Saturday, August 8News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरमा मोटरसाईकलले ठक्कर दिदाँ महिलाको मृत्यु

उदयपुरमा मोटरसाईकलले ठक्कर दिदाँ महिलाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २ । उदयपुरको बेलका नगरपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा मोटरसाईकको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको बेलका नगरपालिका– ३ कि ७६ वर्षीया बृद्धा राम माया आलेको मृत्यु भएको हो । आज बिहान पौने ११ बजे पैदल हिडिरहेकी आलेलाई स.७ प ८६९२ नम्बरको मोटरसाईकलले ठक्करदिदाँ घाईते भएकी थिईन् । घाईतेको उपचारको क्रममा बेलका नगर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक त्रियुगा नगरपालिका–७ का २० वर्षीय बिष्णु भट्टराईलाई ईलाका प्रहरी कार्यालय रामपुर उदयपुरले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
पाँचथरमा एक पुरुषको शव फेला

पाँचथरमा एक पुरुषको शव फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत २ । पाँचथरको हिलिहाङ गाउँपालिका–१ अमरपुरस्थित भिरफेदी जंगलमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । औँसा र किरा परेको अवस्थामा करिब ४० वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । सेतो र नीलो रङको हाफ भेष्ट र कालो जिन्स पेन्ट लागाएको अवस्थामा शव भेटिएको हो । कपाल र दारी पालेको र अगाडीको दुई ओटा दाँत नभएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शवको पहिचानका लागि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर बिश्वकर्माले जानकारी दिए । ‘शवको पहिचान र घटनाको विषयमा अनुसन्धान भइरहेको बिश्वकर्माले बताए ।...
अस्वस्थ खानपानले बढ्दै हृदयाघात

अस्वस्थ खानपानले बढ्दै हृदयाघात

Breaking News 3, समाचार, स्वास्थ्य
काठमाडौँ, चैत २ । मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । दश वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ । निष्क्रिय जीवनशैली, चिन्ता, युवावस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन र चिल्लो– बोसो खानाले हृदयाघातका बिरामी बढिरहेको सहिद गङ्गालाल हृदय राष्ट्रिय केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले बताउनुभयो । घरभन्दा बाहिरको अस्वस्थ खानपान गर्नाले पनि हृदयाघातका बिरामी बढिरहेको चिकित्सकले बताएका छन् । केन्द्रमा सन् २०१२ मा ४९५ जनामा हृदयाघात भएकामा ६ वर्षपछि २०१८ मा तीन गुणा बढेर एक हजार ४६० जना पीडित भएका थिए । उहाँका अनुसार २०२० मा एक हजार ६९८ र सन् २०२१ मा दुई हजार २७३ जना सो रोगका कारण अस्पतालमा भर्ना भएका छन् । डा अधिकारीले २०२१ मा अस्पताल भर्ना...
कुरिलोको टुसा बिक्री नहुँदा किसान चिन्तित

कुरिलोको टुसा बिक्री नहुँदा किसान चिन्तित

Breaking News 3, आर्थिक, समाचार
झापा, चैत २ । कोरोनाको सङ्क्रमणदर जिल्लामा शून्य भएसँगै कुरिलोको टुसाको बिक्रीदर घटेको छ । त्यसले कुरिलोखेती गर्ने किसान चिन्तित बनेका छन् । जिल्लामा २० भन्दा बढी किसानले कोरोना सुरु भएसँगै व्यावसायिक रुपमा कुरिलोको खेती सुरु गरेका थिए । त्यसबाट विगतमा मनग्य आम्दानी गरेका उनीहरु हाल बिक्री हुन छाडेपछि चिन्तित बनेका हुन् । दमक नगरपालिका–३ मा योङहाङ एग्रो फार्म प्रालिले दैनिक जसो ५० किलो बढी कुरिलोको टुसा उत्पादन गर्दै आएको छ । कोभिडको सङ्क्रमण घटेसँगै कुरिलोको टुसा बजारमा बिक्री हुन छाडेको प्रालिका सञ्चालक नारायण योङहाङले बताउनुभयो । “कोरोनाकालमा थोरै मान्छेले कुरिलोको महत्व बुझें र यसको प्रयोग गरे”, उहाँले भन्नुभयो, “अरु तरकारीको तुलनामा महँगो हुने र सर्वसाधारणले अझै पनि यसको गुण र महत्वका बारेमा राम्रो जानकारी नभएको कारण बिक्री हुन छाड्यो ।” योङहाङ र याम भण्डारीको संयुक्त लगानीमा १...
भूमि आयोग र स्थानीय तहहरुबीच सम्झौता

