Saturday, August 8News That Matters

Month: ४ वर्ष अगाडि

खेलाडीसँग मुख्यमन्त्री ः ‘पूर्वाधार निर्माण र खेलाडी प्रोत्साहनलाई प्राथमिकता’

खेलाडीसँग मुख्यमन्त्री ः ‘पूर्वाधार निर्माण र खेलाडी प्रोत्साहनलाई प्राथमिकता’

Breaking News 3, खेलकुद, समाचार
काठमाण्डौँ, चैत १ कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । प्रदेश खेलकुद विकास परिषद्द्वारा आज सुर्खेतमा आयोजित खेलाडीसँग मुख्यमन्त्री कार्यक्रममा उहाँले प्रदेशकै पहिलो गौरवको आयोजनाका रुपमा रङ्गशाला निर्माणदेखि खेलाडी प्रोत्साहनलाई प्राथमिकता दिएको बताउनुभयो । मुख्यमन्त्री शाहीले रङ्गशाला निर्माण नहुञ्जेल खेल गतिविधि सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले अस्थायी खेल मैदान निर्माणको योजना अघि बढाउने तयारी भइरहेको जानकारी दिनुभयो । “रङ्गशाला निर्माणको अवधि ३० महिना छ, समयमै पूरा गराउन सरकारको तर्फबाट आवश्यक सहयोग र निगरानी भइरहेको छ”, उहाँले भन्नुभयो, “तत्काल अस्थायी खेल मैदान बनाउन नीतिगत निर्देशन दिएपछि विभागीय मन्त्रालय बजेट व्यवस्थापनमा जुटेको छ ।” साथै उहाँले वीरेन्द्रनगरमा अन्तर्राष्ट्रि...
राष्ट्रपतिसँग साउदी अरबका विदेशमन्त्रीको भेट

राष्ट्रपतिसँग साउदी अरबका विदेशमन्त्रीको भेट

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत १ राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय, महाराजगञ्जमा भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित एवं चासोका विषयमा विचारविमर्श भएको थियो । त्यस अवसरमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो । नेपाल र साउदी अरेबिया बीच १५ मार्च १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशबीचको सुमुधर सम्बन्ध उच्चस्तरमा हुने यस्ता भ्रमणले अझ सुदृढ हुँदै गएको छ भने शान्तिपूर्ण सहअस्तित्व, मैत्री र सहयोगका पाँच सिद्धान्तका आधारमा द्विपक्षीय सम्बन्ध घनीभूत हुँदै गएको छ । दुवै राष्ट्रले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तप्रति प्रतिबद्ध प्रतिबद्धता र निष्ठा व्यक्...
क्रिप्टोकोे अवैध कारोबार : नौ करोड ७४ लाख हिनामिना

क्रिप्टोकोे अवैध कारोबार : नौ करोड ७४ लाख हिनामिना

Breaking News 3, समाचार
काठमाडौं, चैत १ । मुलुकको ढुकुटीमा अमेरिकी डलरको हिस्सा क्रमशः घट्दा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा बढ्दै गएको छ । वैदेशिक मुद्रा सञ्चिति घट्दो क्रममा रहेको बेला विदेशी विनिमयको गैरकानुनी रुपमा प्रयोग गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले रतुवामाई नगरपालिका–७ मोरङका पुष्कर श्रेष्ठ र विनिता लिम्बूविरुद्ध ‘विदेशी विनिमय ९नियमित गर्ने० ऐन, २०१९ अनुसार काठमाडौँ जिल्ला अदालतमा सोमबार मुद्दा दायर गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुले नेपालमा प्रतिबन्धित वानएक्सवेट, विनाश, एड्भी क्यास, क्वाइनबेस र प्याक्फुल जस्ता माध्यमको प्रयोग गरी सामूहिक मिलेमतोमा अमेरिकी डलरको गैरकानुनी कारोबार गरेको पाइएको छ । विभागका अनुसार आरोपितले विभिन्न एप तथा गैरकानुनी माध्यममार्फत रकम राख्ने वा पठाउने गरेको पाइएको छ । उनीहरुले अमेरिकी डलरको सटही तथा क्रिप...
नेपालले महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम गरेको छ  ः मन्त्री रेग्मी

नेपालले महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम गरेको छ ः मन्त्री रेग्मी

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १ महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जलवायु परिवर्तन र लैङ्गिक समानता एक्काइसाँै शताब्दीको ठूलो चुनौती रहेको र यसलाई विश्वव्यापीरूपमा सामना गर्न ऐक्यबद्धताको खाँचो रहेको बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित महिलाहरूको अवस्था विषयक संयुक्त राष्ट्रसङ्घको ६६औँ सत्रलाई सोमबार सम्बोधन गर्दै मन्त्री रेग्मीले नेपालले महिलाहरूको सशक्तीकरणका लागि संवैधानिक र कानुनी व्यवस्था गर्दै आवश्यक संरचनासमेत निर्माण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालले महिलाहरूको हकलाई मौलिक हकका रूपमा राखेको र यसले सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, शिक्षा, समान वेतन, सामाजिक सुरक्षा र सम्पत्तिको अधिकारसमेत सुनिश्चित गरेको छ ।” पछिल्लो समयमा जलवायु परिवर्तनले महिलाहरूमा गम्भीर असर पारेको उल्लेख गर्दै महिला र बालिकालाई यसबाट परेको प्रभावको क्षति न्यूनी...
भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनी सम्पर्कमा

भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनी सम्पर्कमा

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत १ हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै त्यहाँबाट आउँदो जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको बताइएको छ । यहाँ उडानका लागि कुवेतको जजिरा, श्रीलङ्काको श्रीलङ्कन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उक्त विमानस्थल सञ्चालनमा आएपछि धार्मिक, पर्यटनसँगै खाडीमुलुकमा रोजगारीका लागि आउजाउ गर्ने यात्रुलाई थप सहज हुने भएकाले पनि तोकिएकै मितिमा विमानस्थल सञ्चालनमा ल्याउन मन्त...
उदयपुरमा ९ वर्षीया बालिका बलात्कृत : खत्री पक्राउ

उदयपुरमा ९ वर्षीया बालिका बलात्कृत : खत्री पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत १ गते । उदयपुरमा नौं वर्षीया बालिका जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेको छ । जिल्लाको बेलका नगरपालिका–५ घुम्ने लालिगुँरास टोल बस्ने ४५ वर्षीय गणेश खत्रीलाई करणी अभियोगमा प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुराको फर्ममा लगेर करणी गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले खत्रीलाई पक्राउ गरेको हो ।...
युक्रेनले गरेको मिसाइल आक्रमणमा २० जनाको मृत्यु, २८ घाइते

युक्रेनले गरेको मिसाइल आक्रमणमा २० जनाको मृत्यु, २८ घाइते

Breaking News 3, समाचार
काठमाडौं, चैत १ । रुसी विदेश मन्त्रालयले युक्रेनी सेनाले प्रहार गरेको क्षेप्यास्त्रबाट २० जनाको मृत्यु भएको र २८ जना घाइते भएको बताएको छ। सेनाका अनुसार डोनेट्स्कको एक आवासीय इलाकामा टोचका(यु रणनीतिक मिसाइलले आक्रमण गरिएको थियो। युक्रेनी सञ्चारमाध्यमले डोनबासमा भीषण लडाइ जारी रहेको बताएको छ । युक्रेनको सशस्त्र बलका अनुसार १०० रुसी सैनिक मारिएका छन् र ६ वटा गाडी ध्वस्त भएका छन्, द किभ इन्डिपेन्डेन्टले उल्लेख गरेको छ। रुसले डोनेस्क ओब्लास्टमा युक्रेनी प्रतिरक्षा तोड्ने प्रयास गरिरहेको पनि बताइएको छ। कीभ इन्डिपेन्डेन्टले उल्लेक गरेअनुसार रुसले खार्किभमा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। खार्किभका गभर्नर ओलेह सिन्येहुबोभले खार्किभलाई रुसमा राखिएको छोटो दुरीको इस्कन्डर ब्यालिस्टिक मिसाइल प्रणालीले प्रहार गरेको दाबी गरेका छन् । गत फेब्रुअरी २४ मा, डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रहरूले आफ...
लाइसेन्सको नयाँ आवेदन आजबाट अनिश्चितकालका लागि बन्द

लाइसेन्सको नयाँ आवेदन आजबाट अनिश्चितकालका लागि बन्द

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत १ । सवारी अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन आजबाट अनिश्चतकालसम्मको लागि बन्द गरिएको छ । सरकारी अकर्मण्यताले सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत १ गतेदेखि अर्को सूचना जारी नभएसम्मका नयाँ निवेदन नलिने जानकारी गराएको हो । विभागका प्रवक्ता लोकनाथ भुसालले हालसम्मका निवेदकको परिक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले यस्तो कदम चालिएको बताए । अहिले विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले परीक्षा गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको बसभन्दा बाहिर पुगेको छ । यसअघि कोरोनाको कारण लामो समय लाइसेन्सको आवेदन रोक्का गरिएकोले नयाँ चालकहरु समस्यामा परेका थिए । ६ महिना बन्द गरेर कात्तिक ९ देखि लाइसेन्सको आवेदन लिन थालिए पनि प्रक्रिय...
मानव तस्करी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

मानव तस्करी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत १ । मानव तस्करी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्षीय मोहम्मद फिरोजलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौंको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा फिरोजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । सीमा प्रहरीचौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई कोसी गाउँपालिका–८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गरेको थियो । फिरोज काठमाडौंमा घर बनाउने काममा संलग्न थिए । फिरोजले पीडितलाई विवाहको प्रलोभनमा पारेर भारत लैजान लागेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।...