Sunday, August 9News That Matters

Month: ४ वर्ष अगाडि

जाजरकोट–जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन

जाजरकोट–जुम्ला सडक स्तरोन्नति गर्न ५० करोड विनियोजन

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत ७ जाजरकोट–जुम्ला जोड्ने सडकखण्डको स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । सडकखण्डको पाँचकाटियादेखि व्याउली ढुङ््गासम्म सडक स्तरोन्नति गर्न रु ५० करोड विनियोजन गरिएको छ । बहुवर्षे ठेक्कामार्फत सडक स्तरोन्नति गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सिडिई शुभराज न्यौपानेले जानकारी दिनुभयो । बहुवर्षे ठेक्कामार्फत जाजरकोटबाट जुम्लासम्म सडक जोड्नका लागि स्रोतको सुनिश्चिता गर्दै काम गर्न राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखालाई पत्र पठाएको छ । तत्काल ठेक्का खोजी काम गर्न भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले सडक विभागलाई पत्राचार गरेको छ । चार वर्षदेखि सो सडकखण्ड कटान जारी छ । केही दिनमा बोलपत्र आह्वान गरी काम...
मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाईते

मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाईते

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत ७ झापाको कमल गाँउपालिका–७ स्थित भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–७ का २३ बर्षीय पाण्डव चौलागाई रहेका छन । हिजो दिउँसो पौने १२ बजे BR 38 T 5974 नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल पछाडि सवार चौलागाई गम्भिर घाईते भएका थिए ।घाईतेलाई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाईकल चालक खडका सामान्य घाईते भएकोमा दमक रिसर्च सेन्टर दमकमा उपचार पश्चात इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
यौन दुर्वयवहारका आरोपि समात्न गएको प्रहरीको टोलि माथि आक्रमण हुदाँ एक प्रहरी जवानको मृत्यु, मोरङको लेटाङमा निषेधाज्ञा

यौन दुर्वयवहारका आरोपि समात्न गएको प्रहरीको टोलि माथि आक्रमण हुदाँ एक प्रहरी जवानको मृत्यु, मोरङको लेटाङमा निषेधाज्ञा

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत ७ जिल्ला प्रशासन कार्यालय मोरङले तनावग्रस्त बनेको लेटाङमा निषेधाज्ञा जारी गरेको छ । अर्को सूचना जारी नभएसम्म आज बिहान ७ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार लेटाङ नगरपालिकाको वडा नम्बर ३ र ४ को गङ्गेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा वडा नम्बर ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङ्गे खोला क्षेत्र तथा पश्चिममा चिसाङ खोला क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । लेटाङ–५ स्थित खरुवामा आइतबार साँझ भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएपछि सो क्षेत्रमा तनाब उत्पन्न भएको छ । लेटाङ नगरपालिका–५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले विद्यालयमा अध्ययनरत छात्रालाई दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडले आक्रमण गरेको थियो । आक्रमणबाट ...
ट्रक दुर्घटनाहुँदा महिलाको मृत्यु, पाँच जना घाइते

ट्रक दुर्घटनाहुँदा महिलाको मृत्यु, पाँच जना घाइते

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत ७ बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । मृत्यु हुनेमा सुर्नया गाउँपालिका–३ की २५ वर्षीया दुर्गा चन्द रहेकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । गए राति दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ मा से१ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटना भएको थियो । दुर्घटनामा सख्त घाइते चन्दको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा सुर्नया गाउँपालिका–३ की ३५ वर्षीया माधवी चन्द, ३५ वर्षीया वसन्ती भट्ट, ३३ वर्षीया कलावती भट्ट, २८ वर्षीया विमला चन्द र २३ वर्षीया पार्वती विष्ट घाइते भएका छन् । माधवी, वसन्ती र कलावतीको डडेल्धुरा अस्पतालमा तथा विमला र पार्वतीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पाटनबाट घर पोत्ने रातो माटो लिएर फर्किरहेको मिनी ट्रक सडकको नालीमा पल्टि...
राष्ट्रिय महिला बिच भलिबल पाल्पाको रानीमहलमा

राष्ट्रिय महिला बिच भलिबल पाल्पाको रानीमहलमा

Breaking News 2, खेलकुद, समाचार
काठमाण्डौँ, चैत ७ पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हँुदैछ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो । सञ्जय स्मृति मेमोरियल फाउन्डेसन आयोजक रहेको उक्त प्रतियोगितामा सात प्रदेशबाट एक–एक, तीन विभागीय र स्थानीयसहित दुई आमन्त्रित टोलीबीच प्रतिस्पर्धा हुनेछ । भलिबल प्रतियोगिताको सद्भावनादूतमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही र कलाकार धीरेन शाक्यलाई मनोनीत गरिएको छ । दुवै जना पाल्पा निवासी हुनुहुन्छ । प्रतियोगिता आयोजनासँगै रानीमहललाई मुलुककै बिच भलिबलको ‘हव’का रुपमा विकास र विस्तार गर्ने सोच अघि सारिएको छ । भलिबल समुद्र, नदी तथा खोला किनारमा बालुवामा खेलिने खेल हो । नेपालमा रहेका ६ हजारभन्दा बढी नदी र खोला किनारलाई...
रेडपाण्डाको छालासहित चार पक्राउ

