Saturday, August 8News That Matters

Month: ४ वर्ष अगाडि

भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवक पक्राउ

भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवक पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २ भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–७ का ३३ वर्षीय रोहितकुमार राणा र महोत्तरी बर्दिबास नगरपालिका–३ का ३० वर्षीय सुमन विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । गए राति भारत बिहारको सीतामढी जिल्लाको कन्हमा सहरबाट लागुऔषध बोकी महोत्तरीको औरही नगरपालिका–४ स्थित कठुधारचोकमा युवकद्वयलाई प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित नुफिन दुई एमएल ७० एम्पुल, फेनेरगन दुई एमएल ८८ एम्पुल, डाइजाल्याब ८८ एम्पुल लागुऔषध तथा सुई बरामद गरेको जनाइएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि अहिले जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको जनाइएको छ । (रासस)  ...
नोबेलमा बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

नोबेलमा बिरामीको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री

Breaking News 1, समाचार
पूर्णपुष्टि,  चैत्र २ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका–१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउँने फलामको सिक्री निकालिएको हो । परिवार स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोबेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो । विना चिरफार इण्डोस्कोपिक विधिमार्फत पेटमा भएको बक्कल मुखबाट निकालिएको नोबेलका बिशेषज्ञ शल्यचिकित्सक डा.ध्रुव नारायण शाहले जानकारी दिए । डा.शाहका अनुसार ती युवाको पेटको खाना नलीमा बक्कल अड्किएको थियो भने आमाशयमा सिक्री थियो । मुखबाट इण्डोस्कोप छिराएर मुखबाटै बक्कल निकालिएको हो । आमाशयमा रहेको सिक्री भने दिसाको माध्यमबाट निस्किएको हो । पे...
नेपाल–युएई संयुक्त समिति बैठक ः नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न युएई सहमत

नेपाल–युएई संयुक्त समिति बैठक ः नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न युएई सहमत

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत २ नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित युएईको मानव संशाधन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भएको थियो । बैठकमा युएईले नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप विकास केन्द्रलाई सहयोग गर्ने प्रतिबद्धता गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । युएईमा रोजगारी गरी नेपाल फर्केका श्रमिकलाई सहयोग गर्ने गरी सञ्चालन हुने पुनःएकीकरण योजनामा नेपाल सरकारको प्रस्तावअनुसार सहयोग गर्ने प्रतिबद्धता पनि युएईले जनाएको छ । युएईमा रहेका नेपालीलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये पाँचवटा क्षेत्रमा श्रमिक भर्ना प्रक्रिया पूर्णतः निःशुल्क गर्ने गरी ‘पा...
जहाजको पर्खाइमा बलेवा विमानस्थल

जहाजको पर्खाइमा बलेवा विमानस्थल

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत २ लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा आउने आश पलाएको छ । २८ वर्षदेखि नियमित उडान हुन नसकेको बागलुङको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रसँगै अब विमानस्थलमा कहिले जहाज उड्ला भन्ने आशामा छन् यहाँका स्थानीयवासी । विसं २०७७ फागुनमै कालोपत्र सक्ने गरी नागरिक उडड्यन प्राधिकरणले ठेक्का सम्झौता गरे पनि एक वर्षपछि मात्रै विमानस्थलको धावनमार्ग कालोपत्र सम्पन्न भएको छ । कच्ची धावनमार्गका कारण बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएका कारण विमानस्थल नियमितरूपमा सञ्चालनमा आउन सकेको थिएन । हवाई सेवाका लागि यात्रुको सुनिश्चितता हुँनासाथ विमानस्थलमा नियमित उडान गर्न सकिन्छ । कालोपत्र सम्पन्न भएको विमानस्थल हस्तान्तरणको प्रक्रियामा रहेको प्रधिकरणले जनाएको छ । विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रको काम सम्पन्न भएर हस्तान्तरणको प्रक्रियामा पुगेको निर...
आगलागीबाट सावधानी अपनाउन आग्रह

आगलागीबाट सावधानी अपनाउन आग्रह

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत २ नेपाल प्रहरीले अहिले सुक्खा मौसममा हावाहुरी चल्ने, घर, पसल, कार्यालय र वनलगायतमा आगलागी भई जनधनको ठूलो क्षति हुने गरेको विगतको तथ्य स्मरण गराउँदै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरी मुख्यतः चैत, वैशाख र जेठ महिनाका करिब १०० दिन आगलागीका विपद्जन्य घटना बढी हुनसक्ने भएकाले त्यस्ता घटना हुन नदिन र भइहालेमा पनि कम क्षतिमा नियन्त्रण गर्नका लागि जनस्तरबाटै सावधानी अपनाउन आग्रह गरेको छ । आगलागीका घटना नियन्त्रण र क्षति न्यूनीकरणका लागि नेपाल प्रहरी प्रयासरत रहेको जानकारी गराउँदै परिसरका प्रवक्ता दिनेशराज मैनालीले केही कुराहरूमा ध्यान दिनसके आगलागी नहुने र भइहालेमा पनि कम क्षतिमा नियन्त्रण गर्न सकिने बताउनुभयो । त्यसैले परिसरले सावधानीका उपायबारे ११ बुँदे ध्यानाकर्षणसमेत सार्वजनिक गरेको छ । आगो उत्पन्न हुने सलाई, लाइट...
अझै अँध्यारोमा टाङ्गिया बस्ती ः दुई महिनाभित्र बिजुली उपलब्ध गराउने ऊर्जामन्त्रीको प्रतिबद्धता

अझै अँध्यारोमा टाङ्गिया बस्ती ः दुई महिनाभित्र बिजुली उपलब्ध गराउने ऊर्जामन्त्रीको प्रतिबद्धता

