Sunday, August 9News That Matters

Month: ४ वर्ष अगाडि

सवारी दुर्घटनामा नक्कली चालक खडा गरेको अभियोगमा डीएसपी दाहाल र दुई इन्स्पेक्टर कारबाहीमा

सवारी दुर्घटनामा नक्कली चालक खडा गरेको अभियोगमा डीएसपी दाहाल र दुई इन्स्पेक्टर कारबाहीमा

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ७ । सवारी दुर्घटना हुँदा नक्कली चालक खडा गरेको अभियोगमा इलाका प्रहरी कार्यालय, काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनील दाहालसहित तीन प्रहरी अधिकृत कारबाहीमा परेका छन् । आर्थिक प्रलोभनमा नक्कली चालक खडा गरेको पाइएपछि दाहालसहित काँकडभिट्टाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारी र जीवन मैनाली कारबाहीमा परेका हुन् । १ नं. प्रहरी कार्यालय, विराटनगरका प्रमुख अरुणकुमार बिसीले तीन जनालाई रेकर्डमा जाने गरी नसिहत दिइएको बताउनुभयो । घटनाबारे उजुरी परेपछि छानविन गरेर त्यसक्रममा कैफियत देखिएपछि कारबाही गरिएको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बिसीले जानकारी दिनुभयो । स्रोतका अनुसार ९ वैशाख २०७८ मा झापाको मेचीनगर नगरपालिका–८, मेचे टोलमा मे ५ प ९६६१ नम्बरको मोटरसाइकलले पैदलयात्री ६० वर्षीय वाङ्ठु भन्ने झुलु मेचेलाई ठक्कर दिएको थियो ।...
उदयपुरको सरस्वती खोलामा पुलको शिलन्यास, स्थानीयमा खुसीयाली

उदयपुरको सरस्वती खोलामा पुलको शिलन्यास, स्थानीयमा खुसीयाली

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत ७ । उदयपुरको त्रियुगा नगरपालिका–८ उत्तराइटोल स्थित सरस्वती खोलामा आइतबार पुलको शिलन्यास गरिएकोे छ । स्थानीहरुले सरस्वती खोलामा पुल नहुदा विगत लामो समयदेखी खेप्दैँ आएको सास्तीलाई समाधान गर्नका निम्ति पुलको शिलन्या गरिएको हो । तत्काल १ करोड बजेट रहेको पुलको शिलन्यास नगरपालिकाका मेयर बलदेव चौधरी र उप मेयर देवि कुमारी चौधरीले गर्नुभएको छ । मेयर चौधरीले अगामी वर्षनै पुल बन्ने पक्का भएपनि कोरोनाको कारणले काम गर्न नसक्दा पुल निमार्णमा ढिलाई भएको उहाँले बताउनुभयो । प्रदेश सरकारबाट ७० लाख र बाँकी त्रियुगा नगरपालिकाले बेर्होने गरी पुल निमार्ण हुने मेयर चौधरीले बताउनुभयो । उहाँले उत्तराईटोल देउरी र जलजले जोड्ने त्रियुगा नदीमा पनि मोटरेवल पुलको लागी प्रस्ताव अगाडी बढाईसकेको बताउनुभयो । यस्तै, उपमेयर चौधरीले ढिलै भएपनि यहाँको स्थानीयसंग गरेको बाचा अब पुराहुने विश्वास दिलाउनुभयो । य...
चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटनाः मृतकको संख्या अज्ञात

चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटनाः मृतकको संख्या अज्ञात

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, चैत ७ एक सय तेत्तीस यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले सोमबार उल्लेख गरेको छ। बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको छ। अहिले उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् । घटनाको विस्तृत विवरण आउँन भने बाँकी छ । (रासस)...
स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छः प्रधानमन्त्री

स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्छः प्रधानमन्त्री

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत ७ प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ । सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो, “सङ्घीयताको जग स्थानीय तह भएकाले जनताको आकाङ्क्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ ।” प्रधानमन्त्री देउवाले उद्योग, पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रशस्त सम्भावना बोकेको यो नगरपालिकाले यहाँको समृद्धिका लागि महत्वपूर्ण काम गरोस् भनी शुभकामना व्यक्त गर्दै व्यवस्थित सहरीकरण आजको आवश्यकता हो, यसतर्फ सबैको ध्यान जानुपर्दछ भन्नुभयो । उहाँले निर्माण हुन लागेको भौतिक संरचनालाई पूर्णता दिन सङ्घीय सरकारले थप बजेट व्यवस्थापन गर्ने बताउँदै यहाँको पर्यटकीय स्थलको समुचित विकास गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित व...
म्यादी प्रहरीमा युवाको आकर्षण बढ्दो

म्यादी प्रहरीमा युवाको आकर्षण बढ्दो

Breaking News 3, समाचार
काठमाडौँ, चैत ७ । आगामी स्थानीय तहको निर्वाचनका लागिम्यादी प्रहरीको आवेदन खुला गरिएपछि सप्तरीको राजविराजस्थित रङ्गशालामा आवेदन फाराम भर्न आएका युवाको भीड । तस्वीर : रासस
महङ्गो भयो निर्वाचन : पैसा नभए उम्मेदवारै बन्न गाह्रो

महङ्गो भयो निर्वाचन : पैसा नभए उम्मेदवारै बन्न गाह्रो

Breaking News 2, राजनीति, समाचार
काठमाडौँ, चैत ७ । निर्वाचन कसरी जितिन्छ रु पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले रु यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् । तर बहस सिद्धान्त वा एजेण्डामुखी छैन बरु पैसामुखी छ । आम मतदातामा सुरु भएको यो बहसलाई देशका आमसञ्चारले पनि सतहमा ल्याइदिएका छन् । तिनै सञ्चारका सामग्रीमाथि तर्कवितर्क गरिरहेका छन्, आममतदाता । अनि सबैको एउटै मत छ, बहस निर्वाचनमा पैसाको नभई उम्मेदवार, उसका विगतका काम तथा त्यो उम्मेदवार संलग्न राजनीतिक पार्टीका सिद्धान्त र एजेन्डमा हुनुपर्छ । यो त बहसको विषय र मिडियाको समग्रीको कुरा न भयो त । तर आर्थिक स्रोत नहुनेले निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था भने छैन । त्यसैले यतिखेर लाग्दैछ, सम्भावित उम्मेदवारहरु निर्वाचनमा रकम खर्च सक्न...
महङ्गो भयो निर्वाचन ः पैसा नभए उम्मेदवारै बन्न गाह्रो

महङ्गो भयो निर्वाचन ः पैसा नभए उम्मेदवारै बन्न गाह्रो

Breaking News 2, राजनीति, समाचार
काठमाण्डौँ, चैत ७ निर्वाचन कसरी जितिन्छ र ? पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले र ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो । आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन् । तर बहस सिद्धान्त वा एजेण्डामुखी छैन बरु पैसामुखी छ । आम मतदातामा सुरु भएको यो बहसलाई देशका आमसञ्चारले पनि सतहमा ल्याइदिएका छन् । तिनै सञ्चारका सामग्रीमाथि तर्कवितर्क गरिरहेका छन्, आममतदाता । अनि सबैको एउटै मत छ, बहस निर्वाचनमा पैसाको नभई उम्मेदवार, उसका विगतका काम तथा त्यो उम्मेदवार संलग्न राजनीतिक पार्टीका सिद्धान्त र एजेन्डमा हुनुपर्छ । यो त बहसको विषय र मिडियाको समग्रीको कुरा न भयो त । तर आर्थिक स्रोत नहुनेले निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था भने छैन । त्यसैले यतिखेर लाग्दैछ, सम्भावित उम्मेदवारहरु निर्वाचनमा रकम खर्च सक...
बुटवल–नारायणगढ सडक विस्तार सुस्त, सरोकार पक्ष सास्ती खेप्दै

बुटवल–नारायणगढ सडक विस्तार सुस्त, सरोकार पक्ष सास्ती खेप्दै

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत ७ पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीबाट सडक विस्तारको शिलान्यास गर्नुभएको थियो । सडक विस्तारको काम सम्झौता भएको मितिले ४२ महिनाभित्र सम्पन्न गर्नेगरी सम्झौता गरिएको सो सडक पुनःनिर्माणको प्रगति भने निराशाजनक छ । बुटवल–नारायणगढ खण्डको ११४ किलोमिटर सडक सहरी क्षेत्रमा ६ लेन तथा जङ्गल एवं ग्रामीण क्षेत्रमा चार लेन र दाउन्ने खण्डमा भौगोलिक कठिनाइका कारण तीन लेनमा विस्तार हुनेछ । एक सय १४ किमीमध्ये २८ किमीमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेन पनि सँगै हुनेछ । सडक विस्तारको ९० प्रतिशतभन्दा बढी काम सक्नुपर्ने समयमा बल्ल करीब १० प्रतिशत काम सकिएको छ । तीन जिल्लामा पर्ने नारायणगढ–बुटवल खण्डलाई गैँडाकोट–दाउन्ने र दाउन्ने–बुटव...
छात्रालाई दुव्र्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ

छात्रालाई दुव्र्यवहार गरेको अभियोगमा शिक्षक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ७ । एक १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा चितवनको माडीका एक शिक्षकलाई प्रहरीले नियन्त्रमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार सोमेश्वर उच्च माविमा कक्षा ९ अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका–५ बस्ने ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई नियन्त्रमा लिएको हो । घटना भएको चार दिनपछि चैत ३ गते छात्राकी आमाले इलाका प्रहरी कार्यालय माडीमा आशय करणी अन्तर्गत किटानी जाहेरी दिएकी थिइन् । सोही जाहेरीपछि प्रहरीले लामिछानेलाई पक्रेको हो । फागुन २९ गतेको यो घटना विद्यालयभर फैलिएपछि आक्रोशित विद्यार्थीहरूले शिक्षक लामिछानेलाई विद्यालयमा नै मोसो दलेका थिए । विद्यार्थी आक्रोशित बनेपछि विद्यालय व्यवस्थापन समितिले बैठक डाकेर घटना मिलाउन सर्वदलीय संयन्त्र बनाएको थियो । माडी नगरपालिका वडा नम्बर १ का अध्यक्ष कृष्ण पौडेल सहितले...
युट्बमार्फत चरित्र हत्या गरेको अभियोगमा वाइबा पक्राउ

युट्बमार्फत चरित्र हत्या गरेको अभियोगमा वाइबा पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ७ । युट्ब च्यानमार्फत पीडितको मानमर्यादा र चरित्र हत्यता गरेको अभियोगमा एक महिला पक्राउ गरेको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका–३ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–१० कि ३० वर्षकी शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको हो । सेलेब नेपाल र एवान मिडिया च्यानलमार्फत भ्रामक र अनर्गल वक्तव्यबाजी गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले बाइबालाई नियन्त्रमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय खैरहनीको सहयोगमा ४ चैतमा चितवनबाट पक्राउ गरेको साइबर ब्यूरोले जनाएको छ । उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुमति पनि लिइसकेको छ ।...