Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

नेपालकी सुन्दरी चर्चित गायीका अनु चौधरी भोली गाईघाट आउने

नेपालकी सुन्दरी चर्चित गायीका अनु चौधरी भोली गाईघाट आउने

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असोज १२ नेपालकी चर्चित गायीका अनु चौधरी भोली गाईघाट आउने भएकी छिन् । अनु उदयपुरको गाईघाट स्थित थारुहट रंगशालामा हुन गईरहेको जितिया महोत्सवमा सहभागीका लागि आउने भएकी हुन् । कलकारीतामा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षमता बटुलीसकेकी उनी माहोत्सवको आकर्षक कलकारको रुपमा गाईघाट आउने छिन् । अनु चौधरी नेपाली सांगितिक क्षेत्रमा सफल र सालिन गायीकाको रुपमा परिचित छिन् ।उनीले नेपाली आधुनिक विद्याका गित गाएर सांगितिक क्षेत्रमा आफ्नो पहिचान बनाएकी छिन् । अनुले उत्कृष्ट र आकर्षक प्रस्तुती दिइएर महोत्सवको उचाई बढाउने गरी गाईघाट ल्याउन लागेको आयोजक टिमले जनाएको छ । अनुले चौधरी भाषा र नेपाली भाषाका गितहरु गायर नेपाली सांगितिक क्षेत्रमा आफ्नो लाखौँ दर्शकहरुकोमन जितिसकेकी छिन् । गायीका चौधरी सँगै अन्य कलकारहरु नरेश जोगी, गायक प्रवलदिप विश्वास, थारु गायक आर.सि चौधरी, मिस नेपाल २०२१ की विजेता ल...
बाघले फर्मको २१ ओटा बाख्रा मार्यो

बाघले फर्मको २१ ओटा बाख्रा मार्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १२ वर्दियामा किसानको एक बाख्रा फर्मको २१ ओटा बाख्रा बाघले मारेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेको बीचमा खोरमा पसेर बाघले ७ खसी, ७ वटा माउ बाख्रा र ६ वटा साना पाठापाठी मारेको हो । २१ मध्ये ७ वटा खसी दशैंमा बेच्न ठिक्क पारिएको पौडेलको भनाइ छ । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले पौडेलको २१ बाख्रा मारेको हो । वस्ती भन्दा थोरै पर रहेको यो खोरमा भएको घटनामा एउटा सानो पाठो जीवित भेटिएको छ भने एउटा बाख्रा हराइरहेको फर्म सञ्चालक पौडेलले बताए । ‘बेलुका खोरमा थुनेर गएका २३ मध्ये २१ वटा बाख्रा मृत फेला परेको छ, एउटा बाघले लगेको रहेछ’ पौडेलले भने । एउटा सानो बच्चो भने खोरबाट तल खसेका कारण जीवितै फेला परेको उनले बताए । खोरमा भएकामध्ये एउटा बाख्राको पछाडि भाग खाएको र बाँकी सबैको घाँटीबाट रगत चुस...
ढिस्कोले पुरेर एक मजदुरको मृत्यु, दुई जना घाईते

ढिस्कोले पुरेर एक मजदुरको मृत्यु, दुई जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ११ सोलु लिखुपिके ५ स्थित लिखु जलविद्युत आयोजनाको सुरुङमा काम गरी रहेका मजदुरहरुको माथीबाट ढिस्को झरी एकको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा खोटाङ का २८ बर्षीय रामकृष्ण राई र घाईते हुनेहरुमा दोलखा जिरी २ का २१ बर्षीय जगत श्रेष्ठ र ओखलढुंगा मोलुङ ८ का २८ बर्षीय प्रविन्द्र राई रहेका छन् । आज बिहान ३ बजे सुरुङमा काम गरिरहेको अबस्थामा ढिस्को झरि अन्दाजी ४०० मिटर तल खस्दा घटनास्थलमानै रामकृष्णको मृत्यु भएको थियो भने जगत र प्रविन्द्रको सोही ढिस्कोले पुरिएर घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी हेलिकप्टरबाट के.एम.सी हस्पिटल काठमाण्डौ लगिएको छ । घटना स्थलमा प्रहरी चौकी किन्जा र प्रहरी चौकी चौलाखर्कको प्रहरी टोलीले थप अनुन्धान गरिरहेको छ ।...
उदयपुरको बेलकामा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुबै चालक घाईते

उदयपुरको बेलकामा दुई मोटरसाईकल एक आपसमा ठोक्किदा दुबै चालक घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ११ उदयपुरको बेलका नगरपालिका–६ स्थित मदन भण्डारी लोक मार्गमा दुई मोटरसाईकल एक आपसमा ठोक्किदाँ दुबै चालक घाईते भएको छ । हिजो दिउँसो साँढे १ बजेको समयमा मे. ५ प. ३२५२ नम्बरको मोटरसाईकल र को. २८ प. २८३६ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको थियो । दुई मोटरसाईकल एक आपसमा ठोक्किदा मे. ५ प. ३२५२ नम्बरको चालक बेलका नगरपालिका–३ मा बस्ने ६५ बर्षीय खड्क नारायण श्रेष्ठ को बाँया खुट्टामा चोट लागी उपचारको लागी न्युरो अस्पताल बिराटनगर पठाईएको प्रहरीले जनाएको छ । त्यस्तै को. २८ प. २८३६ नम्बरको मोटरसाईकल चालक बेलका नगपालिका–४ मा बस्ने ३३ बर्षीय राजेश बिष्ठ सामान्य घाईते भएकोले सामान्य उपचार गराई उनलाई ईलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ११ सुनसरी दुहबी नगरपालिका ९ का ५५ बर्षीय रुदन ऋषीदेबको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउँसो साढे ३ बजे आफ्नै घरको कलमा मोटर जोड्ने क्रममा ऋषीदेबको करेन्ट लागी मृत्यु भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।
उदयपुरको बेलकामा स्कुटरले ठक्कर दिँदा एक बृद्धको मृत्यु

