Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

नेपाल ट्रक यातायात ब्यवसायी महासङ्घद्वारा ज्ञापनपत्र

नेपाल ट्रक यातायात ब्यवसायी महासङ्घद्वारा ज्ञापनपत्र

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २६ नेपाल ट्रक यातायात ब्यवसायी महासङ्घले ढुवानी ब्यवसायका समस्याका विषयमा यातायात ब्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई ज्ञानपनत्र बुझाएको छ । ज्ञापनपत्रमा पेट्रोलियम पदार्थकोे मूल्यवृद्धिका आधारमा ढुवानी सवारी साधनमा भाडा समायोजन हुनुपर्ने, कानुनले निर्धारण गरेका भारबहन क्षमतालाई कडाइका साथ कार्यान्वयन गरिनुपर्ने,भारतीय सवारी साधन विशेष गरी ट्रकको निर्बाध नेपालमा आवागमनलाई कडाइ गरिनुपर्ने, नेपालबाट भरत तर्फको पेट्रोलियम पदार्थ तस्करी रोकिनुपर्ने र भारतीय सीमा क्षेत्रका थोत्रा ट्रक व्यवस्थापनमा गरिनुपर्ने छन् । विभागका महानिर्देशक घिमिरेलाई महासङ्घका महासचिव राजेन्द्र विक्रम बाँनियाले आज ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा महासङ्घका महासचिव बाँनियाले विभागले सातदिन भित्र आफ्ना माग पूरा गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “छोटो अवधिमा पेट्रोलियम ...
मोटरसाईकल चोरीमा संग्लग्न एक भारतिय नागरिक सहित ६ जना पक्राउ

मोटरसाईकल चोरीमा संग्लग्न एक भारतिय नागरिक सहित ६ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २६ मोटरसाईकल चोरीमा संग्लग्न रहेका १ जना भारतिय नागरीक सहित ६ जनालाई जिल्ला प्रहरी झापाले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका–७ का २१ बर्षीय प्रकाश सहनी, २४ बर्षीय प्रकाश दर्जी, २१ बर्षीय दिपक उराव, २२ बर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका–१ का ३० बर्षीय बिर्ख लिम्बु र भारत किसनगंजका १९ बर्षीय महम्मद समिम रहेका छन् । झापा जिल्लाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरीको घटना भएको भनी सवारी धनीहरुको लिखित निबेदन परेसंगै चोरी गर्ने व्यक्तिहरुको सुक्ष्म रुपले निग्रानी तथा पहिचान गर्ने क्रममा प्रकाश सहनी भन्ने व्यक्तिले मोटरसाईकल चोरी गरी बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा निजलाई प्रहरीले पक्राउ गरिएको थियो । उनै सहनीले दिएको बयानका आधारमा चोरीमा संग्लग्न अन्य ५ जनालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाए...
आगो ताप्ने क्रममा जलेर मृत्यु

आगो ताप्ने क्रममा जलेर मृत्यु

Breaking News 3, समाचार
काठमाडौं, फागुन २६ । माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो । उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताउनुभयो । कुमालको यही फागुन ८ गते घरमा जलेर घाइते भएको प्रहरीले जनाएको छ । रासस...
संखुवासभा बस दुर्घटना : मृत्यु र घाइते सबैको सनाखत

संखुवासभा बस दुर्घटना : मृत्यु र घाइते सबैको सनाखत

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २६ । संखुवासभामा दुर्घटनामा मृत्यु भएको १४ जना र घाइते भएका ५ जनाको सनाखत भएको छ । जिल्लाको मादी नगरपालिका–६ सातघुम्ती स्थित भित्री सडक खण्डमा बस दुर्घटना हुदाँ चालकसहित १४ जनाको घटना स्थलमा नै मृत्यु भएको थियो भने ५ घाईते भएका थिए । विहिबार बिहान पौने ८ बजे मादीबाट झापा तर्फ आउदँै गरेको बा.४ ख ७३५ नम्बरको यात्रु वाहक बस सडकबाट अन्दाजी ३ सय मिटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा परी घाईते भएका ५ जनालाई प्रहरीले उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरबाट थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट धरान घोपा पठाईएको छ । मृत्यु भएकाहरुको शव भने प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरकै शव गृहमा राखिएको छ । घटना स्थलमा तत्कालै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीसहितको टोली र इलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक सहितको टोली ...
आगो ताप्ने क्रममा जलेर बृद्धाको मृत्यु

आगो ताप्ने क्रममा जलेर बृद्धाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २६ माथागढी गाउँपालिका–३ का ६२ वर्षीया सुमित्रा कुमालको घरमा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । लुगामा आगो सल्किन गई घुँडा भन्दामाथिको जलेको थियो । उपचारका क्रममा उनीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैँयाले बताउनुभयो । कुमालको यही फागुन ८ गते घरमा जलेर घाइते भएको प्रहरीले जनाएको छ । (रासस)...
नेपालको विकासका लागि एमसिसी आवश्यक ः प्रधानमन्त्री देउवा

