Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

सङ्खुवासभा दुर्घटना ः १० मृतक र पाँच जना घाइतेको पहिचान खुल्यो

सङ्खुवासभा दुर्घटना ः १० मृतक र पाँच जना घाइतेको पहिचान खुल्यो

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २६ सङ्खुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी– ६ की अञ्जना कटुवाल र मादी– ५ की दीक्षा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । बस...
प्रधानमन्त्री देउवा वीरगञ्जमा

प्रधानमन्त्री देउवा वीरगञ्जमा

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २६ प्रधानमन्त्री शेरबहादुर देउवा आज विभिन्न कार्यक्रममा सहभागी हुन वीरगञ्ज पुग्नुभएको छ । केही समयअघि वीरगञ्ज पुग्नुभएका प्रधानमन्त्री देउवालाई स्थानीय पार्टी नेता कार्यकर्ता तथा विभिन्न सरकारी निकायका प्रमुखहरुले स्वागत गर्नुभएको थियो । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले पार्टीको पर्सा जिल्लाका नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र वितरण गर्नुहुने कार्यक्रम रहेको छ । आजै प्रधानमन्त्री देउवाले नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५ औँ राष्ट्रिय महाधिवेशन तथा केन्द्रीय महिला उद्यमी समितिको २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । (रासस)...
मेक्सिकोमा गोली हानी १० जनाको हत्या

मेक्सिकोमा गोली हानी १० जनाको हत्या

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, फागुन २६ मेक्सिकोमा गोली हानेर १० जनाको हत्या गरिएको समाचार छ । मेक्सिकोको एट्लिक्समा रहेको बस्तीको एक घरमा बुधबार गोली हानेर एकै घरका १० को ज्यान लिइएको प्रहरीले जनाएको छ । मध्य मेक्सिकोको एट्लिक्सकोमा भएको सो हत्याकाण्डको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । उक्त सहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन जना महिला पनि रहेका छन् । पुएबला प्रान्तको न्यायाधिवक्ताको कार्यालयले सो घटनाको अनुसन्धान सुरु भएको र यसमा लागू औषधका कारोबारीहरुको हात रहेको अनुमान गरिएको बताएको छ ।मारिएका नौ जनालाई नै टाउको, खुट्टा र छातीमा गोली हानिएको सो कार्यालयले जानकारी दिएको छ । हत्या गरिएको सो घरको वरपर यसअघि पनि लागू पदार्थको किनबेच गर्ने गरिएको थियो । त्यसैले यो हत्याकाण्ड पनि लागू पदार्थको किनबेचमा संलग्न समूहरुको झगडाका कारण हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । मारिएका...
सङ्खुवासभा दुर्घटनाः मृतकको सङ्ख्या १४ पुग्यो, पाँच घाइते

सङ्खुवासभा दुर्घटनाः मृतकको सङ्ख्या १४ पुग्यो, पाँच घाइते

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २६ सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । आज बिहान ७ः३० बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । मृतकको पहिचान भइसकेको छैन । बस दुर्घटनामा परेका पाँच जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतकबारे विवरण सङ्कलन भइरहेको प्रहरीले बताएको छ । बस सडकबाट करिब ३०० मिटर तल खसेको छ । घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । (रासस)...
सङ्खुवासभा दुर्घटना ः उद्धारका लागि हेलिकप्टर पठाइँदै

सङ्खुवासभा दुर्घटना ः उद्धारका लागि हेलिकप्टर पठाइँदै

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २६ सङ्खुवासभाको मादी नगरपालिका–६ स्थित सात घुम्तीमा भएको बस दुर्घटनामा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर पठाइने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि उद्धारका लागि होलिकप्टर पठाइने भएको हो । उहाँले गृहसचिव टेकनारायण पाण्डे र सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाको हेलिकप्टर प्रयोग गरेर यथाशीघ्र उद्धार गर्न निर्देशन दिनुभएको छ । “मन्त्रीबाट घाइतेको हेलिकप्टरबाट उद्धार गर्न निर्देशन भएको छ, हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकप्टर उद्धारका लागि पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भन्नुभयो । सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुने १४ पुगेको छ । पाँच जना गम्भीर घाइते छन् । घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर...
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

