Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

आगामी निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गराइन्छः प्रवक्ता कार्की

आगामी निर्वाचनलाई महाउत्सवका रुपमा सम्पन्न गराइन्छः प्रवक्ता कार्की

Breaking News 2, समाचार
काठमाण्डौँ, चैत १७ सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहको निर्वाचनपछि मुलुक समृद्धि र स्थायित्वको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालको २४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले तीनै तहको चुनावमा जनताले उत्साहका साथ सहभागी हुने र यसलाई महाउत्सवका रुपमा सम्पन्न गर्ने बताउनुभयो । “चुनाव महासङ्ग्राम होइन, महाउत्सवका रुपमा सम्पन्न गर्नेछौँ”, सरकारका प्रवक्ता कार्कीले भन्नुभयो, “चुनावलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार गम्भीर छ ।” मन्त्री कार्कीले समृद्ध मुलुक बनाउने नेपाली जनताको आकाङ्क्षालाई पूरा गर्न सबै राजनीतिक दल एकजुट भई एउटै सङ्कल्पका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबारदेखि हुने भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने...
स्रोत नखुलेको रु ६३ लाखसहित तीन युवक पक्राउ

स्रोत नखुलेको रु ६३ लाखसहित तीन युवक पक्राउ

Breaking News 3, समाचार
काठमाडौँ, चैत १७ । विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको रु ६३ लाखसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार रु ५५ लाखसहित दुई युवक पक्राउ परेका थिए भने बिहीबार रु ८ लाखसहित थप एक युवक पक्राउ परे । जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डको औरहीमा गत आइतबार दिउँसो स्रोत नखुलेको रु ५५ लाखसहित औरही नगरपालिका–२ चेपकट गाउँ बस्ने २० वर्षीय धीरजकुमार यादव र सोही स्थान निवासी १८ वर्षीय रमेशकुमार सहनी पक्राउ परेका थिए ।ज ९प ८२४७ नं को मोटरसाइकलमा बसेर कालो झोलामा रु ५५ लाख बोकी गइरहको अवस्थामा प्रहरीले शङ्का लागि जाँच गर्दा उनीहरु पक्राउ परेका थिए । रकमको स्रोत खुलाउन नमानेपछि उनीहरुलाई प्रहरीले कारबाहीका लागि बरामद रकमसहित जलेश्वर भन्सार कार्यालयमा बुझाएको थियो । त्यसैगरी भारतबाट स्रोत नखुलेको करिब रु आठ लाखसहित नेपाल प्...
दुई सवारी साधनमा आगजनी

दुई सवारी साधनमा आगजनी

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १७ । बेनीमा दुई सवारी साधनमा आगजनी भएको छ । दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा बिहीबार बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगजनी गरिएको बताइएको छ । सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नं को भ्यान र ध १ ज ७२६ नं को ट्याक्सीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार सवारी साधनमा आगलागी गर्ने व्यक्तिको पहिचान भएको छैन । बुधबार बेलुका करिब ७ बजे दुबै सवारीसाधन एक आपसमा ठोक्किएर सामान्य दुर्घटना भएपछि भएको क्षति दबैपक्षले एक आपसमा व्यहोर्ने गरी मिलापत्र गिराइएको थियो । दुवै सवारी साधनका धनी स्थानीयवासी नै भएकाले तीनलाई डम्मरास्थित सडकमै पार्किङ गरिएकोमा आगलागी भएपछि घटना रहस्यमय बनेको प्रहरीले जनाएको छ ।...
सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ –प्रधानमन्त्री देउवा

सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ –प्रधानमन्त्री देउवा

Breaking News 1, समाचार
काठमाण्डौँ, चैत १७ प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको हो । नेपाली कांगे्रसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस नागरिकको विचार अभिव्यक्ति एवं पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्रको पक्षमा रहेको पनि स्पष्ट गर्नुभयो । उहाँले नेपाली कांग्रेसले स्थापना कालदेखि नै लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको बताउँदै अहिले पनि आफ्नो पार्टी यही पक्षमा दृढ रहेको धारणा राख्नुभयो । प्रधानमन्त्री देउवाले पूर्ण प्रेस स्वतन्त्रताले लोकतन्त्रलाई चलाएमान बताउने बताउँदै अब हुने स्थानीय, प्रदेश र सङ्घको निर्वाचनलाई निष्प...
उदयपुरमा २ लाख २३ हजारले मतदान गर्न पाउने

उदयपुरमा २ लाख २३ हजारले मतदान गर्न पाउने

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत १७ । वैशाख ३० मा तोकिएको स्थानीयतहको निर्वाचनका लागि उदयपुरमा दुई लाख २३ हजारले मतदान गर्न पाउने छन् । चुनावको अघिल्लो दिन ०७९ वैशाख २९ गतेसम्म १८ वर्ष पुरा गरी भोट लाउन पाउनेको संख्या दुई लाख २३ हजार एक सय ३८ जना पुग्ने जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । जिल्लामा चार नगरपालिका र चार गाउँपालिका गरी आठ वटा स्थानीयतहमा मतदानस्थल ९८ ठाउँ रहनेछन् । त्यस्तै मतदान केन्द्र्र दुई सय ५८ वटा रहने निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए । उनका अनुसार मतदाताको संख्या महिलाभन्दा बढी पुरुष रहेका छन् । महिला एक लाख दश हजार दुई सय ५१ रहदा पुरुष मतदाता एक लाख १२ हजार आठ सय ८५ छन् । तेस्रो लिङ्गी (अन्य) मतदाता २ जना रहेको उनले बताए । सबभन्दा बढी मतदाता सदरमुकाम त्रियुगा नगरपालिकामा छन् भने सबभन्दा कम लिमचुङबुङ गाउँपालिकामा रहेको छ । त्रियुगामा २९ हजार छ सय ९३ महिला, ३० हजार तीन ...
बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

