Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

‘ए मेरो हजुर ४’ फिल्मको प्रदर्शन मिति नजिकिएसँगै युट्युबबाट प्रचार सामग्री हट्यो

‘ए मेरो हजुर ४’ फिल्मको प्रदर्शन मिति नजिकिएसँगै युट्युबबाट प्रचार सामग्री हट्यो

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत १७ । 'ए मेरो हजुर ४' फिल्मको प्रदर्शन मिति नजिकिएसँगै बुढासुब्बा युट्युब च्यानलबाट प्रचार सामग्री उडेको छ । उक्त च्यानलबाट फिल्मको ट्रेलर र गीत हटेको पाइएको छ । फिल्मकी निर्देशक झरना थापाले प्रदर्शन मिति नसर्ने जानकारी दिएकी छिन् । उनकाअनुसार आज पनि एउटा गीत सार्वजनिक गर्ने तयारी थियो । थापाका अनुसार आज पनि फिल्मको रोमान्टिक गीत सार्वजनिक गर्न तयारी रहेको थियो । उनका अनुसार यतिको चलेको च्यानल पनि ह्याक हुँदा आफै छक्क परेको बताईन् । फिल्मको सम्पूर्ण प्रचार सामग्री नै युट्युबबाट उडेपछि तनावमा परेको बताइन् । झफिल्मको सामग्री रिकभर हुन्छ कि हुँदैन थाहा छैन। केही समयपछि बुढासुब्बाले जानकारी दिने थापाले बताईन् । थापाले निर्देशन गरेको फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको मुख्य भूमिका छ। यो फिल्म वैशाख १ गतेबाट प्रदर्शन हुँदैछ ।...
लागुऔषध ब्राउन सुगर सहित २ युवक पक्राउ

लागुऔषध ब्राउन सुगर सहित २ युवक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत १७ झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ती गाउपालिका–४ का ४३ बर्षीय किशोर सुनुवार र काठमाण्डौ महानगरपालिका–५ का ३१ बर्षीय सन्त महर्जन रहेका छन । हिजो बेलुका साढे ४ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३–०१–००६ ख ०६२६ नम्वरको बसमा सवार रहेका सुनुवार र महर्जनको साथबाुट प्लास्टिकमा पोको पारी झोलामा लुकाई राखेको २८ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ब्राउनसुगर सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।...
स्रोत नखुलेको आठ लाखसहित युवक पक्राउ

स्रोत नखुलेको आठ लाखसहित युवक पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १७ स्रोत नखुलेको करिब रु आठ लाखसहित भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–५ बस्ने २० वर्षीय वीरेन्द्रकुमार दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । भारत विहारको कन्हमा सहरबाट कपडामा बेरेर कम्मरमा बाँधी साइकलमा चढेर सम्सी गाउँपालिका–६ स्थित प्रहरीचौकी नजिक आउँदै गरेका दासको हाउभाउ माथि शङ्का लागि जाँच गर्दा उनको साथबाट प्रहरीले स्रोत नखुलेको रु सात लाख ९१ हजार बरामद गरेको प्रहरीले जनाएको छ । दासको साथबाट प्रहरीले नेपाली रु एक हजारका नोट ५८५ थान र नेपाली नोट रु ५०० का ४९२ थान गरी उक्त रकम बरामद गरेको हो । स्रोत नखुलेको रकमसहित पक्राउ परेका युवक दासलाई गए राति नै प्रहरीले जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वरमा बुझाउन लगिएकामा भन्सार कार्यालय बन्द रहेक...
खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर बालकको मृत्यु

खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर बालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १७ महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । ट्याक्टर चालक स्थानीय महेश महराका छोरा २५ वर्षीय रामबाबुले बुधबार साँझ गाउँकै मुस्तकिम अन्सारीको खेतमा अनटेस्ट ट्याक्टरमा रोटाभेटर लगाई बालक अकसरलाई पनि आफूसँगैका सिटमा बसाएर खेत जोत्दै गर्दा अचानक तल झर्दा रोटाभेटरमा परेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । घटनालगत्तै ट्याक्टर चालक महेश फरार भएका छन् भने प्रहरीले उनको खोजतलास व्यापकरुपमा गरिरहेको छ । यता बालक अकसरको शव परीक्षणका लागि गए राति जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ । (रासस)     ...
दश विद्यालयलाई शैक्षिक सामग्री वितरण