उदयपुरको बेलकामा स्कुटरले ठक्कर दिँदा एक बृद्धको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ११ उदयपुर बेलका नगरपालिका ३ त्रिबेणी चोक स्थित भित्रि सडक खड्मा स्कुटीको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७० बर्षीय हरिण्य बहादुर बस्नेत रहेका छन् । हिजो बेलुका साढे ७ बजे उत्तरबाट दक्षिण तर्फ गईरहेको बा ६६ प ६०५३ नम्बरको स्कुटीले ठक्कर दिई घाईते भएका पैदल यात्री बस्नेतको घोपा धरानमा उपचारको क्रममा राती साढेँ ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटी र चालक सोही स्थानका २६ बर्षीय एकराज बि.क.लाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ ।    ...
ट्याक्टरको ठक्करबाट पदैल यात्रीको मृत्यु

ट्याक्टरको ठक्करबाट पदैल यात्रीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ११ ताप्लेजुङ सिरिजंघा गाऊपालिका–४ तेल्लोक स्थितमा ट्याक्टरको ठक्करबाट पदैल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ बर्षीय ईन्द्र भट्टराई रहेका छन् । हिजो बेलुका ७ बजे पुर्बबाट पश्चिम आउदै गरेको मे१त ६३९९० नम्बरको ट्याक्टरले ठक्कर दिँदा भट्टराईको घटनास्थलमा नै मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक सन्जराज लिम्बुलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ ।...
गाईघाटको थारुहट रंगशालामा असोज १३ गते सांगितक कार्यक्रम सहित जितिया महोत्सव भव्य हुने

गाईघाटको थारुहट रंगशालामा असोज १३ गते सांगितक कार्यक्रम सहित जितिया महोत्सव भव्य हुने

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, असोज १३ थारु समुदायहरुको बिषेश चाँड जितिया उदयपुरको गाईघाट थारुहट रंगशालामा असोज १३ गते भव्य हुने भएको छ । जितिया महोत्सव मुल आयोजक कमिटि थारु कल्याणकारीणी सभा त्रियुगा नगरकमिटि उदयपुरको आयोजनामा बिभिन्न सांस्कृतिक कार्यक्रम सहित हुने भएको आयोजक कमिटिका अध्यक्ष देसुदास चौधरीले जानकारी दिए । आईतबार पत्रकार सम्मेलन गर्दै जिल्ला स्थरीय रुपमै थारुहट रंगशालामा जितिया महोत्सव भव्य हुने चौधरीले बताए । कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलकारहरुले बेजोड प्रस्तुती दिने आयोजकले जनाएको छ । नेपालको चर्चित गायीका अनु चौधरी, गायक नरेश जोगी जोशी लगायतको कलकारहरु महोत्सवमा आउने आयोजकले जनाए ।थारु पहिचान र संस्कार संकृतिको जगेर्णामा सरकारले उत्ति चासो नदिएको भन्दै त्यसको दवाव स्वरुप पनि यो महोत्सव गर्न लागिएको अध्यक्ष चौधरीले बताए । कार्यक्रममा बिषेश व्यक्तिहरुले भाषा, संस्कृति र पहिचा...
दिनकै पोखरीमा डुब्दा पाँच दिनमा ६ जनाको मृत्यु

दिनकै पोखरीमा डुब्दा पाँच दिनमा ६ जनाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज १० दैनिक पोखरीमा डुवेर पाँच दिनमा ६ जनाको मृत्यु भएको छ । सप्तरीमा लगतार पाँच दिनको अवधिमा पोखरीमा डुवेर ६ जनाले ज्यान गुमाएको हो । शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भयो । घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ। आज शव परीक्षण गरी अन्य थप अनुसन्धान कार्य गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । यसअघि शुक्रबार विष्णुपुर गाउँपालिका–५ मा खेलिरहेका आजाद अलीका तीन वर्षीय छोरा रहमतको पोखरीमा डुबेर मृत्यु भएको थियो । महदेवा गाउँपालिका–२ अकबरपुरकी रामचरित्र मण्डलकी पाँच वर्षीया छोरी शिवा...
पतिको कुटाईबाट महिलाको मृत्यु

पतिको कुटाईबाट महिलाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज १० आफ्नै पतिले कुटरे घाईते भएकी कोहलपुरकी एक महिलाको उपचरको क्रममा मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कोहलपुर नगरपालिका–३ भगरिया घर भएका ३४ वर्षीय प्रकाश न्यौपानेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालले बताए । असोज ८ मा प्रकाशले पत्नी लक्ष्मीरुपा न्यौपानेलाई कुटेर नालामा धकेलेका थिए । कुटपिटबाट गम्भीर घाइते भएकी ३५ वर्षीया लक्ष्मी रुपाको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा ज्यान गएको थियो । पत्नी हत्यामा संलग्न प्रकाशलाई कर्तव्य ज्यान मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी खनालले बताए ।...