Saturday, May 16News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा कर छलीका अबैध सामान बरामद

उदयपुरमा कर छलीका अबैध सामान बरामद

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १३ उदयपुरमा राजश्व छली गरेर ल्याउँदै गरेको सामान प्रहरीले नियन्त्रणमा लिएको छ । त्रियुगा नगरपालिका वडा नं. ६ लालपत्तामा बुधबार बिहान १० बजे काठमाण्डौँबाट गाईघाट तर्फ आउँदै गरेको बा २० च १३९ नम्बरको पिकअपलाई चेकजाँच गर्दा कुनै पनि बिल बिजक नभएको फलामबाट निर्मित डेकोरेसनको सामान करिब रु.१,८७,५०० बराबरको सामान प्रहरीले बरामद गरेको हो । अनुसन्धान पश्चात कारवाहीको लागि करदाता सेवा कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  ...
छुट्टा छुट्टै स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ

छुट्टा छुट्टै स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १३ मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधी सहित दुई जना पक्राउ गरिएको छ । हिजो बेलुका ५ बजे बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले सुन्दरहरैचा नगरपालिका ३ का २३ बर्षीय अल्फन लिम्बुलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो । लिम्बको साथबाट प्रहरीले लुपिजेसिक ४ एम्पुल, डाईजाल्याब ७ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ६ एम्पुल बरामद गरेको छ । पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ । यसैगरी हिजै बेलुका साढे ५ बजे सुनवर्षी नगरपालिका ८ विश्वकर्मा चौक स्थितमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को १८ प ९५०२ नम्बरको स्कुटीलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा स्कुटी पछाडी सवार रतुवामाई नगरपालिका ९ ईटहरा का २१ बर्षीय गोविन्द थापाको साथबाट प्रतिवन...
लिम्चुङबुङको एभरेष्ट भ्यु टपको लागि नेपाल सरकारले दुई करोड बजेट बिनियोजन गर्यो

लिम्चुङबुङको एभरेष्ट भ्यु टपको लागि नेपाल सरकारले दुई करोड बजेट बिनियोजन गर्यो

Breaking News 1
पूर्णपुष्टि, असोज १३ लिम्चुङबुङ गाउँपालिकामा बन्दै गरेको एभरेष्ट भ्यु टपलाई नेपाल सरकार अर्थ मन्त्रालयले थप २ करोड बजेट छुट्याएको छ । १ नं प्रदेशकै प्रमुख पर्यटकीय स्थलको रुपमा निर्माण हुन लागेको एभरेष्ट भ्यु टपलाई नेपाल सरकार अर्थ मन्त्रालयले २ करोड बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष मेजर कुमार राईले बताए ।राईका अनुसार यस निर्माण हुने भ्यु टपबाट सगरमाथा लगायत छ ओटा हिमालहरुलाई नियाल्न सकिने छ । पर्यटकीय गन्यव्यको निकै राम्रो ठाउँ र दृश्यको स्रोत मानिएको यस ठाउँलाई पर्यटनका प्रमुख क्षेत्रको रुपमा विकास गर्न लागिएको अध्यक्ष राईले बताए ।यहाँ बाट रमाईलो दृश्य सहित बिभिन्न हिमालहरुलाई नियाली पर्यटको महसुस गर्न सकिने अध्यक्ष राईको भनाई छ । राईले लिम्चुङबुङ गाउँपालिका बिकासको लागि सहयोग गर्ने अर्थ मन्त्रालय तथा अर्थ मन्त्री, पर्यटन मन्त्रालयका सचिव र अन्य व्यक्तिहरु प्रति धन्यवाद व्यक्त ग...
ब्राउन सुगर सहित दाजुभाई पक्राउ

ब्राउन सुगर सहित दाजुभाई पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १३ मोरङ बिराटनगर महानगरपालिका १५ को २ नम्बर ढाट स्थितबाट लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान ६ का २४ बर्षीय सौरभ आचार्य र उनकै भाई सौगात आचार्य रहेका छन् । मंगरबार बेलुका ५ बजे लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर १० ग्राम १२० मिलि ग्राम सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।...
उदयपुरका साहसहित पाँचजना सुचना आयोगबाट सम्मानित

उदयपुरका साहसहित पाँचजना सुचना आयोगबाट सम्मानित

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १३ सुचनाको हकका लागि लामो समयदेखि लागी परेका उदयपुरका अजयकुमार साह राष्ट्रिय सूचना अयोगबाट मंगलबार पुरस्कारसहित सम्मानित छन् । साह लगायत पाँचजना सुचनाको हकका अभियान्ताहरुलाई आयोगले सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्त्तर्राष्ट्रिय दिवसको अवसरमा सम्मान गरेको हो । सञ्चारकर्मी एवम् सामाजिक अभियान्तासमेत रहेका साह लगायत डा मुन्नाकुमार मिश्र (बारा), शैलेन्द्रकुमार महतो (धनुषा), ईश्वरा तिवारी (झापा) र रामपुकार रौनियार (पर्सा)लाई आयोगले सम्मान गरेको हो । उनीहरुलाई आयोगको स्थापना दिवसको अवसरमा गत वैशाख २२ गते पुरस्कारसहित सम्मान गर्ने घोषणा गरिएको थियो । उनीहरुलाई “विनय कसजू उत्कृष्ट राष्ट्रिय अभियन्ता पुरस्कार” प्रदान गरिएको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अभियन्ताहरुलाई पुरस्कारसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले...
ईलाममा ट्रकले ठक्कर दिँदा अर्को ट्रकको सहचालकको मृत्यु

