Saturday, August 8News That Matters

Month: ४ वर्ष अगाडि

कुखुराको मासु अभाव

कुखुराको मासु अभाव

Breaking News 3, समाचार
काठमाडौं, चैत १ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमिक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा जिल्लामा मासु अभाव भएको हो । फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जिल्लामा सञ्चालित सबै मासु बिक्री केन्द्र ९फ्रेस हाउस०हरू अहिले बन्द छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघि नगरपालिका ब्रोइलर कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर भएको घोषणा गर्दै तराईबाट आयात हुने ब्रोइलर कुखुरा तथा अण्डामा रोक लगाएपछि दिक्तेल बजारमा अहिले मासु अभाव भएको छ । लामो समयको वर्षा र हिमपातपछि बढेको चिसोका साथै ओमिक्रोनको त्रासका कारण जिल्लामा ब्रोइलर कुखुराको मासु उत्पादन गर्न नसक्दा व्यवसायीले करोडौँको घाटा व्यहोर्नुपरेको पोल्ट्री व्यवसायी सङ्घ खोटाङका अध्यक्ष ...
चिठ्ठा परेको लोभमा फस्दा……..

चिठ्ठा परेको लोभमा फस्दा……..

Breaking News 2, समाचार
काठमाडौं, चैत १ । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई रु ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी रु २९ लाख गुमाउनुपरेको हो । उक्त सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले भनेको कुरालाई विश्वास गर्दा धेरै मानिस ठगीमा पर्ने गरेका छन् । यो पनि त्यसैको एउटा निरन्तरता हो । विदेशीको नामको ह्वाट्सएपमार्फत चिठ्ठाको सूचना आएलगत्तै पुनः नेपालबाटै प्रताप राना सिंह नामका व्यक्तिले पीडितलाई ह्वाट्स्एपमार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनका लागि कर तिर्नुनपर्ने भनी भ्रामक सूचना दिए । पीडितले भने रु ९० लाख पाउने लोभमा विभिन्न व्यक्तिको नामको बैंक खाताबाट रु २९ लाख जम्मा गरेपछि ठगीमा परेको पत्ता लागेको प्रहरील...
लिम्चुङबुङका अध्यक्ष प्रदेश कृषि रणनीति सल्लाहकार सदस्य

लिम्चुङबुङका अध्यक्ष प्रदेश कृषि रणनीति सल्लाहकार सदस्य

Breaking News 1, आर्थिक, राजनीति, समाचार
उदयपुर, चैत १ । १ नं. प्रदेश कृषि विकास रणनीति तर्जुमाका लागि प्रदेश कृषि रणनीति सल्लाहकार समितिको सदस्यमा उदयपुरको एक गाउँपालिका अध्यक्ष पनि मनोनयनमा परेका छन् । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई १ नं. प्रदेश मन्त्रीस्तरको निर्णयानुसार प्रदेश कृषि रणनीति सल्लाहकार समितिको सदस्यमा मनोनयन भएका हुन् । अध्यक्ष राईलाई फागुन ३० गते १ नं. प्रदेश मन्त्रीस्तरको निर्णयानुसार स्थानीय तहको तर्फबाट मनोनयन गरिएको हो । लिम्चुङबुङ स्थानीय सरकारले अध्यक्ष कृषि परियोजना सञ्चालन गरी कृषिका कामहरु अगाडि बढाईरहेको छ । सो परियोजना जिल्लाको आठ पालिका मध्ये एकमात्र पालिकाले सञ्चालनमा ल्याएको परियोजना हो । सम्भवतः देशभरकै पालिकाहरु मध्येको पहिलो पालिका रहेको छ । जिम्मेवारी पाएकोमा अध्यक्ष राईले खुसी ब्यक्त गरेका छन् । “प्रदेश कृषि विकास रणनीति तर्जुमाका लागि प्रदेश कृषि रणनीति सल्लाहकार समितिको सदस...
उदयपुर जिल्ला प्रहरीको सुविधा सम्पन्न भवन उद्घाटन (फोटो फिचरसहित)