Breaking News 2, आर्थिक, समाचार
काठमाडौं, फागुन २६ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन हजार ५०० ले घटेर रु एक लाख दुई हजारमा आएको छ । बुधबार सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हुँदै प्रतितोला रु एक लाख पाँच हजार ५०० मा कारोबार भएको थियोे । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ५०० तोकिएको छ । यसको मूल्य बुधबार प्रतितोला रु एक लाख पाँच हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ४५ले घटेर रु एक हजार ४०५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने उतारचढावका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७८ डलर आसपास कारोबार भइरहेको छ । रासस...
एम्बुलेन्सको ठक्करबाट पैदल यात्रीको मृत्यु

एम्बुलेन्सको ठक्करबाट पैदल यात्रीको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २६ । झापाको कन्काई नगरपालिका–९ स्थित राजगड–लक्ष्मिपुर सडक खण्डमा एम्बुलेन्सले ठक्कर दिँदा एक जना पैदल यात्रीको ज्यान गएको छ । सोही स्थानका ३५ वर्षीय उमेश थापाको एम्बुलेन्सले ठक्कर दिँदा ज्यान गएको हो । हिजो राती ७ बजे मे.१ च ५२५ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा घाईते भएका थापालाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पु¥याउना साथ डाक्टरले मृत घोषणा गरेको थियो । दुर्घटनामा संलग्न एम्बुलेन्स र चालक अमर राज श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको छ ।...
सङ्खुवासभामा बस दुर्घटना, १३ जनाको मृत्यु

सङ्खुवासभामा बस दुर्घटना, १३ जनाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २६ सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जीवितै उद्धार गरिएको छ । स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब ३०० मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो । क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो । (रासस)...
लागुऔषध गाँजाको व्यापार गर्ने दुई जना पक्राउ

लागुऔषध गाँजाको व्यापार गर्ने दुई जना पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २६ लागुऔषध गाँजाको व्यापार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राई रहेका छन् । लागुऔषध गाँजाको व्यापार भईरहेको भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङले ३२ किलो ४८५ ग्राम लागूऔषध गाँजासहित बुधबार उनिहरुलाई नियन्त्रणमा लिएको हो । प्रकाउ परेको दुबै जनाको थप अनुसन्धान भाईरहेको उक्त कार्यालयले जनाएको छ । (रासस)...
५३ घरलाई ‘एक घर, एक धारा’ वितरण

५३ घरलाई ‘एक घर, एक धारा’ वितरण

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन २६ काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–६ का घ्याब्रिङ र बालखोपका बासिन्दालाई धारा वितरण गरिएको छ । बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷०७८ को प्रदेश विशेष अनुदान र गाउँपालिकाको साझेदारी बजेटबाट त्यहाँका ५३ घर परिवार र एक विद्यालयलाई ‘एक घर, एक धारा’ खानेपानी वितरण गरेपछि सो ठाउँका ३८० बासिन्दाले खानेपानी उपभोग गर्न पाएका हुन् । वडा नं ६ का वडाध्यक्ष रमेश लुङ्गेलीले खानेपानीको समस्या झेल्दै आएको सो ठाउँका लागि प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा खानेपानीको व्यवस्था गरिदिएपछि स्थानीयवासीमा थप खुसीको लहर छाएको बताउनुभयो । विगतमा सामूहिक धारा हँुदा एकैपटक धेरै जना पानी थाप्नका लागि जम्मा हुँदा विवाद झेल्नुपर्ने अवस्था रहेकोमा अब ‘एक घर, एक धारा’ले त्यसको अन्त्य भएको उहाँले बताउनुभयो । करिब साढे तीन किलोमिटर टाढाको बालखोप मुहानबाट मूल पाइप बिछ्याए...