ईलाममा ट्रकले ठक्कर दिँदा अर्को ट्रकको सहचालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १३ ईलामको ईलाम नगरपालिका १ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिन का २३ बर्षीय राजेश नेपाल रहेका छन् । हिजो राती पौने १० बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकले खाना खानको लागी रोकि राखेको अर्को ट्रकको सहचालक राजेश नेपाललाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा उनको घटनास्थलमानै मृत्यु भएको थियो । ट्रक र चालक पाँचथर का ३४ बर्षीय सुकमान राईलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ...
आमाको नामबाट नागरिकता नबन्दा अधिकारकर्मीको आपत्ति

आमाको नामबाट नागरिकता नबन्दा अधिकारकर्मीको आपत्ति

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १३ आमाको नामबाट नागरिकता बनाउन सकिने संम्बैधानिक व्यवस्था भएपनि त्यसको कार्यान्वन तह फितलो रहेको भन्दै उदयपुरका अधिकारकर्मीले सरकारको चर्को आलोचना गरेका छन् । राष्ट्रिय महिला आयोगले गाईघाटमा आयोजना गरेको स्थानीय तहमा न्यायिक समिति तथा पदाधिकारी विच लैङ्गिक हिंसा निवारणका असल अभ्यास र न्यायमा पहुँच सम्बन्धि अन्तरक्रियामा सहभागिहरुले यस्तो गुनासो गरेका हुन् । पहिचान खुल्न नसकेका र वेपत्ता वुवाको खोजी गर्दा नभेटिएपछि नागरिकता लिन प्रशासन जाँदा नपाएको सहभागि महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष माया भण्डारीले बताईन । उनले भनिन्, ‘बर्षौदेखि त्यहीँ समाजको बासिन्दा छ, वडा कार्यालयको सर्जमिन मुचुल्कामा पनि प्रष्ट खुल्छ तर नेपाली नागरिक बन्नका लागि नागरिकता पाउँदैन । राज्यको नीति समावेसी भएपनि महिलालाई हेर्ने दृष्टिकोण पुरातन सोच नै रहेका कारण कानुनी अल्झन लगाएर नागरिकताबाट...
मेयरलाई मुक्का हान्ने युवक सामान्य धरौटीमा रिहा

मेयरलाई मुक्का हान्ने युवक सामान्य धरौटीमा रिहा

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १२ बुटवलमा मेयरलाई मुक्का हानेर प्रहरी नियन्त्रणमा रहेका युवक ५ हजार धरौटीमा रिहा भएको छ । मुक्का हान्ने युवा वुटवल जोतिनगरका पहिरो पिडित हुन् । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हानेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । ती युवा बुटवल ३ ज्योति नगरका गणेश पंगेनी हुन् । पंगेनीलाई समान्य धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिए । पंगेनीले भदौ ४ गते बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएको बेला मेयर सुवेदीमाथि मुक्का हानेका थिए । प्रहरीले उनलाई सोही दिन साँझ पक्राउ गरी सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो । उनी एमाले निकट अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य समेत रहेको खुलेको छ ।  ...
ब्राउन सुगर सहित दुई जना पक्राउ

ब्राउन सुगर सहित दुई जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १२ झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् । हिजो बेलुका पौने ५ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले साहको साथबाट ०.५ मिलि ग्राम र मर्डिको साथबाट ४ ग्राम ५ मिलिग्राम ब्राउन सुगर र उनिहरुले चलाई ल्याएको प्र–१–०१–०१२ प ९५४५ नम्बरको मोटरसाईकल सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । अनुसन्धानको क्रममा बिकाश मर्डीको बिर्तामोड १ स्थितमा रहेको डेरामा ब्राउन सुगर लुकाई राखेको खुलाए पश्चात प्रहरीले उनको डेराबाट १४२ ग्राम ३७ मिलिग्राम ब्राउन सुगर, नगद रु.२ लाख ६९ हजार ३ सय, डिजिटल तराजु थान–१, Canon लेखेको डिजिटल क्...
ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु, एक जना घाईते

ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु, एक जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १२ मोरङ रतुवामाई नगरपालिका ८ आँमडाडा स्थित आँमबारी–उर्लाबारी सडक खण्डमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा एकको मृत्यु, एक जना घाईते भएको छ । हिजो बेलुका ८ बजे मे१त ४४८७ नम्बरको ट्रयाक्टर र बिपरीत दिशाबाट आउदै गरेको प्र–३–०२–००२ प ४५८७ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा दुर्घटना भएको भएको हो । मोटरसाईकल चालक सोही स्थानका २७ बर्षीय बिबेक पोखरेल र पछाडी सवार २८ बर्षीय यादव पाठक घाईते भई उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाईएको थियो । घाईते मध्ये यादव पाठकको उपचारको क्रममा हिजो राती साढे ८ बजे मृत्यु भएको हो । ट्याक्टर र चालक रतुवामाई नगरपालिका २ का ३२ बर्षीय गणेश पासवानलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।...