Saturday, August 8News That Matters

Month: ४ वर्ष अगाडि

बहुविवाह मुद्दामा कैद फैसला सुनाएका फरार प्रतिवादी पक्राउ

बहुविवाह मुद्दामा कैद फैसला सुनाएका फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत ३ । बहुविवाह मुद्दामा कैद फैसला सुनाएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । दोलखा तामाकोशी गाउँपालिका–१ बस्ने ३३ वर्षीय नरहरी विक पक्राउ परेको हो । विकलाई जिल्ला अदालतमा पेश हुँदा कारागार चलान गरिएको छ । यसअघि दोलखा जिल्ला अदालतले २०७३ मंसिर १५ गते बहुविवाह मुद्दामा १ वर्ष कैद र १५ हजारु रुपैयाँ जरिवाना सुनाएको थियो ।...
दुई व्यक्तिलाई मरणोपरान्त सम्मान

दुई व्यक्तिलाई मरणोपरान्त सम्मान

Breaking News 3, समाचार
काठमाडौँ, चैत ३ । भद्रपुरका पुराना व्यवसायी एवं मारवाडी सङ्घका पूर्व अध्यक्षद्वय पर्शुराम अग्रवाल र ओमप्रकाश साहेवालालाई मरणोपरान्त सम्मान गरिएको छ । सङ्घद्वारा आज आयोजित कार्यक्रममा प्रदेश नं १ का भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावगीले माध्यामिक शिक्षा परीक्षा ९एसइई० देखि स्नातक तहसम्मको उत्कृष्ट अङ्क ल्याउने तथा चित्रकलामा राम्रो दख्खल राखेका छ विद्यार्थी र पाँच ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्नुभयो । कार्यक्रममा मारवाडी भाषाबाट विभिन्न गीत, नृत्य, नाटक र कवितालगायत बृहत् साँस्कृतिक कार्यक्रम गरिएको थियो । रासस...
इटहरीका साढे ३ वर्षीय बालकको ओभडोज औषधिले मृत्यु, सडकमा शव राखेर प्रदर्शन

इटहरीका साढे ३ वर्षीय बालकको ओभडोज औषधिले मृत्यु, सडकमा शव राखेर प्रदर्शन

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ३ । इटहरी स्थित एपेक्स अस्पतालमा उपचारको क्रममा एक बालकको ज्यान गएको छ । इटहरी–२ बरगाछीका साढे तीन वर्षीय सन्देश शाहको ज्यान गएको हो । शाहको ज्यान गएपछि बालकका आफन्तले सडकमा शव राखेर प्रदर्शन गरेका छन् । बुधबार साँझ वान्ता भएपछि उपचारका लागि ल्याइएका बालकको ओभरडोज औषधि चलाइएपछि बिरामीको ज्यान गएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । हस्पिटलमा डाक्टर नभएका कारण नर्सले ओभर डोज सुई लगाईदिँदा बच्चाको ज्यान गएको पीडितका आफन्तको भनाई छ । सडक अबरुद्व बनेपछि अहिले ठूलो मात्रामा प्रहरी परिचालन गरी भीड तितरबितर बनाउने प्रयास भइरहेको छ ।...
विश्व सम्पदा स्थल ः कङ्क्रिटका सामग्री प्रयोग गर्दा बढ्यो खतरा

