Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

गाईघाट हुँदै मुर्कुची, लिम्चुङबुङ, हलेसी सडकलाई सरकारले प्राथामिकता दियो, योजना समावेश

गाईघाट हुँदै मुर्कुची, लिम्चुङबुङ, हलेसी सडकलाई सरकारले प्राथामिकता दियो, योजना समावेश

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ८ गाईघाट, मुर्कुची, लिम्चुङबुङ र हलेसी सडक खण्डलाई सरकारले उच्च प्राथामिकतामा राखेको छ । अर्थमन्त्रालयले सडकलाई बैकल्पिक सगरमाथा राजमार्गको लागि उच्च प्राथामिकता दिँदै योजना समावेश गरेको हो । प्रतिनिधिसभाबाट बजेट पारित भएको सँगै बजेटमा ( गाईघाट–मुर्कुची–लिम्चुङबुङ–हलेसी–सल्ले महादेवबेशी–सगरमाथा बैकल्पिक राजमार्ग ) लाई उच्च प्राथमिकता राखेर योजना समाबेश गरेको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले जनाए । अध्यक्ष राईले अर्थमन्त्रालयले बैकल्पीक सगरमाथा राजमार्गको योजनालाई उच्च प्राथामिकतका साथ समावेश गरेको र अब सडकले तिव्रता पाउने बताए । यस सडक योजनाको लागि अर्थमन्त्री जनार्दन शर्मा लगायत सिंगो सचिवालयले पहल गरेको अध्यक्ष राईले बताए ।  ...
बेलका नगरपालिकाले दियो ३० जना विद्यार्थीलाई साईकल

बेलका नगरपालिकाले दियो ३० जना विद्यार्थीलाई साईकल

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, असोज ८ उदयपुरको बेलका नगरपालिकाले सामाजिक दिवसको अवसर पारेर ३० जना छात्रा विद्यार्थीलाई साईकल उपहार दिएको छ । विद्यार्थीहरुको मानोवललाई शिक्षा प्रति प्रेरित गर्न नगरपालिकाले साईकल वितरण गरेको हो । नगरले पहिलो बर्ष पनि साईकल वितरण गरेको थियो । नगरभित्र रहेको विद्यालयबाट टाढाका विद्यार्थीहरुलाई सुविधा दिने हिसावले नगरले यो बर्ष ३० जना छात्रहरुलाई साईकल प्रदान गरेको नगर प्रमुख दुर्गा कुमार थापाले बताए । आफ्नो नगरभित्र रहेका बिभिन्न विद्यालयहरुलाई करिब २ सय ५५ थान साईकल वितरण गरिसकेको अवस्थामा यो बर्ष पनि बेलका नगरपालिका १ का जनता बेलका माध्यामिक विद्यालयका ३० जना छात्राहरुलाई साइकल उपहार दिइएको नगर प्रमु थापाले बताए । बेलका नगरपालिकाका सवै बिद्यालय छात्रामैत्री रहेको र प्राबिधिक शिक्षामा छात्रा छात्रलाई आकर्षण गर्न नगरपालिका भित्र इन्जिनियरिङ कक्षा सञ्चालन भैरहेको बताउँदै कृ...
लागूऔषध सहित एक जना पक्राउ

लागूऔषध सहित एक जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ८ मोरङ बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागूऔषध सहित एक जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनसरी धरान १३ का ३२ बर्षीय मुनु राणा राई रहेका छन् । आज दिउसो १ बजे लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक १० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल १० एम्पुल र फेनारगन १० एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको छ ।...
सनुसरीमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

सनुसरीमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ८ सुनसरी दुहबी नगरपालिका २ कोशी लोकमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बुढीगंगा ७ का ५० का आशराम माझी रहेका छन् । बिहिबार बिहान सँवा ८ बजे बिराटनगर आऊँदै गरेको मे १ ख २७४८ नम्बरको बसले बाटो क्रश गर्न लागेको को ३४ प ९०६७ नम्बर को मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका मोटरसाईकल चालक माझीको न्युरो अस्पताल विराटनगर पुर्‍याउन साथ मृत्यु भएको हो । बस र बस चालक सिन्धुपाल्चोक ईन्द्रावती ४ का ३० बर्षीय अशोक थापा मगर ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा रहेको छ ।...
ब्राउन सुगर सहित ३ जना पक्राउ

ब्राउन सुगर सहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, असोज ८ झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका का २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ बर्षीय रतन सिंह रहेका छन् । हिजो बेलुका साढे ८ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ बसपार्कमा रहेको एक होटलबाट रोशन सुबेदी र सुमन कार्कीलाई ब्राउन सुगर ६ ग्राम ७०० मिलि ग्राम सहित पक्राउ गरेको हो ।त्यस्तै हिजो दिनको साढे २ बजे लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ स्थित तुर्केनी खेल मैदान छेउबाट रतन सिंहलाई ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
रोकीएको पिकअप पछाडी सर्दा किचेर एक जनाको मृत्यु

