११० बर्षकी बृद्धालाई सम्मान गर्दै ताप्लीमा आदिवासी जनजातिको प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न
पूर्णपुष्टि, चैत्र ८
नेपाल आदिवासी जनजाति माहासंघ ताप्ली गाउँपालिकाको आयोजनामा संञ्चालित आदिवासी जनजातिहरुलाई प्रशिक्षण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पालिकाको ५ ओटै वडाहरुमा चैत्र १ देखि सुरु भएको कार्यक्रम सोमवार सम्पन्न भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा आदिवासी जनजातिहरुलाई आफ्नो हक अधिकार र स्वतन्त्रताको बारेमा सचेत गराउन प्रशिक्षणको आयोजना गरिएको नेपाल आदिवासी जनजाति माहासंघ ताप्ली गाउँपालिकाको अध्यक्ष फडिन्द्रि राईले जानकारी गराए । प्रशिक्षण सँगै ताप्ली गाउँपालिकाको ५ ओटै वडाहरुमा रहेका २९ जना जेष्ठ नागरिकहरुलाई समेत सम्मान गरिएको छ ।
उक्त सम्मान कार्यक्रममा पालिकाको ४ नं वडा ठानागाउँमा रहेकी ११० बर्षिया जेष्ठ नागरिक थुप्रिमाया सुनुवार सहित २९ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको अध्यक्ष राईले जनाए । आफ्नो छोराबुहारी सँगै बृद्ध भत्ता खाँदै आएकी सुनुवारलाई कार्यक्र...