भूमि आयोग र स्थानीय तहहरुबीच सम्झौता

Breaking News 2, समाचार
काठमाडौं, चैत २ । गुल्मीमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास व्यवस्थापन गर्ने कार्यको सम्झौता गरिएको छ । सम्बन्धित स्थानीय तह र भूमि आयोगबीच मङ्गलबार सम्झौता गरिएको हो । जिल्लाको मालिका, इस्मा, छत्रकोट, रुरुक्षेत्र, सत्यवती र कालीगण्डकी गाउँपालिका एवं रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएको हो । धुर्कोट, मदाने, गुल्मीदरबार र चन्द्रकोट गाउँपालिकाले यसभन्दा अगाडि नै सम्झौता गरिसकेका छन् । मुसिकोट नगरपालिकाले आज सम्झौता गर्दैछ । सम्झौतासँगै जिल्लामा भूमिहीन दलित सुकुम्बासीलाई लालपूर्जा दिने तथा अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने कार्य अगाडि बढेको भूमि आयोगका अध्यक्ष राममल्ल ठकुरीले जानकारी दिनुभयो । प्रचलित वन ऐन २०७६ ले वनको आसपास, वन क्षेत्रको जग्गा बिक्रीवितरण तथा हस्तान्तरण गर्न मिल्दैन । राष्ट्रिय भूमि आयोगका सदस्य दाताराम खनालले भूमिसम्बन्धी देखिएका समस्याका बारेमा ...
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

Breaking News 3, आर्थिक, समाचार
काठमाडौं, चैत २ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ५०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार २०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० तोकिएको छ । जसको मूल्य मङ्गलबार प्रतितोला रु एक लाख थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर एक हजार ३७० मा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१६ डलर आसपास कारोबार भइरहेको छ । रासस...
३५ बिगहा जमिनमा लगाइएको अफिम प्रहरीद्धारा नष्ट

३५ बिगहा जमिनमा लगाइएको अफिम प्रहरीद्धारा नष्ट

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत २ । ३५ बिगहा जमिनमा लगाइएको अफिम खेतीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुले नष्ट गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका अन्तर्गत चौकीटार, मादल सिंह, कैलाश गाउँपालिका अन्तर्गत रहेको वडा–७ का बिलौनी, बिलासी र ताम्लाङ तथा वडा ८ का रुपलाङ, डुडलुङलगायत वडाका ३५ बिगाहामा लगाइएको अफिम खेती प्रहरीले नष्ट गरेको हो ।...
वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु

वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु

Breaking News 2, समाचार
काठमाडौं, चैत २ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण दर्ता सुरु गरेको छ । सर्वसाधारणको सहजताका लागि स्थानीय तहका वडाबाटै दर्ता थालिएकोे हो । यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै परिचयका लागि विवरण दर्ताको काम हुँदै आएको थियो । त्यस्तै व्यास नगरपालिकाले पनि वडाबाटै दर्ता सम्पन्न गरिसकेको छ । शुक्लागण्डकीका १२ वटै वडामा विवरण दर्ताको काम थालिएको हो । शुक्लागण्डकी –१२ का वडाध्यक्ष मनराज गुरुङका अनुसार वडामा सात दिन यो अभियान सञ्चालन हुनेछ । प्रत्येक वडाका टोलमा विवरण दर्ताको काम गरिने उहाँले बताउनुभयो । “सर्वसाधारणको सहजताका लागि टोल टोलमा पुगेर विवरण दर्ताको काम सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “चैत ५ गतेसम्म अभियान सञ्चालन हुनेछ ।” डिजिटल राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि सबै स्थानीय तहमा विवरण दर्ताको तयारी थालिएको प्रशासनले जनाए...
‘भिजिट भिसा’बाट सिर्जित समस्या समाधान गर्न नेपाल र युएईका श्रममन्त्री सहमत

‘भिजिट भिसा’बाट सिर्जित समस्या समाधान गर्न नेपाल र युएईका श्रममन्त्री सहमत

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत २ संयुक्त अरब इमिरेट्स ९युएई० भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री डा अब्दुलरहमान अब्दुलमानन अल अवारबीच मङ्गलबार भेटवार्ता भएको छ । युएईको राजधानी आबुधावीस्थित मानव संशाधन मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच दुई देशको आपसी सम्बन्ध र युएईमा कार्यरत नेपाली श्रमिकको हितका विषयमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । श्रममन्त्री श्रेष्ठले युएई सरकारले हालै जारी गरेको श्रम कानुन आप्रवासी श्रमिकको पक्षमा रहेको भन्दै युएई सरकारको प्रसंशा गर्नुभएको थियो । भेटवार्ताका क्रममा उहाँहरुबीच रोजगारीको प्रलोभनमा भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीको समस्या समाधान गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउन दुई देश मिलेर काम गर्ने सहमति भएको छ । रोजगारीको प्रलोभन देखाई भिजिट भिसामा युएई ल्याउने व्यक्ति तथा स...
अपहरण मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका दम्पती पक्राउ

अपहरण मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका दम्पती पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २ मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार एक दम्पतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतबाट २२ वर्ष कैद र रु दुई लाख ५० हजार जरिवानाको सजाय पाएर फरार जनकपुुरधाम उपमहानगरपालिका–१३ का ४२ वर्षीय रामजी पासवान र रु एक लाख ५० हजार जरिवानाको सजाय पाएका पासवानको ३२ वर्षीया श्रीमती बिभा पासवानलाई धनुषा प्रहरी पक्राउ गरेको हो । अदालतबाट फैसला भएपश्चात फरार रहेका दुवै जनालाई जनकपुरधाम उपमहानगरपालिका १३ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । धनुषा जिल्ला अदालतले गत २०७७ माघ २२ गते दम्पतीलाई सो सजायको फैसला गरेको थियो । (रासस)...