नेपालको विकासका लागि एमसिसी आवश्यक ः प्रधानमन्त्री देउवा

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २६ प्रधानमन्त्री शेरबहादुर देउवाले हालै संसद्बाट पारित भएको एमसिसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले एमसिसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकिने विचार व्यक्त गर्नुभयो । नेपाली कांग्रेस पर्साले आज वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदास्थापन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसीबाट प्राप्त रकमलाई सदुपयोग गरे अमेरिका मात्र नभई विश्वका अन्य समृद्ध राष्ट्रले नेपालमा लगानी गर्ने र मुलुकमा व्याप्त रहेको बेरोजगारी तथा पछौटेपन समाप्त हुने विश्वास व्यक्त गर्नुभयो । सभालाई सम्बोधन गर्दै प्रमानमन्त्री देउवाले चीन र भारतजस्ता विशाल राष्ट्रको बीचमा रहेको नेपालले मुलुकको विकासका लागि दु...
संखुवासभा बस दुर्घटनामा चालक र सह–चालक दुवैको मृत्यु मृतक १४ मध्ये १० को पहिचान खुल्यो

संखुवासभा बस दुर्घटनामा चालक र सह–चालक दुवैको मृत्यु मृतक १४ मध्ये १० को पहिचान खुल्यो

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागनु २६ । संखुवासभा बस दुर्घटनामा चालका र सहचालक दुबैको मृत्यु भएको छ । जसमा चालक तेह्रथुम औशीडाँडाका ३५ वर्षीय बिपिन निरौला र सहचालक संखुवासभा मादी नगरपालिका–४ का अन्दाजी ३५ वर्षका उमेश भट्टराईको मृत्यु भएको हो । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा मृत्यु भएका १४ जनामध्ये १० जनाको सनाखत भएको छ । दुर्घटनामा मादी नगरपालिका– ६ का ६ कि अञ्जना कटवाल, ३८ वर्षीय ईन्द्रबहादुर अधिकारी, ५ वर्षीय दीक्षा कटवालको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै अरु मृतकहरुमा मादी नगरपालिका–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहाल, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीय सबिता राउत कार्की रहेका छन् । अझै एक पुरुष, दुई महिला र एक बालकको पहिचान खुलेको ...
खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाउने विद्यार्थी पक्राउ

खोटाङमा शिक्षकलाई मोसो दलेर जुत्ताको माला लगाउने विद्यार्थी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २६ । खोटाङमा एक शिक्षकलाई कालो मोसो दलेर जुत्ताको माला लगाइदिएको अभियोगमा एक विद्यार्थी पक्राउ परेको छ । खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी नरहास्थित पञ्चकन्या प्राविका शिक्षक ताकमान राईलाई दुव्यवहार गरेको अभियोगमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट अनेरास्ववियु क्रान्तिकारीका प्रदेशसभा सदस्य पावेल राई पक्राउ परेको हो । लामो समयदेखि नियमित विद्यालयमा उपस्थित नहुने, मादक पदार्थ सेवन गरेर विद्यालय जाने, पढाउन जाँदा कक्षामै सुत्ने गरेको आरोप लगाउँदै अनेरास्ववियु क्रान्तिकारीले बुधवार शिक्षक ताकमान राईलाई सार्वजनिकस्थलमा मोसो दल्दै जुत्ताको माला लगाइदिएका थिए । शिक्षकलाई दुर्व्यवहार गरेको केही समयपछि इलाका प्रहरी कार्यालय खोटाङबजारले राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । विगत ८ वर्षदेखि प्रअको भूमिकामा रहेका...
धमाधम पक्राउ पर्दै हलेसीका व्यवसायी

धमाधम पक्राउ पर्दै हलेसीका व्यवसायी

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २६ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धीरज राई सोमबार लागुऔषध गाँजासहित पक्राउ परेका छन् । दुर्छिमस्थित बतासेघाट नजिकैपर्ने सुइटेखोलाको बगरमा बिक्री गर्न बोरामा पोका पारेर त्रिपालले ढाकेर ठूलो मात्रामा लागुऔषध गाँजा लुकाएर राखेको छ, भन्ने स्थानीय बासिन्दाले दिएको जानकारीको आधारमा उनीहरुलाई ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनाविरुद्ध लागुऔषध बेचबिखन तथा कारोबार महल अन्तर्गत जिल्ला अदालतमा बुधबार मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो । ३२ किलो ४८५ ग्राम लागुऔषध गाँजासहित पक्राउ परेका उनीहरु दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएक...
सुधार केन्द्रबाट सुपरभाइजरसहित भागेका ४ जना मध्ये धरानका परियार मृत फेला

सुधार केन्द्रबाट सुपरभाइजरसहित भागेका ४ जना मध्ये धरानका परियार मृत फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २६ । बिराटनगर महानगरपालिका–२ मा रहेको स्पर्श नेपाल सुधार केन्द्रबाट भागेका सुपरभाइजरसहित चार जना युवा मध्ये एक जना मृत अवस्थामा फेला परेको छ । सुनसरीको धरान उपमहानगरपालिका–१६ घर भएका २५ वर्षीय दिलेन्द्र परियार मृत भेटिएको हो । मोरङको कटहरी गाउँपालिकार र बिराटनगर महानगरपालिकाको सीमा भएर बग्ने खोलाको दहमा परियारको शव फेला परेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । मृतक परियार फागुन १ गते सुधार केन्द्रमा भर्ना भएका थिए । यसअघि पनि झापाको सुधार केन्द्र बसेका जिद्धी स्वभावका परियार केन्द्रमा पनि अरुलाई नटेर्ने, हात चलाउने, जिस्क्याँउने र भाग्ने हो आज भन्दै भन्दै आएको सुधार केन्द्रले जनाएको छ । इटहरीबाट खटिएको सशस्त्र प्रहरीको गोताखोर टोलीले दहबाट परियारको शव बाहिर निकालेको थियो । भाग्ने क्रममा उनी खोलामा हामफालेर बेपत्ता भएका थिए । दहमा हामफालेपछि बाहिर निस्कन नस...