विश्व सम्पदा स्थल ः कङ्क्रिटका सामग्री प्रयोग गर्दा बढ्यो खतरा

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत ३ सांस्कृतिक सम्पदा स्थलका निर्माणमा धमाधम कङ्क्रिटका सामग्री प्रयोग गरिँदा विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढेको छ । विशेष गरी काठमाडौँ उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा सूचिकृत केही सम्पदा स्थलमा कङ्क्रिटका सामग्री प्रयोग गरिँदा खतराको जोखिम बढेको हो । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० ले सम्पदा स्थलमा विश्व सम्पदाले तोकेको मापदण्ड विपरीत संरचना बनाउँदा पटकपटक पत्राचार गर्ने गरेको छ । यसै साता काठमाडौँ महानगरपालिकाले यस्ता सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको नौतले दरबारअघि राष्ट्रिय झण्डा राख्न भन्दै कङ्क्रिट संरचना बनाउन सुरु ग¥यो । महानगरपालिकाले राति राति खाल्डो खनेर संरचना बनाउन थालेपनि के गर्न लागेको भन्ने स्थानीयवासीलाई पत्तै पाएनन् । स्थानीयवासी हरिबहादुर शाही सम्पदास्थलको अस्तित्व नै मेटाउने गरी स्थानीय ...
विभिन्न क्षेत्रबाट खैरो हेरोइन कारोबारमा संलग्न १२ पक्राउ

विभिन्न क्षेत्रबाट खैरो हेरोइन कारोबारमा संलग्न १२ पक्राउ

Breaking News 3, समाचार
काठमाडौँ, चैत ३ । लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न १२ व्यक्तिलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको छ । मुलुकका विभिन्न क्षेत्रमा लागुऔषध नियन्त्रण तथा अवैध कारोबारी पक्राउ गर्न ब्यूरोबाट परिचालित टोलीले उपत्यकाकालगायत विभिन्न क्षेत्रबाट खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरेको हो । उपत्यकामा लागुऔषधको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १९१।७१० ग्राम खैरो हेरोइन बरामद गरिएको ब्यूरोद्वारा जारी सूचनामा उल्लेख छ । पक्राउपर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका– ७ का ३३ वर्षीय विक्रम नगरकोटी, सोही ठाउँ बस्ने रोजन बस्नेत र ४६ वर्षीय माधवप्रसाद दाहाल छन् । यस्तै नगरकोटीसँग लागुऔषध कारोबारमा संलग्न रहेको खुलेपछि काभ्रेका ३० वर्षीय देवीसिंह तामाङलाई १७० मिलिग्राम खैरो हेरोइनसहित भक्तपुर चाँगुनारायणबाट पक्राउ गरेको ज...
युक्रेन युद्धका कारण विश्वमै खाद्य असुरक्षा बढ्न सक्ने

युक्रेन युद्धका कारण विश्वमै खाद्य असुरक्षा बढ्न सक्ने

Breaking News 3, समाचार
कामाडौँ, चैत ३ । संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रम फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन, एफएओका प्रमुख अर्थशास्त्रीले हाल युक्रेनमा जारी रहेको युद्धका कारण विश्वमा नै खाद्य असुरक्षा बढ्न सक्ने बताएका छन् ।उनले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धका कारण खाद्यान्नको अभाव बढ्न सक्ने चेतावानी दिएका समाचारमा जनाइएको छ । प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले यो युद्धका कारण विश्वमा नै खाद्यान्नको मूल्य महंगो हुने र जसका कारण अभाव पनि हुनसक्ने बताउनुभयो । उहाँका अनुसार युरोपलगायतका क्षेत्रमा पछिल्लो यस युद्धले गर्दा खाद्यान्नको आपूर्तिमा कमी आउन सक्ने पनि उहाँले बताउनुभएको छ । यस युद्धका कारण चामल, गहुँ र मकैको मूल्यमा भारी मात्रामा बृद्धि हुनसक्ने अनुमान उहाँले गर्नुभएको छ । उहाँले भन्नुभएको छ– युद्धका अरु पनि असरहरु होलान् तर मलाई लाग्छ यसले खाद्यान्न उत्पादन, यसको आपूर्ति र उपलब्धताम...
नेपालमा अब रेल दिन बिराएर सञ्चालन

