Saturday, August 8News That Matters

Month: ४ वर्ष अगाडि

९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

Breaking News 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, चैत ६ हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ । यो कूल लक्षित जनसङ्ख्याको ८१।२ प्रतिशत हो । साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ ९९१ प्रतिशत० जनाले पहिलो मात्रा खोप लगाइसेका छन् । १८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या २३ लाख ११ हजार ९९८ ९६७ प्रतिशत० रहेको छ । मन्त्रालयका अनुसार यही चैत ४ गतेसम्ममा सबै उमेर समूहमा कूल तीन करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप प्रदान गरिएको छ । जसमध्ये एक करोड ८६ लाख ९५ हजार ८२६ पहिलो मात्रा, एक करोड ८६ लाख ९८ हजार ५९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५२० मात्रा बु...
बैतडीमा ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

बैतडीमा ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत ६ बैतडीमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ट्र्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारू छन् । बालुवा बोकेर मौराबाट फर्किरहेको सुपप्र०१००२त ५५९८ नंको ट्र्याक्टर गए राति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारीदिनुभयो । उहाँका अनुसार ट्र्याक्टर सडकमै पल्टेर दुर्घटना हुँदा घाइते भएका थारूको जिल्ला अस्पतालमा राति मृत्यु भएको हो । घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)...
टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार किशोरीको मृत्यु

टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार किशोरीको मृत्यु

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत्र ५ वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत रत्न राजमार्ग खण्डमा टिपरसँग ठोक्किँदा मोटरसाइकलमा सवार एक किशोरीको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सेडा स्कुल नजिक रत्न राजमार्गमा पिपिराबाट धुलियाबिटतर्फ गइरहेको भे१ख ३३०२ नंको टिपर र सोही दिशाबाट आउँदै गरेको भे७प १७९९ नंको मोटरसाइल आज दिउँसो करिब १२ः०० बजेतिर टिपरको पछाडि ठोक्किएको थियो । मोटरसाइकल टिपरसँग ठोक्किँदा लेकबेँसी नगरपालिका–५ सुर्खेत नेटागाउँका १७ वर्षीया लक्ष्मी पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । किशोरीको घटनास्थलमै मृत्यु भएको हो । सो दुर्घटनामा घाइते मोटरसाइकल चालक लेकबेँसी नगरपालिका–८ सुर्खेतका २२ वर्षीय मिलन विक र त्यसमा सवार सोही नगरपालिका–५ नेटाकै १७ वर्षीया सन्दीपा पुलामीको कर्णाली प्रदेश अस्पताल सुर्...
हिजो मर्न हिडेका मान्छेहरु, आज बाँच्नका लागि यौन ब्यवसाय गरेर खानुपर्दैन : नेतृ खड्का

हिजो मर्न हिडेका मान्छेहरु, आज बाँच्नका लागि यौन ब्यवसाय गरेर खानुपर्दैन : नेतृ खड्का

Breaking News 1, राजनीति, समाचार
नेकपा माओवादी केन्द्र, त्रियुगा नगरकमिटिकी अध्यक्ष गिता खड्का कार्कीले प्रकाश सपुतले पीर नामक गीतबाट पूर्व माओवादी लडाकुहरुको आत्मसम्मानमा चोट पुर्याएको भन्दै माफी माग्न र केही दृष्य हटाउनु पर्ने बताएकी छिन् । उनले पूर्णपुष्टि प्रश्नमा कुरा गर्दै यस्तो बताएकी हुन् । उनले हिजो मर्न हिडेका मान्छेहरु, आज बाँच्नका लागि यौन ब्यवसाय गरेर नखाने दावी गरेकी छिन् । पुरा भिडियो प्रस्तुत छ : https://youtu.be/BJnDnMZROmI...
तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न सुरु

तनहुँ कारागारमा महिला कैदीबन्दी राख्न सुरु

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत ४ तनहुँ कारागारमा निर्माण गरिएको महिला बन्दीगृहमा महिला कैदीबन्दी राख्न थालिएको छ । कारागारमा महिला बन्दीगृह निर्माण सकिएपछि औपचारिक रुपमा महिला कैदीबन्दी राख्न थालिएको हो । महिला बन्दीगृहमा १२ महिला रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिनुभयो । कास्की कारागारबाट ११ महिला कैदीबन्दी तनहुँ ल्याइएको छ । तनहुँ ठेगाना भएका ती महिलालाई कास्कीबाट यहाँ स्थानान्तरण गरिएको अधिकारीले बताउनुभयो । “महिला बन्दीगृह नहुँदा तनहुँबाट कास्की पठाइएका उनीहरुलाई पुनः यहीँ पठाइएको छ”, उहाँले भन्नुभयो । त्यसमध्ये दुई थुनुवा र नौ कैदीबन्दी रहेको अधिकारीले जानकारी दिनुभयो । तनहुँ अदालतबाट पनि एक महिलालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । ती महिलालाई पनि महिला बन्दीगृहमै राखिएको अधिकारीले बताउनुभयो । तनहुँमा निर्माण गरिएको महिला बन्दीगृहमा २० जना राख्न मिल्ने क्षमता छ । महि...
पानीमा डुवी बालकको मृत्यु

पानीमा डुवी बालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र ४ इलामको माई नगरपालिका–१ स्थित तेह्र कुने सिमसार पोखरीमा डुवी वालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय तेज बहादुर राईको ११ बर्षीय छोरा बर्धन राई रहेका छन । हिजो दिउँसो साढे ११ बजे राई साथीहरुसंग पौडी खेल्ने क्रममा सिमसार पोखरीमा डुबी बेपत्ता भएका थिए । डुवी बेपत्ता भएका राईको पोखरीमा खोज तलास गर्ने क्रममा प्रहरी चौकी दानवारीबाट खटिएको प्रहरी टोलीले पानीमा डुबी मृत अवस्थामा फेला पारेको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको छ ।...
ङावोल र घ्यारु जोड्ने पुलको निर्माणको काम अलपत्र