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत २ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई महिनाभित्र जीतपुर सिमरा उपमहानगरपालिका–१६, टाङ्गिया बस्तीका जनतालाई बिजुली उपलब्ध गराउने बताउनुभएको छ । आफूले मन्त्रालय सम्हालेलगत्तै टाङ्गिया बस्तीका जनता बिजुली बत्तीको माग लिएर मन्त्रालय आएको स्मरण गर्दै उहाँले जनताका माग सम्बोधन गर्ने बचनअनुसार नै निर्णय गरेर कार्यान्वनको चरणमा पु¥याइएको जानकारी दिनुभयो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि त्यहाँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने कारण देखाउँदै टाङ्गिया बस्तीमा विद्युतीकरण हुनसकेको थिएन । विमानस्थल बन्ने अवस्थामा यहाँका बासिन्दासँगै विद्युतीकरणका संरचना सार्ने गरी विद्युतीकरण गर्न लागिएको हो । वर्षौँदेखि अन्धकारमा बस्नुपर्ने बाध्यता रहेका यहाँका जनताले बिजुलीको उज्यालोमा बस्न पाउनुपर्नेमा आफू प्रतिबद्ध रहेको मन्त्री भुसालको भनाइ छ । नवलपुरको सबस्टेश...
लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १ झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाख्रिवास नगरपालिका–३ धनकुटाका ३३ बर्षीया बिनोद घिमिरे रहेका छन । आज दिउँसो साढे १ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले मेचीपुल छेउमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका घिमिरेलाई संकालागि चेक जाँच गर्दा निजको साथबाट २३ ग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका घिमिरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।...
तमोर नदी किनारमा महिला मृत फेला

तमोर नदी किनारमा महिला मृत फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १ धनकुटाको धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदीमा एक महिला मृत अवस्थामा फेला परेकि छन् । मृत फेला परेकि महिला धनकुटा नगरपालिका–९ स्थित बिश्रान्ती बृद्धा आश्रममा बस्दै आएकी ५६ बर्षीया देवी लामिछाने रहेकि छन । लामिछाने फाल्गुन २९ गते दिउँसो बृद्ध आश्रम देखि हराई बेपत्ता भएकिमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा आज बिहान सवा ९ बजे नदी किनारमा मृत अवस्थामा फेला पारेको हो । मृत लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अन्य थप अनुसन्धान भईरहेको छ ।...
अखाद्य वस्तुको बिक्रीवितरण रोक्न सरकार प्रतिबद्धः गृहमन्त्री खाँण

अखाद्य वस्तुको बिक्रीवितरण रोक्न सरकार प्रतिबद्धः गृहमन्त्री खाँण

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत १ गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी, व्यवसायी उपभोक्ताको हितप्रति संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौँ महानगरपालिकाद्वारा आज आयोजित कार्यक्रममा उहाँले व्यवसायी पनि कुनै वस्तुको उपभोक्ता भएकाले उपभोक्ताको हितप्रति सबै पक्ष गम्भीर बन्नुपर्ने बताउनुभएको हो । गृहमन्त्री खाँणले उपभोक्ता अधिकार स्थापित गराउन सरकार गम्भीर रहेको उल्लेख गर्दै अखाद्य वस्तुको बिक्रीवितरण रोक्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अखाद्य वस्तुको उपभोगमा उपभोक्ता स्वयम् सचेत हुनुपर्नेमा जोड दिनुभयो । संविधान, ऐन कानुनमा भएका उपभोक्ता अधिकारसँग सम्बन्धित प्रावधानको कार्यान्वयन गर्न सरकारपछि नपर्ने बताउँदै उहाँले उद्योगी व्यवसायीलाई पनि जनताप्रति उत्तरदायी बन्न आग्रह गर्नुभयो । “व्यवसायी पनि कुनै न कुनै रुपम...
मुसहर बस्तीमा होलीसँगै पञ्जाव जाने लहर

मुसहर बस्तीमा होलीसँगै पञ्जाव जाने लहर

Breaking News 3, समाचार
महोत्तरी, चैत १ । मधेसमा उल्लास र उमङ्गको पर्व ‘होली’ ९फागु० नजिकिँदै छ । मधेसको प्राचीन मिथिला क्षेत्रमा सामान्यतया सबै घरपरिवार अहिले वर्षभरिका दुःखसुख बिर्सेर ‘होली’ को तयारीमा देखिदा छन् । यही नै मुसहर समुदायको बस्तीमा भने ‘होली’ को रङभित्रै किशोर र युवामा पञ्जाव हिँड्ने तयारी छ । “रौ, होली त लक्चियागेलौ, कहिया चल्बे रु” ९ल, होली त आइसक्यो, कहिले जाने० मुसहर बस्तीमा आमरुपमा किशोर र युवा पुस्ताले एकअर्कासँग राख्ने जिज्ञासा यस्तै सुनिन्छ । जीवन गुजारा र घरपरिवारको प्रतिपालका लागि पञ्जाव जानु यो समुदायका किशोर र युवाको नियति नै देखिन्छ । थोरै जग्गाजमीन हुनेलाई साहुले ऋण पत्याउँछन्, त्यस्ता विदेश ९भारतबाहेकका मुलुक० जान्छन् । आम मुसहर जग्गाविहीन हुनाले यिनीहरुको विदेश कमाइ भनेको भारतको पञ्जाव र हरियाणा नै हुने गर्छ । पासपोर्ट ९राहदानी०, भिसा केही नचाहिने र एकाध हजार बाटो खर्चको जोहोले ...