Saturday, August 8News That Matters

Month: ४ वर्ष अगाडि

सुरक्षा निकायका प्रमुखहरुबाट सिमा स्तम्भहरुको निरीक्षण अवलोकन

सुरक्षा निकायका प्रमुखहरुबाट सिमा स्तम्भहरुको निरीक्षण अवलोकन

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत ३ काठमाण्डासुनसरी जिल्लाको दक्षिणी भेगमा रहेको नेपाल भारत सिमा स्तम्भहरुको सुरक्षा निकायका प्रमुखहरुबाट निरीक्षण अवलोकन भएको छ । हिजो दिउँसो प्रदेश प्रहरी प्रमुख अरुण कुमार बि.सी., सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादब, सुनसरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक संजय सिंह थापा, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान सुनसरीका प्रमुख समेतको टोलीले सुनसरीको देवानगंज, साहेवगंज, कप्तानगंज एरियाहरुमा अवस्थित नेपाल भारत सिमामा रहेको सिमा स्तम्भहरुको निरीक्षण अवलोकन गर्नु भएको हो । सिमा स्तम्भहरुको निरीक्षण अवलोकनकै क्रममा सुरक्षा निकायका प्रमुखहरुले स्थानिय मानिसहरुसंग भेटघाट तथा अन्तरक्रिया समेत गर्नु भएको थियो ।यसैगरी सीमा क्षेत्र अवलोकन एवम् निरीक्षणको क्रममा प्रदेश प्रहरी प्रमुख बि.सी.ले सीमा क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय देवानगंज, सिमा प्रहरी ...
ऐसेलुखर्कको राखाबाङ्देलमा अस्थायी प्रहरीचौकी स्थापना

ऐसेलुखर्कको राखाबाङ्देलमा अस्थायी प्रहरीचौकी स्थापना

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत ३ ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ । भौगोलिकरुपमा विकट तथा सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्र मानिने राखाबाङ्देलमा स्थापना गरिएको अस्थायी प्रहरीचौकीको बुधबार औपचारिकरुपमा उद्घाटन गरिएको हो । राखाबाङ्देल स्थानीय बासिन्दाको बस्ती पातलो भएको तथा सुरक्षाका दृष्टिकोणले अति नै संवेदनशील भएकाले तत्कालका लागि अस्थायी प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताउनुभयो । ‘समुदायसँग प्रहरी’ भन्ने नेपाल सरकारको नीतिअनुसार राखाबाङ्देलका स्थानीय बासिन्दाको शान्ति÷सुरक्षालाई मध्यनजर गर्दै तत्कालका लागि अस्थायी प्रहरीचौकी स्थापना गरिएको जनाइएको छ । राखाबाङ्देलमा स्थापना गरिएको प्रहरीचौकीका लागि स्थानीय बासिन्दा एवं समाजसेवी महादेव गिरीले निःशुल्क घर उपलब्ध गराउनुभएको प्रहरीले जनाएको छ । ...
दलदले पोखरीमा डुबेर सेनाका जवानको मृत्यु

दलदले पोखरीमा डुबेर सेनाका जवानको मृत्यु

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत ३ दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल गणको साइली माइली पोस्टमा कार्यरत २६ वर्षीय जवान कटुवालको मृत्यु भएको हो । बुधबार साँझ ७ः४५ बजे निकुञ्जभित्र गस्ती जाने क्रममा गैँडाले आक्रमण गर्न खोज्दा उनी दलदलमा हाम फालेका थिए । (रासस)...
बैज्ञानिक समाजवादी पार्टीको प्रथम उदयपुर जिल्ला भेला सम्पन्न