रेडपाण्डाको छालासहित चार पक्राउ

Breaking News 1
काठमाण्डौँ, चैत्र ७ प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अञ्जना होटलबाट आइतबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक बोहरा र वडा नं ११ का रामकृष्ण शाही तथा ठूलोभेरी नगरपालिका–१ का सुकराम विक रहेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । होटलमा प्लाष्टिकको बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरीले दुई थान रेडपाण्डाको छालासमेत बरामद गरेको छ । पक्राउ परेका चारैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ ९१० बमोजिमको रु पाँच लाखदेखि रु १० लाखसम्म जरिवाना तथा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने न्यौपानेले बताउनुभयो । यसैबीच प्रहरीले लागुऔषध चरेश तीन किलोसहित दुई जनालाई पक्...
रासस आलेखः ‘नयाँ पुस्ताले जातीय विभेदको पीडा भोग्न नपरोस्’

रासस आलेखः ‘नयाँ पुस्ताले जातीय विभेदको पीडा भोग्न नपरोस्’

Breaking News 1, बिचार
काठमाडौँ, चैत्र ७ सञ्चारकर्मी रूपा सुनारले दलित भएकै कारण कोठा भाडामा नपाएको घटना ताजै छ । अहिले पनि दलित समुदायले पानी छोएको, अन्तरजातीय विवाह गरेको तथा बोक्सीका आरोपमा कुटपीटमा हत्याजस्ता विभेदको सामना गर्नुपरेको छ । समाजमा ठूलो र सानो जात भनेर गर्ने विभेदको उन्मूलन हुन सकेको छैन । अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ९मार्च २१, यस वर्ष चैत ७० मनाउन प्रारम्भ गरिएको ५६ वर्ष पूरा भए पनि नेपालमा अझै जातीय भेदभाव छँदै छ । नेपालमा कानून र नीतिगतरुपमै व्यवस्था भएर न्यूनीकरण गर्ने प्रयास भने भइरहेको छ । यस क्षेत्रमा पहिलाको तुलनामा धेरै सुधार भएको सम्बन्धित क्षेत्रका जानकार बताउँछन् । जातीय विभेद न्यूनीकरण हुँदै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मालाई पहिलाका तुलनामा जातीय विभेदका घटना न्यूनीकरण हुँदै गएको अनुभव छ । “जातीय विभेदमा न्यूनीकरण भएको छ”, अध्यक्ष विश्वकर्माले ...
बेँसीसहर–चामे सडक खण्ड थप १० दिन बन्द

बेँसीसहर–चामे सडक खण्ड थप १० दिन बन्द

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत ६ लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसीसहर–चामे सडक खण्ड पुनः १० दिन बन्द भएको छ । सडक खण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ । कलभर्टको ढलान पूर्णरुपमा सेट भई नसकेका कारण आजदेखि पुनः सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले एक सूचना जारी गर्दै भनेको छ । “मनाङ जिल्ला प्रवेश गर्ने सडक मार्ग डुम्रे–बेँसीसहर– चामे खण्डको तिमाङ छहरामा दुईवटा ठाउँमा कलभर्ट पुलको स्लाब ढलान कार्य सम्पन्न भएको र प्राविधिक हिसाबले सेट हुन कम्तीमा १५ दिन लाग्ने भएकाले सो अवधिका लागि सडक बन्द गरिदिन अनुरोध गरिएको डुम्रे–बेँसीसहर– चामे सडक योजना कार्यालयले जनाएको छ । “सडक निर्माणका लागि गत फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको थियो । जिल्लाको नासोँ गाउँपालिका–९ स्थ...
सप्तकोशीमा डुबेर बेपत्ता भएका युवक मृत फेला

सप्तकोशीमा डुबेर बेपत्ता भएका युवक मृत फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ६ सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बराहक्षेत्र नगरपालिका–६ का १८ बर्षीय प्रेम कुमार पाण्डे मृत फेला परेका छन् । चैत ४ गते दिउँसो साँढे ३ बजे नदीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खोजतलासको लागी प्रहरीको टोली खटिएको थियो । प्रहरी टोली तथा स्थानीयवासीहरु समेतको सहयोगमा खोजतलास गर्ने क्रममा आज दिउँसो साँढे २ बजे डुबेर बेपत्ता भएको स्थान भन्दा करिव ६ किलोमिटर दक्षिणमा मृत अवस्थामा शव फेला पारेको हो । मृतकको शव परिक्षणको लागी अस्पताल पठाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।...
निःशुल्क स्वास्थ्य शिविर संचालन

निःशुल्क स्वास्थ्य शिविर संचालन

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन ६ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले मुख तथा दाँत सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । विश्व मुख स्वास्थ्य दिवशको अवसरमा नेपाल डेन्टल एशोसियशन मोरङ शाखाको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । आज बिहान ११ बजे देखी १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा संचालित एक दिने स्वास्थ्य शिविरमा ११६ जना प्रहरी कर्मचारीहरु लाभान्वित भएका छन् । शिविरमा उपस्थित प्रहरी कर्मचारीहरुलाई मुख तथा दातलाई कसरी स्वस्थ्य राख्ने भन्ने सम्बन्धमा डा.मिरा आचार्यले जानकारी गराउनु भएको थियो ।...