नेपालमा अब रेल दिन बिराएर सञ्चालन

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत ३ । पछिल्लो एक महिनादेखि बिना यात्रु दिनहँ गुड्दै आएको रेल अब दिन बिराए सञ्चालन गरिने छ । फागुन १ गतेदेखि दिनमा एक पटक बिना यात्रुको रेल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै कुर्थासम्म गुडिरहेकोले अब महिलामा १५ दिन मात्रै रेल सञ्चालन गरिने भएको हो । तर, अब महिनाको १५ दिन मात्रै रेल गुडाइने नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए । उनका अनुसार अब एक दिन बिराएर रेल चल्नेछ । होलीमा रेल बन्द गरिएको र होलीपछि एक दिन बिराएर गुडाइने उनले बताए । रेल गुडिरहे पनि आम्दानी भएको छैन । महाप्रबन्धक झाले आम्दानी नभएसम्म लागत खर्च कम गर्ने उद्देश्यले एक दिन बिराएर रेल चलाइने बताए । जनकपुर–जयनगर रुटमा रेल सन्चालन गर्नका लागि गत वर्ष नेपाल सरकारले ८४ करोड ६५ लाख रुपैयाँमा भारतबाट रेल खरिद गरी ल्याएको थियो ।...
रसुवागढीनाकाबाट आयात वृद्वि

रसुवागढीनाकाबाट आयात वृद्वि

Breaking News 2, समाचार
काठमाडौँ, चैत ३ । रसुवागढी नाकाबाट नेपाल भित्रने चिनियाँ सामग्रीको आयात वृद्वि भएको छ । आयात बढाउन केही दिनअधि रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच सम्पन्न भर्चुअल बैठकको सहमति अनुुसार सामान आयातको परिमाण बढ्न थालेको हो । कोभिड–१९ सङ्क्रमणका कारण विगतदेखि घटेको आयात वृद्विगराई नेपाली बजारको माग आपूर्ति गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी र सीमाक्षेत्रका चिनियाँ अधिकारीबीच बैठक भएको थियो । दैनिक नौ कन्टेनरबाट मात्र आयात भइरहेको माल सामग्री बुधबारदेखि वृद्वि भएर १४ का दरले रसुवागढी आइपुगेको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारीदिनुभयो । यो परिमाण निरन्तर रूपले अगाडि बढ्ने बताइएको छ । आयातहुने मालसामग्री आज बिहानै रसुवागढी पुगिसकेको सीमा सुरक्षाकर्मीले जनाएका छन् । नेपाली व्यवसायीको माग बमोजिम आयात हुने माल सामानको तुलना गर्दै क्रमिक रूपले दैनिक २५ कन्टेनर रसुवागढ...
होली पर्वका नाममा जथाभावी गरे पक्राउ गर्न आदेश

होली पर्वका नाममा जथाभावी गरे पक्राउ गर्न आदेश

Breaking News 2, समाचार
काठमाडौँ, चैत ३ । जिल्ला प्रशासन कार्यालयले होली पर्वका नाममा जथाभावीरुपमा गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक अपिल जारी गर्दै कसैको इच्छाविपरीत फोहोर पानी फाल्ने, केमिकलसहितको रङ दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गरे कारबाही गर्ने भनेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यसबारेमा सार्वजनिक अपिल जारी गर्दै कानुनले बन्देज लगाएका क्रियाकलाप नगर्न अनुरोध गर्नुभयो । यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो । सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने कुनै पनि कार्य नगर्न आह्वान गर्दै उहाँले ऐतिहासिक जिल्ल...
सिमेन्ट यद्योगमा कार्यरत एक मदजुरको फित्तामा बेरिएर मृत्यु

सिमेन्ट यद्योगमा कार्यरत एक मदजुरको फित्तामा बेरिएर मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत ३ । शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक जना मजदुरको फित्तामा बेरिएर ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका–१६ हटिया स्थित उद्योगमा काम गर्ने क्रममा मेसिनको फित्तामा बेरिएर भारतीय मुलुकका अन्दाजी १८÷२० वर्षीय रकिव अख्तरको ज्यान गएको हो । युवक विहिबार बिहान सिमेन्ट उद्योगको रोलर सफा गर्ने क्रममा मेसिनमा परेर घाइते भएका थिए । घाइते युवकको हेटौंडा अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले बताए । घटनास्थलको प्रक्रिया सकेर शवलाई पोस्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याइने सापकोटाको भनाई छ ।...