बैज्ञानिक समाजवादी पार्टीको प्रथम उदयपुर जिल्ला भेला सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र २ बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको प्रथम उदयपुर जिल्ला अधिवेशन सम्पन्न भएको छ । बुधबार गाईघाट स्थित जिल्ला समन्वय समितिको सभाहलमा उक्त भेला सम्पन्न भएको हो । प्रथम भेलामा नवराज लामिछानेको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ । नवगठिन जिल्ला समितिका संयोजक लामिछानेका अनुसार समानन्तर समाजवादी र अर्थ व्यवस्था सहितको पार्टी निर्माण गर्ने जनाएको छ । लामिछानेले पार्टीको चैत्र १० देखी १९ गते सम्म हुने राष्ट्रिय भेला सम्पन्न गर्न जिल्लाले ठुलो भुमिका खेल्ने समेत जनाए ।...
ताप्लीमा आदिवासी जनजातिहरुलाई प्रशिक्षण तथा जेष्ठ नागरिकलाई सम्मान

ताप्लीमा आदिवासी जनजातिहरुलाई प्रशिक्षण तथा जेष्ठ नागरिकलाई सम्मान

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २ ताप्ली गाउँपालिकामा रहेका ५ ओटै वडाका आदिवासी जनजातिहरुलाई प्रशिक्षण दिएको छ । नेपाल आदिवासी जनजाति माहासंघ ताप्ली गाउँपालिकाको आयोजनामा प्रक्षिण सँगै पालिकाभरी रहेका आदिवासी जनजाति जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको छ । पालिकाको १ नं वडा स्थित ओख्ले, २ नं लेखगाउँ, ३ नं इनामे, ४ नं ठानागाउँ र ५ नं रुपाटारमा प्रशिक्षण सँगै सम्मानको कार्यक्रम रहेको नेपाल आदिवासी जनजाति माहासंका ताप्ली गाउँपालिकाका अध्यक्ष फडिन्द्र बहादुर राईले जनाए । कार्यक्रम १ नं वडा ओख्ले बाट सुरु भई ५ नं वडा रुपाटारमा सम्पन्न हुने अध्यक्ष राईले जनाए । अध्यक्ष राईका अनुसार प्रशिक्षण कार्यक्रम ५ वोटै वडाहरुमा गरिने जनाए । प्रशिक्षण कार्यक्रम नेपाल आदिवासी जनजाति माहासंघ पूर्व जिल्ला अध्यक्ष केशव मगर र पूर्व जिल्ला सदस्य गणेश पुमा राईले सहजिकरण गर्ने जनाएको छ । कार्यक्रमको पहिलो दिन ओख्ले...
राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ तुल्याउँदै लैजानुपर्छ ः प्रधानमन्त्री देउवा

राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ तुल्याउँदै लैजानुपर्छ ः प्रधानमन्त्री देउवा

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत २ प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको स्वीकृत कार्ययोजनालाई समयमै प्रभावकारी कार्यान्वयनमा ल्याई राष्ट्रिय सुरक्षा र प्रतिरक्षालाई सुदृढ गर्दै लैजान आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना तयार गरी सम्बन्धित मन्त्रालय र निकायमा पठाइसकिएको जानकारी दिनुभयो । राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षसमेत रहनुभएका उहाँले स्थापनाकालदेखि नै सचिवालयले मुलुकको आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको आकलन गरी वस्तुनिष्ठ मूल्याङ्कन र विश्लेषण गरी सम्बोधनका लागि सरकारलाई सुझाव दिँदैआएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले मुलुकको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन ए...
चारआली–केचना सडक निर्माण : ढिलासुस्तीले अधुरै

चारआली–केचना सडक निर्माण : ढिलासुस्तीले अधुरै

Breaking News 3, समाचार
काठमाडौँ, चैत २ । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पटक–पटक म्याद थप गर्दासमेत हुलाकी सडक अन्तर्गत निर्माण भइरहेको “चारआली–केचना सडक”को निर्माण पूरा हुन सकेन । दुई महिनाअघि नै ९० प्रतिशत काम भइसके तापनि हाल व्यवसायीले बेवास्ता गर्दा निर्माणमा अवरोध भइरहेको हुलाकी राममार्ग योजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार चारआली– केचना ४० किलोमिटर सडक निर्माणका लागि विसं २०७३ असोज १७ गते निर्माण व्यवसायी कालिका कनकाई याङथुम्हाङ जेभी र लामा ढाँफे कञ्जनजङघा जेभीले विसं २०७५ चैत १६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेका थिए । तर पटक–पटक म्याद थप गर्दासमेत सडक निर्माणको काममा ढिलाइ भइरहेको उहाँको भनाइ छ । उहाँले सडक निर्माणको अन्तिम म्याद यही चैत ३० गतेसम्म रहेको बताउँदै भन्नुभयो,“अब सडक निर्माणका लागि भनेर म्याद थप गर्ने योजना छैन ।” तोकिएको मितिसम...
उदयपुरमा कृषिगणना कार्यालय स्थापना

उदयपुरमा कृषिगणना कार्यालय स्थापना

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २ गते । उदयपुरमा मंगलबार तीन महिनाको लागि कृषिगणना कार्यालय स्थापना भएको छ । साहायक जिल्ला अधिकारी विनोद कुमार पोखरेलको उपस्थितमा सातौं राष्ट्रिय कृषिगणना २०७८ को स्थलगत अध्ययनको लागि कार्यालय स्थापना भएको हो । कृषिगणना कार्य २०७९ बैशाख ६ देखि सुरु भएर जेष्ठ १९ गते सम्म सञ्चालन हुने जिल्ला कृषिगणना अधिकृत शिवनारायन महतोले बताउनुभयो । उहाँका अनुसार जिल्लाको सबै स्थानीय तहहरुमा वैज्ञानिक विधिले छनौट गरिएका कृषक परिवारसंग व्यक्तिगत अन्तर्वार्ता द्वारा कृषि क्रियाकलापसम्बन्धी विस्तृत विवरण संकलन गरिने छ । कृषिगणना नेपालको ७७ जिल्लाका ७५३ स्थानीय तहहरुमा गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । नेपालमा वि.सं.२०१८ साल देखि विभागले हरेक दश दश बर्षमा राष्ट्रिय कृषि गणना सञ्चालन गर्दै आइरहेको छ । यस गणना अन्तर्गत पारिवारिक, व्यावसायिक, तथा संस्थागत रुपमा सञ्चालन भइरहेका कृष...
चैतभित्रै काठमाडौँ पानी पु¥याउने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

चैतभित्रै काठमाडौँ पानी पु¥याउने गरी काम गर्न मन्त्री चौधरीको निर्देशन

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत २ खानेपानीमन्त्री उमाकान्त चौधरीले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पुग्ने गरी काम गर्न मेलम्ची खानेपनी विकास समिति तथा सम्बद्ध सबै निकायलाई निर्देशन दिनुभएको छ । बुधबार सुन्दरीजल सुरुङ हुँदै मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले जनशक्ति तथा अन्य प्राविधिक सहयोग थप आवश्यक परे सरकारले सहयोग गर्ने भन्दै चैत मसान्तसम्म जसरी पनि पानी काठमाडाँै पु¥याउने सरकारी लक्ष्य पूरा गर्न खानेपानी विकास समिति र ठेकेदार कम्पनी सिनो हाइड्रोलाई निर्देशन दिनुभएको हो । मन्त्री चौधरीसँगै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेललगायत सहभागी हुनुहुन्थ्यो । निरीक्षणका क्रममा मन्त्री चौधरीले केही दिनअघि ठेकेदारले केही समय काम रोकेको भन्दै उहाँले भुक्तानी समयमै गर्न सरकार तयार...
सिकार खेल्न गएका २ जना भरुवा बन्दुक सहित पक्राउ

सिकार खेल्न गएका २ जना भरुवा बन्दुक सहित पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत २ सुनसरीको नगरपालिका–५ सिमरवन स्थित जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र–५ का ३६ बर्षीय पवनलाल माझी र बराहक्षेत्र–३ देविथानका २७ बर्षीय मोहन श्रेष्ठ रहेका छन । हिजो दिउसो सवा ३ बजे बिशेष सुचनाको आधारमा प्रहरी चौकी भरोलबाट खटिगएको प्रहरी टोलीले सामुदायिक वनमा सिकार खेल्न बसीरहेका माझी र श्रेष्ठलाई लोड भएको ३ नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो । भरुवा बन्दुक सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।...