Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

बजेट अभावमा सङ्ग्रहालय निर्माण अलपत्र

बजेट अभावमा सङ्ग्रहालय निर्माण अलपत्र

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन ३० सबभन्दा पुरानो मानिएको बखान सहकारी संस्था लिमिटेडले स्थापना गर्न लागेको राष्ट्रिय सहकारी सङ्ग्रहालय बजेट अभावमा अलपत्र परेको छ । चितवनको भरतपुर–१९ स्थित शारदानगरमा स्थापना गर्न लागिएको सङ्ग्रहालय बजेट अभाव भएपछि अलपत्र परेको सहकारीका अध्यक्ष रेशमराज गुरुङले बताउनुभयो । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचन अघि नेपाल सरकारबाट रु पाँच करोड निकासा भएर स्थापना गर्न लागिएको सङ्ग्रहालयको काम अधुरै छ । रु पाँच करोडमा सङ्ग्रहालयको ठूलो बैठक कक्ष, साना बैठक कक्ष, विशिष्ठ व्यक्तिका लागि बस्ने कोठा, कार्यालय कक्ष र अन्य केही कोठा निर्माण गरिए पनि थप बजेट निकासा नहुँदा सङ्ग्रहालय निर्माणले मूर्तरुप लिन नसकेको उहाँको गुनासो थियो । सुरुमा सरकारले प्रदान गरेको बजेटबाट करिब आधा काम सकिए पनि थप बजेट नआउँदा सङ्ग्रहालय निर्माणको काम अलपत्र परेको अध्यक्ष गुरुङले बताउनुभयो । सङ्ग्रहालय...
उदयपुरमा लागुऔषध ब्राउन सुगरसहित राई पक्राउ

उदयपुरमा लागुऔषध ब्राउन सुगरसहित राई पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ३० । उदयपुरको बेलका नगरपालिका–१ आम्बासीमा लागुऔषध ब्राउन सुगरसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । शनिबारर चौदण्डीगढी नगरपालिका–४ का ३१ वर्षीय भुषण राईलाई प्रहरीले पक्राउ गरेको हो । साँझ ७ बजेको समयमा रामपुर फत्तेपुर सडक खण्ड अन्तर्गत आम्बासीमा चेकिङको क्रममा गोप्य सूचनाका आधारमा राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए । कालो रङ्गको प्लाष्टिकमा पोको पारी लुकाई छिपाई ल्याउँदै गरेको १३ ग्राम लागूऔषध ब्राउन सुगरसहित राई पक्राउ परेको डिएसपी बेदप्रसाद गौतमले बताए । पक्राउ परेको राई विरुद्ध जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ । उदयपुरमा यति ठूलो परिणाममा ब्राउन सुगर फेला परेको यो नै पहिला रहेको गौतमको भनाई छ ।...
डेड वर्षीया बालिका करणी गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ

डेड वर्षीया बालिका करणी गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ३० । मोरङको सुन्दरहरैचा नगरपालिका–७ की डेड वर्षीया नावालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । फाल्गुन २७ गते बेलुका साँढे ५ बजे तिर घरबाट नै हराएकी बालिका साँढे ६ बजे घर नजिकै झाडीमा अचेत अवस्थामा फेला परेकी थिईन् । अचेत अवस्थामा फेला परेकी बालिकालाई तत्काल उद्धार गरी उपचारको लागी नोबेल अस्पताल लगिएकोमा उपचारको क्रममा सोहि दिन राती साँढे १२ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गर्ने क्रममा बालिकालाई चौधरीद्धयले घरमा कोही नभएको मौका छोपी घरैबाट बोकेर झाडीमा लगेर करणी गरी अर्धचेत अवस्थामा छाडेर फरार भएको खुले संगै दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहे...
पशु सुत्केरी भत्ता वितरण

पशु सुत्केरी भत्ता वितरण

Breaking News 2, समाचार
काठमाडौं, फागुन ३० । कोहलपुर नगरपालिकाले सुरुआत गरेको पशु बीमा तथा सुत्केरी भत्ता वितरण कार्यक्रमले किसान लाभान्वित भएका छन् । पशु बीमा कार्यक्रमअन्तर्गत किसानले बेहोर्ने पशु बीमा प्रिमियमको ५० प्रतिशत अनुदान र पशु सुत्केरी भत्ता रकम वितरण सुरु गरिएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँले किसानलाई कृषि क्रान्ति गर्नका नगरपालिकाले लागि सहज र सरल किसानमैत्री वातावरण तयार गरिदिएको बताउनुभयो । सुत्केरी भत्ता तेस्रो चरणको र बीमा पहिलो र दोस्रो चरणको रकम भुक्तानी दिएको नगर पशु सेवा शाखाका प्रमुख गोेविन्द रोकायले बताउनुभयो । उहाँका अनुसार, बीमा पशु बीमा कार्यक्रममा १३६ कृषक लाभान्वित भएका छन् जसमा ३५५ पशु सङ्ख्यामध्ये गाई ८४, भैँसी १७२, बाख्रा ७९ रहेका छन् । किसानलाई रु दुई लाख ३४ हजार २७१ वितरण गरिएको छ । पशु सुत्केरी भत्ता ११७ कृषकलाई वितरण गरिएको छ । जम्मा १८३ मध्ये गाई ८...
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ३० सुनसरीको ईनरुवा नगरपालिका–४ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका–८ का २२ बर्षीय मिथुन कुमार यादव र १९ बर्षीय प्रमोद कुमार सरदार रहेका छन् । लागुऔषध ब्राउनसुगरको ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट प्रहरीले ९६ ग्राम लागुऔषध ब्राउनसुगर तथा लागुऔषध ओसार पसारमा प्रयोग गरिएको BR-38-S-0623 भारतीय नम्वरको मोटरसाईकल समेत बरामद गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ ।...
भाडा समायोजन नगरिए ८ गतेदेखि भाडा बढाउने चेतावनी