ङावोल र घ्यारु जोड्ने पुलको निर्माणको काम अलपत्र

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत ४ हिमाली जिल्ला मनाङमा पुलको निर्माणकार्य नसकिँदै अलपत्र परेको छ । सदरमुकाम चामेबाट माथिल्लो मनाङतर्फ सडकसँगै थालिएका पुलको निर्माण नसकिँदै अलपत्र परेको हो । हुम्डे विमानस्थल नजिकैबाट ङावल जान मस्र्याङ्दी नदीमाथि ‘स्टिल गर्डर ब्रिज’ निर्माणका लागि ग्वाला–क्याराभान जेभी काठमाडौँले २०७५ मङ्सिर १५ मा सक्ने गरी पुल निर्माण सम्झौता गरेको थियो । म्याद सकिएको तीन वर्ष बितिसक्दा पनि पुलको निर्माण भने अझै सम्पन्न भएको छैन । यो पुल निर्माणाधीन अवस्थामा २०७६ असार २५ मा खसेको थियो । मनाङ ङिस्याङ गाउँपालिका–३ ङावलका वडाध्यक्ष कृष्ण लामाका अनुसार पुल निर्माण थालेको पाँच वर्ष कटिसकेको छ । डेढ वर्षमा सक्नुपर्ने पुलको काम अहिलेसम्म पनि सम्पन्न नभएको वडाध्यक्ष लामा बताउनुहुन्छ । गत असार पहिलो साता मस्र्याङ्दीमा आएको बाढीले छेउको जग बगाउँदा पुल कोल्टिँदा जोखिमपूर्ण रुपबाट स्थानीयले हिँ...
श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, चै४ झापाको बिर्तामोड नगरपालिका(५ स्थितमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न बिर्तामोड(५ का ४० बर्षीय श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राती राउतले घरायसी बिवाद हुँदा आफ्नै श्रीमती ३९ बर्षीय खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए । श्रीमानको कुटाईबाट घाईते भएकि खेमजुङको कन्काई अस्पताल बिर्तामोडमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनर स्थित नोवेल अस्पताल लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकि आफन्तले बिर्तामोड स्थित माईती घर ल्याएकोमा उनको बिहिवार राती साढे १० बजे मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।...
अत्यावश्यक परेकालाई तुरुन्तै राष्ट्रिय परिचयपत्र

अत्यावश्यक परेकालाई तुरुन्तै राष्ट्रिय परिचयपत्र

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत्र ४ जिल्ला प्रशासन कार्यालय नुवाकोटले अत्यावश्यक परेका नागरिकका लागि राष्ट्रिय परिचयपत्र तुरुन्तै दर्ता गर्ने भएको छ । हाल राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गर्न आउनेको पालो असार पहिलो साता पुगेको सन्दर्भमा अत्यावश्यक परेका व्यक्तिको हकमा तुरुन्तै नाम दर्ता गरिने सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार नियमित प्रक्रियाअन्तर्गत हाल नाम दर्ता गर्नेको पालो असार पहिलो साता आउने भए पनि अत्यावश्यक परेको हो भन्ने कागजात पेश गरेमा सोही दिन सेवा दिने निर्णय गरिएको छ । “राष्ट्रिय परिचयपत्र बनाउन पालो प्रणालीअनुसार सेवा प्रदान गरिँदै आएकामा दर्ता स्टेशन एकबाट बढाई दुई बनाइएकाले पालो प्रणालीको टोकन लिएर तोकिएको मितिको पर्खाइमा रहेका तर, अति जरुरी परेका सेवाग्राहीको लागि यही चैत ६ गतेदेखि आएको दिनमा नै सेवा उपलब्ध गराइने छ”, प्रशासनले जारी...
टिनको छाप्रोमा पढाइ

टिनको छाप्रोमा पढाइ

Breaking News 3, शिक्षा, समाचार
काठमाण्डौँ, चैत ३ वरिपरी टिनले बेरिएको छ । त्यही टिनले बेरिएको छाप्रोभित्र शिक्षकले विद्यार्थीलाई पढाइरहेका छन् । छाप्रोभित्र चैतको पारिलो घाम छिरेको छ । शिक्षिकाले सलले निधारमा परेको घाम छेक्दै ‘ह्वाईट बोर्ड’मा लेखिरहेकी हुन्छिन् । विद्यार्थीहरु एक हातले कपीले निधारमा परेको घाम छोपिरहेका हुन्छन्, भने एक हातले शिक्षिकाले भनेको कुरा कापीमा टिपिरहेका हुन्छन् । यही चित्र देखिन्छ्, सुगम जिल्लाको विकट क्षेत्रमा रहेको अम्बासको एक विद्यालय । तुलसीपुर उपमहानगरपालिका– ३ अम्बासमा पर्ने त्यो विद्यालयका ३ वटा कक्षाका विद्यार्थीले टिनको छाप्रोमा पढिरहेका हुन्छन्, भने एउटा कक्षाका विद्यार्थी बाहिरै पढिरहेका हुन्छन् । विद्यालयमा प्रर्याप्त भवन नहुँदा यही कात्तिकदेखि यसरी बाहिरै पढाइ भइरहेको छ । हिउदमा बाहिर पढ्दा पनि त्यति समस्या भएन्, तर अब गर्मीयाम सुरु भएकाले निकै समस्या हुने गरेको शिक्षिका कमल...