दश विद्यालयलाई शैक्षिक सामग्री वितरण

Breaking News 2, शिक्षा, समाचार
काठमाण्डौँ, चैत १७ टेम्केमैयुङ गाउँपालिकाका १० विद्यालयलाई शैक्षिक सामग्रीसँगै कपडा वितरण गरिएको छ । पूर्वप्रहरी महानिरीक्षक दुर्जकुमार राईको पहलमा विद्यालयलाई शैक्षिक सामग्री दिइएको हो । यहाँका वडा नम्बर ३ अन्नपूर्ण र ४ नागीका विद्यार्थीलाई शैक्षिक सामग्री दिइएको हो । कक्षा १ मा पढ्ने विद्यार्थीलाई भने कपडासमेत वितरण गरिएको हो । सामुदायिक विद्यालयका बाल कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै कक्षा १ का ७० विद्यार्थीलाई कोटसँगै, कपी, कलमलगायत शैक्षिक सामग्री दिइएको हो । त्यस्तै अन्नपूर्ण बागधन रणदीपा राई माध्यमिक विद्यालयमा छ थान कम्प्युटर वितरण गरिएको छ । यस विद्यालयका भूपू विद्यार्थी तथा पूर्वप्रहरी महानिरीक्षक राईको पहलमा रोटरी क्लब अफ काठमाडौँ वेस्ट तथा कृष्णलक्ष्मी लक्ष्मी श्रेष्ठ प्रतिष्ठान काठमाडौँको सहयोगमा सामग्र...
कलाकार रेखा राईद्वारा गाउँमा सहयाेग

कलाकार रेखा राईद्वारा गाउँमा सहयाेग

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, चैत १६ । कलाकार रेखा राईले १० घर परिवारलाई राहत सहयाेग गरेकी छिन् । उदयपुरकाे त्रियुगा नगरपालिका १० घर भएकी कलाकार राईले आफ्नै गाउँमा गरिव, अपाङ्ग रहेका १० घरपरिवारलाई सहयाेग गरेकी हुन् । उनले चामल, तेल, नुन, दाल राहत सहयाेग गरेकाे बताईन् । साथै १६ जना बालबालिकालाई कापी र पेनसिल एक दर्जनका दरले सहयाेग गरेकी छिन् भने खेलाडिहरुलाई एकथान फुटबल दिएकी छिन् । कलाकार राईले वडाध्यक्ष प्रकाश खड्काकाे आतिथ्यमा सहयाेग प्रदान गरेकी हुन् ।...
नेपालद्वारा मलेसिया पराजित

नेपालद्वारा मलेसिया पराजित

Breaking News 1, खेलकुद
काठमाण्डौँ, चैत १६ त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको हो । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो । मलेसियाले दिएको ११५ रनको समान्य लक्ष्य नेपालले १३ दशमलव ४ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जीतमा आसिफ शेखले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ खेले । ३८ बल खेलेका उनले सात चौका र एक छक्काको मद्दतमा ५७ रनको योगदान गरेका हुन् ।त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २१, दिलीप नाथले १५, रोहित पौडेलले १२ तथा कुशल मल्लले २ रन जोडे । बलिङमा मलेसियाका पवनदीप सिंहले २ विकेट लिए भने सैद अजिज र मुहम्मद आमिरले समान १÷१...
 अध्यक्ष प्रचण्डद्वारा पूर्वी चितवन १३२ केभी सबस्टेसन उद्घाटन

 अध्यक्ष प्रचण्डद्वारा पूर्वी चितवन १३२ केभी सबस्टेसन उद्घाटन

Breaking News 3, समाचार
काठमाडौं, १६ चैत । सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका–६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गर्नुभएको छ । चितवनका राप्ती, खैरहनी र कालीका नगरपालिकाको विद्युत आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन करिब ६३ करोड ३० लाख रुपैयाँको लगानीमा पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो । मकवानपुरको हेटौडाबाट चितवनको भरतपुरतर्फ गएको १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई पूर्वी चितवन सबस्टेसन भित्र छिराएर बाहिर निकालिएको छ । हेटौंडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई पूर्वी चितवन सबस्टेसनमार्फत् त्यस क्षेत्रमा आपूर्ति गरिएको छ । कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले विगतमा आफू प्रधा...
मोटरसाईकल दुर्घटनामा वडा सचिवको मृत्यु

मोटरसाईकल दुर्घटनामा वडा सचिवको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १६ सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा मोटरसाईकल दुर्घटना हूँदा चालकको मृत्यु भएको छ । आज बिहान पौने ११ बजेको समयमा ईचोलबाट बक्लौरी तर्फ जाँदै गरेको को २४ प ९४५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधुनी नगरपालिका–६ का वडा सचिव ५३ बर्षीय नन्द कुमार श्रेष्ठको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १६ । ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङलाई प्रहरीले पक्राउ गरको हो । चिरपट र ढुङ्गा प्रहार गरी ४४ वर्षीया श्रीमती सुकुमाया तामाङको उनले हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी बादबिबादको क्रममा तामाङले श्रीमतीलाई चिरपट र ढुङ्गा प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।...