भाडा समायोजन नगरिए ८ गतेदेखि भाडा बढाउने चेतावनी

Breaking News 2, समाचार
काठमाडौं, फागुन २९ । यातायत व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोज भएको भाडा अहिले रु १३३ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो। बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक भाडा समाजोजन आजको आवश्यकता भएको उनीहरुको भनाइ थियो । आज पत्रकारसम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिकरुपले भाडादर समायोजन गर्नाका लागि सरकारसँग माग गर्नुभयो । उहाँले ७ गतसम्म भाडा समायोजन नभए बाध्य भएर व्यवसायी आफैँले समायोजन गर्ने चेतावनी पनि दिनुभए...
आमाको हत्या गरी शव पत्करले छोपेर राख्ने छोरा पक्राउ

आमाको हत्या गरी शव पत्करले छोपेर राख्ने छोरा पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २९ । आमाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई नियन्त्रमा लिएको छ । नुवाकोटको ककनी गाउँपालिका–१ नयाँबस्तीकी ६५ वर्षीया कान्छी बलामीको हत्या गरेको आरोपमा ३३ वर्षीय भिमबहादुर बलामी पक्राउलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भीमबहादुरले घनले टाउकोमा हानेर आफ्नै आमाको हत्या गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बलामीले आमाको हत्या गरी शव घरभित्र पत्करले छोपी राखेका थिए । प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई शनिबार पक्राउ गरेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।...
सुनसरीमा बढ्यो निर्वाचन गतिविधि

सुनसरीमा बढ्यो निर्वाचन गतिविधि

Breaking News 2, समाचार
इनरुवा, फागुन २९ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख राजनीतिक दलका नेताहरु निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् । स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ उनीहरु भेटघाट तथा कार्यक्रममा संलग्न हुने क्रम बढ्दै गएको छ । नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा एकीकृत समाजवादी, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टीलगायत दलले निर्वाचन लक्षित कार्यक्रमलाई तिव्र पारेका छन् । सरकारले स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० गतेलाई तय गरेको छ । कांगे्रसले सुनसरीको १२ स्थानीय तहको १२४ वटै वडामा टोल समिति गठन गर्नुका साथै पालिकास्तरीय, प्रदेशसभास्तरीय र सङ्घीय निर्वाचन क्षेत्रस्तरीय भेला सम्पन्न गरेको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । त्यसैगरी एमालेले जिल्लाको विभिन्न स्थानीय तहमा चुनाव लक्षित कार्यक्रमलाई अ...
१५  नं वडा बाँङगेमा आगलागी हुँदा राजेश राईको घर जलेर नष्ट

१५ नं वडा बाँङगेमा आगलागी हुँदा राजेश राईको घर जलेर नष्ट

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २९ त्रियुगा नगरपालिका १५ नं वडाबाङ्गेमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । चुल्होमा बालिएको आगो बाट आगलागी भएको स्थानीयले जनाएको छ । आगलागीमा २ झण्डै ३ लाख बराबरको क्षती पुगेको प्रहरीले जनाएको छ । शुक्रबार रातको करिब १० बजेतिर आगो लागि हँुदा अन्नपात तथा लत्ता कपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाए । आगलागि पिडित राईलाई जाल्पाले राहत सहयोग गरेको छ । दैनिकीका लागि खाद्यन्न, दाल, तरकारी चिनी, नुन लगायतको समाग्री सहयोग गरेको छ ।...
भीषण आगलागीमा १३ घर जलेर नष्ट

भीषण आगलागीमा १३ घर जलेर नष्ट

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २९ । भीषण आगलागीमा परी सप्तरीमा १३ घर जलेर नष्ट भएको छ । जिल्लाको अग्निसाइर कृष्णासावरण गाउँपालिका–४ देंगरीमा शनिबार मध्यरातमा आगलागी भएको हो । स्थानीय डम्बर यादवले आफ्नो घर अगाडि राखेको रुखको पातमा एकाएक आगलागी भएको प्रहरीले जनाएको छ । खाना खाएर सबै जना सुतिसकेको अवस्थामा गाउँमा भएको आगलागीबाट डम्बर यादव, श्यामकुमार यादव, दिनेशकुमार यादव, मनोजकुमार यादव, फुलदेव यादव, महेशकुमार यादव, बृजनारायण यादव, महेश यादव, भोला यादव, अमरेन्द्र यादव, धिरज यादवसहित १३ जनाको घर जलेका छन् । आगलागीले ९ वटा बाख्रा जलेको छ । प्रहरीका अनुसार दिनेश यादवको ४ वटा र फुलदेव यादवको ५ वटा बाख्राको जलेर मरेको छ । आगलागीले झण्डै २५ लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मध्यरातमा भएको आगलागी राजविजराजस्थित प्रहरी तालिम केन्द्र, हनुमाननगर कंकाल...