु बताउँछन् ।गाईघाट स्थित थारुहट रंगशालामा बिभिन्न सांस्कृतिक कार्यक्रम सहित महोत्सव भव्य मनाइएको छ । नेपालका थारु समुदायका राष्ट्रिय तथा अन्तराष्ट्रिय कलकारहरुको बेजोड प्रस्तुतीमा महोत्सव मनाईएको आयोजकले जनाए । महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय नृत्य प्रतियोगिता पनि गरिएको छ ।महोत्सव कार्यक्रमले थारुहरुको भाषा, धर्म, पहिचान र संस्कार संस्कृति बारे...