बसको ठक्करबाट पैदल यात्रुको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १७ हेटौँडा उपमहानगरपालिका –१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । मृत्युहुनेको नाम र वतन खुल्न सकेको छैन् । बागमती प्रदेश ०३– ००१ ख १३६५ नंको बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धन भइृरहेको प्रहरीले जनाएको छ । (रासस)...
किलचोक अकला मन्दिरः जहाँ आफैं शङ्खघण्ट बज्ने विश्वास गरिन्छ

किलचोक अकला मन्दिरः जहाँ आफैं शङ्खघण्ट बज्ने विश्वास गरिन्छ

Breaking News 2, पर्यटन, रोचक, समाचार
काठमाण्डौँ, चैत १७ तनहुँको म्याग्दे गाउँपालिका–३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रका प्रसिद्ध तीर्थस्थल मध्येको एक हो । देवीका प्राकृति रुपमा नै शिलामा कुँदिएका मूर्तिसँगै सिंह र नन्दी एवं विभिन्न देवी देवताका मूर्तिका आकृतिले यहाँ आउने जो कोही दङ्ग पर्छन् । मन्दिरभित्रको विशाल शिलालाई परापूर्वकालदेखि नै अकलादेवीका रुपमा पूजाआजा गर्ने गरिएको स्थानीयवासी बताउँछन् । मनले चिताएको पुग्ने विश्वासका कारण तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ गोर्खालगायतका स्थानबाट दर्शनार्थी आउने गरेको स्थानीयवासी पोष्टमान श्रेष्ठले जानकारी दिनुभयो । मन्दिरको महिमा र गरिमालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५५ मा योगी नरहरिनाथले ८५औँ कोटीहोम लगाउनुभएको थियो । समय–समयमा अकला मन्दिरमा आउने साधुसन्तले यस तीर्थस्थलको विशिष्ट महत्व रहेको बताउने गरेको स्थानीयवासी बताउँछन् । गत चैत १२ गते पुर्ननिर्मित अकला मन्दि...
भारतीय ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु

भारतीय ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १७ नवलपरासी–बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट आज बिहान एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट–८ स्थित नगरपालिका कार्यालय अगाडि युपी ९३ बीटी ४७५७ नं को भारतीय ट्रकको ठक्करबाट घाइतेको पहिचान नखुलेका करिब ५२ वर्षीय साइकलयात्रीको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गैँडाकोटस्थित इलाका प्रहरी कार्यालयका प्रमुख लक्ष्मी पाण्डे खनालले जानकारी दिनुभयो । ठक्कर दिने भारतीय ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उहाँले जानकारी दिनुभयोे ।(रासस)...
पानिको समस्या झेल्दै आएका फेदीखोला–२ का घर घरमा धारा

पानिको समस्या झेल्दै आएका फेदीखोला–२ का घर घरमा धारा

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १७ लामो समयदेखि खानेपानीको समस्या भोगिरहेका स्याङ्जाको फेदीखोला गाउँपालिका–२ दुईवटा खानेपानी आयोजना सञ्चालनमा आएसँगै १६६ घरधुरीका ८०० जना प्रत्यक्ष लाभान्वित भएका छन् । वडाध्यक्ष हिमालयजङ्ग बानियाँका अनुसार गण्डकी प्रदेश सरकारबाट प्राप्त रु एक करोड १५ लाखको लागतमा निर्माण गरिएकोे च्याउखोला खानेपानी योजनाबाट ८६ घरधुरीका ४२५ जना लाभान्वित भएका छन् भने सङ्घीय सरकारबाट प्राप्त रु ९५ लाख ४८ हजार ५१३को लागतमा निर्मित ठूलाधारा लिफ्टिङ खानेपानी योजनाबाट ८० घरधुरीका ३७५ लाभान्वित भएका छन् । यसअघि सञ्चालित खानेपानी योजना अव्यवस्थित हुनाका साथै बस्ती बढ्दै जाँदा पानी अपुग भएकाले प्रदेश सरकारको सहयोगमा च्याउखोला मुहानबाट पानी ल्याएर वितरण गरिएको च्याउखोला आयोजना उपभोक्ता समिति अध्यक्ष बमबहादुर गुरुङले बताउनुभयो ।उहाँका अनुसार उक्त खानेपानी योजना निर्माण भई सञ्चालनमा आएसँगै फेदीखोला...
खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १७ सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–४ बस्ने ३७ बर्षीय चन्द्र राई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । हिजो राती साँढे ७ बजेको समयमा राईले आफ्नै ३७ बर्षीया श्रीमती मनिला राईलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो । पक्राउ परेका राईले सामान्य बादबिबादको क्रममा रिशको आवेगमा श्रीमतीलाई खुकुरी प्रहार गर्दा राईको घटनास्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ...