Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

आर्थिक अबस्थाका कारण पाठेघरको रोग पाल्दै हुम्लाकी होइजाली धामी

आर्थिक अबस्थाका कारण पाठेघरको रोग पाल्दै हुम्लाकी होइजाली धामी

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २७ हुम्लाको दक्षिण भेगमा एक जना महिलाले आर्थिक समस्याले रोग पालिरहनुभएको छ । ताँजाकोट गाउँपालिका–२ मैला गाउँका बस्ने ६६ वर्षीय होइजाली धामी अर्थाभावमा रोग पालिरहेकी छन् । पाठेघरसम्बन्धी समस्या भएको १० महिना बढी भइसक्दा उपचार गर्ने पैसा नहँुदा घरमै रोग पालिरहनुभएको छ । होइजालीले १० महिनादेखि यो रोग पाल्दै आउनुभएको छ । गत जेठमा रु ५० हजारमा भैँसी बिक्री गरेर नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा उपचार गर्न पुग्नुभयो । अस्पतालले पाठेघरमा सङ्क्रमण भएको भन्दै खाने औषधि दिएर घर पठाएको थियो । चौध दिन अस्पताल बसेर धामीले उपचार गर्नुभएको थियो । चाँडै निको हुने स्वास्थ्यकर्मीले आश्वासन दिएर खाने औषधिका साथ घर पठाएको होइजालीका श्रीमान् दलसुर धामीले बताउनुभयो । होइजालीले औषधि खाएर सक्नुभएको छ, तर फेरि समस्या उस्तै छ, मैला स्वास्थ्यचौकीले सिफारिस गरेको भए पनि पैसा नहुँदा पीडा सहँदै...
‘घेरो’ अन्तर्राष्ट्रिय मञ्चमा

‘घेरो’ अन्तर्राष्ट्रिय मञ्चमा

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २६ गण्डकी प्रदेशमा प्रचलित प्राचीन संस्कृतिको बालन शैलीयुक्त मौलिकतासँगै नेपाली समाजमा विद्यमान अन्धविश्वासलाई प्रस्तुत गरिएको लोक नाटक हो ‘घेरो’ । इन्द्रेणी थिएटरद्वारा उत्पादित यस नाटकले नेपाली समाजमा विद्यमान अन्धविश्वासले पारिरहेको असरलाई जीवन्तरुपमा प्रस्तुत गरेको छ । नेपाली समाजमा लोपोन्मुख अवस्थामा पुगेको विशेषतःगण्डकी प्रदेशमा प्रचलित बालन शैलीलाई नाटकमा प्रस्तुत गरिएको नाटकका लेखक एवं इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिनुभयो । “एउटा साधारण घटनाको गलत बुझाइले कतिसम्म नकारात्मक असर गर्दछ र समाजका खराब व्यक्तिले त्यसको कसरी फाइदा उठाउँछन् भन्ने विषय नाटकमा सजिलै देख्न र बुझ्न पाइन्छ”, उहाँले भन्नुभयो । बालन शैलीलाई प्रयोग गर्नुका साथै भजनबाट कथा वाचन गरिने गण्डकी प्रदेशको बोलीचाली तथा लवज नाटकका बलिया पक्ष रहेको उहाँले बताउनुभयो । युथ क्रियस...
दमकमा चैतदेखि फोहरबाट ग्याँस उत्पादन गरिने

दमकमा चैतदेखि फोहरबाट ग्याँस उत्पादन गरिने

Breaking News 3, समाचार
काठमाडौं, फागुन २७ । दमकमा आगामी चैतदेखि फोहरबाट ग्याँस र प्राङ्गरिक मल उत्पादन सुरु हुने भएको छ । फोहर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहरबाट एकैसाथ ग्याँस र प्राङ्गरिक मल उत्पादन सुरु गर्न लागेको कम्पन्नीका प्रबन्ध निर्देशक विमल खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार फोहरबाट अब घरका भान्सामा प्रगोग हुने ग्याँसदेखि खेतबारी र गमलामा प्रयोग हुने प्राङ्गरिक मलसमेत उत्पादन हुने भएको छ । कुहिने फोहर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । फोहरबाट ऊर्जाअन्तर्गत ग्याँस, प्राङ्गरिक मल र झोल मल उत्पादन गरिने भएको दमक नगरपालिका सरसफाइ शाखाका प्रमुख दोर्ण थापाले बताउनुभयो । यसका लागि दमक–३ स्थित हंसेदुम्से सामुदायिक वन क्षेत्रभित्र प्रशोधन केन्द्र स्थापना गरिएको छ । नगरको फोहर लगेर अजैविक अर्थात् प्लाष्टिकयुक्त र जैविक तथा कुहि...
उदयपुर आईपुगिन् : समुन्द्र देखी सगरमाथा सम्म साईकलिङ यात्रामा रहेकी अस्ट्रियाका सव्रिना

उदयपुर आईपुगिन् : समुन्द्र देखी सगरमाथा सम्म साईकलिङ यात्रामा रहेकी अस्ट्रियाका सव्रिना

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, फागुन २७ अस्ट्रिया नागरिक सविना फिल्ज्मोजर साईकलिङ यात्राको क्रममा उदयपुर आईपुगेकी छिन् । भारतको नजिकको समुन्द्र सतह वेस्ट बङगाल दिगाबाट नेपालमा रहेको विश्वकै अग्लो सगरमाथा सम्मको साईकलिङ यात्राको क्रममा उनि शुक्रबार उदयपुर गाईघाट आईपुगेकी हुन् । उनिले आफ्नो यात्राबारे जानकारी गराउन गाईघाटमा पत्रकार सम्मेलन समेत गरिन् । उनि शुक्रबार गाईघाट आईपुगेर आफ्नो यात्राको बारे पत्रकारहरुलाई जानकारी गराईन् । उदयपुर जिल्ला साईकलिङ संघको आयोजनामा भएको सम्मेलनमा उनिले समुन्द्र सतहदेखी सगरमाथा सम्म पुग्ने आफ्नो मुख्य लक्ष रहेको जनाईन् । भारतबाट किरब ८५० किलोमिटर साईकल यात्रा पश्चात उनि गाईघाट आईपुगेकी हुन् । उनले उदयपुर आईपुग्दा सम्म ८ दिन लगतार साईकलमा यात्रा गरेकी जनाईन् । अब उदयपुर बाट भने करिब ६ दिनमा सगरमाथा वेसक्याम्प पुग्ने तार्गेट रहेको पत्रकार सम्मेलनमा बताईन् । सव्रि...
ड्रागनखेतीमा बितेका पूर्वमन्त्री विष्टका दिन

ड्रागनखेतीमा बितेका पूर्वमन्त्री विष्टका दिन

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २७ पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तापुर्ता किसान हुनुहुन्छ । आफूलाई व्यासायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त हुनुहुन्छ । नेपालमा ‘ड्रागन फल’को व्यासायिक खेती भित्र्याउनेमध्येका एक हुनुहुन्छ विष्ट । हाल उहाँ तेस्रो चरणको ड्रागन फलको पर्खाइमा हुनुहुन्छ । दुई चरणको ड्रागनको फल भित्र्याएर उहाँले आम्दानी लिइसक्नुभएको छ । विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिनुभएको छ । मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती–किसानी गर्दा पनि उत्तिकै रहेको उहाँ बताउनुहुन्छ । विष्ट भन्नुहुन्छ, “म खेतमा काम गरिरहेको अवस्थामा कसैले देखेमा, भेट्न बोलाइ हाल्नुहुन्छ ।” मन्त्री हुँदा जसरी मान्छे भेट्न आउँथे, अहिले खेती गर्दा पनि उत्तिकै भेट्न आउने गर्छन् । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित घोराही–तुलसीपुर सडक छेऊमा कुनै समय बाँझो रहेको जग्गालाई विष...
ताप्लेजुङ सदरमुकाम आगलागी अपटेड ः उपचारका क्रममा वृद्धाको मृत्यु

ताप्लेजुङ सदरमुकाम आगलागी अपटेड ः उपचारका क्रममा वृद्धाको मृत्यु

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन २७ ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागीमा परी घाइते भएकी मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ । उपचारको क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा निधन भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ । कोप्चे बजारमा बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो । स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो । (रासस)...
वारको पुस्तकालय भवन मेयर चौधरीद्वारा उद्घाटन

वारको पुस्तकालय भवन मेयर चौधरीद्वारा उद्घाटन

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि (उदयपुर), फागुन २७ । नेपाल बार एशोसिएसन उदयपुर इकाइको पुस्तकालय भवन आज उद्घाटन भयो । त्रियुगा नगरपालिकका मेयर बलदेव चौधरीले पुस्तकालय भवनको उद्घाटन गर्नुभयो । कानुनी ज्ञानहरुको अध्यायन केन्द्रको रुपमा पुस्तकालय निर्माण गर्ने उद्देश्यले पुस्तकालय भवन निर्माण गरिएको वारका अध्यक्ष श्यामानन्द चौधरीले बताउनुभयो । कार्यक्रममा जिल्ला न्यायधिसहरु, वारका पूर्व अध्यक्षहरु, वकिलहरुको सहभागिता थियो । मेयर चौधरीले त्रियुगा नगरपालिकाको सहयोगबाट निर्मित भवनलाई प्रविधियुक्त पुस्तकालय बनाउन सहयोग गर्ने बचन दिनुभएको छ । मेयर चौधरी सो बार इकाईको पूर्व अध्यक्षसमेत हुनुहुन्छ ।...
ताप्लेजुङ सदरमुकाममा आगलागी

ताप्लेजुङ सदरमुकाममा आगलागी

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २७ ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट अचानक आगलागी सुरु भएको छ । स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो । आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन । आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन् । आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ । जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन् । आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्छ । थप विवरण आउन बाँकी छ । प्रायः वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आगलागीको घटना भएको हो । (रासस)...
आयोजना सुरु भएको २२ वर्षपछि बल्ल सडक कालोपत्र सुरु

आयोजना सुरु भएको २२ वर्षपछि बल्ल सडक कालोपत्र सुरु

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २७ मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरु भएको २२ वर्षपछि बल्ल आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विसं २०५८र५९ बाट सुरु गरेको आयोजनाको काम ढिलाइ गर्दै गएपछि जग्गाधनी र आयोजनाबीच निकै लामो विवाद रहँदै आएको थियो । आयोजनाले पटक–पटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको थियो । आफ्नो जग्गा सस्तो बिक्री गरिदिएको, उपभोक्ताको जग्गा बढी कट्टी गरेको, आयोजना ढिलाइ गरी खर्च बढाएको भन्दै आयोजना छिटो सम्पन्न गर्न उपभोक्ताले पटक–पटक दबाब दिँदै आए पनि आयोजनाले भने पटक–पटक म्याद थप्दै आएको थियो । नगरपालिकामा जनप्रतिनिधि आएपछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आयोजना अलपत्र परेको भन्दै नगरपालिकालाई स्वामित्व दिन काठमाडौँ उपत्यका विक...
महिला उद्यमी र किसान पुरस्कृत

महिला उद्यमी र किसान पुरस्कृत

Breaking News 3, समाचार
काठमाडौं, फागुन २६ । अन्तर्राष्ट्रिय महिला दिवशको अवसर पारेर गलकोटमा आयोजित महिला किसानको फसल र उद्यमीका उत्पादनको प्रदर्शनीमा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको छ । महिला किसानले उत्पादन गरेका कृषि फसल ल्याएर आफ्नो सीपको परिचय दिएका थिए । कृषि र उद्यमी समूहमा एक प्रदर्शनीमा प्रगति एकीकृत कृषि तथा पशुपालन समूह प्रथम, लगनशील अर्गानिक किसान समूह द्वितीय र लङ्गुरे महिला किसान समूह तृतीय भएका थिए । त्यस्तै महिला उद्यमी प्रदर्शनीमा सिर्जना लघुउद्यम समूह प्रथम, छितिज डलकुसन समूह द्वितीय र सिर्जनशील लघु उद्यम समूह तृतीय भएको गलकोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचाले जानकारी दिनुभयो । उत्कृष्ट ठहरिएका महिला किसानलाई गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेषलाल श्रेष्ठले पुरस्कार प्रदान गर्नुभयो । उहाँले उद्यमीलाई प्रोत्साहनका लागि बजारीकरणमा साथ दिनुपर्ने ब...