उदयपुर जिल्ला प्रहरीको सुविधा सम्पन्न भवन उद्घाटन (फोटो फिचरसहित)

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागनु ३० । जिल्ला प्रहरी कार्यालय उदयपुरको भवन आज (सोमबार) उद्घाटन भएको छ । भौतिक संरचनाको हिसावले सुविधा सम्पन्न नवनिर्मित भवनहरुको उद्घाटन एक समारोहकाबीच प्रहरी महानिरिक्षक सैलेश थापा क्षेत्रीले गर्नुभएको हो । प्रहरी कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्साघर र नागरिक सहायता कक्षसहित सातवटा भौतिक संरचना एकैसाथ निर्माण भएका छन् । ११ करोड ४२ लाख बजेटमा भुकम्प प्रतिरोधात्मक भवन संरचनाहरु निर्माण भएका हुन् । निर्माण कम्पनी आशिस आशिर्वाद जेभिले समयमै निर्माण कार्य सम्पन्न गरेको हो । नवनिर्मित भौतिक संरचनाका कारण प्रहरीलाई जिल्ला कार्यालयको कार्य सम्पादनमा सहजता आएको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले बताउनुभयो । भवन संरचनाहरु प्रहरी कार्यालयको आप्mनै परिषरभित्र निर्माण भएका छन् । प्रहरी कार्यालयसंगै आधुनि...
रक्तसञ्चार सेवामा ‘एफरेसिस’ र ‘क्लिया’ प्रविधि

रक्तसञ्चार सेवामा ‘एफरेसिस’ र ‘क्लिया’ प्रविधि

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन ३० रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र सुलभताका लागि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले नयाँ प्रविधि भित्र्याएको छ । नेपालमा पहिलोपटक भित्रिएका ती प्रविधिमा रगत सङ्कलनतर्फ ‘एफरेसिस’ र सङ्क्रमण परीक्षणमा ‘क्लिया’ छन् । नेपालको रक्तसञ्चार सेवालाई थप सुदृढ बनाउन कोसेढुङ्गा ठहरिएका ती दुई नवीनतम् प्रविधिलाई नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित उक्त केन्द्रले मङ्गलबारदेखि सुरुआत गर्दैछ । विभिन्न साझेदारका सहयोगमा रक्तसञ्चार सेवालाई विद्युतीय प्रणालीमा रुपान्तरण गर्नसमेत थालनी गरिएको छ । केन्द्रका निर्देशक दिव्यराज पौडेलले भन्नुभयो, “ ‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा ः नेपालको रक्तसञ्चार सेवा’को अवधारणालाई कार्यान्वयन गर्न यस केन्द्रले नयाँ प्रविधिमार्फत सेवा सुरु गर्न लागेको हो । यसले नेपालको रक्तसञ्चार सेवाको स्तर वृद्धिमा युगान्तकारी परिवर्तन ल्याउनेछ ।” दाताका रगत...
हिमाली पदयात्रामा विदेशी पर्यटक आकर्षित

हिमाली पदयात्रामा विदेशी पर्यटक आकर्षित

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन ३० पछिल्लो समय रसुवाको हिमाली क्षेत्रमा पदयात्रा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । कोभिड–१९ सङ्क्रमण शून्यमा झरेसँगै लाङ्टाङ् र गोसाइँकुण्ड क्षेत्रमा पदयात्रा गर्न पर्यटक आउन थालेका छन् । होटल व्यवसाय सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलका अनुसार दैनिक २०÷२५ आन्तरिक र बाह्य पर्यटक गोसाइँकुण्ड पदयात्रा गर्न आउन थालेका छन् । पर्यटनको आगमनसँगै यहाँको होटल व्यवसाय चलायमान भएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ११ हजार ६१८ आन्तरिक र बाह्य पर्यटकले लाङ्टाङ् राष्ट्रिय निकुञ्जस्थित गोसाइँकुण्ड र लाङटाङको भ्रमण गरेका छन् । वसन्त र ग्रीष्म ऋतुमा पर्यटकको आगमन उल्लेखनीय रुपमा वृद्वि हुने विगतको तथ्याङ्कले देखाएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको यस अवधिमा १० हजार ५०३ आन्तर...
बञ्चरो प्रहार गरी श्रीमानको हत्या गरेको अभियोगम महिला पक्राउ

बञ्चरो प्रहार गरी श्रीमानको हत्या गरेको अभियोगम महिला पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागनु ३० । बञ्चरो प्रहार गरी श्रीमानको हत्या गरेको अभियोेगमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ । नवलपरासी पूर्व बुलिङटार गाउँपालिका–५ राईकोट बस्ने ६५ वर्षीया श्याम कुमारी भिरकट्टालाई प्रहरीले नियन्त्रणमा लिएको हो । ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले श्यामकुमारीलाई पक्राउ गरेको हो । श्यामकुमारीले घरायसी विवादको क्रममा बञ्चरो प्रहार गर्दा चमन सिंह गम्भीर घाइते भएका थिए । उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।...
लागुऔषधसहित ३ जना पक्राउ

लागुऔषधसहित ३ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ३० । मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका–९ सिन्धुपाल्वोकका ३८ वर्षीय संदिप खडका, स्वयम्भु नगरपालिका–१५ काठमाण्डौका २३ वर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका–५ रामेछापका ३४ वर्षीय कृष्ण बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । हिजो राती साढे १० बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोवायल गस्ती टोलीले संकालागि चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट ब्राउन सुगर १.६ ग्राम, नगद रुपैयाँ १ लाख ५ हजार बरामद गरेको हो । पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।...
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न पहल गरौँ ः मन्त्री भुसाल

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न पहल गरौँ ः मन्त्री भुसाल

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन ३० ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पछिल्ला घटनाक्रमले जलवायु परिवर्तनको जोखिम बढाउँदै लगेको बताउनुभएको छ । यहाँ आज आयोजित ‘जलविद्युत् परियोजनामा बाढी पूर्व सूचनाप्रणालीको व्यवस्था तथा स्थानीय निकायसँगको सहकार्य र समन्वय’सम्बन्धी कार्यक्रममा उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमको उचित व्यवस्थापन नेपालका लागि चुनौती बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनको प्रत्यक्ष असर हाम्रा नदीनाला तथा वरपरका बस्तीमा बढी देखिन्छ । बाढी, पहिरोजस्ता प्रकोपका कारण ठूलो जनधनको क्षति हुन पुगेको छ । जलविद्युत् आयोजनामा समेत निकै असर परेको छ ।” मन्त्री भुसालले जलवायु परिवर्तनको असर निरन्तर बढ्ने क्रममा रहेकाले त्यसका लागि जिम्मेवार मुलुकले प्रभावित राष्ट्रलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका अ...
जन्ती सवार टिपर दुर्घटना : उदयपुरका २ को मृत्यु, २४ घाइते

जन्ती सवार टिपर दुर्घटना : उदयपुरका २ को मृत्यु, २४ घाइते

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ३० । जन्ती बोकेको टिपर दुर्घटना हुदाँ उदयपुरका दुई युवकको अकालमै ज्यान गएको छ । सिन्धुलीमा जन्ती सवार टिपर दुर्घटना भएको थियो । सो दुर्घटनामा उदयपुरको कटारी नगरपालिका–२ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा ज्यान गएको हो । दुर्घटनामा २४ जना घाइते भएका छन् । बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर दुधौली नगरपालिका–५ ठाकुरखोला ३ नम्बर पुलस्थित सडकमा आइतबार राति दुर्घटना भएको थियो । दुर्घटनामा अन्य ४ जना गम्भीर छन् । उनीहरूलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्य घाइतेहरुको विराटनगर, कटारी र सिन्धुलीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।...