रोकीएको पिकअप पछाडी सर्दा किचेर एक जनाको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज ८ इलाम माइजोगमाइ गाऊपालिका ५ सोयाङ गणेश गोलाइ स्थितमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिर बहादुर तामाङ रहेका छन् । हिजो बेलुका पौने ७ बजे इलाम बजारबाट सोयाङतर्फ जाँदै गरेको मे १ च ६३४४ नम्बरको पिकअप गाडी रोकिएको बेला सोही गाडीमा सवार तामाङ पिसाब फेर्न गएको अवस्थामा अचानक गाडी पछाडी सर्न गई किचेर घटनास्थलमानै मृत्यु भएको थियो । पिक अप र चालक इलाम सन्दकपुर गाऊपालिका २ माइपोखरी का ३० बर्षीय महेश राई जिल्ला प्रहरी कार्यालय ईलामको नियन्त्रणमा रहेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।...
बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

बसको ठक्करबाट साईकल यात्रीको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ८ मोरङ बुढिगंगा गाऊपालिका १ शान्ती चौक स्थित कोशी लोकमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ बेलबारी नगरपालिका ८ डागिहाट का ५१ बर्षीय देबेन्द्र पन्त रहेका छन् । हिजो बेलुका सँवा ६ बजे विराटनगर आउदै गरेको को १ ख ७५४८ नम्बरको बसले सोही दिशा जादै गरेको साईकल पछाडीबाट ठक्कर दिदाँ गम्भिर घाईते भएका साईकल चालक पन्तको कोशी अस्पताल विराटनगरमा बेलुका साढे ६ बजे मृत्यु भएको हो । बस र चालक सुनसरी रामधुनी नगरपालिका ५ का ५३ बर्षीय शिब बहादुर पौडेल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ ।...
१८ लाख बढी नगद सहित १३ जुहाडे पक्राउ

१८ लाख बढी नगद सहित १३ जुहाडे पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ७ काँडाघारी प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–७ हरमहादेवस्थित कमल दाहालको घरबाट १८ लाख ७५ हजार नगद सहित १३ जुहाहडेलाई पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा बिहीबार बिहान १३ जनालाई पक्राउ गरेको हो । उनिहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका अवस्थामा सात बुक ताससहित नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ व्यक्तिसँग प्रहरीले नगद, सात बुक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  ...
माओवादी निकट कर्मचारीको पालिकास्तरसम्मै संगठन बन्ने

माओवादी निकट कर्मचारीको पालिकास्तरसम्मै संगठन बन्ने

Breaking News 3, समाचार
अनर्जुन कुमार आचार्य पूर्णपुष्टि, असोज ७ विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले प्रदेश १ का सबै पालिकास्तरमा संगठन निर्माण तथापुनःर्गठन गर्ने निर्णय गरेको छ । सो संगठनको बुधबार विराटनगरमा बसेको प्रदेश समितिको सचिवालय बैठकले यस्तो निर्णय गरेको संगठनका प्रदेश संयोजक रुद्र सुवेदीले जानकारी दिए । कर्मचारी संगठनले ताप्लेजुङ, पाँचथर रइलामकाकर्मचारी लक्षित गरी फिदिममा, सुनसरी, मोरङ, झापा र उदयपुरको चतरामा, संखुवासभा, तेह्रथुम, धनकुटा र भोजपुरको पाख्रिबासमातथासोलुखुम्बु, ओखलढुंगा र खोटाङको घुर्मिमाअगुवा संगठक प्रशिक्षणकार्यक्रमगर्ने निर्णय पनि गरेको छ । यस्तै कर्मचारीको संगठनको तर्फबाट लालीकिरण स्मारिकाप्रकाशनगर्ने निर्णय पनि गरेको सुवेदीले बताए । चार ठाउँको अगुवा संगठक भेलाबाट आवश्यककार्यविभाजनसहितपालिकास्तरसम्म संगठनगठन रपुनःर्गठनमा लाग्ने सुवेदीले जानकारी दिए । उनले माओवादी न...
शरिरको भाग टुक्रा टुक्रा पारी धोन्नी टुडुको हत्यामा संलग्न  ४ जनालाई प्रहरीले सार्वजानिक गर्यो

शरिरको भाग टुक्रा टुक्रा पारी धोन्नी टुडुको हत्यामा संलग्न ४ जनालाई प्रहरीले सार्वजानिक गर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज ७ झापा झापा गाँउपालिका(१ माईती घर भई भारत किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्या अभियोगमा ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम पञ्चायतका २३ बर्षीय ऐतवार सोरेन, झापा गाँउपालिका(१ का ३७ बर्षीय लखन टुडु सतार , ५६ बर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ बर्षीय श्री हेमरम सतार रहेका छन । मिति(२०७८ साल भदौ २५ गते तत्काल नामथर वतन नखुलेको अवस्थामा झापा झापा गाँउपालिका(१ स्थित सानो माईखोलामा महिलाको अर्ध शरीर भएको टाँउको, घाटी,पेट, कम्मर भन्दा माथीको भाग, तथा घुडा भन्दा मुनीको भाग नभएको अवस्थामा लास फेला परेको थियो । घटना बारे प्रहरीलाई जानकारी आएलगत्तै तत्काल जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट प्रहरी टोलीले घटनास्थल मुचुल्का तथा कानुनी कारबाही अगाडी बढाएको...