Saturday, August 8News That Matters

Month: ४ वर्ष अगाडि

आजबाट म्यादी प्रहरीको दरखास्त दिन सुरु

आजबाट म्यादी प्रहरीको दरखास्त दिन सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत ६ । बैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनका लागि खुलाएको म्यादी प्रहरीमा आजदेखि आवेदन दिन सुरु भएको छ । ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आवेदन दिन सुरु भएको हो । म्यादी प्रहरीमा भर्ना हुनको लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले चैत ११ गतेसम्म आवेदन दिन पाउने छ । भर्ना हुन अन्य स्वास्थ्य मापदण्ड प्रहरी जवान सरह हुनुपर्ने सूचनामा उल्लेख छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ । चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ । भर्ना हुनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) बाट उपदान÷निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश÷...
इनारमा डुबेर वृद्धाको मृत्यु

इनारमा डुबेर वृद्धाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत ६ इनारमा डुबेर एक वृद्धाको मृत्यु भएको छ । माडी नगरपालिका–७ किर्तनपुर प्रगतिटोल निवासी ७४ वर्षीया सुकमायाँ रानाभाटको इनारमा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान घरबाट निस्कनुभएकी रानाभाट अबेरसम्म घर नपुगेपछि उहाँको खोजी भएको थियो । घर नजिकैको इनारबाहिर चप्पल तथा लौरो भेटिएको र वृद्धा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । वृद्धाको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
ट्युनिसियाको समुद्री किनारमा कम्तीमा २० अवैध आप्रबासीको शव प्राप्त

ट्युनिसियाको समुद्री किनारमा कम्तीमा २० अवैध आप्रबासीको शव प्राप्त

Breaking News 3, समाचार, संसार
काठमाडौँ, चैत ६ । ट्युनिसिया उत्तरी समुद्री किनारा नबेयलमा अवैध आप्रबासीहरुको शव प्राप्त भएको छ । शनिबार पनि थप आठ शव भेटिएको बताइएको छ । यो समेत गरी यस क्षेत्रमा कम्तीमा पनि २० ओटा शब भेटिएको यहाँको एक रेडियो स्टेशनले जनाएको छ । यहाँको रेडियो सेम एफएमले शनिबार दिएको समाचारअनुसार यसअघि गत शुक्रबार ट्युनिसियाको सो समुद्री किनारामा १२ ओटा शव भेटिएको थियो र शनिबार थप ७ जनाको शव भेटिएको हो ।ट्युनिसियाको सो समुद्री किनारा युरोप जाने आप्रबासीहरुले प्रयोग गर्ने गरेको एक मुख्य नाका पनि हो । उनीहरु अवैध रुपमा युरोप प्रवेश गर्ने क्रममा सो क्षेत्रमा पुगेका र दुर्घटनामा परेका अनुमान गरिएको ट्युनिसियाली प्रहरीले जानकारी दिएको छ । रासस...
पाकिस्तानको सियालकोट क्यान्ट क्षेत्रमा ठूलो विस्फोट

पाकिस्तानको सियालकोट क्यान्ट क्षेत्रमा ठूलो विस्फोट

Breaking News 3, समाचार, संसार
काठमाडौँ, चैत ६ । उत्तरी पाकिस्तानी शहर सियालकोटमा निकै ठूलो विस्फोटको आवाज सुनिएको स्थानीय समाचार माध्यमले आइतबार जनाएका छन् । पञ्जाब प्रान्तको क्यान्टोन्मेन्ट क्षेत्र नजिकै विस्फोटको आवाज सुनिएको हो। ूउत्तरी पाकिस्तानको सियालकोट सैन्य आधारमा थुप्रै विस्फोटका आवाज सुनिएका छन्। यो गोला बारूद भण्डारण क्षेत्र हो। त्यहाँ ठूलो आगो बलिरहेको छ। विस्फोटको कारण अझै पत्ता लागेको छैन,ू मिलाप दैनिकका सम्पादक ऋषि सुरीले ट्वीटरमा उल्लेख गरेका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस...
पानीमा डुबी २ जनाको मत्यु

पानीमा डुबी २ जनाको मत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत ६ । सुनसरीमा पानीमा डुबेर दुईजनाको ज्यान गएको छ । पानीमा डुबेर एक वृद्ध र एक जना बालकको ज्यान गएको हो । जिल्लाको ईटहरी उपमहानगरपालिका–५ शान्ति टोलका ६८ वर्षीय नेत्र भण्डारी र बर्जु–१ का १३ वर्षीय निशान रिषीदेको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । वृद्धलाई हिजो बिहान पौने ८ बजे स्थानीयले सुकुमारी खोलाको डुबिरहेको अवस्थामा देखी ईलाका प्रहरी कार्यालय ईटहरीमा खबर गरेसँगै प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको छ । त्यस्तै, बालकको बर्जु गाँउपालिका– ६ स्थित थलाह खोलामा डुबी मृत्यु भएको थियो । हिजो दिउसो साढे १ बजे खोलामा नुहाउने क्रममा स्थानीयले डुबिरहेको देखी मृत्यु भएको खबर प्राप्त हुँनासाथ ईलाका प्रहरी कार्यालय छिटाहाबाट प्रहरी टोली खटिगएकोमा कानुनी प्रकृया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।...
महिला तथा दलितका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

महिला तथा दलितका लागि निःशुल्क लोकसेवा तयारी कक्षा

Breaking News 3, समाचार
काठमाडौँ, चैत ६ । बागलुङ नगरपालिकाले दलित र महिलालका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । लोक सेवामा महिला तथा दलितको समान सहभागिता गराउनका लागि नगरपालिकाले यहाँका ५२ महिला तथा दलितलाई तीन महिने लोकसेवामा तयारी कक्षा सञ्चालन गरेको हो । नगरपालिकाले लक्षित वर्गलाई लोकसेवामा सम्भावना देखाउनका लागि यो आर्थिक वर्षमा विनियोजन गरेको रु चार लाख २० हजारबाट लोक सेवाको तयारी कक्षा सञ्चालन गर्न थालिएको छ । नगरपालिकाको सहयोगमा लक्षित बर्ग मध्येका महिला र दलितलाई लोकसेवाको ट्युसन पढाउन थालिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “सामाजिक उत्तरदायित्व बहन गर्नका लागि लोक सेवा तयारी कक्षा सुरु गरेको छ, यसका लागि लाग्ने खर्चको व्यवस्थापन नगरपालिकाले गर्नेछ”, उहाँले भन्नुभयो, “नगरपालिकाले तयारी कक्षा सञ्चालन खर्च दलितका लागि ८० प्रतिशत र महिलाका लागि ५...
आदिवासी जनजाति महासङ्घ सप्तरीमा प्रधान

आदिवासी जनजाति महासङ्घ सप्तरीमा प्रधान

Breaking News 2, समाचार
कामाडौँ, चैत ६ । आदिवासी जनजाति महासङ्घ सप्तरीको जिल्ला अधिबेशनले अरुणकुमार प्रधानलाई अध्यक्षमा चयन गरेको छ । शम्भुनाथ नगरपालिकास्थित आदिवासी जनजाति भवन कठौनामा आयोजित चौथो जिल्ला अधिवेशनले प्रधानको अध्यक्षतामा २१ सदस्यीय समिति निर्माण गरेको हो । नवनिर्वाचित समितिका उपाध्यक्षमा उपेशकुमार सिंह, इन्द्रनारायण मण्डल र शर्मिला चौधरी, सचिवमा अरबिन्दकुमार चौधरी, सहसचिवहरूमा रवीना तामाङ, उद्धवकुमार भुजेल र रञ्जना खपाङ्गी मगर तथा कोषाध्यक्षमा सूर्यमान तामाङ चयन हुनुभएको छ । यसैगरी सदस्यहरूमा उज्वल चौधरी, दीपेन्द्रकुमार चौधरी, मनमाया थोकर, कुशवाहाकान्त मण्डल, गोपालप्रसाद चौधरी र देवी जोशी रहनुभएको छ । जिल्ला समितिमा बाँकी छ सदस्य मनोनित गरिने निर्णय भएको निर्वाचन समिति सदस्य एवं महासङ्घका पूर्वअध्यक्ष यमबहादुर खपाङ्गी मगरले जानकारी दिनुभयो । यसअघि शनिबार मधेस प्रदेश सरकारका सामाजिक विकासमन...
९० घरमा ‘एक घर एक धारा’

९० घरमा ‘एक घर एक धारा’

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत ६ खानेपानीको समस्या भएको गुल्मीको धुर्कोट र इस्मा गाउँपालिका क्षेत्रमा ‘एक घर एक धारा’ निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको धुर्कोट–४ जैसिथोक गोपेमा ४० तथा इस्मा–२ पालुखामा ५० गरी कूल ९० घरमा खानेपानीको धारा जडान भइसकेका छन् । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले शनिबार ‘एक घर एक धारा’ कार्यक्रमको उद्घाटन गर्नुभयो । अव्यवस्थित सामुदायिक खानेपानीको धारा रहेको उक्त क्षेत्रमा मुस्किलले दिनमा दुई घण्टा मात्रै पानी आउनेमा अहिले घरमै मिटर सहितको धारा जडान भएको उहाँले बताउनुभयो । अव्यवस्थित रुपमा रहेको खानेपानीलाई व्यवस्थित गरी घरघरमा धारा जडान गर्दा यस क्षेत्रका स्थानीयवासी खुशीले दङ्ग परेका छन् । गोपेकी कुन्ता खत्रीलाई पहिले एक गाग्रो पानी लिन एक घण्टा लाग्थ्यो । उहाँ जुकेपानी, पानीकुन्टा वा खजुरेमा गएर पानी ल्याउनुहुन्थ्यो । तर अहिले घरमै धारा आएसँगै...
ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १ घाईते

ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १ घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ६ । संखुवासभाको चैनपुर–११ गहते स्थित कोशी राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, भने एक जना घाईते भएका छन् । ट्याक्टर मालिक चैनपुर–३ पोखरीका हेमन्त राईको मृत्यु भएको हो । सोही स्थानका २४ वर्षीय चालक बिनाहाँङ लिम्बु भने घाईते भएका हुन् । शनिबार दिउसो १२ बजे चैनपुरबाट खाँदबारी तर्फ आउदै गरेको को २ त ४२९४ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि ७ मिटर तल झरेको थियो । दुर्घटनामा चालक लिम्बु र मालिक राई घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी अस्पताल पठाईएकोमा राईको साढे १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
पोखरीमा डुबेर दुई युवकको मृत्यु

पोखरीमा डुबेर दुई युवकको मृत्यु

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत ६ महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा एक युवकको डुवेर मृत्यु भएको छ । मृत्युहुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर छन् । सो पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ । स्थानीयवासीले पानीमा डुबेका ती युवालाई जिवितै उद्धार गरे थिए । उचारका लागी अस्पताल लैजादै गर्दा ठाकुरको मृत्यु भएको जनाइएको छ । यसैबीच महोत्तरी गाउँपालिका–५ गौरीगामा गाउँमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । होली खेलेर शनिवार साँझ गाउँमै रहेको पोखरीमा नुहाउन गएका युवक राकेश पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयवासीले उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थियो । गए राति उपचारका क्रममा मृत्यु भएको...